भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
भूय एव महाबाहो शृणु मे परमं वचः ।
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया ॥ १०-१॥
श्रीभगवानले भन्नुभयो - 'हे महावाहु अर्जुन ! फेरि म तिमीलाई प्रिय लाग्ने, हितकारक र तिम्रो विचारलाई पुष्टि गर्ने वाक्यहरु बोल्दछु । यी परमवाणीलाई श्रवण गर ।'
श्लोक २
न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः ॥ १०-२॥
मेरा अवतारहरुका बारे देवताहरु र महर्षिहरु पनि अनविज्ञ हुन्छन् । सबै देवताहरु र महर्षिहरु पनि म बाटै आविर्भाव हुन्छन् ।
श्लोक ३
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।
असम्मूढः स मर्त्येषु सर्वपापैः प्रमुच्यते ॥ १०-३॥
म अजन्मा, अनादि छु । मलाई लोकमा महेश्वरको रुपमा जानेर ज्ञानवान मानिसहरु पापबाट छुट्कारा पाउँछन् ।
श्लोक ४
बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च ॥ १०-४॥
बुद्धि, ज्ञान, भ्रान्तिरहित क्षमा, सत्य, दम, सम, सुख, दुःख, उत्पत्ति, भावशुन्य अवस्था, भय अभय पनि म यी भाव र....
श्लोक ५
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः ॥ १०-५॥
अहिंसा, समता, सन्तोष, तप, दान, कीर्ति, अपकीर्ति आदि प्राणीहरुमा हुने सबै भाव म मा छन् ।
श्लोक ६
महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा ।
मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः ॥ १०-६॥
सप्तमहर्षिहरु त्यो भन्दा पहिले चार, चौध मनुहरु जसले संसारमा सबै प्राणीहरुको सृष्टि गर्छन्, ती पनि मेरै संकल्पबाट भएका छन् ।
श्लोक ७
एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः ।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः ॥ १०-७॥
जसले मेरा विभूतिहरु, मलाई प्राप्त गर्ने योगविधि र तत्वद्वारा मलाई जान्दछन्, तिनीहरु कस्तै अवस्थामा विचलित नभई योगको पूर्णत्वलाई प्राप्त गर्छन् । यसमा शङ्का छैन ।
श्लोक ८
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ॥ १०-८॥
यो सारा जगत म बाटै उत्पत्ति हुन्छ र म बाटै सञ्चालन हुन्छ । त्यस्ता भावले युक्त विद्वानहरु मेरै भजन गर्छन् ।
श्लोक ९
मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ॥ १०-९॥
म मा चित्त लगाएका, प्राणलाई पनि ममा नै अर्पण गरेका, ज्ञानका कुरा एक आपसमा साट्दै, मेरा कथाहरु सुनाउँदै निरन्तर सन्तुष्ट र रमाएर रहन्छन् ।
श्लोक १०
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते ॥ १०-१०॥
त्यस्ता सधैँ ममा युक्त भएका, अत्यन्तै प्रेमपूर्वक मेरो भजन गर्दछन् । तिनीहरुलाई निश्चयात्मक बुद्धि दिन्छु । तब तिनीहरुले मलाई नै प्राप्त गर्दछन् ।
श्लोक ११
तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ॥ १०-११॥
यसरी ज्ञानरुपी दियोद्वारा अज्ञानरुपी अन्धकारलाई नाश गरेर तिनीहरुको अनुग्रह गर्छु ।
श्लोक १२
अर्जुन उवाच
परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम् ॥ १०-१२॥
अर्जुनले भने - 'हजूर नै परब्रह्म, परमधाम, परम पवित्र र आत्मा भन्दा उच्च हुनुहुन्छ । पुरुषहरु हजूरलाई शाश्वत आदिदेवको रुपमा जान्दछन् ।'
श्लोक १३
आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा ।
असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे ॥ १०-१३॥
देवर्षि नारद जस्तै अरु सबै ऋषिहरुले हजूरलाई आहुति दिन्छन् । असित, देवल, व्यास आदि ऋषिहरुले हजूरले भनेकै कुरा बताउँछन् ।
श्लोक १४
सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः ॥ १०-१४॥
हे केशव भगवान ! हजुरको उपदेश मलाई सर्वमान्य छ । हजूरलाई कुनै साधारण मानिस, विद्वान, देवता र दानव कसैले पनि जान्दैनन् ।
श्लोक १५
स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भूतभावन भूतेश देवदेव जगत्पते ॥ १०-१५॥
हे भुतेश भगवान कृष्ण ! हजुर पुरुषोत्तम हुनुहुन्छ । हजुर आत्माद्वारा आत्मामा प्रकट हुनुहुन्छ । हजुरबाटै सबै प्राणी उत्पत्ति हुन्छन् ।
श्लोक १६
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः ।
याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि ॥ १०-१६॥
हजुरका ती दीव्य विभुति बारेमा हजुरले मात्र जान्नुहुन्छ । ती विभुतिद्वारा हजुरले सारा–संसारलाई ढाकेर रहनुभएको छ ।
श्लोक १७
कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तयन् ।
केषु केषु च भावेषु चिन्त्योऽसि भगवन्मया ॥ १०-१७॥
हजुर स्वयं योगी हुनुहुन्छ । त्यो विद्या मलाई बताउनुहोस् जसबाट हजुरको परिचिन्तन (ध्यान) भइरहोस् । हे भगवान ! मलाई यो पनि बताउनुहोस् कि के भावमा हजुरको ध्याान गरुँ ?
श्लोक १८
विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन ।
भूयः कथय तृप्तिर्हि शृण्वतो नास्ति मेऽमृतम् ॥ १०-१८॥
हे जनार्दन भगवान ! हजुरका सबै विभूतिहरुका बारेमा र योगको बारेमा पनि बिस्तारमा वर्णन गर्नुहोस् । हजुरका अमृतरुपी वचन सुनेर म कहिल्यै पनि अघाउन्न ।
श्लोक १९
श्रीभगवानुवाच
हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः ।
प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे ॥ १०-१९॥
श्री भगवानले भन्नुभयो - 'मेरा दीव्य विभुतिहरु मध्ये म तिमीलाई मुख्य विभुतिहरुको बारेमा बताउँछु । तिनीहरुका विस्तारको अन्त्य छैन ।'
श्लोक २०
अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।
अहमादिश्च मध्यं च भूतानामन्त एव च ॥ १०-२०॥
हे गुडाकेश अर्जुन ! म सबै प्राणीहरुभित्र रहेको आत्मा हुँ । म सबै प्राणीको आदि, मध्य र अन्त्य हुँ ।
श्लोक २१
आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी ॥ १०-२१॥
आदित्यहरुमा म विष्णु हुँ, ज्योतिहरुमा तेजवान सूर्य हुँ, मरुतहरुमा मरिचि हुँ र नक्षत्रहरुमा चन्द्रमा हुँ ।
श्लोक २२
वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः ।
इन्द्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना ॥ १०-२२॥
वेदहरुमा सामवेद हुँ, देवताहरुमा इन्द्र हुँ, इन्द्रियहरुमा मन हुँ र प्राणीहरुमा म चतेना हुँ ।
श्लोक २३
रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् ॥ १०-२३॥
रुद्रहरुमा म शङ्कर हुँ । धनसंग्रह गर्नेमा म कुवेर हुँ । वसुहरुमा पावक हुँ । पर्वतहरुमा मेरु पर्वत हुँ ।
श्लोक २४
पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ॥ १०-२४॥
हे पृथापुत्र अर्जुन ! पुरोहितहरुको अग्रणीमा म वृहस्पति हुँ भनी जान । म सेनापतिहरुमा स्कन्ध हुँ । जलाशयहरुमा म समुन्द्र हुँ ।
श्लोक २५
महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम् ।
यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालयः ॥ १०-२५॥
म महर्षिहरुमा भृगु हुँ । वाणीमा ॐ कार हुँ । यज्ञहरुमा जलयज्ञ हुँ । स्थिर वस्तुहरुमा हिमालय हुँ ।
श्लोक २६
अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः ।
गन्धर्वाणां चित्ररथः सिद्धानां कपिलो मुनिः ॥ १०-२६॥
सबै वृक्षहरुमा म पिपल हुँ । देवर्षिहरुमा नारद हुँ । गन्धर्वहरुमा चित्ररथ हुँ । सिद्धहरुमा कपिल मुनि हुँ ।
श्लोक २७
उच्चैःश्रवसमश्वानां विद्धि माममृतोद्भवम् ।
ऐरावतं गजेन्द्राणां नराणां च नराधिपम् ॥ १०-२७॥
घोडाहरुमा अमृतबाट उत्पन्न भएको उच्चैश्रवा नामको घोडा हुँ भनी मलाई जान । हात्तीहरुमा ऐरावत र मानिसहरुमा राजा हुँ ।
श्लोक २८
आयुधानामहं वज्रं धेनूनामस्मि कामधुक् ।
प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः ॥ १०-२८॥
हतियारहरुमा म बज्र हुँ । गाईहरुमा कामधेनु हुँ । प्रजननमा कामदेव र सर्पहरुमा वासुकि हुँ ।
श्लोक २९
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितॄणामर्यमा चास्मि यमः संयमतामहम् ॥ १०-२९॥
नागहरुमा अनन्त म हुँ । जलका प्राणीहरुमा वरुण हुँ । म पितृहरुमा अर्यमा हुँ । योगसंयममा म यम हुँ ।
श्लोक ३०
प्रह्लादश्चास्मि दैत्यानां कालः कलयतामहम् ।
मृगाणां च मृगेन्द्रोऽहं वैनतेयश्च पक्षिणाम् ॥ १०-३०॥
दैत्यहरुमा म प्रह्लाद हुँ । गणना गर्नेमा म समय हुँ । मृगहरुमा सिंह हुँ । पंक्षीहरुमा गरुड हुँ ।
श्लोक ३१
पवनः पवतामस्मि रामः शस्त्रभृतामहम् ।
झषाणां मकरश्चास्मि स्रोतसामस्मि जाह्नवी ॥ १०-३१॥
विशुद्ध वस्तुहरुमा म वायु हुँ । हतियार चलाउनेहरुमा म राम हुँ । माछाहरुमा गोही हुँ । नदीहरुमा जाह्न्वी हुँ ।
श्लोक ३२
सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन ।
अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहम् ॥ १०-३२॥
हे अर्जुन ! सृष्टिको आदि, मध्य र अन्त्य मै हुँ । विद्याहरुमा अध्यात्म विद्या र वाक्चातुर्यतामा वाद हुँ ।
श्लोक ३३
अक्षराणामकारोऽस्मि द्वन्द्वः सामासिकस्य च ।
अहमेवाक्षयः कालो धाताहं विश्वतोमुखः ॥ १०-३३॥
म अक्षरहरुमा अकार हुँ । समासहरुमा द्वन्द समास हुँ । म मुहुर्तहरुमा अखण्ड काल हुँ । विश्वमुखमा चतुर्मुख ब्रह्मा हुँ ।
श्लोक ३४
मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ॥ १०-३४॥
म प्राणीको संहार गर्दा शिव हुँ । सृष्टि गर्दा ब्रह्मा हुँ । सुन्दरतामा कामदेव हुँ । कीर्ति फैलाउनमा लक्ष्मी हुँ । नारीहरुमा मधुरवाणी हुँ । स्मरणमा मेघाशक्ति हुँ । धैर्यधारणमा क्षमा हुँ ।
श्लोक ३५
बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।
मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकरः ॥ १०-३५॥
सामहरुमा वृहत्साम हुँ । छन्दहरुमा गायत्री हुँ । महिनाहरुमा मङ्सिर हुँ । ऋतुहरुमा वसन्त हुँ ।
श्लोक ३६
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ॥ १०-३६॥
छल गर्नेहरुमा जुवा हुँ । तेजस्वीहरुमा तेज, विजयीहरुमा विजय, व्यवसायीहरुको व्यवसाय र सत्यवादीहरुको सत्य हुँ ।
श्लोक ३७
वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ॥ १०-३७॥
म वैष्णवरुमा वासुदेव हुँ । पाण्डवहरुमा अर्जुन , मुनिहरुमा व्यास, कविहरुमा उशना कवि हुँ ।
श्लोक ३८
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ॥ १०-३८॥
सजाय गर्नुपर्नेहरुको लागि दण्ड हुँ । म सज्जनहरुको लागि नीति हुँ । गोपनियता राख्नेहरुको लागि मौन हुँ । ज्ञानवानहरुको ज्ञान हुँ ।
श्लोक ३९
यच्चापि सर्वभूतानां बीजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम् ॥ १०-३९॥
हे अर्जुन ! सबै प्राणीमा रहेको वीज मै हुँ । यसैले चराचर जगतमा म विनाको कुनै प्राणी छैन ।
श्लोक ४०
नान्तोऽस्ति मम दिव्यानां विभूतीनां परन्तप ।
एष तूद्देशतः प्रोक्तो विभूतेर्विस्तरो मया ॥ १०-४०॥
हे उच्च तपस्वी अर्जुन ! मेरा दिव्य विभुतिहरुको अन्त्य छैन । संक्षेपमा यी विभुतिहरुको बारेमा तिमीलाई बताएँ ।
श्लोक ४१
यद्यद्विभूतिमत्सत्त्वं श्रीमदूर्जितमेव वा ।
तत्तदेवावगच्छ त्वं मम तेजोंऽशसम्भवम् ॥ १०-४१॥
जसमा वैभव छ, जसमा ऐश्वर्य छ, जो कान्तियुक्त छ, तिनीहरु मेरो तेजलाई प्राप्त गरेर भएका हुन् भनी सम्झ ।
श्लोक ४२
अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।
विष्टभ्याहमिदं कृत्स्नमेकांशेन स्थितो जगत् ॥ १०-४२॥
हेर अर्जुन ! मेरा सबै विभुतिहरुको बारेमा जानीनसक्नु छ। यो सम्पूर्ण जगतलाई मेरो योगशक्तिको मात्र एक अंशले ढाकेर रहेको छु । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विभूतियोगो नाम दशमोऽध्यायः ॥ १०॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२