भगवद् गीता
«
श्लोक १
अर्जुन उवाच
किं तद् ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम ।
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते ॥ ८-१॥
अर्जुनले जिज्ञासा राखे - 'हे पुरुषोत्तम भगवान ! त्यो ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत के हो ? अधिदेव के लाई भनिन्छ ?'
श्लोक २
अधियज्ञः कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन ।
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः ॥ ८-२॥
हे मधुुसुधन भगवान ! अधियज्ञ के हो ? यो हाम्रो शरीरमा कसरी रहन्छ ? आत्मस्थ पुरुषले प्राण उत्सर्गको समयमा यसलाई कसरी जान्दछन् ?
श्लोक ३
श्रीभगवानुवाच
अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः ॥ ८-३॥
परम अक्षर 'ब्रह्म' हो, आफ्नो स्वरुपलाई 'अध्यात्म' भनिन्छ तथा सृष्टिदेखि प्रलयसम्म क्रम चलाउने प्रकृयालाई 'कर्म' भनिन्छ ।
श्लोक ४
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर ॥ ८-४॥
उत्पत्ति भएर फेरि नाशिने चीज अधिभूत हो । प्राणीहरु भित्र रहेको चेतनयुक्त पुरुष आदिदेव हो । शरीर भित्र लुकेर रहेको चेतनातीत म नै अधियज्ञ हुँ ।
श्लोक ५
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् ।
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ॥ ८-५॥
जसले मृत्युको समयमा मलाई स्मरण गदै प्राणत्याग गर्छ, त्यसले मेरो स्वरुपलाई प्राप्त गरी ममा नै एकिभूत हुन्छ । यसमा कुनै शंका छैन ।
श्लोक ६
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तद्भावभावितः ॥ ८-६॥
हे कुन्तिपुत्र अर्जुन ! अन्त्य समयमा जुन जुन भावको स्मरण गर्दै देह त्याग गर्छन् त्यही भावबाट भावित तिनीहरु त्यही त्यही भाव प्राप्त गर्छन् ।
श्लोक ७
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयः ॥ ८-७॥
त्यसैले सबै कालमा मलाई स्मरण गर्दै युद्ध गर । मन र बुद्धिलाई ममा अर्पण गर, निश्चय नै तिमी ममा एकत्व प्राप्त गर्नेछौ ।
श्लोक ८
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना ।
परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ॥ ८-८॥
हे पृथापुत्र अर्जुन ! चित्तको गतिलाई रोकी योग युक्त भएर निरन्तर ध्यान अभ्यास गरेमा दीव्य परमपुरुषलाई प्राप्त गर्न सकिन्छ ।
श्लोक ९
कविं पुराणमनुशासितार-
मणोरणीयंसमनुस्मरेद्यः ।
सर्वस्य धातारमचिन्त्यरूप-
मादित्यवर्णं तमसः परस्तात् ॥ ८-९॥
जगतको रचनाकार आदि अन्त्य नभएका, नियमअनुसार जगतको सञ्चालन गर्ने, अति सुक्ष्म,सबैलाई धारण गरेर रहने, मनको गतिभन्दा पर, सूर्यको प्रकाशको जस्तो रुप, अन्धकारको नाश गर्ने त्यस्तो म परमात्मालाई निरन्तर स्मरण गर ।
श्लोक १०
प्रयाणकाले मनसाऽचलेन
भक्त्या युक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक्
स तं परं पुरुषमुपैति दिव्यम् ॥ ८-१०॥
प्राण उत्सर्गको समयमा भक्तिभावले युक्त भई योगाभ्यासबाट प्राणलाई दुई आखीँभौँको बीचमा स्थिर गराई मनद्वारा दीव्य पुरुषको स्मरण गरेर परमात्मालाई प्राप्त गर्दछ ।
श्लोक ११
यदक्षरं वेदविदो वदन्ति
विशन्ति यद्यतयो वीतरागाः ।
यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति
तत्ते पदं सङ्ग्रहेण प्रवक्ष्ये ॥ ८-११॥
वेदका ज्ञाताहरु जसलाई अक्षर भन्दछन्, रागद्वेषबाट मुक्त महात्मा जसमा प्रवेश गर्दछन्, जहाँ ब्रह्मचारीहरु इच्छा अनुसार विचरण गर्दछन्, ग्रहण गर्न योग्य त्यो पदको बारेमा बताउँछु ।
श्लोक १२
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
मूर्ध्न्याधायात्मनः प्राणमास्थितो योगधारणाम् ॥ ८-१२॥
इन्द्रियका सबै द्वारहरुलाई रोकेर संयमसाथ मनलाई हृदयमा रोकेर प्राणलाई मष्तकमा स्थापना गर्नुपर्छ ।
श्लोक १३
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ॥ ८-१३॥
ॐकार रुप एक अक्षरीय ब्रह्मको उच्चारण गर्दै मलाई स्मरण गरेर जसले शरीर छोड्छ, त्यसले परमगति पाउँछ ।
श्लोक १४
अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ॥ ८-१४॥
हे पृथापुत्र अर्जुन ! जसले मलाई अनन्य चेतनद्वारा नित्य स्मरण गर्दछ, उसले नित्ययुक्त योगीले प्राप्त गर्ने स्थान सजिलरी प्राप्त गर्दछ ।
श्लोक १५
मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम् ।
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः ॥ ८-१५॥
मलाई प्राप्त गरेर दुःखैदुःखले भरिएको जन्म मृत्युको चक्करबाट पार पाई सिद्ध महात्माहरुले पाउने परमगति पाउँछन् ।
श्लोक १६
आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोऽर्जुन ।
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते ॥ ८-१६॥
हे कुन्तिपुत्र अर्जुन ! ब्रह्मका जतिपनि भुवन र लोकहरु छन्, त्यहाँसम्म पुनरावृत्ति भइरहन्छ । मलाई प्राप्त गरेपछि भने पुनर्जन्ममा पर्नु पर्दैन ।
श्लोक १७
सहस्रयुगपर्यन्तमहर्यद् ब्रह्मणो विदुः ।
रात्रिं युगसहस्रान्तां तेऽहोरात्रविदो जनाः ॥ ८-१७॥
हजारौँ चतुर्युग ब्रह्माको एकदिन र त्यति समय उहाँको एकरात हुन्छ । यस्तो ब्रह्माको अहोरात्रलाई जान्नेहरु कालतत्ववेत्ता हुन् ।
श्लोक १८
अव्यक्ताद् व्यक्तयः सर्वाः प्रभवन्त्यहरागमे ।
रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्तसंज्ञके ॥ ८-१८॥
ब्रह्माको दिनको आरम्भबाट अव्यक्तबाट व्यक्त सृष्टि हुन्छ । उहाँको रात्रीको समयमा चराचर जगत उहाँमा लीन हुन्छ ।
श्लोक १९
भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते ।
रात्र्यागमेऽवशः पार्थ प्रभवत्यहरागमे ॥ ८-१९॥
हे पृथापुत्र अर्जुन ! ती प्राणीहरुको पटक पटक उत्पत्ति र विलय भइरहन्छ । ब्रह्माको रात्री हुनासाथ प्रलय र फेरि दिनको समयमा उत्पत्ति हुन्छ ।
श्लोक २०
परस्तस्मात्तु भावोऽन्योऽव्यक्तोऽव्यक्तात्सनातनः ।
यः स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति ॥ ८-२०॥
यो व्यक्त र अव्यक्त भावभन्दा पर सनातन ब्रह्म छ जो सबै प्राणीहरु प्रलयमा नाश हुँदा पनि आफू नासिँदैन ।
श्लोक २१
अव्यक्तोऽक्षर इत्युक्तस्तमाहुः परमां गतिम् ।
यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम ॥ ८-२१॥
यही अव्यक्तलाई अक्षर भनिन्छ । यसैलाई परमगति भन्दछन् । त्यो अव्यक्त सनातन ब्रह्मलाई प्राप्त गरेपछि पुनारावृत्ति हुँदैन । त्यही मेरो धाम हो ।
श्लोक २२
पुरुषः स परः पार्थ भक्त्या लभ्यस्त्वनन्यया ।
यस्यान्तःस्थानि भूतानि येन सर्वमिदं ततम् ॥ ८-२२॥
सबै प्राणीहरु त्यही परमात्मामा आश्रित भएर रहेका छन् । यो जगतलाई जसले व्याप्त गरेर रहेको छ, त्यस्तो परमात्मालाई अनन्य भक्तिले मात्र प्राप्त गर्न सकिन्छ ।
श्लोक २३
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनः ।
प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ॥ ८-२३॥
हे भरतकूलभुषण अर्जुन ! कस्तो समयमा शरीर छोडेर गएका मानिसहरु फर्कन्छन् र कस्तो समयमा गएकाहरु फर्कदैनन्, त्यसको बारेमा म बताउँछु ।
श्लोक २४
अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः ॥ ८-२४॥
दिनमा, शुक्लपक्षमा, उत्तरायणका ६ महिनामा मृत्यु हुनेहरुले अग्निका अभिमानी देवतालाई प्राप्त गर्छन् । अग्निको यो ज्योतिर्मय पथ समाउने योगीहरु ब्रह्ममा मिलेर फेरि जन्म लिन आउँदैनन् ।
श्लोक २५
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ॥ ८-२५॥
रात्री, कृष्णपक्ष, दक्षिणायनका ६ महिनामा मृत्यु हुनेहरुले चन्द्रमाका अभिमानी देवतालाई प्राप्त गर्छन् । चन्द्रमाको यो ज्योतिमय पथ समाउनेहरु केही काल स्वर्गमा बसेर पुनरावृत्ति हुुन्छ ।
श्लोक २६
शुक्लकृष्णे गती ह्येते जगतः शाश्वते मते ।
एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः ॥ ८-२६॥
यो संसारमा शुक्ल र कृष्ण दुई किसिमका गति छन् । एउटाबाट पुनरावृत्ति हुँदैन अर्कोबाट संसारमा फर्कनुपर्छ ।
श्लोक २७
नैते सृती पार्थ जानन्योगी मुह्यति कश्चन ।
तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन ॥ ८-२७॥
हे पृथा पुत्र अर्जुन ! यसप्रकार पथको ज्ञान भएपछि योगी मोहमा फस्दैन । त्यसैले तिमी सबै कालमा समबुद्धि रुपले योगयुक्त भएर बस ।
श्लोक २८
वेदेषु यज्ञेषु तपःसु चैव
दानेषु यत्पुण्यफलं प्रदिष्टम् ।
अत्येति तत्सर्वमिदं विदित्वा
योगी परं स्थानमुपैति चाद्यम् ॥ ८-२८॥
वेदको अध्ययन गर्नाले, यज्ञ गर्नाले, तपस्या गर्नाले, दान गर्नाले जुन पुण्य प्राप्त हुन्छ, ती सबै पुण्य फलको प्रभावलाई जानेर योगीले त्योभन्दा उच्च परमपद प्राप्त गर्छन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे अक्षरब्रह्मयोगो नामाष्टमोऽध्यायः ॥ ८॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८