अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच ॥
तेन ज्ञानफलं प्राप्तं योगाभ्यासफलं तथा ।
तृप्तः स्वच्छेन्द्रियो नित्यमेकाकी रमते तु यः ॥ १७-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘जुन पुरुष सदा सन्तुष्ट, स्वच्छ, इन्द्रिय र एकान्तमा रम्ने खालका हुन्छन्, तिनले ज्ञान र योग दुवैको फल प्राप्त गर्दछन् ।’
श्लोक २
न कदाचिज्जगत्यस्मिन् तत्त्वज्ञो हन्त खिद्यति ।
यत एकेन तेनेदं पूर्णं ब्रह्माण्डमण्डलम् ॥ १७-२॥
ब्रह्मलाई जान्ने पुरुषलाई कहिल्यै पनि कुनै कुराले यस संसारमा दुःख हुँदैन किनकी एक ब्रह्मले नै यो सम्पूर्ण विश्व पूर्णतः व्याप्त छ ।
श्लोक ३
न जातु विषयाः केऽपि स्वारामं हर्षयन्त्यमी ।
सल्लकीपल्लवप्रीतमिवेभं निम्बपल्लवाः ॥ १७-३॥
आत्मचिन्तन र आत्मामा रमण गर्ने व्यक्ति विषयको भोगमा हर्षित हुँदैन । जस्तो अति मीठो सल्लकी लहराको स्वाद पाउने हात्तीले नीमको पातलाई पाएर हर्षित हुँदैन, त्यस्तै परमानन्दको अनुभव गरेका ज्ञानीलाई विषयानन्दले प्रसन्न गर्न सक्दैन ।
श्लोक ४
यस्तु भोगेषु भुक्तेषु न भवत्यधिवासितः ।
अभुक्तेषु निराकाङ्क्षी तदृशो भवदुर्लभः ॥ १७-४॥
प्राप्त भएका भोग्य वस्तुम आसक्ति नभएको र अप्राप्त भोग्य वस्तुको इच्छा नभएको व्यक्ति यस संसारमा दुर्लभ नै पाइन्छ ।
श्लोक ५
बुभुक्षुरिह संसारे मुमुक्षुरपि दृश्यते ।
भोगमोक्षनिराकाङ्क्षी विरलो हि महाशयः ॥ १७-५॥
यस संसारमा सांसारिक भोगको इच्छा भएको पनि देखिन्छ, मोक्षको इच्छा भएका पनि देखिन्छ, तर दुवै इच्छाबाट रहित महापुरुष दुर्लभ नै पाइन्छ ।
श्लोक ६
धर्मार्थकाममोक्षेषु जीविते मरणे तथा ।
कस्याप्युदारचित्तस्य हेयोपादेयता न हि ॥ १७-६॥
धर्म, अर्थ, काम, मोक्ष, जीव र मृत्युमा उपयोगिता र अनुपयोगिताको समता कोहीकोही महात्मामा मात्र पाइन्छ ।
श्लोक ७
वाञ्छा न विश्वविलये न द्वेषस्तस्य च स्थितौ ।
यथा जीविकया तस्माद् धन्य आस्ते यथा सुखम् ॥ १७-७॥
जो वास्तविक ज्ञानी हुन्छ, उसलाई न जगतको नाशको इच्छा हुन्छ न जगतको स्थितिमा द्वैष हुन्छ । ऊ ब्रह्मबाट प्रकाशित जगतको साक्षी अधिष्ठान सम्झेर आनन्दित र कृतकृत रहन्छ ।
श्लोक ८
कृतार्थोऽनेन ज्ञानेनेत्येवं गलितधीः कृती ।
पश्यन् शृण्वन् स्पृशन् जिघ्रन्न्अ श्नन्नास्ते यथा सुखम् ॥ १७-८॥
यस ज्ञानबाट कृतार्थ भई बुद्धिलाई अन्तर्हित गरी आत्मज्ञानी हेर्दै, सुन्दै, स्पर्श गर्दै, सुँघ्दै तथा खाँदै गरेर पनि सुखपूर्वक रहन्छ ।
श्लोक ९
शून्या दृष्टिर्वृथा चेष्टा विकलानीन्द्रियाणि च ।
न स्पृहा न विरक्तिर्वा क्षीणसंसारसागरे ॥ १७-९॥
दृष्टिलाई शून्य तथा अस्थिर इन्द्रियको चेष्टालाई नष्ट गरेर यस अशक्त संसाररुपी सागरसँग ज्ञानी न त आसक्ति राख्दछन् न विरक्ति ।
श्लोक १०
न जागर्ति न निद्राति नोन्मीलति न मीलति ।
अहो परदशा क्वापि वर्तते मुक्तचेतसः ॥ १७-१०॥
हे शिष्य ! शुद्ध एवं शान्तचित्त भएको जीवन्मुक्त ज्ञानी न जाग्दछ, न सुत्दछ, न आँखा खोल्दछ, न आँखा बन्द गर्दछ । अहो ! त्यस परम अवस्थामा मुक्त चेतना भएको पुरुष विरलै पाइन्छ ।
श्लोक ११
सर्वत्र दृश्यते स्वस्थः सर्वत्र विमलाशयः ।
समस्तवासना मुक्तो मुक्तः सर्वत्र राजते ॥ १७-११॥
सदा स्वयंमा स्थित, सर्वत्र स्वच्छ प्रयोजन भएको समस्त वासनाहरुबाट मुक्त, मुक्तपुरुष सर्वत्र सुशोभित हुन्छ ।
श्लोक १२
श्यन् शृण्वन् स्पृशन् जिघ्रन्न् अश्नन् गृण्हन् वदन् व्रजन् ।
ईहितानीहितैर्मुक्तो मुक्त एव महाशयः ॥ १७-१२॥
चाहे सम्पूर्ण इन्द्रियहरु आआफ्ना कर्महरु गरि नै रहून् तथापि इच्छा र द्वेषलाई चटक्क छोडेर ब्रह्ममा चित्त लगाउने पुरुष जीवन्मुक्त हुन्छ ।
श्लोक १३
न निन्दति न च स्तौति न हृष्यति न कुप्यति ।
न ददाति न गृण्हाति मुक्तः सर्वत्र नीरसः ॥ १७-१३॥
हेर्दा, सुन्दा, स्पर्श गर्दा, सुँघ्दा, खाँदा, लिँदा, बोल्दा, चल्दा, इच्छा गर्दा र इच्छा नगर्दा पनि यस्तो महात्मा न निंदा गर्छ, न प्रशंसा गर्छ, न लिन्छ, न दिन्छ यी सबैबाट अनासक्त ऊ सबै प्रकारले मुक्त हुन्छ ।
श्लोक १४
सानुरागां स्त्रियं दृष्ट्वा मृत्युं वा समुपस्थितम् ।
अविह्वलमनाः स्वस्थो मुक्त एव महाशयः ॥ १७-१४॥
अनुरागयुक्त स्त्रीलाई देखेर अथवा नजिकै आएको मृत्युलाई देखेर विचलित नहुने स्वयंमा स्थित भएको महात्मा मुक्त नै हुन्छ ।
श्लोक १५
सुखे दुःखे नरे नार्यां सम्पत्सु च विपत्सु च ।
विशेषो नैव धीरस्य सर्वत्र समदर्शिनः ॥ १७-१५॥
धीर पुरुष सुखमा, दुःखमा, पुरुषमा, नारीमा, सम्पत्तिमा, विपत्तिमा अन्तर नदेखि सर्वत्र समदर्शी हुन्छन् ।
श्लोक १६
न हिंसा नैव कारुण्यं नौद्धत्यं न च दीनता ।
नाश्चर्यं नैव च क्षोभः क्षीणसंसरणे नरे ॥ १७-१६॥
ज्ञानी पुरुषमा संसाररुपी सागर क्षीण भइसकेको हुन्छ, उसका लागि हिंसा र करुणाको भावना केही हुँदैन, न गर्व हुन्छ न दीनता हुन्छ, न आश्चर्य हुन्छ न क्षोभको भावना नै हुन्छ ।
श्लोक १७
न मुक्तो विषयद्वेष्टा न वा विषयलोलुपः ।
असंसक्तमना नित्यं प्राप्ताप्राप्तमुपाश्नुते ॥ १७-१७॥
मुक्त पुरुष न विषयमा द्वेष गर्दछ न आसक्ति नै । ऊ प्राप्ति र अप्राप्तिमा सदा समान मन भएको हुन्छ ।
श्लोक १८
समाधानसमाधानहिताहितविकल्पनाः ।
शून्यचित्तो न जानाति कैवल्यमिव संस्थितः ॥ १७-१८॥
संदेह र समाधान एवं हित र अहितको कल्पनाबाट पर शून्य चित्त भएको पुरुष कैवल्यमा नै स्थित हुन्छ ।
श्लोक १९
निर्ममो निरहङ्कारो न किञ्चिदिति निश्चितः ।
अन्तर्गलितसर्वाशः कुर्वन्नपि करोति न ॥ १७-१९॥
ममतारहित, अहंकाररहित र दृश्य जगतको अस्तित्वरहित दृढ निश्चय भएको सबै इच्छाहरुबाट रहित ज्ञानी व्यवहारिक कर्म गरेर पनि नगरे बराबर हुन्छ किनभने उसमा कर्तृत्व अभिमान हुँदैन ।
श्लोक २०
मनःप्रकाशसंमोहस्वप्नजाड्यविवर्जितः ।
दशां कामपि सम्प्राप्तो भवेद् गलितमानसः ॥ १७-२०॥
जसका अन्तष्करणका वृत्ति क्षीण भइसकेका छन्, जसका स्त्रीपुत्र, धनमानप्रतिको मोहममता एवं लिप्सा हटिसकेको छ र जो अज्ञानरुपी जडत्वबाट निवृत्त छ, त्यस्ता ज्ञानीको विलक्षण अवस्था वर्णन गरेर सकिँदैन ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०