अष्टावक्र गीता
«
                                                                                                श्लोक १
                                                                            अष्टावक्र उवाच
तदा बन्धो यदा चित्तं किञ्चिद् वाञ्छति शोचति ।
किञ्चिन् मुञ्चति गृण्हाति किञ्चिद् दृष्यति कुप्यति ॥ ८-१॥
                                                                        
                                                                        
                                                                    अष्टावक्र भन्नुहुन्छ – ‘हे शिष्य ! अनेक वासनाहरुमा चित्त लाग्न जाँदा जीव बन्धनमा पर्दछ । तब मनमा इच्छा उत्पन्न हुन्छ, शोक गर्छ, केही त्याग्छ, केही ग्रहण गर्छ, कहिले प्रसन्न हुन्छ त कहिले क्रोधित हुन्छ ।’
श्लोक २
                                                                            तदा मुक्तिर्यदा चित्तं न वाञ्छति न शोचति ।
न मुञ्चति न गृण्हाति न हृष्यति न कुप्यति ॥ ८-२॥
                                                                        
                                                                        
                                                                    मुक्ति त्यतिबेला हुन्छ, जब मन इच्छा गर्दैन, शोक गर्दैन, त्याग गर्दैन, ग्रहण गर्दैन, प्रसन्न हुँदैन वा क्रोधित हुँदैन ।
श्लोक ३
                                                                            तदा बन्धो यदा चित्तं सक्तं काश्वपि दृष्टिषु ।
तदा मोक्षो यदा चित्तमसक्तं सर्वदृष्टिषु ॥ ८-३॥
                                                                        
                                                                        
                                                                    बन्धन त्यतिबेला हुन्छ, जब मन कुनै दृश्यमान वस्तुमा आसक्त हुन्छ, तब मुक्ति हुन्छ जब मन कुनै दृश्यमान वस्तुमा आसक्तिरहित हुन्छ ।
श्लोक ४
                                                                            यदा नाहं तदा मोक्षो यदाहं बन्धनं तदा ।
मत्वेति हेलया किञ्चिन्मा गृहाण विमुञ्च मा ॥ ८-४॥
                                                                        
                                                                        
                                                                    जबसम्म ‘म’ र ‘मेरो’को भाव हुन्छ, तबसम्म बन्धन हुन्छ । जब ‘म’ र ‘मेरो’ को भाव हुँदैन, तब मुक्ति हुन्छ । यो जानेर न कुनै वस्तुलाई त्याग गर न कुनै वस्तुलाई ग्रहण गर ।
«
                                                    
                                                            १
                                                        
                                                                                                                
                                                            २
                                                        
                                                                                                                
                                                            ३
                                                        
                                                                                                                
                                                            ४