अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच ॥
प्रकृत्या शून्यचित्तो यः प्रमादाद् भावभावनः ।
निद्रितो बोधित इव क्षीणसंस्मरणो हि सः ॥ १४-१॥
जनक भन्दछन् – ‘जो स्वभावैले विचारशून्य छ र सायदै कहिले इच्छा गर्दछ, ऊ पूर्व स्मृतिहरुबाट त्यही प्रकारले मुक्त हुन्छ, जुन प्रकारले निन्द्राबाट जागेको व्यक्ति सपनाबाट मुक्त हुन्छ ।’
श्लोक २
क्व धनानि क्व मित्राणि क्व मे विषयदस्यवः ।
क्व शास्त्रं क्व च विज्ञानं यदा मे गलिता स्पृहा ॥ १४-२॥
जब म कुनै इच्छा नै गर्दिन भने मलाई धन, मित्र, विषय, शास्त्र र विज्ञानसँग के प्रयोजन रहन्छ ?
श्लोक ३
विज्ञाते साक्षिपुरुषे परमात्मनि चेश्वरे ।
नैराश्ये बन्धमोक्षे च न चिन्ता मुक्तये मम ॥ १४-३॥
देह, इन्द्रिय एवं अन्तष्करणको साक्षीका रुपमा रहने सर्वशक्तिमान परमात्माको ज्ञान भएपछि बन्धन र मोक्षबाट निरपेक्ष भएको छु र मलाई मोक्षको चिन्ता पनि छैन ।
श्लोक ४
अन्तर्विकल्पशून्यस्य बहिः स्वच्छन्दचारिणः ।
भ्रान्तस्येव दशास्तास्तास्तादृशा एव जानते ॥ १४-४॥
आन्तरिक इच्छाहरुबाट रहित, बाह्य रुपमा चिन्तारहित आचरण गर्ने, देख्दा पागलजस्तो देखिने स्वतन्त्र ज्ञानी पुरुषलाई अन्य कोही ज्ञानीले मात्र चिन्न सक्दछ ।
«
१
२
३
४