गुरु गीता
«
श्लोक १
अचिन्त्याव्यक्तरूपाय निर्गुणाय गणात्मने ।
समस्तजगदाधारमूर्तये ब्रह्मणे नमः ॥ १॥
जुन ब्रह्म अचिन्त्य, अव्यक्त, तीन गुणहरुले रहित त्रिगुणात्मक र समस्त जगतको अधिष्ठानरुप हो, यस्तो ब्रह्मलाई नमस्कार छ ।
श्लोक २
ऋषय ऊचुः ।
सूत सूत महाप्राज्ञ निगमागमपारगम् ।
गुरुस्वरूपमस्माकं ब्रूहि सर्वमलापहम् ॥ २॥
ऋषिहरुले भन्नुभयो – ‘हे महाज्ञानी, हे वेद–वेदाङ्गहरुमा निपुण ! प्यारो सुतजी ! सर्व पापहरुको नाश गर्ने भएको गुरुको स्वरुप हामीलाई सुनाउनुहोस् ।’
श्लोक ३
यस्य श्रवणमात्रेण देही दुःखाद्विमुच्यते ।
येन मार्गेण मुनयः सर्वज्ञत्वं प्रपेदिरे ॥ ३॥
जसको बारेमा सुन्नाले मात्र पनि मनुष्य दुःखदेखि विमुक्त हुन जान्छन्, जुन उपायले मुनिहरुले सर्वज्ञता प्राप्त गरेका हुन ।
श्लोक ४
यत्प्राप्य न पुनर्याति नरः संसारबन्धनम् ।
तथाविधं परं तत्त्वं वक्तव्यमधुना त्वया ॥ ४॥
जसलाई प्राप्त गरेर मनुष्य फेरि संसार बन्धनमा बाँधिदैन, यस्तो परम तत्वको कथन तपाईँ सुनाउनुहोस् ।
श्लोक ५
गुह्याद्गुह्यतमं सारं गुरुगीता विशेषतः ।
त्वत्प्रसादाच्च श्रोतव्या तत्सर्वं ब्रूहि सूत नः ॥ ५॥
जुन तत्व परम रहस्यमय एवं श्रेष्ठ सारभूत छ र विशेष गरेर जुन गुरुगीता छ, त्यो तपाईँको कृपाले हामी सुन्न चाहन्छौँ । प्यारा सुतजी ! त्यो हामीलाई सुनाउनुहोस् ।
श्लोक ६
इति सम्प्रार्थितः सूतो मुनिसङ्घैर्मुहुर्मुहुः ।
कुतूहलेन महता प्रोवाच मधुरं वचः ॥ ६॥
यसप्रकार बारम्बार प्रार्थना गरेपछि सुतजी धेरै प्रसन्न भएर मुनिहरुको समूहमा मधुर वचन बोल्नुभयो ।
श्लोक ७
सूत उवाच ।
श्रुणुध्वं मुनयः सर्वे श्रद्धया परया मुदा ।
वदामि भवरोगघ्नीं गीतां मातृस्वरूपिणीम् ॥ ७॥
सुतजीले भन्नुभयो – ‘हे सर्व मुनिहरु ! संसाररुपी रोगको नाश गर्ने भएकी, मातृस्वरुपिणी (माताको समान ध्यान राख्ने) गुरुगीता भन्दछु, तपाईँ अत्यन्त श्रद्धा र प्रसन्नतापूर्वक सुन्नुहोस् ।'
श्लोक ८-१०
पुरा कैलासशिखरे सिद्धगन्धर्वसेविते ।
तत्र कल्पलतापुष्पमन्दिरेऽत्यन्तसुन्दरे ॥ ८॥
व्याघ्राजिने समासीनं शुकादिमुनिवन्दितम् ।
बोधयन्तं परं तत्त्वं मध्ये मुनिगणे क्वचित् ॥ ९॥
प्रणम्रवदना शश्वन्नमस्कुर्वन्तमादरात् ।
दृष्ट्वा विस्मयमापन्न पार्वती परिपृच्छति ॥ १०॥
प्राचीन कालमा सिद्ध र गन्धर्वहरुको आवास रुप कैलास पर्वतको शिखरमा कल्पवृक्षको फूलहरुले बनेको अत्यन्त सुन्दर मन्दिरमा, मुनिहरुको बीच व्याघ्रचर्ममा बस्नुभएका, शुक आदि मुनिहरुद्वारा बन्दना गर्न जाने भएका र परम तत्वको बोध गराई दिएका भगवान शंकरलाई बारम्बार नमस्कार गरेको देखेर अत्यन्त नम्र मुख भएकी पार्वतीले आश्चर्य चकित भएर सोध्नुभयो ।
श्लोक ११
पार्वत्युवाच ।
ॐ नमो देव देवेश परात्पर जगद्गुरो ।
त्वां नमस्कुर्वते भक्त्या सुरासुरनराः सदा ॥ ११॥
पार्वतीले भन्नुभयो – ‘हे ॐकारको अर्थ स्वरुप, देवताहरुको पनि देवता, श्रेष्ठहरु भन्दा पनि श्रेष्ठ, हे जगद्गुरु तपाईँलाई प्रणाम गर्दछु । देव, दानव र मानव सबै हजुरलाई सदा भक्तिपूर्वक प्रणाम गर्दछन् ।'
श्लोक १२
विधिविष्णुमहेन्द्राद्यैर्वन्द्यः खलु सदा भवान् ।
नमस्करोषि कस्मै त्वं नमस्काराश्रयः किल ॥ १२॥
हजुर ब्रह्मा, विष्णु, इन्द्र आदि सबैको नमस्कार योग्य हुनुहुन्छ । यस्तो नमस्कारको आश्रयरुप भएर पनि हजुर कसलाई नमस्कार गर्नुहुन्छ ?
श्लोक १३
भगवन् सर्वधर्मज्ञ व्रतानां व्रतनायकम् ।
ब्रूहि मे कृपया शम्भो गुरुमाहात्म्यमुत्तमम् ॥ १३॥
हे भगवान, हे सबै धर्मका ज्ञाता ! हे शम्भु ! जुन व्रत सबै व्रतहरुमा श्रेष्ठ छ, यस्तो उत्तम गुरु माहात्म्य कृपा गरेर मलाई भन्नुहोस् ।
श्लोक १४
इति सम्प्रार्थितः शश्वन्महादेवो महेश्वरः ।
आनन्दभरतिः स्वान्ते पार्वतीमिदमब्रवीत् ॥ १४॥
यस प्रकार देवीद्वारा बारम्बार प्रार्थना गरेपछि महेश्वरले अन्तमा खुब प्रसन्न भएर पार्वतीलाई यसप्रकार भन्नुभयो ।
श्लोक १५
श्री महादेव उवाच ।
न वक्तव्यमिदं देवि रहस्यातिरहस्यकम् ।
न कस्यापि पुरा प्रोक्तं त्वद्भक्त्यर्थं वदामि तत् ॥ १५॥
श्री महादेवले भन्नुभयो – ‘हे देवी ! यस तत्व रहस्यहरुको अति नै रहस्य छ, त्यसैले जोकोहीलाई भन्नु उचित हुँदैन । पहिले कसैसँग पनि भनेको छैन । तिम्रो भक्तिले प्रसन्न भएर भन्दछु ।'
श्लोक १६
मम रूपासि देवि त्वमतस्तत्कथयामि ते ।
लोकोपकारकः प्रश्नो न केनापि कृतः पुरा ॥ १६॥
हे देवी ! तिमी मेरो स्वरुप हौ, त्यसैले यो रहस्य तिमीलाई भन्दछु । तिम्रो यो प्रश्न कल्याणकारक छ । यस्तो प्रश्न पहिले कसैले पनि गरेको थिएन ।
श्लोक १७
यस्य देवे परा भक्तिर्यथा देवे तथा गुरौ ।
तस्यैते कथिता ह्यर्थाः प्रकाशन्ते महात्मनः ॥ १७॥
जसको ईश्वरमा उत्तम भक्ति हुन्छ, जस्तो ईश्वरमा त्यस्तै नै भक्ति जसको गुरुमा हुन्छ, त्यस्तो महात्माहरुले मात्र मैले भनेको रहस्य बुझ्दछन् ।
श्लोक १८
यो गुरुः स शिवः प्रोक्तो यः शिवः स गुरुः स्मृतः ।
विकल्पं यस्तु कुर्वीत स नरो गुरुतल्पगः ॥ १८॥
जुन गुरु हो उही शिव हो, जुन शिव हो उही गुरु हो । यी दुईमा जसले फरक देख्दछ, त्यो गुरुपत्नी गमन गर्ने समान पापी हुन्छ ।
श्लोक १९-२१
वेदशास्त्रपुराणानि चेतिहासादिकानि च ।
मन्त्रयन्त्रादिविद्यानां मोहनोच्चाटनादिकम् ॥ १९॥
शैवशाक्तागमादीनि ह्यन्ये च बहवो मताः ।
अपभ्रंशाः समस्तानां जीवानां भ्रान्तचेतसाम् ॥ २०॥
जपस्तपो व्रतं तीर्थं यज्ञो दानं तथैव च ।
गुरुतत्त्वमविज्ञाय सर्वं व्यर्थं भवेत्प्रिये ॥ २१॥
हे प्रिय ! वेद, शास्त्र, पुराण, इतिहास आदि मन्त्र, यन्त्र, मोहन, उच्चाटन आदि विद्या र शैव, शाक्त, आगम र अन्य सबै मतमतान्तरले गुरुतत्व नजानेका भ्रान्त चित्त भएका जीवहरुलाई पथभ्रष्ट गराउँछन् र जप, तप, व्रत, तीर्थ, यज्ञ, दान सबै व्यर्थ हुन्छन् ।
श्लोक २२
गुरुबुद्ध्यात्मनो नान्यत् सत्यं सत्यं वरानने ।
तल्लाभार्थं प्रयत्नस्तु कर्तव्यश्च मनीषिभिः ॥ २२॥
आत्मामा गुरुबुद्धि सिवाय अन्य कुनै पनि सत्य होइन । त्यसैले आत्मज्ञान प्राप्त गर्नको लागि बुद्धिमानहरुले प्रयत्न गर्नुपर्दछ ।
श्लोक २३
गूढाविद्या जगन्माया देहश्चाज्ञानसम्भवः ।
विज्ञानं यत्प्रसादेन गुरुशब्देन कथयते ॥ २३॥
जगत गूढ अविद्यात्मक मायारुप हो र शरीर अज्ञानले उत्पन्न भएको हो । यसको विश्लेषणात्मक ज्ञान जसको कृपाले प्राप्त हुन्छ, त्यस ज्ञानलाई गुरु भनिन्छ ।
श्लोक २४
देही ब्रह्म भवेद्यस्मात् त्वत्कृपार्थं वदामि तत् ।
सर्वपापविशुद्धात्मा श्रीगुरोः पादसेवनात् ॥ २४॥
श्री गुरुदेवको पाऊको सेवाले मात्र मनुष्य सबै पापहरुबाट विशुद्धात्मा भएर ब्रह्मरुप हुन्छ । यो तिमीलाई कृपा गरेर भन्दछु ।
श्लोक २५
शोषणं पापपङ्कस्य दीपनं ज्ञानतेजसः ।
गुरोः पादोदकं सम्यक् संसारार्णवतारकम् ॥ २५॥
श्री गुरुदेवका चरणामृत पापरुपी हिलोबाट उद्दार गर्दछ, ज्ञान तेजरुपमा प्रकाशित हुन्छ र संसार सागरबाट तर्दछ ।
श्लोक २६
अज्ञानमूलहरणं जन्मकर्मनिवारकम् ।
ज्ञानविज्ञानसिद्ध्यर्थं गुरुपादोदकं पिबेत् ॥ २६॥
अज्ञानको जडलाई जरैदेखि उखाल्ने, अनेक जन्मजन्मान्तरका कर्मलाई निराकरण गर्ने, ज्ञान र वैराग्य सिद्ध गर्नै श्री गुरुदेवका चरणामृत पान गर्नुपर्दछ ।
श्लोक २७
स्वदेशिकस्यैव च नामकीर्तनं
भवेदनन्तस्य शिवस्य कीर्तनम् ।
स्वदेशिकस्यैव च नामचिन्तनं
भवेदनन्तस्य शिवस्य चिन्तनम् ॥ २७॥
आफ्नो गुरुदेवको नामको कीर्तन अनन्त स्वरुप भगवान शिवको नै कीर्तन हो । आफ्नो गुरुदेवको नामको चिन्तन अनन्त स्वरुप भगवान शिवको नै चिन्तन हो ।
श्लोक २८
काशीक्षेत्रं निवासश्च जाह्नवी चरणोदकम् ।
गुरुविश्वेश्वरः साक्षात् तारकं ब्रह्मनिश्चयः ॥ २८॥
गुरुदेवको निवास स्थान नै काशी क्षेत्र हो । श्री गुरुदेवको पाउ नै गंगा हो । गुरुदेव नै भगवान विश्वनाथ हुनुहुन्छ र निश्चित नै उहाँ तारक ब्रह्म हुनुहुन्छ ।
श्लोक २९
गुरुसेवा गया प्रोक्ता देहः स्यादक्षयो वटः ।
तत्पादं विष्णुपादं स्यात् तत्र दत्तमनन्तकम् ॥ २९॥
गुरुदेवको सेवा नै तीर्थराज गया हो, गुरुदेवको शरीर अक्षय वटवृक्ष हो, गुरुदेवको श्री चरण भगवान विष्णुकै श्री चरण हो, उहाँमा लगाएको मन एकाकार हुन्छ ।
श्लोक ३०
गुरुवक्त्रे स्थितं ब्रह्म प्राप्यते तत्प्रसादतः ।
गुरोर्ध्यानं सदा कुर्यात् कुलस्त्री स्वपतिं यथा ॥ ३०॥
ब्रह्म, श्री गुरुदेवको मुखारविन्दमा स्थित हुन्छ । त्यो ब्रह्म उहाँको कृपाले नै प्राप्त हुन्छ । त्यसैले जुनप्रकारले स्वेच्छाचारी स्त्रीले आफ्नो पुरुषको चिन्तन गर्छिन्, त्यसै प्रकार सदा गुरुदेवको ध्यान गर्नुपर्दछ ।
श्लोक ३१
स्वाश्रमं च स्वजातिं च स्वकीर्तिं पुष्टिवर्धनम् ।
एतत्सर्वं परित्यज्य गुरुमेव समाश्रयेत् ॥ ३१॥
आफ्नो आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास), आफ्नो जाति, आफ्नो कीर्ति (लोकप्रियता, पद, प्रतिष्ठा) पालन–पोषण, यो सबै छोडेर गुरुदेवको समस्त आश्रय लिनुपर्दछ ।
श्लोक ३२
गुरुवक्त्रे स्थिता विद्या गुरुभक्त्या च लभ्यते ।
त्रैलोक्ये स्फुटवक्तारो देवर्षिपितृमानवाः ॥ ३२॥
विद्या गुरुदेवको मुखमा रहन्छ र गुरुदेवको भक्तिले नै प्राप्त हुन्छ । यो कुरा तीनै लोकमा देव, ऋषि, पितृ र मानवद्वारा स्पष्टरुपमा भनिएको छ ।
श्लोक ३३
गुकारश्चान्धकारो हि रुकारस्तेज उच्यते ।
अज्ञानग्रासकं ब्रह्म गुरुरेव न संशयः ॥ ३३॥
‘गु’ शब्दको अर्थ अन्धकार हो र ‘रु’ शब्दको अर्थ प्रकाश हो । अज्ञानलाई नष्ट गर्ने जो ब्रह्मरुप प्रकाश नै गुरु हुनुहुन्छ, यसमा कुनै संशय छैन ।
श्लोक ३४
गुकारश्चान्धकारस्तु रुकारस्तन्निरोधकृत् ।
अन्धकारविनाशित्वात् गुरुरित्यभिधीयते ।। ३४ ।।
‘गु’कार अन्धकार हो र त्यसलाई टाढा गर्ने ‘रु’कार हो । अज्ञानरुपी अन्धकारलाई नष्ट गर्ने भएको कारणले नै ‘गुरु’ भनिएको हो ।
श्लोक ३५
गुकारश्च गुणातीतो रूपातीतो रुकारकः ।
गुणरूपविहीनत्वात् गुरुरित्यभिधीयते ॥ ३५॥
‘गु’कार गुणातीत हो र ‘रु’कार रुपातीत हो । गुण र रुपबाट पर भएको हुनाले नै ‘गुरु’ भनिएको हो ।
श्लोक ३६
गुकारः प्रथमो वर्णो मायादिगुणभासकः ।
रुकारोऽस्ति परं ब्रह्म मायाभ्रान्तिविमोचनम् ॥ ३६॥
प्रथम अक्षर ‘गु’कार माया आदि गुणहरुको प्रकाशक हो र दोस्रो अक्षर ‘रु’कार मायाको भ्रान्तिबाट मुक्ति दिने परब्रह्म हो ।
श्लोक ३७
आसनं शयनं वस्त्रं वाहनं भूषणादिकम् ।
साधकेन प्रदातव्यं गुरुसन्तोषकारणम् ॥ ३७॥
साधकले गुरुदेवलाई प्रसन्न गर्नको निमित्त आसन, बिस्तारा, वस्त्र, आभूषण आदि गुरुदेवमा समर्पित गर्नुपर्दछ ।
श्लोक ३८
शरीरमिन्द्रियं प्राणमर्थस्वजनबान्धवान् ।
आत्मदारादिकं सर्वं सद्गुरुभ्यो निवेदयेत् ॥ ३८॥
जब कुनै साधक आत्मज्ञान प्राप्त गर्ने उद्देश्यले गुरुदेवको शरणमा आउँछ भने उसको लागि शरीर, इन्द्रिय, प्राण, धन, कुटुम्ब, नाते–नातेदार सबैसँग कुनै सम्बन्ध रहन्न, त्यसैले सबैलाई गुरुदेवमा समर्पित गर्नुपर्दछ ।
श्लोक ३९
सर्वश्रुतिशिरोरत्नविराजितपदांबुजम् ।
वेदान्तार्थप्रवक्तारं तस्मात् सम्पूजयेद्गुरुम् ॥ ३९॥
ज्ञान प्रदाता गुरु सर्वश्रुतिरुप श्रेष्ठ रत्नहरुले सुशोभित हुनुहुन्छ र वेदान्तको सही विश्लेषण गर्नुहुन्छ, त्यसैले श्री गुरुदेवको पूजा गर्नुपर्दछ ।
श्लोक ४०
यस्य स्मरणमात्रेण ज्ञानमुत्पद्यते स्वयम् ।
स एव सर्वसम्पत्तिः तस्मात्सम्पूजयेद्गुरुम् ॥ ४०॥
जसको स्मरण मात्रले नै ज्ञान आफैँ प्रकट हुन लाग्दछ र उहाँ नै सर्व सम्पदा (सम, दमादि)रुप हुनुहुन्छ । त्यसैले श्री गुरुदेवको पूजा गर्नुपर्दछ ।
श्लोक ४१
संसारवृक्षमारूढाः पतन्ति नरकार्णवे ।
यस्तानुद्धरते सर्वान् तस्मै श्रीगुरवे नमः ॥ ४१॥
संसाररुपी वृक्षमा चढेका मनुष्य नरकरुपी सागरमा झर्छन् । ती सबैको उद्दार गर्ने श्री गुरुदेवलाई नमस्कार छ ।
श्लोक ४२
एक एव परो बन्धुर्विषमे समुपस्थिते ।
गुरुः सकलधर्मात्मा तस्मै श्रीगुरवे नमः ॥ ४२॥
जब विकट परिस्थिति आउँछ, तब उहाँ नै एकमात्र उद्धारकर्ता हुनुहुन्छ र सबै धर्मको आत्मस्वरुप हुनुहुन्छ । त्यस्तो श्री गुरुदेवलाई नमस्कार छ ।
श्लोक ४३
भवारण्यप्रविष्टस्य दिङ्मोहभ्रान्तचेतसः ।
येन सन्दर्शितः पन्थाः तस्मै श्रीगुरवे नमः ॥ ४३॥
संसाररुपी अरण्यमा प्रवेश गरिसकेपछि दिग्मूढको अवस्थामा चित्त भ्रमित हुन्छ, यस्तो समयमा जसले मार्गदर्शन गर्नुहुन्छ, उहाँ श्री गुरुदेवलाई नमस्कार छ ।
श्लोक ४४
तापत्रयाग्नितप्तनामशान्तप्राणिनां भुवि ।
यस्य पादोदकं गङ्गा तस्मै श्रीगुरवे नमः ॥ ४४॥
यो पृथ्वीमा त्रिताप (आदिदैविक, आदिभौतिक, आध्यात्मिक)रुपी अग्निबाट जलेर अशान्त भएका प्राणीहरुको लागि गुरुदेव नै एकमात्र उत्तम गंगा हुनुहुन्छ, यस्तो श्री गुरुदेवलाई नमस्कार छ ।
श्लोक ४५
सप्तसागरपर्यन्तं तीर्थस्नानफलं तु यत् ।
गुरुपादपयोबिन्दोः सहस्रांशेन तत्फलम् ॥४५॥
सात समुन्द्र सबै तीर्थहरुमा स्नान गर्दा जति फल मिल्दछ, त्यो फल पनि गुरुदेवको चरणामृतको एक विन्दुको हजारौँ हिस्साको एक हिस्सा हो ।
श्लोक ४६
शिवे रुष्टे गुरुस्त्राता गुरौ रुष्टे न कश्चन ।
लब्ध्वा कुलगुरु सम्यग्गुरुमेव समाश्रयेत् ॥ ४६॥
यदि शिवजी रिसाएमा गुरुदेवले बचाउने हुनुहुन्छ, तर गुरुदेव रिसाएमा त बचाउने पनि कोही छैन । त्यसैले गुरुदेवलाई प्रसन्न बनाएर सधैँ उहाँको शरणमा रहनुपर्दछ ।
श्लोक ४७
गुकारं च गुणातीतं रूकारं रूपवर्जितम् ।
गुणातीतमरूपं च यो दद्यात् स गुरुः स्मृतः ॥ ४७॥
गुरु शब्दको ‘गु’ अक्षर गुणातीत अर्थको बोधक हो र ‘रु’ अक्षर रुपातीत स्थितिको बोधक हो । यी दुवै अवस्थामा जसले पुर्याउँदछ, उहाँलाई नै ‘गुरु’ भनिन्छ ।
श्लोक ४८
अत्रिनेत्रः शिवः साक्षात् द्विबाहुश्च हरिः स्मृतः ।
योऽचतुर्वदनो ब्रह्मा श्रीगुरुः कथितः प्रिये ॥ ४८॥
हे प्रिये ! गुरुदेव नै त्रिनेत्र रहित (दुई नेत्र हुनुभएको) साक्षात् शिव हुनुहुन्छ, दुई हात भएका विष्णु हुनुहुन्छ र एक मुख भएका ब्रह्मा हुनुहुन्छ ।
श्लोक ४९
देवकिन्नरगन्धर्वाः पितृयक्षास्तु तुम्बुरुः ।
मुनयोऽपि न जानन्ति गुरुशुश्रूषणे विधिम् ॥ ४९॥
देव, किन्नर, गन्धर्व, पितृ, यक्ष, तुम्बुरु (गन्धर्वको एक प्रकार) र मुनिहरु पनि गुरुसेवाको विधि जान्दैनन् ।
श्लोक ५०
तार्किकाश्छान्दसाश्चैव दैवज्ञाः कर्मठाः प्रिये ।
लौकिकास्ते न जानन्ति गुरुतत्त्वं निराकुलम् ॥ ५०॥
हे प्रिये ! तार्किक, वैदिक, ज्योतिषी, कर्मकाण्डी तथा लौकिकजन निर्मल गुरुतत्वलाई जान्दैनन् ।
श्लोक ५१
महाहङ्कारगर्वेण ततोविद्याबलेन च ।
भ्रमन्त्येतस्मिन् संसारे घटीयन्त्रं यथा पुनः ॥ ५१॥
तप र विद्याको बालको कारणले र महा अहंकारको कारणले जीव यस संसारमा घडीको सुईझैँ बारम्बार घुमिरहन्छ ।
श्लोक ५२
यज्ञिनोऽपि न मुक्ताः स्युः न मुक्ता योगिनस्तथा ।
तापसा अपि नो मुक्ता गुरुतत्त्वात्पराङ्मुखाः ॥ ५२॥
यदि गुरुतत्वबाट विमुख भएमा याज्ञिकले मुक्ति पाउन सक्दैनन्, योगी मुक्त हुन सक्दैनन् र तपस्वी पनि मुक्त हुन सक्दैनन् ।
श्लोक ५३
न मुक्तास्तु गन्धर्वाः पितृयक्षास्तु चारणाः ।
ऋषयः सिद्धदेवाद्या गुरुसेवापराङ्मुखाः ॥ ५३॥
॥ इति श्रीस्कंदपुराणे उत्तरखंडे उमामहेश्वर संवादे
श्री गुरुगीतायां प्रथमोऽध्यायः ॥
गुरुको सेवाबाट विमुख गन्धर्व, पितृ, यक्ष, चारण, ऋषि, सिद्ध र देवता पनि मुक्त हुन सक्दैनन् । ॥ इति श्रीस्कंदपुराणे उत्तरखंडे उमामहेश्वर संवादे श्री गुरुगीतायां प्रथमोऽध्यायः ॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९