गुरु गीता
«
श्लोक १४४-१४६
अथ काम्यजपस्थानं कथयामि वरानने ।
सागरान्ते सरितीरे तीर्थे हरिहरालये ॥ १४४॥
शक्तिदेवालये गोष्ठे सर्वदेवालये शुभे ।
वटस्य धात्र्या मूले वा मठे वृन्दावने तथा ॥ १४५॥
पवित्रे निर्मले देशे नित्यानुष्ठानतोऽपि वा ।
निर्वेदनेन मौनेन जपमेतत् समारभेत् ॥ १४६॥
बिना आसन गरिएको जप नीच कर्म हुन्छ र निष्फल हुन्छ । यात्रामा, युद्धमा, शत्रुको उपद्रवमा गुरु गीताको पाठ गर्नाले विजय मिल्दछ । मरणकालमा जप गर्नाले मोक्ष मिल्दछ । गुरु शिष्यको सबै कार्य सिद्ध हुन्छ, यसमा कुनै सन्देह छैन ।
श्लोक १४७
जाप्येन जयमाप्नोति जपसिद्धिं फलं तथा ।
हीनं कर्म त्यजेत्सर्वं गर्हितस्थानमेव च ॥ १४७॥
जपले जय प्राप्त हुन्छ तथा जपले सिद्धि प्राप्त हुन्छ । जपानुष्ठान गर्दा सबै नीच कर्म र निन्दित स्थानलाई त्याग गर्नुपर्दछ ।
श्लोक १४८
श्मशाने बिल्वमूले वा वटमूलान्तिके तथा ।
सिद्ध्यन्ति कानके मूले चूतवृक्षस्य सन्निधौ ॥ १४८॥
शमशानमा, बिल्व, वटवृक्ष वा कनकवृक्षको मुनी र आम्रवृक्षको नजीक बसेर जप गर्नाले सिद्धि चाँडै मिल्दछ ।
श्लोक १४९
आकल्पजन्मकोटीनां यज्ञव्रततपः क्रियाः ।
ताः सर्वाः सफला देवि गुरुसंतोषमात्रतः ।।१४९।।
हे देवी ! कल्प पर्यन्तको, करोडौँ जन्महरुको यज्ञ, व्रत, तप र शास्त्रोक्त क्रियाहरु, सबै गुरुदेव संतोष हुनुभएपछि मात्र सफल हुन्छ ।
श्लोक १५०
मंदभाग्या ह्यशक्ताश्च ये जना नानुमन्वते ।
गुरुसेवासु विमुखाः पच्यन्ते नरकेऽशुचौ ।।१५०।।
भाग्यहीन, शक्तिहीन र गुरुसेवाले विमुख जुन व्यक्ति यस उपदेशलाई मान्दैन, त्यस्तो व्यक्ति घोर नरकमा पर्दछ ।
श्लोक १५१
विद्या धनं बलं चैव तेषां भाग्यं निरर्थकम् ।
येषां गुरुकृपा नास्ति अधो गच्छन्ति पार्वति ।।१५१।।
जो माथि श्रीगुरुदेवको कृपा छैन, उसको विद्या, धन, बल र भाग्य निरर्थक छ । हे पार्वती ! त्यसको अधोगति हुन्छ ।
श्लोक १५२
धन्या माता पिता धन्यो गोत्रं धन्यं कुलोद्भवः ।
धन्या च वसुधा देवि यत्र स्याद्गुरुभक्तता ॥ १५२॥
जसको भित्र गुरुभक्ति छ, उसको माता–पिता धन्य हो, उसको वंश धन्य हो । उसको वंशमा जन्म लिने धन्य हुन् । समग्र धरती माता धन्य हुन् ।
श्लोक १५३
शरीरमिन्द्रियं प्राणश्चार्थः स्वजनबन्धुता ।
मातृकुलं पितृकुलं गुरुरेव न संशयः ॥ १५३॥
शरीर, ईन्द्रियहरु, प्राण, धन, स्वजन, बन्धु–बान्धव, माताको कुल, पिताको कुल यी सबै गुरुदेव नै हुन्, यसमा कुनै संशय छैन ।
श्लोक १५४
गुरुर्देवो गुरुर्धर्मो गुरौ निष्ठा परं तपः ।
गुरोः परतरं नास्ति त्रिवारं कथयामि ते ॥ १५४॥
गुरु नै देवता हो, गुरु नै धर्म हो, गुरुमा निष्ठा नै परम तप हो । गुरुभन्दा अधिक अरु केही पनि छैन, यो म तिन पटक भन्दछु ।
श्लोक १५५
समुद्रे वै यथा तोयं क्षीरे क्षीरं जले जलम् ।
भिन्ने कुम्भे यथाकाशं तथाऽऽत्मा परमात्मनि ॥ १५५॥
जुन प्रकार सागरमा पानी, दूधमा दूध, घ्यूमा घ्यू, अलग अलग घडामा आकाश एक र अभिन्न छ, त्यस्तै प्रकार परमात्मामा जीवात्मा एक र अभिन्न छ ।
श्लोक १५६
तथैव ज्ञानवान् जीवः परमात्मनि सर्वदा ।
ऐक्येन रमते ज्ञानी यत्र कुत्र दिवानिशम् ॥ १५६॥
यस्तै प्रकार ज्ञानी सदा परमात्माको साथ अभिन्न भएर रात–दिन आनन्द विभोर भएर सर्वत्र विचरण गर्ने गर्दछन् ।
श्लोक १५७
गुरुसन्तोषणादेव मुक्तो भवति पार्वति ।
अणिमादिषु भोक्तृत्वं कृपया देवि जायते ॥ १५७॥
हे पार्वती ! गुरुदेवलाई सन्तुष्ट गर्नाले शिष्य मुक्त हुन्छ । हे देवी ! गुरुदेवको कृपाले उसले अणिमादि सिद्धिहरुको भोग प्राप्त गर्दछ ।
श्लोक १५८
साम्येन रमते ज्ञानी दिवा वा यदि वा निशि ।
एवंविधो महामौनी त्रैलोक्यसमतां व्रजेत् ॥ १५८॥
ज्ञानी दिनमा वा रात्रिमा, सदा सर्वदा समत्व भावमा रमण गर्ने गर्दछ । यस प्रकारको ब्रह्मनिष्ठ महात्मा तीनै लोकमा समान भावले विचरण गर्दछ ।
श्लोक १५९
गुरुभावः परं तीर्थमन्यर्थं निरर्थकम् ।
सर्वतीर्थमयं देवि श्रीगुरोश्चरणाम्बुजम् ॥ १५९॥
गुरुभक्ति नै सबैभन्दा श्रेष्ठ तीर्थ हो । अन्य तीर्थ निरर्थक छ । गुरुदेवको चरणकमल सर्वतीर्थमय छ ।
श्लोक १६०
कन्याभोगरता मन्दाः स्वकान्तायाः पराङ्मुखाः ।
अतः परं मया देवि कथितन्न मम प्रिये ॥ १६०॥
हे देवी ! कन्याको भोगमा रत, स्वस्त्रीसँग विमुख (परस्त्रीगामी) यस्तो बुद्धिशून्य व्यक्तिहरुको लागि मेरो यस आत्मा प्रिय परमबोध भनेको होइन ।
श्लोक १६१
अभक्ते वञ्चके धूर्ते पाषण्डे नास्तिकादिषु ।
मनसाऽपि न वक्तव्या गुरुगीता कदाचन ॥ १६१॥
अभक्त, कपटी, धूर्त, पाखण्डी, नास्तिक आदिलाई यस गुरुगीता सुनाउने मनमा सोच्नुसम्म पनि हुँदैन ।
श्लोक १६२
गुरवो बहवः सन्ति शिष्यवित्तापहारकाः ।
तमेकं दुर्लभं मन्ये शिष्यहृत्तापहारकम् ॥ १६२॥
शिष्यको धनको अपहरण गर्ने गुरु धेरै छन् तर शिष्यको हृदयको संताप हरण गर्ने गुरु दुर्लभ छ ।
श्लोक १६३
चातुर्यवान् विवेकी च अध्यात्मज्ञानवान् शुचिः ।
मानसं निर्मलं यस्य गुरुत्वं तस्य शोभते ॥ १६३॥
जो चतुर छ, विवेकी छ, अध्यात्मको ज्ञाता छ, पवित्र छ तथा निर्मल मन भएको छ, उसमा गुरुत्व शोभा पाउँदछ ।
श्लोक १६४
गुरवो निर्मलाः शान्ताः साधवो मितभाषिणः ।
कामक्रोधविनिर्मुक्ताः सदाचाराः जितेन्द्रियाः ॥ १६४॥
गुरु निर्मल, शान्त, साधु, स्वभावको मितभाषी, काम–क्रोधले रहित, सदाचारी र जितेन्द्रिय हुन्छन् ।
श्लोक १६५
सूचकादिप्रभेदेन गुरवो बहुधा स्मृताः ।
स्वयं सम्यक् परीक्ष्याथ तत्त्वनिष्ठं भजेत्सुधीः ॥ १६५॥
सूचक आदि अनेक भेदले गुरुको वर्गीकरण छ । बुद्धिमान मनुष्यले स्वयं योग्य विचार गरेर तत्वनिष्ठ सद्गुरुको शरण लिनुपर्दछ ।
श्लोक १६६
वर्णजालमिदं तद्वद्बाह्यशास्त्रं तु लौकिकम् ।
यस्मिन् देवि समभ्यस्तं स गुरुः सुचकः स्मृतः ॥ १६६॥
हे देवी ! वर्ण र अक्षरहरुको सिद्ध गर्ने बाह्य लौकिक शास्त्रहरुको –आधुनिक जगतको समस्त भौतिक विद्याहरुको जसलाई अभ्यास छ, त्यो गुरु ‘सूचक गुरु’ हो ।
श्लोक १६७
वर्णाश्रमोचितां विद्यां धर्माधर्मविधायिनीम् ।
प्रवक्तारं गुरुं विद्धि वाचकं त्विति पार्वति ॥ १६७॥
हे पार्वती ! धर्म र अधर्मको विधान जानेको र वर्ण र आश्रमको नियम अनुसार प्रवचन दिने गुरुलाई तिमी ‘वाचक गुरु’ भनी जान ।
श्लोक १६८
पञ्चाक्षर्यादिमन्त्राणामुपदेष्टा तु पार्वति ।
स गुरुर्बोधको भूयादुभयोरयमुत्तमः ॥ १६८॥
पञ्चाक्षरी आदि मन्त्रको उपदेश दिने गुरुलाई ‘बोधक गुरु’ भनिन्छ । हे पार्वती ! पहिला दुई गुरुभन्दा बोधक गुरु उत्तम हुन्छन् ।
श्लोक १६९
मोहमारणवश्यादितुच्छमन्त्रोपदर्शिनम् ।
निषिद्धगुरुरित्याहुः पण्डितास्तत्त्वदर्शिनः ॥ १६९॥
मोहन, मारण, वशीकरण आदि तुच्छ मन्त्रको ज्ञान दिने गुरुलाई तत्वदर्शी पण्डितहरु ‘निषिद्ध गुरु’ भन्दछन् ।
श्लोक १७०
अनित्यमिति निर्दिश्य संसारं संकटालयम् ।
वैराग्यपथदर्शी यः स गुरुर्विहितः प्रिये ॥ १७०॥
हे प्रिये ! संसार अनित्य र दुःखको घर हो भनी सम्झाएर जो गुरु वैराग्यको मार्ग बताउँछन्, तिनलाई ‘विहित गुरु’ मानिन्छ ।
श्लोक १७१
तत्त्वमस्यादिवाक्यानामुपदेष्टा तु पार्वति ।
कारणाख्यो गुरुः प्रोक्तो भवरोगनिवारकः ॥१७१॥
हे पार्वती ! ‘तत्वमसि’ आदि महावाक्यको उपदेश दिने तथा संसाररुपी रोग निवारण गराउने गुरुलाई ‘कारणाख्य गुरु’ भनिन्छ ।
श्लोक १७२
सर्वसन्देहसन्दोहनिर्मूलनविचक्षणः ।
जन्ममृत्युभयघ्नो यः स गुरुः परमो मतः ॥ १७२॥
सबै प्रकारका सन्देहलाई जडबाट नै नाश गराउने, जन्म, मृत्यु तथा डरलाई विनाश गराउने र परमबोध गराउन सक्ने गुरुलाई ‘परमगुरु’ अर्थात ‘सद्गुरु’ भन्दछन् ।
श्लोक १७३
बहुजन्मकृतात् पुण्याल्लभ्यतेऽसौ महागुरुः ।
लब्ध्वाऽमुं न पुनर्याति शिष्यः संसारबन्धनम् ॥ १७३॥
अनेक जन्ममा गरिएको पुण्यले गर्दा नै यस्तो महागुरु प्राप्त हुन्छन् । सद्गुरु प्राप्त गरिसकेपछि शिष्य फेरि संसाररुपी बन्धनमा बाँधिदैन अर्थात मुक्त हुन्छ ।
श्लोक १७४
एवं बहुविधा लोके गुरवः सन्ति पार्वति ।
तेषु सर्वप्रयत्नेन सेव्यो हि परमो गुरुः ॥ १७४॥
हे पार्वती ! यस प्रकारले यस संसारमा अनेक किसिमका गुरु छन् । यी सबैमध्ये भवसागर पार लगाउने ‘परम गुरु’ को शरणमा सबै प्रयत्न गरेर लाग्नुपर्दछ ।
श्लोक १७५
पार्वत्युवाच ।
स्वयं मूढा मृत्युभीताः सुकृताद्विरतिं गताः ।
दैवान्निषिद्धगुरुगा यदि तेषां तु का गतिः ॥ १७५॥
पार्वतीले भन्नुभयो – ‘मूढ, मृत्युले भयभीत, सत्कर्मबाट विमुख दैवले गर्दा निषिद्ध गुरुको शरणमा गए भने तिनको के गति हुन्छ ?’
श्लोक १७६
श्री महादेव उवाच ।
निषिद्धगुरुशिष्यस्तु दुष्टसंकल्पदूषितः ।
ब्रह्मप्रलयपर्यन्तं न पुनर्याति मर्त्यताम् ॥ १७६॥
श्री महादेवले भन्नुभयो – ‘निषिद्ध गुरुको शिष्य दुष्ट संकल्पहरुले दुषित भएका कारण बह्म प्रलयसम्म मनुष्य हुन सक्दैन ।’
श्लोक १७७
श्रुणु तत्त्वमिदं देवि यदा स्याद्विरतो नरः ।
तदाऽसावधिकारीति प्रोच्यते श्रुतिमस्तकैः ॥१७७॥
हे देवी ! यस तत्वलाई सुन । मनुष्य जब विरक्त हुन्छ, तबमात्र ऊ परमज्ञानको निमित्त अधिकारी हुन्छ भनेर उपनिषद् भन्दछन्, दैवयोगले गुरु प्राप्त गर्नु र विचार गरेर गुरु चुन्नु अलग अलग हो ।
श्लोक १७८
अखण्डैकरसं ब्रह्म नित्यमुक्तं निरामयम् ।
स्वस्मिन् सन्दर्शितं येन स भवेदस्यं देशिकः ॥ १७८॥
अखण्ड, एकरस, नित्यमुक्त र निरामय ब्रह्मलाई जो आफ्नो भित्र नै देखाउन सक्छन्, तिनी नै गुरु हुन योग्य हुन्छन् ।
श्लोक १७९
जलानां सागरो राजा यथा भवति पार्वति ।
गुरूणां तत्र सर्वेषां राजायं परमो गुरुः ॥१७९॥
हे पार्वती ! जुन प्रकरले सबै जलाशयमध्ये सागर राजा हुन्छ, त्यसै प्रकार सबै गुरुहरुमा ‘परम गुरु’ राजा हुन्छन् ।
श्लोक १८०
मोहादिरहितः शान्तो नित्यतृप्तो निराश्रयः ।
तृणीकृतब्रह्मविष्णुवैभवः परमो गुरुः ॥ १८०॥
मोह आदि दोषले रहित, शान्त, नित्यतृप्त, कसैको आश्रयरहित अर्थात् स्वाश्रयी, ब्रह्मा र विष्णुको सम्पत्तिलाई पनि तृणवत् सम्झाउने गुरु नै ‘परम गुरु’ हुन् ।
श्लोक १८१
सर्वकालविदेशेषु स्वतन्त्रो निश्चलस्सुखी ।
अखण्डैकरसास्वादतृप्तो हि परमो गुरुः ॥ १८१॥
सबै काल र सबै देशमा स्वतन्त्र, निश्चल, सुखी, अखण्ड एकरसको आनन्दले तृप्त नै साच्चिकैमा ‘परम गुरु’ हुन् ।
श्लोक १८२
द्वैताद्वैतविनिर्मुक्तः स्वानुभूतिप्रकाशवान् ।
अज्ञानान्धतमश्छेत्ता सर्वज्ञः परमो गुरुः ॥ १८२॥
द्वैत र अद्वैतबाट मुक्त, आफ्नो अनुभवरुपी प्रकाशबाट प्रकाशित, अज्ञानलाई छोड्ने र सर्वज्ञ नै ‘परम गुरु’ हुन् ।
श्लोक १८३
यस्य दर्शनमात्रेण मनसः स्यात् प्रसन्नता ।
स्वयं भूयात् धृतिश्शान्तिः स भवेत् परमो गुरुः ॥ १८३॥
जसको दर्शन मात्रले मन प्रसन्न हुन्छ, आफैँ धैर्यता र शान्ति प्राप्त हुन्छ, यस्तो गुरुलाई ‘परम गुरु’ भनिन्छ ।
श्लोक १८४
स्वशरीरं शवं पश्यन् तथा स्वात्मानमद्वयम् ।
यः स्त्रीकनकमोहघ्नः स भवेत् परमो गुरुः ॥ १८४॥
जो आफ्नो शरीरलाई शव समान सझिन्छन्, आफ्नो आत्मालाई अद्वेय जान्दछन्, जो कामिनी र कञ्चनको मोहलाई नाश गर्दछन्, तिनी नै ‘परम गुरु’ हुन् ।
श्लोक १८५–१८६
मौनी वाग्मीति तत्त्वज्ञो द्विधाभूच्छृणु पार्वति ।
न कश्चिन्मौनिना लाभो लोकेऽस्मिन्भवति प्रिये ॥ १८५॥
वाग्मी तूत्कटसंसारसागरोत्तारणक्षमः ।
यतोसौ संशयच्छेत्ता शास्त्रयुक्त्यनुभूतिभिः ॥ १८६॥
हे पार्वती ! सुन । तत्वज्ञ दुई प्रकारका हुन्छन् – मौनी र वक्ता । यी दुईमध्ये मौनी गुरुबाट मनुष्यहरुलाई केही लाभ हुँदैन । तर वक्ता गुरु भयंकर संसार सागर पार लगाउन सक्षम हुन्छन् । किनकी शास्त्र युक्ति र अनुभूतिले सबै संशयहरुको निवारण गर्न सक्दछन् ।
श्लोक १८७
गुरुनामजपाद्देवि बहुजन्मर्जितान्यपि ।
पापानि विलयं यान्ति नास्ति सन्देहमण्वपि ॥ १८७॥
हे देवी ! गुरु नाम जपबाट अनेक जन्ममा जम्मा भएको पाप पनि नष्ट हुन्छ, यसमा अणुमात्र पनि संशय छैन ।
श्लोक १८८
कुलं धनं बलं शास्त्रं बान्धवास्सोदरा इमे ।
मरणे नोपयुज्यन्ते गुरुरेको हि तारकः ॥ १८८ ॥
आफ्नो कुल, धन, बल, शास्त्र, नाता, कुटुम्ब सबै मृत्युको अवस्थामा कुनै काम आउँदैनन् । एकमात्र गुरुदेव नै त्यस समय पार लगाउने हुन्छन् ।
श्लोक १८९
कुलमेव पवित्रं स्यात् सत्यं स्वगुरुसेवया ।
तृप्ताः स्युस्सकला देवा ब्रह्माद्या गुरुतर्पणात् ॥ १८९॥
आफ्नो गुरुदेवको सेवा गर्नाले आफ्नो कुल पवित्र हुन्छ । गुरुदेवको तर्पणले ब्रह्मा आदि सबै देव तृप्त हुन्छन् ।
श्लोक १९०
स्वरूपज्ञानशून्येन कृतमप्यकृतं भवेत् ।
तपोजपादिअक्ं देवि सकलं बालजल्पवत् ॥ १९०॥
हे देवी ! स्वरुपको ज्ञान बिना गरिएको जप–तप आदि सबै नगरेको बराबर नै हुन्छ । बालकले गरेको वादविवाद जस्तै हो ।
श्लोक १९१
न जानन्ति परं तत्त्वं गुरूदीक्षापराङ्मुखाः ।
भ्रान्ताः पशुसमा ह्येते स्वपरिज्ञानवर्जिताः ॥ १९१॥
गुरु दीक्षाबाट विमुख भएका मान्छे भ्रमित हुन्छन्, आफ्नो वास्तविक ज्ञानबाट पर हुन्छन् । तिनीहरु पशु समान हुन्छन् । परम तत्वलाई तिनीहरु जान्दैनन् ।
श्लोक १९२
तस्मात्कैवल्यसिद्ध्यर्थं गुरूमेव भजेत्प्रिये ।
गुरूं विना न जानन्ति मूढास्तत्परमं पदम् ॥ १९२॥
त्यसैले हे प्रिये ! कैवल्य सिद्धिको निमित्त गुरुको नै भजन गर्नुपर्दछ । गुरु बिना मूढ बुद्धिद्वारा त्यस परमपद जान्न सकिँदैन ।
श्लोक १९३
भिद्यते हृदयग्रन्थिश्छिद्यन्ते सर्वसंशयाः ।
क्षीयन्ते सर्वकर्माणि गुरोः करूणया शिवे ॥१९३॥
हे शिवे ! गुरुदेवको कृपाबाट हृदयको ग्रन्थि खुल्दछ, सबै शंकाहरु काटिन्छन् र सबै कर्म नाश हुन्छन् ।
श्लोक १९४
कृताया गुरुभक्तेस्तु वेदशास्त्रानुसारतः ।
मुच्यते पातकाद्घोराद्गुरूभक्तो विशेषतः ॥ १९४॥
वेद र शास्त्र अनुसार विशेष तरिकाले गुरुको भक्ति गर्नाले गुरुभक्त घोर पापबाट पनि मुक्त हुन्छ ।
श्लोक १९५
दुःसंगं च परित्यज्य पापकर्म परित्यजेत् ।
चित्तचिह्नमिदं यस्य दीक्षा विधीयते ॥ १९५॥
दुर्जनको संगत त्यागेर पाप कर्म छोड्नुपर्दछ । जसको चित्त यस्तो सफा हुन्छ, उसको लागि गुरु दीक्षाको विधान रहेको छ ।
श्लोक १९६
चित्तत्यागनियुक्तश्च क्रोधगर्वविवर्जितः ।
द्वैतभावपरित्यागी तस्य दीक्षा विधीयते ॥ १९६॥
चित्तलाई त्याग गर्नलाई जो प्रयत्नशील छ, क्रोध र अहंकारबाट जो पर छ, द्वैतभावलाई जसले त्याग गरेको छ, उसको लागि गुरु दीक्षाको विधान रहेको छ ।
श्लोक १९७
एतल्लक्षण संयुक्तं सर्वभूतहिते रतम् ।
निर्मलं जीवितं यस्य तस्य दीक्षा विधीयते ॥ १९७॥
जसको जीवन यिनी लक्षणद्वारा युक्त छ, निर्मल छ, जो सबै जीवहरुको कल्याणमा सुखी छ, उसको लागि गुरु दीक्षाको विधान रहेको छ ।
श्लोक १९८
अत्यन्तचित्तपक्वस्य श्रद्धाभक्तियुतस्य च ।
प्रवक्तव्यमिदं देवि ममात्मप्रीतये सदा ॥ १९८॥
हे देवी ! जसको चित्त अत्यन्त परिपक्व छ, श्रद्धा र भक्तिले युक्त छ, उसलाई यो ज्ञान सुनाएमा म प्रसन्न हुन्छु ।
श्लोक १९९
सत्कर्मपरिपाकाच्च चित्तशुद्धस्य धीमतः ।
साधकस्यैव वक्तव्या गुरुगीता प्रयत्नतः ॥१९९॥
सत्कर्मद्वारा परिपक्क भएका, शुद्ध चित्त भएका बुद्धिमान साधकलाई नै गुरु गीता विशेष भन्नुपर्दछ ।
श्लोक २००
नास्तिकाय कृतघ्नाय दाम्भिकाय शठाय च ।
अभक्ताय विभक्ताय न वाच्येयं कदाचन ॥ २००॥
नास्तिक, कृतघ्न, अहंकारी, शठ, अभक्त तथा विरोधीहरुलाई यो गुरु गीता कहिल्यै भन्नुहुँदैन ।
श्लोक २०१
स्त्रीलोलुपाय मूर्खाय कामोपहतचेतसे ।
निन्दकाय न वक्तव्या गुरुगीता स्वभावतः ॥ २०१॥
स्त्री लम्पट, मूर्ख, कामवासनाले ग्रस्त तथा निन्दा गर्नेहरुलाई गुरु गीता कहिल्यै भन्नुहुँदैन ।
श्लोक २०२
एकाक्षरप्रदातारं यो गुरुं नैव मन्यते ।
श्वानयोनिशतं गत्वा चाण्डालेष्वपि जायते ॥ २०२॥
एकाक्षर मन्त्र दिने गुरुलाई जो गुरु मान्दैनन्, तिनीहरु सय जन्मसम्म कुकुर भएर फेरी चाण्डालको योनीमा जन्म लिन्छन् ।
श्लोक २०३
गुरुत्यागाद्भवेन्मृत्युर्मन्त्रत्यागाद्दरिद्रता ।
गुरुमन्त्रपरित्यागी रौरवं नरकं व्रजेत् ॥ २०३॥
गुरुको त्याग गर्नाले मृत्यु हुन्छ । मन्त्र छोड्नाले दरिद्रता हुन्छ तथा गुरु र मन्त्र दुवै छोड्नाले रौरव नरक प्राप्त हुन्छ ।
श्लोक २०४
शिवक्रोधाद्गुरुस्त्राता गुरुक्रोधाच्छिवो न हि ।
तस्मात्सर्वप्रयत्नेन गुरोराज्ञा न लंघयेत् ॥ २०४॥
शिव रिसाएमा गुरुदेवले रक्षा गर्नुहुन्छ तर गुरुदेव रिसाएमा शिवजीले रक्षा गर्नुहुन्न । त्यसैले सबै प्रयत्न गरेर कहिल्यै पनि गुरुको आज्ञा उल्लंघन गर्नुहुँदैन ।
श्लोक २०५
सप्तकोटीमहामन्त्राश्चित्तविभ्रंशकारकाः ।
एक एव महामन्त्रो गुरुरित्यक्षरद्वयम् ॥ २०५॥
सात करोड महामन्त्र पनि चित्तलाई भ्रमित गर्दछन् । ‘गुरु’ नाम भएको दुई अक्षरको मन्त्र नै एकमात्र चित्तको शंका निवारण गर्ने महामन्त्र हो ।
श्लोक २०६
न मृषा स्यादियं देवि मदुक्तिः सत्यरूपिणी ।
गुरुगीतासमं स्तोत्रं नास्ति नास्ति महीतले ॥ २०६॥
हे देवी ! मेरो यो भनाई कहिल्यै झुटो हुन सक्दैन । यो सत्यस्वरुप छ । यो पृथ्वीमा गुरु गीता समान अन्य कुनै स्तोत्र छैन ।
श्लोक २०७
गुरुगीतामिमां देवि भवदुःखविनाशिनीम् ।
गुरुदीक्षाविहीनस्य पुरतो न पठेत् क्वचित् ॥ २०७॥
भवदुःखको नाश गर्ने यस गुरुगीताको पाठ गुरु दीक्षा नलिएका मनुष्यको अगाडि कहिल्यै भन्नुहुँदैन ।
श्लोक २०८
रहस्यमत्यन्तरहस्यमेतन्न पापिना लभ्यमिदं महेश्वरि ।
अनेकजन्मार्जितपुण्यपाकाद्गुरोस्तु तत्त्वं लभते मनुष्यः ॥ २०८॥
हे महेश्वरी ! यो अत्यन्त गोप्य रहस्य हो । पापीहरुलाई यो रहस्य प्राप्त हुँदैन । अनेक जन्ममा गरिएका पुण्यको प्रभावले नै मनुष्यले गुरुतत्व प्राप्त गर्न सक्दछ ।
श्लोक २०९
सर्वतीर्थावगाहस्य सम्प्राप्नोति फलं नरः ।
गुरोः पादोदकं पीत्वा शेषं शिरसि धारयन् ॥ २०९॥
श्री सद्गुरुको चरणामृत पान गर्नाले र शिरमा धारण गर्नाले मनुष्य सबै तीर्थहरुको स्नान गरेको फल प्राप्त गर्दछ ।
श्लोक २१०
गुरुपादोदकं पानं गुरोरुच्छिष्टभोजनम् ।
गुरुमूर्तेः सदा ध्यानं गुरोर्नाम्नः सदा जपः ॥ २१०॥
गुरुदेवको चरणामृत पान गर्नुपर्दछ, गुरुदेवको भोजनबाट बचेको खाना खानुपर्दछ, गुरुदेवको मूर्तिलाई ध्यान गर्नुपर्दछ र गुरुनाम जप गर्नुपर्दछ ।
श्लोक २११
गुरुरेको जगत्सर्वं ब्रह्मविष्णुशिवात्मकम् ।
गुरोः परतरं नास्ति तस्मात्सम्पूजयेद्गुरुम् ॥ २११ ॥
ब्रह्मा, विष्णु र शिव सहित समस्त जगत् गुरुदेवमा समाविष्ट हुन्छन् । गुरुदेवभन्दा माथि कोही छैन । त्यसैले गुरुदेवको पूजा गर्नुपर्दछ ।
श्लोक २१२
ज्ञानं विना मुक्तिपदं लभ्यते गुरुभक्तितः ।
गुरोः प्रसादतो नान्यत् साधनं गुरुमार्गिणाम् ॥ २१२॥
गुरुदेव प्रति अनन्य भक्तिले ज्ञानबिना नै मोक्ष पद मिल्दछ । गुरुदेवको मार्गमा चल्ने साधकको लागि गुरुदेव समान अन्य कुनै साधना छैन ।
श्लोक २१३
गुरोः कृपाप्रसादेन ब्रह्मविष्णुशिवादयः ।
सामर्थ्यमभजन् सर्वे सृष्टिस्थित्यन्तकर्मणि ॥२१३॥
गुरुको कृपा प्रसादले नै ब्रह्मा, विष्णु र शिव यथाक्रम जगत्को सृष्टि, स्थिति र लय गर्ने सामथ्र्य प्राप्त गर्दछन् ।
श्लोक २१४
मन्त्रराजमिदं देवि गुरुरित्यक्षरद्वयम् ।
स्मृतिवेदपुराणानां सारमेव न संशयः ॥ २१४॥
हे देवी ! ‘गुरु’ यो दुई अक्षर भएको मन्त्र सबै मन्त्रहरुको राजा हो, स्मृतिहरु, वेद र पुराणहरुको सार हो, यसमा कुनै शंका छैन ।
श्लोक २१५
यस्य प्रसादादहमेव सर्वं
मय्येव सर्वं परिकल्पितं च ।
इत्थं विजानामि सदात्मरूपं
ग्तस्यांघ्रिपद्मं प्रणतोऽस्मि नित्यम् ॥ २१५॥
‘म नै सबै हुँ, ममा नै सबै कल्पित छ’ यस्तो ज्ञान जसको कृपाबाट प्राप्त भएको छ, यस्तो आत्मस्वरुप श्री गुरुदेवको चरणकमलमा म नित्य प्रणाम गर्दछु ।
श्लोक २१६
अज्ञानतिमिरान्धस्य विषयाक्रान्तचेतसः ।
ज्ञानप्रभाप्रदानेन प्रसादं कुरु मे प्रभो ॥ २१६॥
हे प्रभु ! अज्ञानरुपी अन्धकारमा अन्ध भएको र विषयहरुले आक्रान्त भएको ममा ज्ञानको प्रकाश दिएर कृपा गर्नुहोस् । ॥ इति श्रीगुरुगीतायां तृतीयोऽध्यायः ॥ ॥ इति श्रीस्कंदपुराणे उत्तरखंडे ईश्वरपार्वती संवादे गुरुगीता समाप्त ॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८
६९
७०