भगवद् गीता

«

श्लोक १

अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ॥ १२-१॥

अर्जुनले निवेदन गरे - 'यस प्रकार एकतानसाथ हजुरको उपसना गर्ने भक्तहरु र अव्यक्त अक्षरब्रह्मलाई योगद्वारा ज्ञान गर्न चाहने योगीजनमा कुन उत्तम हुन् ?'

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १ अर्जुन उवाच एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते । ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ॥ १२-१॥ अर्जुनले निवेदन गरे - 'यस प्रकार एकतानसाथ हजुरको उपसना गर्ने भक्तहरु र अव्यक्त अक्षरब्रह्मलाई योगद्वारा ज्ञान गर्न चाहने योगीजनमा कुन उत्तम हुन् ?'

श्लोक २

श्रीभगवानुवाच
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।
श्रद्धया परयोपेताः ते मे युक्ततमा मताः ॥ १२-२॥

श्री भगवानले भन्नुभयो - 'जसले ममा निरन्तर मन लगाएर उपासना गर्छन्, ममा श्रद्धाभक्ति राख्ने तिनीहरु उत्तम भक्तहरु हुन् भन्ने मेरो मत हो ।'

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक २ श्रीभगवानुवाच मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते । श्रद्धया परयोपेताः ते मे युक्ततमा मताः ॥ १२-२॥ श्री भगवानले भन्नुभयो - 'जसले ममा निरन्तर मन लगाएर उपासना गर्छन्, ममा श्रद्धाभक्ति राख्ने तिनीहरु उत्तम भक्तहरु हुन् भन्ने मेरो मत हो ।'

श्लोक ३

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते ।
सर्वत्रगमचिन्त्यञ्च कूटस्थमचलन्ध्रुवम् ॥ १२-३॥

त्यो अक्षर ब्रह्म यस्तै हो भनेर निर्देश गर्न नसकिने, अव्यक्त छ भन्ने कुरा सत्य हो । मायामा अवस्थित अचल सर्वव्यापी परमात्माको सामान्यतया चिन्तन गर्न सकिँदैन ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ३ ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते । सर्वत्रगमचिन्त्यञ्च कूटस्थमचलन्ध्रुवम् ॥ १२-३॥ त्यो अक्षर ब्रह्म यस्तै हो भनेर निर्देश गर्न नसकिने, अव्यक्त छ भन्ने कुरा सत्य हो । मायामा अवस्थित अचल सर्वव्यापी परमात्माको सामान्यतया चिन्तन गर्न सकिँदैन ।

श्लोक ४

सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।
ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः ॥ १२-४॥

सर्वत्र समबुद्धिभाव राखी इन्द्रियका कार्य व्यवसायलाई रोकेर सबै प्राणीहरुको कल्याणमा लागेका योगीजन पनि मलाई प्राप्त गर्छन् ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ४ सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः । ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः ॥ १२-४॥ सर्वत्र समबुद्धिभाव राखी इन्द्रियका कार्य व्यवसायलाई रोकेर सबै प्राणीहरुको कल्याणमा लागेका योगीजन पनि मलाई प्राप्त गर्छन् ।

श्लोक ५

क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् ।
अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते ॥ १२-५॥

मेरो अव्यक्त रुपको चिन्तन मननमा लागेका योगीजनहरुलाई अलि बढी दुःख हुन्छ । त्यस्ता अव्यक्त अक्षर ब्रह्मको खोजिमा लागेका देहधारी दुःखको गतिलाई पार गरेपछि मलाई प्राप्त गर्छन् ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ५ क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् । अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते ॥ १२-५॥ मेरो अव्यक्त रुपको चिन्तन मननमा लागेका योगीजनहरुलाई अलि बढी दुःख हुन्छ । त्यस्ता अव्यक्त अक्षर ब्रह्मको खोजिमा लागेका देहधारी दुःखको गतिलाई पार गरेपछि मलाई प्राप्त गर्छन् ।

श्लोक ६

ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्पराः ।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते ॥ १२-६॥

जसले सबै कर्म ममा समर्पण गरेर, म तिरै परिलक्षित भई एकचित्त भएर मेरो योग, ध्यान, उपासनामा तल्लिन हुन्छन्....

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ६ ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्पराः । अनन्येनैव योगेन मां ध्यायन्त उपासते ॥ १२-६॥ जसले सबै कर्म ममा समर्पण गरेर, म तिरै परिलक्षित भई एकचित्त भएर मेरो योग, ध्यान, उपासनामा तल्लिन हुन्छन्....

श्लोक ७

तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात् ।
भवामि नचिरात्पार्थ मय्यावेशितचेतसाम् ॥ १२-७॥

त्यस्ता ममा चित्त लगाउनेहरुलाई, हे पार्थ ! जन्ममृत्युरुपी सागरमा आउने जाने क्रमबाट छिट्टै नै उद्धार गरिदिन्छु ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ७ तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात् । भवामि नचिरात्पार्थ मय्यावेशितचेतसाम् ॥ १२-७॥ त्यस्ता ममा चित्त लगाउनेहरुलाई, हे पार्थ ! जन्ममृत्युरुपी सागरमा आउने जाने क्रमबाट छिट्टै नै उद्धार गरिदिन्छु ।

श्लोक ८

मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।
निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशयः ॥ १२-८॥

मनलाई ममा स्थिर गर । बुद्धिलाई पनि मतिरै अभिमुख बनाऊ । सधैँ उर्ध्वगति भएपछि मलाई प्राप्त गर्नेछौ, यसमा कुनै शङ्का छैन ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ८ मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय । निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशयः ॥ १२-८॥ मनलाई ममा स्थिर गर । बुद्धिलाई पनि मतिरै अभिमुख बनाऊ । सधैँ उर्ध्वगति भएपछि मलाई प्राप्त गर्नेछौ, यसमा कुनै शङ्का छैन ।

श्लोक ९

अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् ।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्जय ॥ १२-९॥

हे धनन्जय अर्जुन ! यदि तिमीले ममा चित्तलाई स्थिर गर्न सक्दैनौ भने मलाई प्राप्त गर्ने इच्छा राखेर योगाभ्यास गर ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ९ अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् । अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्जय ॥ १२-९॥ हे धनन्जय अर्जुन ! यदि तिमीले ममा चित्तलाई स्थिर गर्न सक्दैनौ भने मलाई प्राप्त गर्ने इच्छा राखेर योगाभ्यास गर ।

श्लोक १०

अभ्यासेऽप्यसमर्थोऽसि मत्कर्मपरमो भव ।
मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि ॥ १२-१०॥

यदि तिमी योगाभ्यास गर्न पनि समर्थ छैनौ भने शास्त्रमा बताइएका विधिले कर्महरु गरेर ममा अर्पण गर । सिद्धिहरु प्राप्त गर्नेछौ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १० अभ्यासेऽप्यसमर्थोऽसि मत्कर्मपरमो भव । मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि ॥ १२-१०॥ यदि तिमी योगाभ्यास गर्न पनि समर्थ छैनौ भने शास्त्रमा बताइएका विधिले कर्महरु गरेर ममा अर्पण गर । सिद्धिहरु प्राप्त गर्नेछौ ।

श्लोक ११

अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः ।
सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ॥ १२-११॥

तिमी अझै असमर्थ छौ भने ममा आश्रित भएर सबै कर्मको फललाई त्यागेर कर्म उद्योग गरी आत्मावान बन ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक ११ अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः । सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ॥ १२-११॥ तिमी अझै असमर्थ छौ भने ममा आश्रित भएर सबै कर्मको फललाई त्यागेर कर्म उद्योग गरी आत्मावान बन ।

श्लोक १२

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ॥ १२-१२॥

योगाभ्यास भन्दा ज्ञान उत्तम हो । ज्ञानभन्दा ध्यान उत्तम हो । ध्यानभन्दा पनि कर्मको फललाई त्याग्न सक्नु अति उत्तम हो । कर्मफल त्यागबाट शान्ती पाइन्छ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १२ श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते । ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ॥ १२-१२॥ योगाभ्यास भन्दा ज्ञान उत्तम हो । ज्ञानभन्दा ध्यान उत्तम हो । ध्यानभन्दा पनि कर्मको फललाई त्याग्न सक्नु अति उत्तम हो । कर्मफल त्यागबाट शान्ती पाइन्छ ।

श्लोक १३

अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च ।
निर्ममो निरहङ्कारः समदुःखसुखः क्षमी ॥ १२-१३॥

सबै प्राणीहरुप्रति मित्रता र दया भाव राखी कसैप्रति द्वेष नराखी अहंकारलाई त्यागेर सुख दुःखलाई सहन सक्ने बन र कामना रहित भएर....

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १३ अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च । निर्ममो निरहङ्कारः समदुःखसुखः क्षमी ॥ १२-१३॥ सबै प्राणीहरुप्रति मित्रता र दया भाव राखी कसैप्रति द्वेष नराखी अहंकारलाई त्यागेर सुख दुःखलाई सहन सक्ने बन र कामना रहित भएर....

श्लोक १४

सन्तुष्टः सततं योगी यतात्मा दृढनिश्चयः ।
मय्यर्पितमनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः ॥ १२-१४॥

जो सदा सन्तोषी छ, आत्माको अस्तित्व स्वीकार गर्दछ, मन र बुद्धिलाई ममा सपर्पित गरेको छ, त्यो मलाई प्यारो लाग्छ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १४ सन्तुष्टः सततं योगी यतात्मा दृढनिश्चयः । मय्यर्पितमनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः ॥ १२-१४॥ जो सदा सन्तोषी छ, आत्माको अस्तित्व स्वीकार गर्दछ, मन र बुद्धिलाई ममा सपर्पित गरेको छ, त्यो मलाई प्यारो लाग्छ ।

श्लोक १५

यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः ।
हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मे प्रियः ॥ १२-१५॥

जसले अरु मानिसहरुलाई दुःख कष्ट दिँदैन र अरु मानिसहरुको व्यवहारबाट दुःखी हुँदैन, जो हर्ष, रिस, डरको गतिलाई त्यागेको छ , त्यो पनि मलाई प्यारो लाग्छ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १५ यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः । हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मे प्रियः ॥ १२-१५॥ जसले अरु मानिसहरुलाई दुःख कष्ट दिँदैन र अरु मानिसहरुको व्यवहारबाट दुःखी हुँदैन, जो हर्ष, रिस, डरको गतिलाई त्यागेको छ , त्यो पनि मलाई प्यारो लाग्छ ।

श्लोक १६

अनपेक्षः शुचिर्दक्ष उदासीनो गतव्यथः ।
सर्वारम्भपरित्यागी यो मद्भक्तः स मे प्रियः ॥ १२-१६॥

कुनै पनि चिजको आशा नगर्ने, शुद्ध विचारको, कार्यकुशल, संसारबाट विरक्तिएको, विकार शुन्य, दृष्य–अदृश्य वस्तुबाट पर्ने प्रभावलाई त्यागिसकेको यस्तो भक्त मलाई प्यारो लाग्छ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १६ अनपेक्षः शुचिर्दक्ष उदासीनो गतव्यथः । सर्वारम्भपरित्यागी यो मद्भक्तः स मे प्रियः ॥ १२-१६॥ कुनै पनि चिजको आशा नगर्ने, शुद्ध विचारको, कार्यकुशल, संसारबाट विरक्तिएको, विकार शुन्य, दृष्य–अदृश्य वस्तुबाट पर्ने प्रभावलाई त्यागिसकेको यस्तो भक्त मलाई प्यारो लाग्छ ।

श्लोक १७

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ॥ १२-१७॥

सिद्धिहरु प्राप्त भएमा खुसी नहुने, नपाउँदा पनि आफूलाई घृणा नगर्ने, प्राप्त भएको गुमाउँदा दुःखी नहुने , फेरि पाउने इच्छा नगर्ने, त्यस्तो शुभ–अशुभलाई परित्याग गरेको भक्त मलाई प्यारो लाग्छ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १७ यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति । शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ॥ १२-१७॥ सिद्धिहरु प्राप्त भएमा खुसी नहुने, नपाउँदा पनि आफूलाई घृणा नगर्ने, प्राप्त भएको गुमाउँदा दुःखी नहुने , फेरि पाउने इच्छा नगर्ने, त्यस्तो शुभ–अशुभलाई परित्याग गरेको भक्त मलाई प्यारो लाग्छ ।

श्लोक १८

समः शत्रौ च मित्रे च तथा मानापमानयोः ।
शीतोष्णसुखदुःखेषु समः सङ्गविवर्जितः ॥ १२-१८॥

शत्रु आईलाग्दा वा सहयोगी मित्रहरु भेट्टिँदा तथा मान-अपमान दुवै अवस्थामा, जाडो-गर्मी, सुख-दुःख बराबर मान्ने र वासनाबाट मुक्त....

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १८ समः शत्रौ च मित्रे च तथा मानापमानयोः । शीतोष्णसुखदुःखेषु समः सङ्गविवर्जितः ॥ १२-१८॥ शत्रु आईलाग्दा वा सहयोगी मित्रहरु भेट्टिँदा तथा मान-अपमान दुवै अवस्थामा, जाडो-गर्मी, सुख-दुःख बराबर मान्ने र वासनाबाट मुक्त....

श्लोक १९

तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् ।
अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ॥ १२-१९॥

निन्दा वा प्रशंसा जे भएपनि प्रतिकार नगर्ने, बाधा–व्यवधानको वास्ता नगर्ने, घरबार त्यागेको, बुद्धि आत्मामा स्थिर भएको भक्तिमान मानिस मलाई प्यारो लाग्छ ।

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक १९ तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् । अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ॥ १२-१९॥ निन्दा वा प्रशंसा जे भएपनि प्रतिकार नगर्ने, बाधा–व्यवधानको वास्ता नगर्ने, घरबार त्यागेको, बुद्धि आत्मामा स्थिर भएको भक्तिमान मानिस मलाई प्यारो लाग्छ ।

श्लोक २०

ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते ।
श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः ॥ १२-२०॥

यसरी यो अमृतयुक्त धर्मको जसले उपासना गर्छन् त्यस्ता मप्रति समर्पित श्रद्धावान भक्तहरु मेरा अति प्यारा छन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः ॥ १२॥

भगवद् गीता, अध्याय १२ - भक्तियोगः - श्लोक २० ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते । श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः ॥ १२-२०॥ यसरी यो अमृतयुक्त धर्मको जसले उपासना गर्छन् त्यस्ता मप्रति समर्पित श्रद्धावान भक्तहरु मेरा अति प्यारा छन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः ॥ १२॥
»
«
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
»