अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच
अविनाशिनमात्मानमेकं विज्ञाय तत्त्वतः ।
तवात्मज्ञानस्य धीरस्य कथमर्थार्जने रतिः ॥ ३-१॥
अष्टावक्र मुनि राजा जनकलाई भन्नुहुन्छ – ‘हे जनक ! आत्मालाई अविनाशी र एक जान । त्यस आत्मज्ञानलाई प्राप्त गरेर कुन बुद्धिमान व्यक्ति सांसारिक धन आर्जनमा प्रीति गर्लान् ?’
श्लोक २
आत्माज्ञानादहो प्रीतिर्विषयभ्रमगोचरे ।
शुक्तेरज्ञानतो लोभो यथा रजतविभ्रमे ॥ ३-२॥
स्वयंको अज्ञानको कारणले भ्रमवश विषयमा लगाव हुन्छ जस्तो सित भनेर नजान्दासम्म चाँदी भनेर लोभ हुन्छ, वास्तवमा कुरा थाहा पाएपछि भ्रम निवारण हुन्छ ।
श्लोक ३
विश्वं स्फुरति यत्रेदं तरङ्गा इव सागरे ।
सोऽहमस्मीति विज्ञाय किं दीन इव धावसि ॥ ३-३॥
जस्तो समुन्द्रमा लहराउने तरङ्गहरुको आफ्नो सत्ता हुँदैन र आखिरमा अधिष्ठानरुप समुन्द्रमा नै मिल्दछन्, त्यस्तै गरी संसार पनि तरङ्गहरुजस्तै आफ्नो सत्ताविना फुर्दछ । यस्तो जोनर तिमी कसरी पछाडि हट्न सक्छौ ?
श्लोक ४
श्रुत्वापि शुद्धचैतन्य आत्मानमतिसुन्दरम् ।
उपस्थेऽत्यन्तसंसक्तो मालिन्यमधिगच्छति ॥ ३-४॥
आत्मा शुद्ध, चैतन्य तथा अत्यन्त सुन्दर छ भन्ने जान्दाजान्दै पनि जनेन्द्रियमा आसक्त भएर कसरी मलिन हुन सक्छौ ?
श्लोक ५
सर्वभूतेषु चात्मानं सर्वभूतानि चात्मनि ।
मुनेर्जानत आश्चर्यं ममत्वमनुवर्तते ॥ ३-५॥
सबै प्राणी मात्रमा स्वयं र स्वयंमा सबै प्राणीमात्रलाई जान्ने मुनिहरुमा पनि ममताको भावना हुनु आश्चर्य छ ।
श्लोक ६
आस्थितः परमाद्वैतं मोक्षार्थेऽपि व्यवस्थितः ।
आश्चर्यं कामवशगो विकलः केलिशिक्षया ॥ ३-६॥
सच्चिदानन्द आत्मामा आश्रय लिने र मोक्षको अर्थको ज्ञान राख्ने ब्रह्मज्ञानी कामवासनाको वशमा परी विचलित हुनु आश्चर्य हो ।
श्लोक ७
उद्भूतं ज्ञानदुर्मित्रमवधार्यातिदुर्बलः ।
आश्चर्यं काममाकाङ्क्षेत् कालमन्तमनुश्रितः ॥ ३-७॥
ज्ञानी पुरुष कामलाई ज्ञानको ठूलो शत्रु जान्दाजान्दै पनि कामको कामना गर्छ भने महान् आश्चर्य मान्नुपर्छ । जसरी अन्त्य समयमा पुरुषलाई विषयवासना भोगको कुनै इन्छा हुँदैन, त्यस्तै विवेकी पुरुषलाई पनि विषय भोगको इच्छा हुँदैन ।
श्लोक ८
इहामुत्र विरक्तस्य नित्यानित्यविवेकिनः ।
आश्चर्यं मोक्षकामस्य मोक्षाद् एव विभीषिका ॥ ३-८॥
यस लोक र परलोकबाट विरक्त, नित्य र अनित्यको ज्ञान राख्ने मुमुक्षुलाई असत्यरुप देह तथा स्त्रीपुत्रको वियोगको भय हुनु महान् आश्चर्य हो, अर्थात यस्तो हुनु सम्भव छैन ।
श्लोक ९
धीरस्तु भोज्यमानोऽपि पीड्यमानोऽपि सर्वदा ।
आत्मानं केवलं पश्यन् न तुष्यति न कुप्यति ॥ ३-९॥
सधैँ केवल आत्मादर्शन गर्ने बुद्धिमान व्यक्ति न क्रोध गर्दछ, न प्रसन्न हुन्छ, ऊ सुखदुःखबाट रहित अद्वैत आत्मालाई जान्दछ जसमा न तोष हुन्छ न त रोष नै हुन्छ ।
श्लोक १०
चेष्टमानं शरीरं स्वं पश्यत्यन्यशरीरवत् ।
संस्तवे चापि निन्दायां कथं क्षुभ्येत् महाशयः ॥ ३-१०॥
जुन ज्ञानी पुरुषले आफ्नो कार्यशील शरीरलाई अरुको शरीरजस्तै आत्माबाट भिन्न देख्दछ, त्यस्तो ज्ञानी पुरुष कुनै निन्दा वा स्तुतिबाट विचलित हुँदैन ।
श्लोक ११
मायामात्रमिदं विश्वं पश्यन् विगतकौतुकः ।
अपि सन्निहिते मृत्यौ कथं त्रस्यति धीरधीः ॥ ३-११॥
समस्त जिज्ञासाहरुबाट रहित यस विश्वलाई मायामा कल्पित देख्ने स्थिर प्रज्ञ व्यक्तिलाई मृत्युको पनि कुनै डर हुँदैन ।
श्लोक १२
निःस्पृहं मानसं यस्य नैराश्येऽपि महात्मनः ।
तस्यात्मज्ञानतृप्तस्य तुलना केन जायते ॥ ३-१२॥
निराशामा पनि समस्त इच्छाहरुबाट रहित स्वयंको ज्ञानबाट प्रसन्न महात्माको तुलना कसैसँग पनि हुन सक्दैन ।
श्लोक १३
स्वभावाद् एव जानानो दृश्यमेतन्न किञ्चन ।
इदं ग्राह्यमिदं त्याज्यं स किं पश्यति धीरधीः ॥ ३-१३॥
यो दृश्यमान समस्त जगत अनित्य छ, त्यसैले असत्य छ । जसको कुनै सत्ता छैन र सत्य पनि होइन, त्यस्तो वस्तुहरुलाई ज्ञानीका दृष्टिमा कुन ग्रहण गर्ने र कुन त्याग्ने भन्ने प्रश्न असान्दर्भिक हुन्छ ।
श्लोक १४
अन्तस्त्यक्तकषायस्य निर्द्वन्द्वस्य निराशिषः ।
यदृच्छयागतो भोगो न दुःखाय न तुष्टये ॥ ३-१४॥
विषयको आन्तरिक आसक्तिलाई त्याग गरिसकेको, संदेहबाट पर कुनै इच्छा नभएको समचित्त ज्ञानी पुरुषका निमित्त दैवगतिबाट प्राप्त भएको भोग न दुःखदायी हुन्छ न त सुखदायी नै हुन्छ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४