अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच
हन्तात्मज्ञानस्य धीरस्य खेलतो भोगलीलया ।
न हि संसारवाहीकैर्मूढैः सह समानता ॥ ४-१॥
स्वयंलाई जान्ने शान्तचित्त बुद्धिमान पुरुष विषयवासनाबाट प्रभावित हुँदैन । यस्तो आसक्तिरहित पुरुष प्रारब्ध कर्म जानेर व्यवहार गर्दछ र सांसारिक परिस्थितिलाई बोझ ठान्ने मोहित व्यक्तिहरुसँग ज्ञानीको तुलना हुन सक्दैन ।
श्लोक २
यत् पदं प्रेप्सवो दीनाः शक्राद्याः सर्वदेवताः ।
अहो तत्र स्थितो योगी न हर्षमुपगच्छति ॥ ४-२॥
जुन पदको ईन्द्र आदि सम्पूर्ण देवता इच्छा गर्दछन्, त्यस पदमा स्थित भएर पनि ज्ञानीजनलाई पटक्कै हर्ष हुँदैन ।
श्लोक ३
तज्ज्ञस्य पुण्यपापाभ्यां स्पर्शो ह्यन्तर्न जायते ।
न ह्याकाशस्य धूमेन दृश्यमानापि सङ्गतिः ॥ ४-३॥
त्यस ब्रह्मलाई जान्ने ज्ञानीको अन्तःकरणलाई पुण्य वा पापले स्पर्श गर्न सक्दैन जुन प्रकार आकाशमा देखिने बादलसँग आकाशको संयोग हुँदैन ।
श्लोक ४
आत्मैवेदं जगत्सर्वं ज्ञातं येन महात्मना ।
यदृच्छया वर्तमानं तं निषेद्धुं क्षमेत कः ॥ ४-४॥
जुन महापुरुषले स्वयंलाई समस्त जगतको रुपमा जानेको छ, त्यो वर्तमान ज्ञानीलाई प्रारब्धवश कर्ममा प्रवृत्त वा निषेध गर्ने समथ्र्य को सँग छ ?
श्लोक ५
आब्रह्मस्तम्बपर्यन्ते भूतग्रामे चतुर्विधे ।
विज्ञस्यैव हि सामर्थ्यमिच्छानिच्छाविवर्जने ॥ ४-५॥
ब्रह्मादेखि स्तम्बपर्यन्त चार प्रकारका प्राणीहरुमा केवल आत्मज्ञानी नै इच्छा र अनिच्छालाई परित्याग गर्न सक्ने सामथ्र्य राख्दछन् ।
श्लोक ६
आत्मानमद्वयं कश्चिज्जानाति जगदीश्वरम् ।
यद् वेत्ति तत्स कुरुते न भयं तस्य कुत्रचित् ॥ ४-६॥
अद्वितीय आत्मस्वरुपको ज्ञान भएको निर्भय पुरुष लाखौँमा एक हुन्छ । जीव र ईश्वरको एकता सिद्ध गर्ने, आत्मस्वरुपको ज्ञान प्राप्त गरेको योगीले चाहे कुनै कर्म गरोस् अथवा नगरोस् उसलाई यो लोकमा तथा परलोकमा कुनै पनि डर हुँदैन ।
«
१
२
३
४
५
६