आत्मबोध–तत्वबोध
«
श्लोक १
तपोभिः क्षीणपापानां शान्तानां वीतरागिणाम्।
मुमुक्षूणामपेक्ष्योऽयमात्मबोधो विधीयते।।१।।
जसले आफ्नो पापहरुलाई तपद्वारा निर्मूल गरेको छ तथा जसको मन शान्त तथा रागादि दोषहरुबाट रहित छ, यस्तो मोक्षले ईच्छुक साधकहरुको लागि आत्मबोध ग्रन्थ रचना गरिएको हो ।
श्लोक २
बोधोऽन्यसाधनेभ्यो हि साक्षान्मोक्षैकसाधनम्।
पाकस्य वह्निवज्ज्ञानं विना मोक्षो न सिध्यति।।२।।
जुन प्रकार अग्नि भोजन पकाउनको लागि प्रत्यक्ष साधन हो, त्यसै प्रकार मोक्षको लागि प्रत्यक्ष साधन ज्ञान मात्र हो । ज्ञान नभई मोक्ष कहिल्यै संभव छैन ।
श्लोक ३
अविरोधितया कर्म नाविद्यां विनिवर्तयेत्।
विद्याविद्यां निहन्त्येव तेजस्तिमिरसंघवत्।।३।।
अज्ञानलाई नाश गर्नको लागि कर्म साधनरुप हुन सक्दैन किनकी कर्म अज्ञानको विरोधी होइन । जसरी प्रकाश नै अन्धकारलाई हटाउन सक्छ, त्यस्तै ज्ञान मात्र अज्ञानको विरोधी भएको कारण त्यसलाई नाश गर्न सक्दछ ।
श्लोक ४
अवच्छिन्न इवाज्ञानात्तन्नाशे सति केवलः।
स्वयं प्रकाशते ह्यात्मा मेघापायेंऽशुमानिव।।४।।
अज्ञानको कारणले नै असिमित आत्मा सिमित प्रतीत हुन्छ । अज्ञान नाश हुने बित्तिकै सबै भेदहरुबाट भिन्न आत्मा यसप्रकार प्रकाशित हुन्छ जस्तो बादल हटेर सूर्य प्रकाशित हुन्छ ।
श्लोक ५
अज्ञानकलुषं जीवं ज्ञानाभ्यासाद्विनिर्मलम्।
कृत्वा ज्ञानं स्वयं नश्येज्जलं कतकरेणुवत्।।५।।
अज्ञानले अपवित्र जीव ज्ञानवृत्तिलाई उत्पन्न गरेर निरन्तर अभ्यासबाट शुद्ध हुन्छ । यो ज्ञानवृत्ति जीवलाई शुद्ध गरेर स्वतः नष्ट हुन्छ, जसरी फिटकिरी पानीलाई शुद्ध गरेर स्वयं बस्दछ ।
श्लोक ६
संसारः स्वप्नतुल्यो हि रागद्वेषादिसंकुलः।
स्वकाले सत्यवद्भाति प्रबोधे सत्यसद्भवेत्।।६।।
राग–द्वेषादिले युक्त यो संसार सपना समान छ । जबसम्म सपना हुन्छ, सत्य प्रतीत हुन्छ । तर जाग्नेबित्तिकै असत्य रहेछ भनेर ज्ञान हुन्छ ।
श्लोक ७
तावत्सत्यं जगद्भाति शुक्तिकारजतं यथा।
यावन्न ज्ञायते ब्रह्म सर्वाधिष्ठानमद्वयम्।।७।।
जगत तबसम्म सत्य लाग्दछ जबसम्म त्यसको अधिष्ठिान स्वरुप ब्रह्मको साक्षात्कार हुँदैन जसरी सितमा चाँदीको भ्रम तबसम्म हुन्छ, जबसम्म सितको ज्ञान हुँदैन ।
श्लोक ८
उपादानेऽखिलाधारे जगन्ति परमेश्वरे।
सर्गस्थितिलयान्यान्ति बुद्बुदानीव वारिणि।।८।।
सबैको उपादान कारण र आधाररुप परमेश्वरमा नै यो जगत उत्पत्ति, स्थिति र लयमा त्यसै प्रकार समाहित हुन्छ जसरी जलमा बुलबुल आदि नाम–रुप को उत्पत्ति र समाहित हुन्छ ।
श्लोक ९
सच्चिदात्मन्यनुस्यूते नित्ये विष्णौ प्रकल्पिताः।
व्यक्तयो विविधाः सर्वा हाटके कटकादिवत्।।९।।
जगतका सबै पदार्थ सच्चित् स्वरुप, नित्य, सर्वव्यापक विष्णुरुपी अधिष्ठानमा त्यसै प्रकार आरोपित हुन्छन्, जसरी सुनमा कंगन आदि आभूषण ।
श्लोक १०
यथाकाशो हृषीकेशो नानोपाधिगतो विभुः।
तद्भेदाद्भिन्नवद्भाति तन्नाशे केवलो भवेत्।।१०।।
जसरी सर्वव्यापी आकाश भिन्नभिन्न उपाधिका कारण अनेक प्रतीत हुन्छ, तथा उपाधि नष्ट हुँदा एक हुन्छ, त्यसरी नै भिन्नभिन्न उपाधिका कारण अनेक प्रतीत हुने एक सर्वव्यापक ब्रह्म उपाधि नष्ट हुँदा एक हुन्छ ।
श्लोक ११
नानोपाधिवशादेव जातिनामाश्रमादयः।
आत्मन्यारोपितास्तोये रसवर्णादिभेदवत्।।११।।
भिन्नभिन्न उपाधिहरुसँग सम्बन्धका कारण जाति, वर्ण, आश्रम आदि आत्मामा आरोपित हुन्छन् जसरी जलमा रस, रंग, आकार आदि आरोपित हुन्छन् ।
श्लोक १२
पञ्चीकृतमहाभूतसंभवं कर्मसंचितम्।
शरीरं सुखदुःखानां भोगायतनमुच्यते।।१२।।
पूर्वकर्महरुद्वारा निश्चित तथा पंचीकृत महाभूतबाट निर्मित यो स्थूल शरीर सुख दुःखको अनुभवको साधन अथवा भोगको आयतन हो भनी जान्नुपर्दछ ।
श्लोक १३
पञ्चप्राणमनोबुद्धिदशेन्द्रियसमन्वितम्।
अपञ्चीकृतभूतोत्थं सूक्ष्माङ्गं भोगसाधनम्।।१३।।
पाँच प्राण, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, मन र बुद्धि – यी सत्र वस्तुहरुको समूहरुप अपंचीकृत महाभूतहरुबाट निर्मित यो सूक्ष्म शरीर सुख दुःखको अनुभवको साधन हो ।
श्लोक १४
अनाद्यविद्यानिर्वाच्या कारणोपाधिरुच्यते।
उपाधित्रितयादन्यमात्मानमवधारयेत्।।१४।।
अनिर्वचनीय तथा अनादि अविद्या कारण शरीर हो । आत्मा यी तीनै उपाधिहरुबाट मुक्त छ – यस्तो निश्चय गर्नुपर्दछ ।
श्लोक १५
पञ्चकोशादियोगेन तत्तन्मय इव स्थितः।
शुद्धात्मा नीलवस्त्रादियोगेन स्फटिको यथा।।१५।।
जसरी स्फटिक आफ्नो नजिक रहेका पहिरन आदिको नीलो रंगका कारण नीलो प्रतीत हुन्छ, त्यसै प्रकार शुद्ध आत्मा पाँच कोशहरुको नजिक भएका कारण ती गुणहरुले युक्त प्रतीत हुन थाल्दछ ।
श्लोक १६
वपुस्तुषादिभिः कोशैर्युक्तं युक्त्यवघाततः।
आत्मानमान्तरं शुद्धं विविञ्च्यात्तण्डुलं यथा।।१६।।
शुद्धस्वरुप आत्मालाई पञ्च कोशहरुबाट युक्तिपूर्वक विवेकद्वारा त्यसरी नै अलग्ग गर्नुपर्दछ जसरी चामल निकाल्नलाई धानबाट बोक्रा अलग गरिन्छ ।
श्लोक १७
सदा सर्वगतोऽप्यात्मा न सर्वत्रावभासते।
बुद्धावेवावभासेत स्वच्छेषु प्रतिबिम्बवत्।।१७।।
आत्मा सर्वव्यापक भएपनि सबै पदार्थमा आभाष हुँदैन, यसको आभाष शुद्धबुद्धिमा नै हुन्छ जसरी स्वच्छ ऐनामा स्वरुप देखिन्छ ।
श्लोक १८
देहेन्द्रियमनोबुद्धिप्रकृतिभ्यो विलक्षणम्।
तद्वृत्तिसाक्षिणं विद्यादात्मानं राजवत्सदा।।१८।।
आत्मालाई सदैव प्रकृतिको कारणरुप शरीर, ईन्द्रिय, मन, बुद्धिबाट अलग्ग सबैको साक्षीरुप जान्नुपर्दछ ।
श्लोक १९
व्यापृतेष्विन्द्रियेष्वात्मा व्यापारीवाविवेकिनाम्।
दृश्यतेऽभ्रेषु धावत्सु धावन्निव यथा शशी।।१९।।
आकाशमा बादल चलेका कारण चन्द्रमा हिँडेको महशुस हुन्छ । त्यस्तै अज्ञानीजन ईन्द्रियको कार्यलाई आत्माको कार्य भनी मान्दछन् ।
श्लोक २०
आत्मचैतन्यमाश्रित्य देहेन्द्रियमनोधियः।
स्वकीयार्थेषु वर्तन्ते सूर्यालोकं यथा जनाः।।२०।।
आत्मचैतन्यको आश्रय लिएर देह, ईन्द्रिय, मन, बुद्धि आदि त्यसैप्रकार आफ्नो आफ्नो कार्य गर्दछन् जसरी सूर्यको सान्निध्यमा सबै मनुष्य आफ्नो कर्ममा प्रेरित हुन्छन् ।
श्लोक २१
देहेन्द्रियगुणान्कर्माण्यमले सच्चिदात्मनि।
अध्यस्यन्त्यविवेकेन गगने नीलतादिवत्।।२१।।
अविवेकी अज्ञानवश मन र ईन्द्रियका कृयाकलापलाई सच्चिदानन्द आत्मामा अध्यस्त गर्दछन्, जसरी आकाशमा देखिने नीलिमालाई अज्ञानी आकाशको नै रंग मान्दछन् ।
श्लोक २२
अज्ञानान्मानसोपाधेः कर्तृत्वादीनि चात्मनि।
कल्प्यन्तेऽम्बुगते चन्द्रे चलनादि यथाम्भसः।।२२।।
जसरी अज्ञानी जलको चञ्चलता आदि उसमा प्रतिबिम्बित चन्द्रमाको भनी मान्दछन्, त्यस्तै मनको चञ्चलता आदि उपाधिहरु अज्ञानवश आत्माको गुण भनी मान्दछन् ।
श्लोक २३
रागेच्छासुखदुःखादि बुद्धौ सत्यां प्रवर्तते।
सुषुप्तौ नास्ति तन्नाशे तस्माद्बुद्धेस्तु नात्मनः।।२३।।
राग–द्वेष, सुख–दुःख तथा ईच्छा आदि मन अन्तर्गतका विविध वृत्तिहरुको सुषुप्ति अवस्थामा कुनै अस्तित्व हुँदैन तर बुद्धिको जागृत अवस्थामा बोध हुन्छ, त्यसैले यी सबै विकारहरु बुद्धिको हो, आत्माको होईन भनी जान्नुपर्दछ ।
श्लोक २४
प्रकाशोऽर्कस्य तोयस्य शैत्यमग्नेर्यथोष्णता।
स्वभावः सच्चिदानन्दनित्यनिर्मलतात्मनः।।२४।।
जसरी सूर्यको स्वभाव प्रकाश स्वरुप, जलको शीतलता तथा अग्निको उष्णता आदि हो, त्यस्तै आत्मा स्वरुपतः सच्चिदानन्द, नित्य एवं शुद्ध स्वरुप हो ।
श्लोक २५
आत्मनः सच्चिदंशश्च बुद्धेर्वृत्तिरिति द्वयम्।
संयोज्य चाविवेकेन जानामीति प्रवर्तते।।२५।।
आत्माको सत्–चित् अंश तथा बुद्धिको वृत्तिहरुको अविवेकपूर्ण संयोगका कारण ‘म जान्दछु’ भन्ने वृत्ति उत्पन्न हुन्छ ।
श्लोक २६
आत्मनो विक्रिया नास्ति बुद्धेर्बोधो न जात्विति।
जीवः सर्वमलं ज्ञात्वा ज्ञाता द्रष्टेति मुह्यति।।२६।।
चेतन स्वरुप आत्मामा कुनै विकार हुन सक्दैन । त्यस्तै जड बुद्धिमा जान्ने सामथ्र्य हुँदैन । जीव अज्ञान र अविवेकका कारण आफूलाई नै कर्ता, द्रष्टा आदि मानेर मोहित हुन्छ ।
श्लोक २७
रज्जुसर्पवदात्मानं जीवं ज्ञात्वा भयं वहेत्।
नाहं जीवः परात्मेति ज्ञातश्चेन्निर्भयो भवेत्।।२७।।
आत्मालाई जीव मानेर व्यक्ति यसप्रकार डराउँछ जसरी रसीलाई सर्प सम्झेर । जब व्यक्ति यो जान्दछ कि म जीव होइन, परमात्मा नै हुँ, त्यही समय ऊ सबै डरबाट मुक्त हुन्छ ।
श्लोक २८
आत्मावभासयत्येको बुद्ध्यादीनीन्द्रियाणि हि।
दीपो घटादिवत्स्वात्मा जडैस्तैर्नावभास्यते।।२८।।
जसरी दिपकद्वारा घटादि विषय प्रकाशित हुन्छन्, त्यस्तै आत्माद्वारा बुद्धि र ईन्द्रियहरु प्रकाशित हुन्छन् । बुद्धि आदि स्वतः जड भएका कारण न स्वयंलाई न अरुलाई नै प्रकाशित गर्न सक्दछन् ।
श्लोक २९
स्वबोधे नान्यबोधेच्छा बोधरूपतयात्मनः।
न दीपस्यान्यदीपेच्छा यथा स्वात्मप्रकाशने।।२९।।
जसरी दीपकलाई स्वयंलाई प्रकाशित गर्नको निमित्त अन्य दीपको आवश्यकता पर्दैन, त्यस्तै ज्ञानस्वरुप आत्मालाई स्वयंलाई जान्नको लागि अन्य ज्ञानको आवश्यकता पर्दैन ।
श्लोक ३०
निषिध्य निखिलोपाधीन्नेति नेतीति वाक्यतः।
विद्यादैक्यं महावाक्यैर्जीवात्मपरमात्मनोः।।३०।।
‘नेति–नेति’ आदि श्रुति वाक्यहरुद्वारा सबै उपाधिहरुलाई निषेध गरेर महावाक्यद्वारा लक्षित जीवात्म–परमात्माको एकतालाई जान ।
श्लोक ३१
आविद्यकं शरीरादि दृश्यं बुद्बुदवत्क्षरम्।
एतद्विलक्षणं विद्यादहं ब्रह्मेति निर्मलम्।।३१।।
अविद्या अर्थात कारण शरीरदेखि स्थूल शरीरसम्म सबै शरीर पानीको बुलबुल समान नाशवान छन् । त्यसैले सदैव विलक्षण निर्मलतत्व ब्रह्म ‘म’ हुँ भनी निश्चय गर्नुपर्दछ ।
श्लोक ३२
देहान्यत्वान्न मे जन्मजराकार्श्यलयादयः।
शब्दादिविषयैः सङ्गो निरिन्द्रियतया न च।।३२।।
म शरीरबाट अलग्ग छु, त्यसैले जन्म, जरा, क्षय, मृत्यु आदि षड्विकार ममा छैनन् । म ईन्द्रियहरुबाट पर छु, त्यसैले शब्दादि विषयहरुसँग मेरो कुनै सम्बन्ध छैन ।
श्लोक ३३
अमनस्त्वान्न मे दुःखरागद्वेषभयादयः।
अप्राणो ह्यमनाः शुभ्र इत्यादिश्रुतिशासनात्।।३३।।
म मन हैन, त्यसैले दुःख, राग, द्वेष र भय इत्यादि पनि मेरो होइनन् । ‘म अप्राण, अमन तथा शुद्ध हुँ’ यो श्रुतिले पनि भन्दछ ।
श्लोक ३४
निर्गुणो निष्क्रियो नित्यो निर्विकल्पो निरञ्जनः।
निर्विकारो निराकारो नित्यमुक्तोऽस्मि निर्मलः।।३४।।
म निर्गुण, निष्क्रिय, नित्य, निर्विकल्प, निर्विकार, निराकार, नित्यमुक्त र निर्मल हुँ ।
श्लोक ३५
अहमाकाशवत्सर्वं बहिरन्तर्गतोऽच्युतः।
सदा सर्वसमः सिद्धो निःसङ्गो निर्मलोऽचलः।।३५।।
म आकाशजस्तै सबैको भित्र बाहिर व्याप्त, अपरिवर्तनशील, सदा र सर्वत्र समान, शुद्ध, असंग, निर्मल र अचल हुँ ।
श्लोक ३६
नित्यशुद्धविमुक्तैकमखण्डानन्दमद्वयम्।
सत्यं ज्ञानमनन्तं यत्परं ब्रह्माहमेव तत्।।३६।।
म त्यही परब्रह्म तत्व हुँ, जो नित्य, शुद्ध, मुक्त एक, अखण्ड, आनन्द, अद्वेय तथा सत्य, ज्ञान, अनन्त स्वरुप हुँ ।
श्लोक ३७
एवं निरन्तरकृता ब्रह्मैवास्मीति वासना।
हरत्यविद्याविक्षेपान्रोगानिव रसायनम्।।३७।।
यसप्रकार निरन्तर अभ्यासद्वारा उत्पन्न ‘म ब्रह्म हुँ’ यो संस्कार अज्ञान र त्यसबाट उत्पन्न विक्षेपलाई त्यसप्रकार नाश गर्दछ जुनप्रकार औषधि सेवनले रोगलाई निवारण गर्दछ ।
श्लोक ३८
विविक्तदेश आसीनो विरागो विजितेन्द्रियः।
भावयेदेकमात्मानं तमनन्तमनन्यधीः।।३८।।
एकान्तस्थानमा स्थित भएर, रागबाट टाढा रहेर तथा ईन्द्रियहरुलाई वशमा गरेर अनन्तस्वरुप एक आत्मतत्वलाई अनन्य भावले चिन्तन गर्नुपर्दछ ।
श्लोक ३९
आत्मन्येवाखिलं दृश्यं प्रविलाप्य धिया सुधीः।
भावयेदेकमात्मानं निर्मलाकाशवत्सदा।।३९।।
विवेकी पुरुष विवेकपूर्ण सम्पूर्ण दृश्य जगतलाई आफूमा विलिन गरेर आकाश समान निर्मल आत्मालाई सधैँ स्मरण गर्नुपर्दछ ।
श्लोक ४०
रूपवर्णादिकं सर्वं विहाय परमार्थवित्।
परिपूर्णचिदानन्दस्वरूपेणावतिष्ठते।।४०।।
परमार्थबाट अलग्ग नाम–रुपात्मक जगतप्रतिको बुद्धिको भ्रान्तिलाई त्यागेर परिपूर्ण चिदानन्दस्वरुपमा अवस्थित हुनुपर्दछ ।
श्लोक ४१
ज्ञातृज्ञानज्ञेयभेदः परे नात्मनि विद्यते।
चिदानन्दैकरूपत्वाद्दीप्यते स्वयमेव हि।।४१।।
परमात्मा चिदानन्दस्वरुप भएका कारण उहाँमा ज्ञाता, ज्ञान र ज्ञेयको भेद छैन । एक भएका कारण उहाँ स्वयंप्रकाशित हुनुहुन्छ ।
श्लोक ४२
एवमात्मारणौ ध्यानमथने सततं कृते।
उदितावगतिज्वाला सर्वाज्ञानेन्धनं दहेत्।।४२।।
आत्मालाई अरणी बनाएर ध्यानरुप मंथन गर्नुपर्दछ जसबाट ज्ञानाग्नि उत्पन्न हुन्छ साथै उसको प्रचण्ड ज्वाला समस्त अज्ञानरुपी ईन्धनलाई जलाएर भष्म गरिदिन्छ ।
श्लोक ४३
अरुणेनेव बोधेन पूर्वं संतमसे हृते।
तत आविर्भवेदात्मा स्वयमेवांशुमानिव।।४३।।
जसरी सूर्योदयभन्दा पहिले नै अन्धकार हटेर जान्छ, त्यस्तै आत्मसाक्षात्कारभन्दा पहिले नै ज्ञानद्वारा अज्ञान निवृत्त हुन्छ ।
श्लोक ४४
आत्मा तु सततं प्राप्तोऽप्यप्राप्तवदविद्यया।
तन्नाशे प्राप्तवद्भाति स्वकण्ठाभरणं यथा।।४४।।
आत्मा नित्य प्राप्त नै छ । तर अविद्याको कारण अप्राप्त प्रतीत भएको छ । अविद्याको नाश हुने बित्तिकै आत्माको त्यस्तो अनुभव हुन्छ जस्तो आफ्नो गलामा भएको हार हराएको सम्झिएको मान्छेले गलामा छाम्दा हुन्छ ।
श्लोक ४५
स्थाणौ पुरुषवद्भ्रान्त्या कृता ब्रह्मणि जीवता।
जीवस्य तात्त्विके रूपे तस्मिन्दृष्टे निवर्तते।।४५।।
अन्धकारका कारण खम्बामा भूत प्रतीत भएजस्तै अज्ञानका कारण ब्रह्म जीवजस्तै प्रतीत भएको छ । जीवलाई तात्विक रुपमा जान्नेबित्तिकै जीवभाव समाप्त हुन्छ र ब्रह्मभाव प्राप्त हुन्छ ।
श्लोक ४६
तत्त्वस्वरूपानुभवादुत्पन्नं ज्ञानमञ्जसा।
अहं ममेति चाज्ञानं बाधते दिग्भ्रमादिवत्।।४६।।
तत्वको अनुभवरुपी ज्ञानबाट ‘म’ र ‘मेरो’ भन्ने भ्रम यसरी नष्ट हुन्छ जसरी दिशाहरुको ज्ञानबाट त्यससम्बन्धी भएको भ्रम नष्ट हुन्छ ।
श्लोक ४७
सम्यग्विज्ञानवान्योगी स्वात्मन्येवाखिलं स्थितम्।
एकं च सर्वमात्मानमीक्षते ज्ञानचक्षुषा।।४७।।
जसलाई सम्यक् अनुभवजन्य ज्ञान भएको छ, त्यो योगी आफूमा नै सबै जगतलाई तथा सबैलाई आफ्नो आत्माजस्तै ज्ञानचक्षुबाट देख्दछ ।
श्लोक ४८
आत्मैवेदं जगत्सर्वमात्मनोऽन्यन्न किंचन।
मृदो यद्वद्धटादीनि स्वात्मानं सर्वमीक्षते।।४८।।
जसरी माटोबाट बनेको घट माटो नै हो, त्यसप्रकार ज्ञानी यो सम्पूर्ण जगतलाई आत्मास्वरुपमा नै देख्दछ, त्यसबाट भिन्न केही छैन ।
श्लोक ४९
जीवन्मुक्तस्तु तद्विद्वान्पूर्वोपाधिगुणांस्त्यजेत्।
स सच्चिदादिधर्मत्वं भेजे भ्रमरकीटवत्।।४९।।
जीवन्मुक्त विद्वान आफ्नो सम्पूर्ण पूर्व उपाधिहरुलाई त्यागेर सच्चिदानन्द स्वरुप ब्रह्म हुन्छ जसरी किरा भ्रमरको ध्यान गर्दागर्दै भ्रमररुप हुन्छ ।
श्लोक ५०
तीर्त्वा मोहार्णवं हत्वा रागद्वेषादिराक्षसान्।
योगी शान्तिसमायुक्त आत्मा रामो विराजते।।५०।।
योगी पुरुष मोहरुपी सागरलाई पार गरेर, राग–द्वेषरुपी राक्षसहरुलाई मारेर शान्तिले आत्मामा नै रमण गर्दछन् ।
श्लोक ५१
बाह्यानित्यसुखासक्तिं हित्वात्मसुखनिर्वृतः।
घटस्थदीपवच्छश्वदन्तरेव प्रकाशते।।५१।।
बाह्य अनित्य सुखको आसक्तिलाई त्यागेर आत्मानन्दमा तृप्त भएर जीवन्मुक्त आफ्नो भित्र घटमा स्थित दीपकजस्तै स्वयंमा देदीप्यमान हुन्छन् ।
श्लोक ५२
उपाधिस्थोऽपि तद्धर्मैरलिप्तो व्योमवन्मुनिः।
सर्वविन्मूढवत्तिष्ठेदसक्तो वायुवच्चरेत्।।५२।।
त्यस मुनि उपाधिहरुले सुसोभित भएर पनि आकाशजस्तै गुणहरुबाट अलिप्त हुन्छन् । त्यस्तै सबै कुरा जानेर पनि अज्ञानीजस्तै विचरण गर्दछन् ।
श्लोक ५३
उपाधिविलयाद्विष्णौ निर्विशेषं विशेन्मुनिः।
जले जलं वियद्व्योम्नि तेजस्तेजसि वा यथा।।५३।।
उपाधिहरु त्यस व्यापक तत्व विष्णुमा विलिन भएसँगै मुनि निर्विशेष तत्वमा यसरी मिल्दछन् जस्तो जलमा जल, आकाशमा आकाश र अग्निमा अग्नि मिल्दछन् ।
श्लोक ५४
यल्लाभान्नापरो लाभो यत्सुखान्नापरं सुखम्।
यज्ज्ञानान्नापरं ज्ञानं तद्ब्रह्मेत्यवधारयेत्।।५४।।
जुनभन्दा धेरै यस जगतमा न कुनै लाभ छ, न कुनै सुख छ तथा उसभन्दा महान न कुनै ज्ञान छ, त्यसैलाई नै ब्रह्म भनेर जान्नुपर्दछ ।
श्लोक ५५
यद्दृष्ट्वा नापरं दृश्यं यद्भूत्वा न पुनर्भवः।
यज्ज्ञात्वा नापरं ज्ञेयं तद्ब्रह्मेत्यवधारयेत्।।५५।।
जसलाई देखेपछि न केही देख्न योग्य हुन्छ, जो भएपछि न केही हुन बाँकी हुन्छ तथा जसलाई जानेपछि यस जगतमा न अरु केही जान्न बाँकी रहन्छ, त्यसैलाई नै ब्रह्म भनेर जान्नुपर्दछ ।
श्लोक ५६
तिर्यगूर्ध्वमधः पूर्णं सच्चिदानन्दमद्वयम्।
अनन्तं नित्यमेकं यत्तद्ब्रह्मेत्यवधारयेत्।।५६।।
जो माथि पनि छ, जो तल पनि छ, जो सच्चिदानन्द, अद्वेय अनन्तस्वरुप नित्य, एकमात्र पूर्णतत्व हो, त्यसैलाई नै ब्रह्म भनेर जान्नुपर्दछ ।
श्लोक ५७
अतद्व्यावृत्तिरूपेण वेदान्तैर्लक्ष्यतेऽव्ययम्।
अखण्डानन्दमेकं यत्तद्ब्रह्मेत्यवधारयेत्।।५७।।
जसलाई वेदान्तशास्त्र निषेध लक्षणाले लक्षित गर्दछ, त्यस एक, अद्वेय–अखण्डानन्द स्वरुपतत्वलाई नै ब्रह्म भनेर जान्नुपर्दछ ।
श्लोक ५८
अखण्डानन्दरूपस्य तस्यानन्दलवाश्रिताः।
ब्रह्माद्यास्तारतम्येन भवन्त्यानन्दिनोऽखिलाः।।५८।।
त्यस अखण्ड आनन्दस्वरुप, ब्रह्मानन्दमा ब्रह्मा आदि देवता आश्रित छन् र तिनीहरु पनि आफ्नो आफ्नो शक्ति अनुपातमा नै त्यस आनन्दलाई उपभोग गर्दछन् ।
श्लोक ५९
तद्युक्तमखिलं वस्तु व्यवहारश्चिदन्वितः।
तस्मात्सर्वगतं ब्रह्म क्षीरे सर्पिरिवाखिले।।५९।।
सम्पूर्ण पदार्थ ब्रह्मद्वारा नै व्याप्त छन् । साथै सम्पूर्ण चेष्टाहरु ब्रह्मको कारण नै सम्भव छ । त्यसैले ब्रह्म सम्पूर्ण पदार्थमा यसरी व्याप्त छ, जसरी दूधमा मक्खन ।
श्लोक ६०
अनण्वस्थूलमह्रस्वमदीर्घमजमव्ययम्।
अरूपगुणवर्णाख्यं तद्ब्रह्मेत्यवधारयेत्।।६०।।
जो न सूक्ष्म छ, न स्थूल छ, न छोटो छ, न लामो छ, जसमा न जन्म छ, न विकार छ, न परिवर्तन छ, तथा जो रुप, गुण, वर्ण र नामबाट रहित छ, त्यसलाई नै ब्रह्म भनेर जान्नुपर्दछ ।
श्लोक ६१
यद्भासा भास्यतेऽर्कादि भास्यैर्यत्तु न भास्यते।
येन सर्वमिदं भाति तद्ब्रह्मेत्यवधारयेत्।।६१।।
जसको प्रकाशले सूर्य आदि प्रकाशित हुन्छ तर जसलाई प्रकाशित हुन अन्य कुनै प्रकाशको आवश्यकता पर्दैन, त्यस्तो सम्पूर्णमा प्रकाशस्वरुपलाई नै ब्रह्म भनेर जान्नुपर्दछ ।
श्लोक ६२
स्वयमन्तर्बहिर्व्याप्य भासयन्नखिलं जगत्।
ब्रह्म प्रकाशते वह्निप्रतप्तायसपिण्डवत्।।६२।।
ब्रह्म सम्पूर्ण जगतको बाहिर भित्र व्याप्त भएर यसरी प्रकाशित हुन्छ जस्तो जलेको फलामको गोलामा भएको अग्नि ।
श्लोक ६३
जगद्विलक्षणं ब्रह्म ब्रह्मणोऽन्यन्न किंचन।
ब्रह्मान्यद्भाति चेन्मिथ्या यथा मरुमरीचिका।।६३।।
ब्रह्म जगतभन्दा अत्यन्त विलक्षण छ तथा ब्रह्मभन्दा अरु केही भिन्न छैन । यदि केही ब्रह्मबाट भिन्न प्रतीत हुन्छ भने त्यो मिथ्या मात्र हो ।
श्लोक ६४
दृश्यते श्रूयते यद्यद्ब्रह्मणोऽन्यन्न तद्भवेत्।
तत्त्वज्ञानाच्च तद्ब्रह्म सच्चिदानन्दमद्वयम्।।६४।।
जे पनि यहाँ देखिन्छ वा सुनिन्छ, ब्रह्मबाट भिन्न केही पनि छैन । तत्वको ज्ञान हुँदा यो जगत अद्वेय, सच्चिदानन्द स्वरुप ब्रह्म नै प्रतीत हुन थाल्दछ ।
श्लोक ६५
सर्वगं सच्चिदानन्दं ज्ञानचक्षुर्निरीक्षते।
अज्ञानचक्षुर्नेक्षेत भास्वन्तं भानुमन्धवत्।।६५।।
आत्मा सर्वव्यापी, सच्चित्स्वरुप भएपनि ज्ञानचक्षुले मात्र जान्न सकिन्छ । अज्ञानरुपी चक्षुले देख्न सकिँदैन जसरी अन्धोले प्रकाशित भएको सूर्यलाई देख्न सक्दैन ।
श्लोक ६६
श्रवणादिभिरुद्दीप्त
ज्ञानाग्निपरितापितः।
जीवः सर्वमलान्मुक्तः
स्वर्णवद्द्योतते स्वयम्।।६६।।
शास्त्र श्रवणादिले ज्ञानाग्निलाई प्रज्ज्वलित गरेर जीव सम्पूर्ण अज्ञानजनित मलिनताहरुबाट मुक्त भएर स्वर्णजस्तै प्रकाशित हुन्छ ।
श्लोक ६७
हृदाकाशोदितो ह्यात्मा
बोधभानुस्तमोपहृत्।
सर्वव्यापी सर्वधारी
भाति भासयतेऽखिलम्।।६७।।
जुन समय हृदयाकाशमा उदाउने ज्ञानको सूर्य अज्ञानान्धाकारलाई नाश गर्दछ, तब सर्वव्यापक तथा सर्वाधार ब्रह्म स्वयं प्रकाशित हुन्छ र जगतलाई पनि प्रकाशित गर्दछ ।
श्लोक ६८
दिग्देशकालाद्यनपेक्ष्य सर्वगं
शीतादिहृन्नित्यसुखं निरञ्जनम्।
यः स्वात्मतीर्थं भजते विनिष्क्रियः
स सर्ववित्सर्वगतोऽमृतो भवेत्।।६८।।
जुन व्यक्तिले सबै कर्महरुलाई त्याग गरेको छ तथा देश, काल, दिशाको विकारहरुबाट आफूलाई टाढा राखेको छ, जो सर्वव्यापक, जाडो–गर्मी आदि द्वन्द्वहरुबाट पर, नित्य आनन्दस्वरुप तथा निरञ्जन आफ्नो आत्मरुपी तीर्थमा रमण गर्दछ, त्यो सर्वज्ञ सर्वव्यापक हुन्छ र अमृतत्व प्राप्त गर्दछ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८