भगवद् गीता
«
श्लोक १
धृतराष्ट्र उवाच
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः।
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय।।१।।
धृतराष्ट्रले सोधे – ‘हे सञ्जय ! युद्धको ईच्छा लिएर धर्मस्थान कुरुमैदानमा एकत्रित मेरा छोरा र पाण्डुका छोराहरुले के के गरे ?
श्लोक २
सञ्जय उवाच ।
दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।
आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत् ॥ १-२॥
सञ्जयले उत्तर दिए – पाण्डवसेनाद्वारा निर्माण गरिएको सैन्यसंगठनको व्यवस्थापनलाई देखेर राजा दुर्योधन गुरु द्रोणाचार्यको समीपमा गएर भन्न थाले -
श्लोक ३
पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम् ।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ॥ १-३॥
हे आचार्य ! हजुरको अति बुद्धिमान शिष्य धृष्टधुम्नद्वारा व्यवस्थित गरिएको विशाल सेनालाई हेर्नुहोस् ।
श्लोक ४–६
अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।
युयुधानो विराटश्च द्रुपदश्च महारथः ॥ १-४॥
धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान् ।
पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गवः ॥ १-५॥
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः ॥ १-६॥
यस सेनामा महान् धनुर्धारीहरु तथा भीम र अर्जुनका समान शूरवीर सात्यकि र विराट तथा महारथी राजा द्रुपद, धृष्टकेतु र चेकितन तथा बलवान काशिराज, पुरुजित, कुन्तिभोज र मनुष्यमा श्रेष्ठ शैब्य, पराक्रमी युधामन्यु तथा बलवान उत्तमौजा, शुभद्रापुत्र अभिमन्यु एवं द्रौपदीका पाँचै पुत्र – यी सबै महारथी छन् ।
श्लोक ७
अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।
नायका मम सैन्यस्य संज्ञार्थं तान्ब्रवीमि ते ॥ १-७॥
हे ब्राह्मणश्रेष्ठ ! आफ्नो पक्षमा पनि जो प्रधान छन्, तिनलाई पनि सम्झिनुहोस् । तपाईँको जानकारीको लागि मेरो सेनामा जो–जो सेनापति छन्, म भन्दछु ।
श्लोक ८
भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ॥ १-८॥
तपाईँ – द्रोणाचार्य, पितामह भीष्म, कर्ण, कूलगुरु कृपाचार्य तथा अश्वत्थामा, विकर्ण र सोमदत्तका पुत्र भूरिश्रवा ।
श्लोक ९
अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः ।
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः ॥ १-९॥
अन्य धेरै जो मेरो निम्ति जीवन त्याग गर्ने शूरवीर अनेक प्रकारका शस्त्रहरुले सुसज्जित छन् र सबै युद्धमा चतुर छन् ।
श्लोक १०
अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ॥ १-१०॥
भीष्म पितामहद्वारा रक्षित हाम्रो यस सेना सबै प्रकारले अजेय छ र भीमद्वारा रक्षित तिनीहरुको त्यो सेना पराक्रम र शक्तिमा कमजोर देखिन्छ ।
श्लोक ११
अयनेषु च सर्वेषु यथाभागमवस्थिताः ।
भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ॥ १-११॥
त्यसैले सबै मोर्चाका सेनानीहरु आफ्नो आफ्नो स्थानमा स्थित भएर मुख्य उद्देश्य सेनापति भीष्म पितामहको आज्ञाको पालना गर्दै उहाँको रक्षा गर्नुपर्दछ ।
श्लोक १२
तस्य सञ्जनयन्हर्षं कुरुवृद्धः पितामहः ।
सिंहनादं विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान् ॥ १-१२॥
त्यस समयमा कौरवहरुका वयोवृद्ध पितामह भिष्मले दुर्योधनलाई आश्वस्थ बनाउँदै सिंह गर्जेजस्तो गरी ठूलो ध्वनिका साथ शङ्ख बजाए ।
श्लोक १३
ततः शङ्खाश्च भेर्यश्च पणवानकगोमुखाः ।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ॥ १-१३॥
त्यसपछि एकैसाथ शङ्ख, नगरा, ढोलक, मृदङ्ग र नरसिङ्गा आदि बाजाहरु बज्न थाले जसबाट तुँवालो सहित शब्दध्वनि गुञ्जियो ।
श्लोक १४
ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।
माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः ॥ १-१४॥
त्यसपछि सेता घोडाहरु नारिएको ठूलो रथमा विराजमान भगवान श्रीकृष्ण र पाण्डुपुत्रहरुबाट आफ्ना–आफ्ना शङ्खनाद घोषित भयो ।
श्लोक १५
पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः ।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदरः ॥ १-१५॥
भगवान श्रीकृष्णले पाञ्चजन्य, धनञ्जय अर्जुनले देवदत्त, विशाल शक्ति भएका भीमसेनले पौण्ड्र नामका शङ्खहरु बजाए ।
श्लोक १६
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ॥ १-१६॥
कुन्तिपुत्र राजा युधिष्ठिरले अनन्त विजय नामको शङ्ख, नकुलले सुघोष र सहदेवले मणिपुष्पक नामको शङ्ख बजाए ।
श्लोक १७
काश्यश्च परमेष्वासः शिखण्डी च महारथः ।
धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजितः ॥ १-१७॥
महाधनुर्धारी काशिराज, महारथि शिखण्डी, धृष्टधुम्न, विराटराजा, वीरविजयी सात्यकिले पनि आ–आफ्नो शङ्ख बजाए ।
श्लोक १८
द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
सौभद्रश्च महाबाहुः शङ्खान्दध्मुः पृथक्पृथक् ॥ १-१८॥
राजा द्रुपद, द्रौपदीका पुत्रहरु, सुभद्राका पुत्र महावाहु अभिमन्यु र पृथ्वीका अरु राजाहरुले फरक फरक शङ्ख बजाए ।
श्लोक १९
स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत् ।
नभश्च पृथिवीं चैव तुमुलोऽभ्यनुनादयन् ॥ १-१९॥
यसरी आकाश–पृथ्वीमा गुञ्जिरहेको डमुल ध्वनिले धृष्टराष्ट्रका छोराहरुको मन चिरियो ।
श्लोक २०-२१
अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।
प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः ॥ १-२०॥
हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।
अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ॥ १-२१॥
महाराज ! यसरी युद्ध सुरु हुनै लागेको बेलामा कपिध्वज अर्जुनले हजुरका छोराहरुलाई देखेर धनुष उठाउँदै भगवान ऋषिकेशसँग भने - 'हे अच्युत ! यस रथलाई दुवै सेनाको बीचमा लगेर राख्नुहोस् ।'
श्लोक २२
यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ॥ १-२२॥
र जबसम्म म युद्ध क्षेत्रमा डटेका युद्ध गर्न तयार यी विपक्षी योद्धाहरुलाई एक एक गरेर हेर्दिन र मलाई को–कोसँग युद्ध गर्न पर्छ जान्दिनँ, तबसम्म हजुरले रथलाई खडा राख्नुहोस् ।
श्लोक २३
योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः ॥ १-२३॥
धृतराष्ट्रका छोराहरुलाई युद्धमा साथ दिन जम्मा भएका बुद्धिविहिनहरुलाई हेर्न चाहन्छु ।
श्लोक २४
सञ्जय उवाच
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ॥ १-२४॥
सञ्जयले भने - महाराज ! अर्जुनले भगवान श्रीकृष्णलाई दुई सेनाको बीचमा रथ लिएर जान अनुरोध गरेपछि भगवानले त्यो उत्तम रथलाई दुवै सेनाको बीचमा लिएर राख्नुभयो ।
श्लोक २५
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति ॥ १-२५॥
भगवान श्रीकृष्णले कौरव सेनामा रहेका मुख्यत: भीष्म र द्रोण तथा पृथ्वीका समस्त राजाहरुलाई हेर भनी अर्जुनलाई भन्नुभयो ।
श्लोक २६
तत्रापश्यत्स्थितान्पार्थः पितॄनथ पितामहान् ।
आचार्यान्मातुलान्भ्रातॄन्पुत्रान्पौत्रान्सखींस्तथा ॥ १-२६॥
त्यहाँ रहेका सेनाहरुलाई निरीक्षण गर्दा काकाहरु, पितामह, गुरुहरु, मामाहरु, भाइहरु, छोराहरु, नातिहरु, मित्रहरुलाई देखे ।
श्लोक २७-२९
श्वशुरान्सुहृदश्चैव सेनयोरुभयोरपि ।
तान्समीक्ष्य स कौन्तेयः सर्वान्बन्धूनवस्थितान् ॥ १-२७॥
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत् ।
अर्जुन उवाच
दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् ॥ १-२८॥
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ॥ १-२९॥
ससुराहरु आदि आफ्नै अगाडि उभिएका आफ्ना भलो चाहनेहरुलाई देखेर कुन्तिपुत्र अर्जुनको मन करुणामय भयो र अर्जुनले भने - युद्ध गर्न भनेर आएका मेरा यी स्वजनहरुलाई देखेर मेरो शरीर शिथिल भयो, मुख पनि सुक्यो भगवान । तथा मेरा रौँहरु तातेर ठाडा भए र मेरो शरीर काप्न थाल्यो ।
श्लोक ३०
गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ॥ १-३०॥
मेरो हातबाट गाण्डीव धनु खस्न लागेको छ, छाला आगोजस्तो तातो भएको छ । मलाई उभिन गाह्रो भएको छ, म द्विविधामा छु ।
श्लोक ३१
निमित्तानि च पश्यामि विपरीतानि केशव ।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ॥ १-३१॥
हे केशव ! हामीले विपरीत मार्ग पछ्याईरहेका छौँ । आफन्तहरुको हत्या गरेर कुनै श्रेय लिनुछैन ।
श्लोक ३२
न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ॥ १-३२॥
हे कृष्ण ! मलाई विजयको आकांक्षा पनि छैन, राज्यको सुख भोग्ने ईच्छा पनि छैन । हे गोविन्द ! राज्य लिएर र त्यसको उपभोग गरेर बाँच्ने ईच्छा पनि छैन ।
श्लोक ३३
येषामर्थे काङ्क्षितं नो राज्यं भोगाः सुखानि च ।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च ॥ १-३३॥
यसर्थ जसले धन, राज्यको भोग, सुख चाहन्छन्, तिनीहरु पनि प्राणको बाजी राखेर युद्धमा होमिएका छन् ।
श्लोक ३४
आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ॥ १-३४॥
गुरुहरु, काका, भतिजा, पितामह, मामा, ससुरा, नाति, साला साथै अरु सम्बन्धिहरु छन् ।
श्लोक ३५
एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ॥ १-३५॥
हे मधुसुदन भगवान ! पृथ्वीको लागि मात्र होईन, स्वर्ग, मर्त्र्य र पाताल तीनै लोकको राजा हुन पाए पनि यिनीहरुलाई मार्ने ईच्छा छैन ।
श्लोक ३६
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन ।
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिनः ॥ १-३६॥
हे जनार्दन ! यी आततायी धृतराष्ट्रका छोराहरुलाई मारेर हामीलाई कुनै आनन्द आउँदैन, बरु पाप मात्र लाग्नेछ ।
श्लोक ३७
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ॥ १-३७॥
हे माधव ! त्यसैले हाम्रा स्वजनहरु र यी बन्धु धृतराष्ट्रका छोराहरुलाई मारेर हामी कहिल्यै सुखी हुँदैनौँ ।
श्लोक ३८
यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः ।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ॥ १-३८॥
लोभले गर्दा चेतना गुमाएका यिनीहरु कुलनाशबाट हुने दोष र मित्रहरुको कटाक्षबाट लाग्ने पापको बारेमा जान्दैनन् ।
श्लोक ३९
कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् ।
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन ॥ १-३९॥
हे जनार्दन ! कुलको क्षयबाट हुने परिणामका बारेमा जान्ने हामीहरुले त्यस्तो पापबाट बच्ने उपाय खोजे के होला ?
श्लोक ४०
कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ॥ १-४०॥
कुलको हानी भयो भने सनातन धर्मको पनि हानी हुन्छ । धर्मको नाश भयो भने कुलमा अधर्म फैलिन्छ ।
श्लोक ४१
अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसङ्करः ॥ १-४१॥
हे कृष्ण ! अधर्म बढेपछि कुलका स्त्रीहरु दुषित हुन्छन् । स्त्रीहरु दुषित भए भने कुलमा ठिमाहा उत्पन्न हुन्छन् ।
श्लोक ४२
सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ॥ १-४२॥
कुलघाती ठिमाहाहरुले वंशलाई नै नरकमा पार्छन् । जलदान, पिण्डदान रोकिएका पितृहरुलाई पतन बनाउँछन् ।
श्लोक ४३
दोषैरेतैः कुलघ्नानां वर्णसङ्करकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः ॥ १-४३॥
दोषैदोषले युक्त ठिमाहाहरुले शाश्वत कुलधर्म र जाति धर्मलाई नोक्सान पुर्याउँछन् ।
श्लोक ४४
उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।
नरके नियतं वासो भवतीत्यनुशुश्रुम ॥ १-४४॥
हे जनार्दन ! जुन मानिसको कुलधर्म नष्ट हुन्छ, तिनीहरुका पितृहरुको अगणित समयसम्म नरकवास हुन्छ ।
श्लोक ४५
अहो बत महत्पापं कर्तुं व्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ॥ १-४५॥
हामी राज्यसुखको लोभले आफन्तहरुको हत्या गर्न लागिपरेका छौँ । वास्तवमा ठूलो पाप गरिरहेका छौँ ।
श्लोक ४६
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ॥ १-४६॥
यदि हतियारविहीन भएर कुनै प्रतिकार नगरी बस्दा यी धृतराष्ट्रका छोराहरुले युद्धमा मारे भनेपनि मेरो कल्याण हुनेछ ।
श्लोक ४७
सञ्जय उवाच
एवमुक्त्वार्जुनः सङ्ख्ये रथोपस्थ उपाविशत् ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ॥ १-४७॥
सञ्जयले भने - 'यसरी शोकले व्याकुल भएका अर्जुनले युद्ध नगर्ने विचार लिएर हतियार छोडेर रथको पछाडिपट्टि गएर बसे ।' ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः ॥ १॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२