भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
परं भूयः प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम् ।
यज्ज्ञात्वा मुनयः सर्वे परां सिद्धिमितो गताः ॥ १४-१॥
श्रीकृष्ण भगवानले भन्नुभयो - 'ज्ञानहरुमा पनि उत्तम ज्ञान म भन्दै छु । जसलाई जानेर सबै मुनिहरुले सिद्धि प्राप्त गरेर परम गतिलाई प्राप्त गरेका छन् ।'
श्लोक २
इदं ज्ञानमुपाश्रित्य मम साधर्म्यमागताः ।
सर्गेऽपि नोपजायन्ते प्रलये न व्यथन्ति च ॥ १४-२॥
यो ज्ञानको आश्रय लिएर मेरो विचारलाई परिपालन गर्नेहरुलाई प्रलयको अवस्थामा दुःख हुँदैन र जन्म लिन जानु पर्दैन ।
श्लोक ३
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ॥ १४-३॥
हे भरतकूलदिप अर्जुन ! म ब्रह्म हुँ । मैले प्रकृतिमा गर्भधारण गराएर सबै प्राणीहरुको सृष्टि गर्दछु ।
श्लोक ४
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ॥ १४-४॥
हे कुन्तिपुत्र अर्जुन ! अज्ञानीहरु आफ्नो योनीमा जन्म लिन जान्छन् । म ब्रह्म पिताको रुपमा रहेर मेरो प्रकृतिमा वीजारोपण गराउँछु ।
श्लोक ५
सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ॥ १४-५॥
हे महाबाहु अर्जुन ! सत्व, रज र तम यी तीन गुण प्रकृतिबाट उत्पन्न भएका छन् । यी गुणहरुले अविनाशी परमात्मालाई शरीरमा बन्धनमा पारेका छन् ।
श्लोक ६
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चानघ ॥ १४-६॥
त्यसमा पनि सत्वगुण निर्मल भएकोले स्वभावत: प्रकाशित हुन्छ । सुखको प्रवृत्ति भएमा बन्धन बनाउँछ तर ज्ञानको प्रवृत्ति भएमा पापरहित हुन्छ ।
श्लोक ७
रजो रागात्मकं विद्धि तृष्णासङ्गसमुद्भवम् ।
तन्निबध्नाति कौन्तेय कर्मसङ्गेन देहिनम् ॥ १४-७॥
हे कुन्तिपुत्र अर्जुन ! रजोगुणले वासनाको वृद्धि गराउँछ । यसबाट तृष्णा र आशक्तिको श्रृजना हुन्छ । यसले शरीरबाट कर्म गराएर बन्धनमा पार्छ ।
श्लोक ८
तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम् ।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ॥ १४-८॥
हे भरतकूल भूषण अर्जुन ! तमोगुणले अज्ञानी बनाई मोहमा फसाउँछ र प्रमाद, आलस्य, निद्रा बढाएर सबै प्राणीलाई बन्धनमा पार्दछ ।
श्लोक ९
सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत ॥ १४-९॥
हे भारत ! सत्वगुणले सुखी बनाउँछ, रजोगुणले कर्ममा लगाउँछ । तमोगुणले पुनरावृत्ति हुन्छ । प्रमादले पनि बन्धनमा नै फसाउँछ ।
श्लोक १०
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।
रजः सत्त्वं तमश्चैव तमः सत्त्वं रजस्तथा ॥ १४-१०॥
हे भारत ! रजोगुण र तमोगुणलाई कम गरेर सत्वगुण बढाउनुपर्छ । त्यस्तै सत्वगुण र तमोगुण कमजोर भएमा रजोगुण र सत्वगुण र रजोगुण कम भएमा तमगुणको वृद्धि हुन्छ ।
श्लोक ११
सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ॥ १४-११॥
इन्द्रियका नवैद्वार प्रकाशित हुन थालेमा सत्वगुण बढेको मानिन्छ । त्यसबेला ज्ञान, विद्या आदिमा वृद्धि हुन्छ ।
श्लोक १२
लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ॥ १४-१२॥
हे भारत ! जब रजोगुण वृद्धि हुन्छ, त्यसले लोभ बढ्छ । अनि कर्म गर्नतिर मन जान्छ त्यसबाट असन्तोष बढ्छ र झन् इच्छाहरु बढ्छन् ।
श्लोक १३
अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ॥ १४-१३॥
हे कुरुनन्दन अर्जुन ! अज्ञानता, काम गर्ने इच्छा नहुनु , विघ्नता, भ्रम आदि तमोगुण बढ्नाको कारण हो ।
श्लोक १४
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ॥ १४-१४॥
प्रलयको समयमा सत्वगुणको वृद्धि भएको रहेछ भने तिनीहरु उत्तमज्ञान प्राप्त गर्ने लोकमा जान्छन् ।
श्लोक १५
रजसि प्रलयं गत्वा कर्मसङ्गिषु जायते ।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ॥ १४-१५॥
प्रलय समयमा देहमा रजोगुण बढेको रहेछ भने मानव योनीमै जन्म हुन्छ । यदि तमोगुण बढेको भए मुढ योनीमा जन्म हुन्छ ।
श्लोक १६
कर्मणः सुकृतस्याहुः सात्त्विकं निर्मलं फलम् ।
रजसस्तु फलं दुःखमज्ञानं तमसः फलम् ॥ १४-१६॥
सत्कर्मको फल निर्मल हुन्छ । यसले सात्विकतामा वृद्धि गर्दछ । रोजगुणको फल दुःखदायी हुन्छ । तमो गुणको फल अज्ञान हो ।
श्लोक १७
सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ॥ १४-१७॥
सत्वगुणबाट ज्ञान उत्पन्न हुन्छ । रजोगुणबाट लोभ र तमोगुणबाट प्रमाद, मोह उत्पन्न भएर अज्ञानतामा फस्छ ।
श्लोक १८
ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ॥ १४-१८॥
सत्वगुणीहरु देवताको स्थानमा जान्छन् । रजोगुणी मानव योनीमै र तमोगुणीहरु मान्छे भन्दा तल्लो स्तरको प्राणीको रुपमा जन्म लिन्छन् ।
श्लोक १९
नान्यं गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति ।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोऽधिगच्छति ॥ १४-१९॥
द्रष्टाको रुपमा रहेर हेर्नेहरु गुणहरुलाई यी कर्ता होइनन् भन्ने जानेर तीन गुणभन्दा पर रहेको मेरो भावमा पुग्छन् ।
श्लोक २०
गुणानेतानतीत्य त्रीन्देही देहसमुद्भवान् ।
जन्ममृत्युजरादुःखैर्विमुक्तोऽमृतमश्नुते ॥ १४-२०॥
यो शरीरमा रहेका तीनगुण पुनर्जन्मका कारण हुन् भन्ने जानेर ती गुणहरुलाई अतिक्रमण गरेर जन्म मृत्युरुपि दुःखलाई पार गरेर अमृत तत्व प्राप्त हुन्छ ।
श्लोक २१
अर्जुन उवाच
कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो ।
किमाचारः कथं चैतांस्त्रीन्गुणानतिवर्तते ॥ १४-२१॥
अर्जुनले भने - 'यी तीन गुणलाई अतिक्रमण गरेका मान्छेका लक्षणहरु के के हुन ? तिनीहरुको आचारण कस्तो हुन्छ ? कसरी तिनीहरु त्रिगुणको पर पुग्छन् ?'
श्लोक २२
श्रीभगवानुवाच
प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव ।
न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि काङ्क्षति ॥ १४-२२॥
श्री भगवानले जवाफ दिनुभयो - 'हे पाण्डु पुत्र अर्जुन ! प्रकाश, प्रवृत्ति र मोह क्रमशः सत्वगुण, रजोगुण र तमोगुणका प्रभाव आउँदा वा प्रभाव नआउँदा न कुनै द्वेष राख्छन् न कुनै आकाङ्क्षा राख्छन् ।'
श्लोक २३
उदासीनवदासीनो गुणैर्यो न विचाल्यते ।
गुणा वर्तन्त इत्येवं योऽवतिष्ठति नेङ्गते ॥ १४-२३॥
यिनीहरु उदासिन हुन्छन् तर अनुदासिन जस्तो भएर कार्य गर्छन् तैपनि गुणहरुले आफ्नो आफ्नो स्वभाव अनुसार काम गर्छन् भन्ने बुझेर विचलित हुँदैनन् ।
श्लोक २४
समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाञ्चनः ।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः ॥ १४-२४॥
सुख, दुःखमा बराबर, माटो, ढुङ्गा र सुनमा पनि बराबरै रहन्छन् । प्रिय र अप्रिय पनि बराबर तथा निन्दा र प्रशंसामा पनि बराबर रहन्छन् ।
श्लोक २५
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्यते ॥ १४-२५॥
मान र अपमानमा एकनाश, शत्रु र मित्रमा पनि समान व्यवहार गर्छन् तथा प्रकृतिका गुणहरुले सबै काम गर्दछन् भन्ने बुझेर सकाम कर्मलाई परित्याग गरेका हुन्छन् ।
श्लोक २६
मां च योऽव्यभिचारेण भक्तियोगेन सेवते ।
स गुणान्समतीत्यैतान्ब्रह्मभूयाय कल्पते ॥ १४-२६॥
जसले व्यभिचारलाई छोडेर अनन्य भक्तिले सेवा गर्दछन् तिनीहरुले तीनगुणलाई पार गरेर ब्रह्मभावमा प्राप्त हुन्छन् ।
श्लोक २७
ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्ययस्य च ।
शाश्वतस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च ॥ १४-२७॥
तिनीहरुले ब्रह्मलाई जानेर कहिले ननासिने अमृत तत्वमा प्रतिष्ठित भएर रहन्छन् । सनातन परमात्माको, धर्मको, सूखको एकैभावमा अनूभव गर्छन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे गुणत्रयविभागयोगो नाम चतुर्दशोऽध्यायः ॥ १४॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७