अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच ॥
तत्त्वविज्ञानसन्दंशमादाय हृदयोदरात् ।
नाविधपरामर्शशल्योद्धारः कृतो मया ॥ १९-१॥
गुरुबाट तत्वज्ञानीको स्थिति सुनिसकेपछि जनक भन्दछन् – ‘हे गुरु ! मैले हजुरबाट पाएको तत्वविज्ञानरुपी महावाक्यद्वारा आफ्नो हृदयबाट सङ्कल्पविकल्प आदि नानाप्रकारका विकारहरुलाई त्यागिसकेको छु ।’
श्लोक २
क्व धर्मः क्व च वा कामः क्व चार्थः क्व विवेकिता ।
क्व द्वैतं क्व च वाऽद्वैतं स्वमहिम्नि स्थितस्य मे ॥ १९-२॥
आफ्नो महिमामा स्थित मेरो लागि धर्म कहाँ ? काम कहाँ ? अर्थ कहाँ ? त्यस्तै द्वैत कहाँ ? र अद्वैत कहाँ ?
श्लोक ३
क्व भूतं क्व भविष्यद् वा वर्तमानमपि क्व वा ।
क्व देशः क्व च वा नित्यं स्वमहिम्नि स्थितस्य मे ॥ १९-३॥
आफ्नो महिमामा स्थित मेरो दृष्टिमा न कुनै देश छ, न त भूत भविष्यत् तथा वर्तमान काल कुनै छ किनभने सम्पूर्ण पदार्थमा मेरो भेदरहित एक आत्मदृष्टि बनिसकेको छ ।
श्लोक ४
क्व चात्मा क्व च वानात्मा क्व शुभं क्वाशुभं यथा ।
क्व चिन्ता क्व च वाचिन्ता स्वमहिम्नि स्थितस्य मे ॥ १९-४॥
आफ्नो महिमामा स्थित मेरो लागि आत्मा के ? र अनात्मा के ? त्यस्तै के शुभ र के अशुभ ? के विचारयुक्त हुनुको अवस्था र के निर्विचार हुनुको अवस्था ?
श्लोक ५
क्व स्वप्नः क्व सुषुप्तिर्वा क्व च जागरणं तथा ।
क्व तुरीयं भयं वापि स्वमहिम्नि स्थितस्य मे ॥ १९-५॥
आफ्नो महिमामा स्थित मेरो लागि सपना, सुषुप्ति र जागरण के ? किनभने ती बुद्धिका वृत्ति हुन् । त्यसैले तुरीय अवस्था पनि हुँदैन र अन्तष्करणका धर्म भयअभय आदि पनि मेरो होइनन् ।
श्लोक ६
क्व दूरं क्व समीपं वा बाह्यं क्वाभ्यन्तरं क्व वा ।
क्व स्थूलं क्व च वा सूक्ष्मं स्वमहिम्नि स्थितस्य मे ॥ १९-६॥
आफ्नो महिमामा स्थिति मेरा लागि के टाढा र के नजिक ? तथा के बाहिर र के आन्तरिक ? के स्थूल र के सूक्ष्म ?
श्लोक ७
क्व मृत्युर्जीवितं वा क्व लोकाः क्वास्य क्व लौकिकम् ।
क्व लयः क्व समाधिर्वा स्वमहिम्नि स्थितस्य मे ॥ १९-७॥
आफ्नो महिमामा स्थित मेरो लागि के मृत्यु र के जीवन ? तथा के लौकिक र के पारलौकिक ? के लय र के समाधि ?
श्लोक ८
अलं त्रिवर्गकथया योगस्य कथयाप्यलम् ।
अलं विज्ञानकथया विश्रान्तस्य ममात्मनि ॥ १९-८॥
आफ्नो महिमामा नित्यस्थित मेरो लागि जीवनका तीन उद्देश्य (धर्म, अर्थ, काम) निरर्थ छन्, योगको चर्चा अनावश्यक छ त्यस्तै विज्ञानको वर्णन पनि अनावश्यक छ ।
«
१
२
३
४
५
६
७
८