भगवद् गीता

«

श्लोक १

अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विताः ।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः ॥ १७-१॥

अर्जुनले निवेदन गरे - 'हे भगवान कृष्ण ! यदि कसैले शास्त्र विरुद्ध भए पनि श्रद्धायुक्त भएर यज्ञ गर्छन् भने तिनीहरुको निष्ठा के हो ? सात्विक, राजसिक वा तामसिक ?'

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १ अर्जुन उवाच ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विताः । तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः ॥ १७-१॥ अर्जुनले निवेदन गरे - 'हे भगवान कृष्ण ! यदि कसैले शास्त्र विरुद्ध भए पनि श्रद्धायुक्त भएर यज्ञ गर्छन् भने तिनीहरुको निष्ठा के हो ? सात्विक, राजसिक वा तामसिक ?'

श्लोक २

श्रीभगवानुवाच
त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा ।
सात्त्विकी राजसी चैव तामसी चेति तां श‍ृणु ॥ १७-२॥

श्रीभगवानले उपदेश गर्नुभयो - 'मानिसहरुका स्वभाव अनुसार उनीहरुको श्रद्धा तीन किसिमका हुन्छन् । ती सात्विक, राजसिक, तामसिक बारे म बाट सुन ।'

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २ श्रीभगवानुवाच त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा । सात्त्विकी राजसी चैव तामसी चेति तां श‍ृणु ॥ १७-२॥ श्रीभगवानले उपदेश गर्नुभयो - 'मानिसहरुका स्वभाव अनुसार उनीहरुको श्रद्धा तीन किसिमका हुन्छन् । ती सात्विक, राजसिक, तामसिक बारे म बाट सुन ।'

श्लोक ३

सत्त्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत ।
श्रद्धामयोऽयं पुरुषो यो यच्छ्रद्धः स एव सः ॥ १७-३॥

हे भरतकूलभूषण अर्जुन ! सबै मानिसको श्रद्धा उनीहरुको भाव अनुसार हुन्छ । जसको जस्तो श्रद्धा छ त्यसै अनुसारको व्यवहार गर्छ ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ३ सत्त्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत । श्रद्धामयोऽयं पुरुषो यो यच्छ्रद्धः स एव सः ॥ १७-३॥ हे भरतकूलभूषण अर्जुन ! सबै मानिसको श्रद्धा उनीहरुको भाव अनुसार हुन्छ । जसको जस्तो श्रद्धा छ त्यसै अनुसारको व्यवहार गर्छ ।

श्लोक ४

यजन्ते सात्त्विका देवान्यक्षरक्षांसि राजसाः ।
प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः ॥ १७-४॥

सत्विक मानिसहरु देवताहरुको पुजा गर्छन् । राजषी मानिसहरु यक्ष र राक्षसहरुको पुजा गर्दछन् र तामसि मानिसहरु भुत, प्रेतको समूहलाई मान्दछन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ४ यजन्ते सात्त्विका देवान्यक्षरक्षांसि राजसाः । प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः ॥ १७-४॥ सत्विक मानिसहरु देवताहरुको पुजा गर्छन् । राजषी मानिसहरु यक्ष र राक्षसहरुको पुजा गर्दछन् र तामसि मानिसहरु भुत, प्रेतको समूहलाई मान्दछन् ।

श्लोक ५

अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जनाः ।
दम्भाहङ्कारसंयुक्ताः कामरागबलान्विताः ॥ १७-५॥

जुन तपस्वीहरु शास्त्रको विपरित रहेर उग्र तपस्या गर्छन्, तिनीहरुमा दम्भ, अहंकार, कामना, आशक्ति र तपोबलको अभिमान रहन्छ ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ५ अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जनाः । दम्भाहङ्कारसंयुक्ताः कामरागबलान्विताः ॥ १७-५॥ जुन तपस्वीहरु शास्त्रको विपरित रहेर उग्र तपस्या गर्छन्, तिनीहरुमा दम्भ, अहंकार, कामना, आशक्ति र तपोबलको अभिमान रहन्छ ।

श्लोक ६

कर्षयन्तः शरीरस्थं भूतग्राममचेतसः ।
मां चैवान्तःशरीरस्थं तान्विद्ध्यासुरनिश्चयान् ॥ १७-६॥

जसले शरीरका पञ्चमहाभुतदेखि चेतन प्रकृतिसम्म र मलाई समेत कष्ट दिन्छन्, तिनीहरु आसुरी स्वभावका हुन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ६ कर्षयन्तः शरीरस्थं भूतग्राममचेतसः । मां चैवान्तःशरीरस्थं तान्विद्ध्यासुरनिश्चयान् ॥ १७-६॥ जसले शरीरका पञ्चमहाभुतदेखि चेतन प्रकृतिसम्म र मलाई समेत कष्ट दिन्छन्, तिनीहरु आसुरी स्वभावका हुन् ।

श्लोक ७

आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रियः ।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं श‍ृणु ॥ १७-७॥

सबैको रुचिअनुसारको आहारा पनि तीन प्रकारको हुन्छ । यज्ञ, दान, तपमा पनि त्यसै अनुसारको भिन्नता छ । जसको बारेमा सुन ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ७ आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रियः । यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं श‍ृणु ॥ १७-७॥ सबैको रुचिअनुसारको आहारा पनि तीन प्रकारको हुन्छ । यज्ञ, दान, तपमा पनि त्यसै अनुसारको भिन्नता छ । जसको बारेमा सुन ।

श्लोक ८

आयुःसत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः ।
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ॥ १७-८॥

आयु, आध्यात्मिक बल, निरोगिता, सुख र प्रिति बढाउने रसिला, नरम, स्थिर लामो समय शक्ति प्रदान गर्ने आहार सात्विक मानिसहरु रुचाउँछन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ८ आयुःसत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः । रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ॥ १७-८॥ आयु, आध्यात्मिक बल, निरोगिता, सुख र प्रिति बढाउने रसिला, नरम, स्थिर लामो समय शक्ति प्रदान गर्ने आहार सात्विक मानिसहरु रुचाउँछन् ।

श्लोक ९

कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः ।
आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ॥ १७-९॥

पिरो, अमिलो, नुनिलो, ज्यादा तातो, तीतो, सुख्खा, दुःख, शोक र कामवासना बढाउने आहार राजस प्रकृतिको मानिसलाई मनपर्छ ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ९ कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः । आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ॥ १७-९॥ पिरो, अमिलो, नुनिलो, ज्यादा तातो, तीतो, सुख्खा, दुःख, शोक र कामवासना बढाउने आहार राजस प्रकृतिको मानिसलाई मनपर्छ ।

श्लोक १०

यातयामं गतरसं पूति पर्युषितं च यत् ।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ॥ १७-१०॥

पकाएर चिसो भइसकेको, विरसिलो, गन्हाउने, बासी, जूठो, अशुद्ध किसिमको भोजन तामस किसिमको मानिसलाई मनपर्छ ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १० यातयामं गतरसं पूति पर्युषितं च यत् । उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ॥ १७-१०॥ पकाएर चिसो भइसकेको, विरसिलो, गन्हाउने, बासी, जूठो, अशुद्ध किसिमको भोजन तामस किसिमको मानिसलाई मनपर्छ ।

श्लोक ११

अफलाकाङ्क्षिभिर्यज्ञो विधिदृष्टो य इज्यते ।
यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः ॥ १७-११॥

फलको इच्छा नराखी विधिपूर्वक कर्तव्यकर्म सम्झेर शान्त मन लिएर गरिएको यज्ञ सात्विक यज्ञ हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक ११ अफलाकाङ्क्षिभिर्यज्ञो विधिदृष्टो य इज्यते । यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः ॥ १७-११॥ फलको इच्छा नराखी विधिपूर्वक कर्तव्यकर्म सम्झेर शान्त मन लिएर गरिएको यज्ञ सात्विक यज्ञ हो ।

श्लोक १२

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम् ॥ १७-१२॥

हे भरत श्रेष्ठ अर्जुन ! फलको इच्छा लिएर अभिमानद्वारा ऐश्वर्य देखाउनको लागि जुन यज्ञ गरिन्छ, त्यो यज्ञ राजस हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १२ अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् । इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम् ॥ १७-१२॥ हे भरत श्रेष्ठ अर्जुन ! फलको इच्छा लिएर अभिमानद्वारा ऐश्वर्य देखाउनको लागि जुन यज्ञ गरिन्छ, त्यो यज्ञ राजस हो ।

श्लोक १३

विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम् ।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते ॥ १७-१३॥

विधिको विपरित, बिना अन्नदान, मन्त्रले रहित, दच्छिणा बिना र अश्रद्धाले गरिएको यज्ञ तामस यज्ञ हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १३ विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम् । श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते ॥ १७-१३॥ विधिको विपरित, बिना अन्नदान, मन्त्रले रहित, दच्छिणा बिना र अश्रद्धाले गरिएको यज्ञ तामस यज्ञ हो ।

श्लोक १४

देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम् ।
ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्यते ॥ १७-१४॥

देवता, ब्राह्मण, गुरु र पण्डितको पूजा, शुद्धता, सरल विचारले, ब्रह्मचर्य, अहिंसा शरीरद्वारा गरिने तपस्या हुन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १४ देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम् । ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्यते ॥ १७-१४॥ देवता, ब्राह्मण, गुरु र पण्डितको पूजा, शुद्धता, सरल विचारले, ब्रह्मचर्य, अहिंसा शरीरद्वारा गरिने तपस्या हुन् ।

श्लोक १५

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ॥ १७-१५॥

मनलाई दिक्क नलाग्ने सत्य, मीठा, हितकारक वाक्यहरु बोल्ने, स्वाध्याय आदि वाणीद्वारा गरिने तपस्या हुन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १५ अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् । स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ॥ १७-१५॥ मनलाई दिक्क नलाग्ने सत्य, मीठा, हितकारक वाक्यहरु बोल्ने, स्वाध्याय आदि वाणीद्वारा गरिने तपस्या हुन् ।

श्लोक १६

मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः ।
भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते ॥ १७-१६॥

प्रसन्न मन राख्नु, शील स्वभावले युक्त, मौन रहनु, मनलाई नियन्त्रण गर्नु, भावमा शुद्धता राख्नु मनद्वारा गरिने तपस्या सात्विक हुन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १६ मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः । भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते ॥ १७-१६॥ प्रसन्न मन राख्नु, शील स्वभावले युक्त, मौन रहनु, मनलाई नियन्त्रण गर्नु, भावमा शुद्धता राख्नु मनद्वारा गरिने तपस्या सात्विक हुन् ।

श्लोक १७

श्रद्धया परया तप्तं तपस्तत्त्रिविधं नरैः ।
अफलाकाङ्क्षिभिर्युक्तैः सात्त्विकं परिचक्षते ॥ १७-१७॥

यसअघि उल्लेख गरिएका तीन किसिमका तपस्याहरु मध्ये फलको इच्छा नराखी परम श्रद्धाका साथ गरिने तपस्या सात्विक हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १७ श्रद्धया परया तप्तं तपस्तत्त्रिविधं नरैः । अफलाकाङ्क्षिभिर्युक्तैः सात्त्विकं परिचक्षते ॥ १७-१७॥ यसअघि उल्लेख गरिएका तीन किसिमका तपस्याहरु मध्ये फलको इच्छा नराखी परम श्रद्धाका साथ गरिने तपस्या सात्विक हो ।

श्लोक १८

सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत् ।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम् ॥ १७-१८॥

आफ्नो मान, सत्कार, प्रशंसा बढाउने उद्देश्यले दम्भका साथ गरिने अस्थिर तथा असत्यलाई प्रोत्साहित गर्ने तपलाई राजस तप भनिन्छ ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १८ सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत् । क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम् ॥ १७-१८॥ आफ्नो मान, सत्कार, प्रशंसा बढाउने उद्देश्यले दम्भका साथ गरिने अस्थिर तथा असत्यलाई प्रोत्साहित गर्ने तपलाई राजस तप भनिन्छ ।

श्लोक १९

मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः ।
परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम् ॥ १७-१९॥

अज्ञानताले आफूलाई धेरै पिडा दिएर, अथवा अरुलाई दुःख दिने उद्देश्यले गरिएको तप तामस हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक १९ मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः । परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम् ॥ १७-१९॥ अज्ञानताले आफूलाई धेरै पिडा दिएर, अथवा अरुलाई दुःख दिने उद्देश्यले गरिएको तप तामस हो ।

श्लोक २०

दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे ।
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम् ॥ १७-२०॥

जुन कर्तव्य सम्झिएर अरुको उपकारको लागि देश, काल र पात्र विचार गरेर दान गरिन्छ, त्यो सात्वकि हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २० दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे । देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम् ॥ १७-२०॥ जुन कर्तव्य सम्झिएर अरुको उपकारको लागि देश, काल र पात्र विचार गरेर दान गरिन्छ, त्यो सात्वकि हो ।

श्लोक २१

यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुनः ।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम् ॥ १७-२१॥

अरुले गरेको उपकारको सट्टा वा भविष्यमा फलको आशा राखेर दुःख मानेर गरिने दान राजस हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २१ यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुनः । दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम् ॥ १७-२१॥ अरुले गरेको उपकारको सट्टा वा भविष्यमा फलको आशा राखेर दुःख मानेर गरिने दान राजस हो ।

श्लोक २२

अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते ।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम् ॥ १७-२२॥

देश, काल र पात्रको विचार नगरी अपहेलना गरी गरिने दान तामस हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २२ अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते । असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम् ॥ १७-२२॥ देश, काल र पात्रको विचार नगरी अपहेलना गरी गरिने दान तामस हो ।

श्लोक २३

ॐतत्सदिति निर्देशो ब्रह्मणस्त्रिविधः स्मृतः ।
ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिताः पुरा ॥ १७-२३॥

ब्रह्मको स्मरणको लागि ॐ, तत्, सत् यी तीन प्रकारले निर्देश गरिएको छ । तिनीहरुको पुर्णताको लागि ब्राह्मण, वेद र यज्ञको सृष्टि गरिएको हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २३ ॐतत्सदिति निर्देशो ब्रह्मणस्त्रिविधः स्मृतः । ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिताः पुरा ॥ १७-२३॥ ब्रह्मको स्मरणको लागि ॐ, तत्, सत् यी तीन प्रकारले निर्देश गरिएको छ । तिनीहरुको पुर्णताको लागि ब्राह्मण, वेद र यज्ञको सृष्टि गरिएको हो ।

श्लोक २४

तस्मादोमित्युदाहृत्य यज्ञदानतपःक्रियाः ।
प्रवर्तन्ते विधानोक्ताः सततं ब्रह्मवादिनाम् ॥ १७-२४॥

त्यसैले यज्ञ, दान, तप गर्दा सधैँ ॐ कारको उच्चारणद्वारा गरिने विधान ब्रह्मवादीहरुले प्रवर्धन गरे ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २४ तस्मादोमित्युदाहृत्य यज्ञदानतपःक्रियाः । प्रवर्तन्ते विधानोक्ताः सततं ब्रह्मवादिनाम् ॥ १७-२४॥ त्यसैले यज्ञ, दान, तप गर्दा सधैँ ॐ कारको उच्चारणद्वारा गरिने विधान ब्रह्मवादीहरुले प्रवर्धन गरे ।

श्लोक २५

तदित्यनभिसन्धाय फलं यज्ञतपःक्रियाः ।
दानक्रियाश्च विविधाः क्रियन्ते मोक्षकाङ्क्षिभिः ॥ १७-२५॥

मोक्षार्थीहरु तत् शब्दको उच्चारणद्वारा फलको इच्छा नराखी यज्ञ, तप, कर्म, दान गर्छन् ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २५ तदित्यनभिसन्धाय फलं यज्ञतपःक्रियाः । दानक्रियाश्च विविधाः क्रियन्ते मोक्षकाङ्क्षिभिः ॥ १७-२५॥ मोक्षार्थीहरु तत् शब्दको उच्चारणद्वारा फलको इच्छा नराखी यज्ञ, तप, कर्म, दान गर्छन् ।

श्लोक २६

सद्भावे साधुभावे च सदित्येतत्प्रयुज्यते ।
प्रशस्ते कर्मणि तथा सच्छब्दः पार्थ युज्यते ॥ १७-२६॥

हे पृथापुत्र अर्जुन ! सत् भावद्वारा भगवान परमात्मालाई संकेत गरिएको छ । त्यसैगरी असल कर्मको लागि पनि सत् शब्दको प्रयोग गरिन्छ ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २६ सद्भावे साधुभावे च सदित्येतत्प्रयुज्यते । प्रशस्ते कर्मणि तथा सच्छब्दः पार्थ युज्यते ॥ १७-२६॥ हे पृथापुत्र अर्जुन ! सत् भावद्वारा भगवान परमात्मालाई संकेत गरिएको छ । त्यसैगरी असल कर्मको लागि पनि सत् शब्दको प्रयोग गरिन्छ ।

श्लोक २७

यज्ञे तपसि दाने च स्थितिः सदिति चोच्यते ।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते ॥ १७-२७॥

निरन्तर यज्ञ, दान र तपमा लागिरहनु पनि सत् हो । साथै कर्मफल परमात्मामा समर्पण गर्नु पनि सत् हो ।

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २७ यज्ञे तपसि दाने च स्थितिः सदिति चोच्यते । कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते ॥ १७-२७॥ निरन्तर यज्ञ, दान र तपमा लागिरहनु पनि सत् हो । साथै कर्मफल परमात्मामा समर्पण गर्नु पनि सत् हो ।

श्लोक २८

अश्रद्धया हुतं दत्तं तपस्तप्तं कृतं च यत् ।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह ॥ १७-२८॥

हे अर्जुन ! श्रद्धाबिना गरिएको हवन, दान र तप अथवा अरु जे जे गरिन्छ, ती सबै असत् हुन् । त्यस्तो कर्म इहलोक र परलोक दुवैमा कल्याणकारी हुँदैन । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे श्रद्धात्रयविभागयोगो नाम सप्तदशोऽध्यायः ॥ १७॥

भगवद् गीता, अध्याय १७ - श्रद्धात्रयविभागयोगः - श्लोक २८ अश्रद्धया हुतं दत्तं तपस्तप्तं कृतं च यत् । असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह ॥ १७-२८॥ हे अर्जुन ! श्रद्धाबिना गरिएको हवन, दान र तप अथवा अरु जे जे गरिन्छ, ती सबै असत् हुन् । त्यस्तो कर्म इहलोक र परलोक दुवैमा कल्याणकारी हुँदैन । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे श्रद्धात्रयविभागयोगो नाम सप्तदशोऽध्यायः ॥ १७॥
»
«
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
»