भगवद् गीता
«
श्लोक १
अर्जुन उवाच
मदनुग्रहाय परमं गुह्यमध्यात्मसंज्ञितम् ।
यत्त्वयोक्तं वचस्तेन मोहोऽयं विगतो मम ॥ ११-१॥
अर्जुनले निवेदन गरे - 'हजुरले म प्रति कृपा गरेर परम रहस्यमय अध्यात्मिक ज्ञानको उपदेश गरेर मेरो मोह शान्त भएकोे छ ।'
श्लोक २
भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया ।
त्वत्तः कमलपत्राक्ष माहात्म्यमपि चाव्ययम् ॥ ११-२॥
हे कमलपत्रमा विराजमान श्री कृष्ण ! मेलै हजुरका मुखार– विन्दबाट प्राणीहरुको सृष्टि र लय बारे विस्तृत रुपमा श्रवण गरेँ । हजुरबाट प्राप्त यी महान वाणी मेरो मानषपटलबाट कहिल्यै ओझेलमा पर्ने छैनन् ।
श्लोक ३
एवमेतद्यथात्थ त्वमात्मानं परमेश्वर ।
द्रष्टुमिच्छामि ते रूपमैश्वरं पुरुषोत्तम ॥ ११-३॥
हे परमेश्वर परमात्मा ! हजुरको व्यवहारले पनि यी भनाइलाई पुष्टि गर्दछ । म हजुरको ईश्वरीय रुपलाई दर्शन गर्न चाहन्छु ।
श्लोक ४
मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ॥ ११-४॥
हे योगश्वर प्रभु ! यदि म दर्शन गर्ने अधिकारी हुँ भने हजुरको त्यो कहिल्यै ननाशिने रुपको दर्शन गर्न चाहन्छु ।
श्लोक ५
श्रीभगवानुवाच
पश्य मे पार्थ रूपाणि शतशोऽथ सहस्रशः ।
नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च ॥ ११-५॥
श्री भगवानले भन्नुभयो - 'हे पृथापुत्र अर्जुन ! सयौँ हजारौँ प्रकाशका वर्ण र आकृति भएका दीव्य रुपहरुलाई हेर ।'
श्लोक ६
पश्यादित्यान्वसून्रुद्रानश्विनौ मरुतस्तथा ।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ॥ ११-६॥
हे भरतकूलदीपक अर्जुन ! बाह्र आदित्य, आठ वशु, एघार रुद्र, दुई अश्विनिकुमार, उनन्पचास मरुत साथै पहिले नदेखका अरुपनि धेरै धेरै आश्चर्यमय रुपहरुलाई हेर ।
श्लोक ७
इहैकस्थं जगत्कृत्स्नं पश्याद्य सचराचरम् ।
मम देहे गुडाकेश यच्चान्यद् द्रष्टुमिच्छसि ॥ ११-७॥
हे गुडाकेश अर्जुन ! मेरो शरीरमा एकत्रित भएर रहेका चराचर प्राणीहरुलाई हेर । अरु तिमीले इच्छाएका अन्य अन्यलाई पनि मेरो शरीरमा दर्शन गर्न सक्छौ ।
श्लोक ८
न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम् ॥ ११-८॥
यी बाहिरका आँखाद्वारा तिमी मलाई देख्न सक्तैनौ । म तिमीलाई दीव्य दृष्टि दिन्छु । योग सहयताले तिमी ईश्वरीय रुपको दर्शन गर ।
श्लोक ९
सञ्जय उवाच
एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरिः ।
दर्शयामास पार्थाय परमं रूपमैश्वरम् ॥ ११-९॥
सञ्जयले भने - 'हे महाराज ! यति भनेर महायोगेश्वर हरि भगवानले अर्जुनलाई परम ईश्वरीय रुपको दर्शन गराउनुभयो '
श्लोक १०
अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम् ।
अनेकदिव्याभरणं दिव्यानेकोद्यतायुधम् ॥ ११-१०॥
अनेक मुख अनेक आँखाहरुले युक्त त्यो विश्वरुपमा अनेक अद्भुत दृश्यहरु देखिन्थे । दीव्य अलङ्कारले सजिसजाउ भएका र दीव्य हतियारहरु लिएका थिए ।
श्लोक ११
दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ॥ ११-११॥
दीव्य मालाहरु गलामा सुहाएका दीव्य वस्त्रहरु पहिरिएका, शरीरमा सुगन्धित चन्दन लगाएका अत्यन्तै आश्चर्य लाग्ने देवताहरु अन्त नपाइने विश्वमुखको अर्जुनले दर्शन गरे ।
श्लोक १२
दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।
यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः ॥ ११-१२॥
हजारौँ सूर्यको तेज एकत्रित हुँदा जुन प्रकाशपुञ्जको कल्पना गर्न सकिन्छ, त्यस्तै तेजोमय रुप ती महात्माहरुमा देखियो ।
श्लोक १३
तत्रैकस्थं जगत्कृत्स्नं प्रविभक्तमनेकधा ।
अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा ॥ ११-१३॥
पाण्डुसुत अर्जुनले जगतमा छरिएर आफ्ना आफ्ना कार्य सञ्चालन गर्दै आएका देवताहरु भगवान श्री कृष्णको शरीर भित्र एकत्रित भएर रहेको देखे ।
श्लोक १४
ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जयः ।
प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत ॥ ११-१४॥
त्यसबेला अत्यन्तै आश्चर्य चकित र खुसीले गदगद भएका अर्जुनले शिर निहुराई दुई हात जोडेर नमस्कार गर्दै भगवानसंग निवेदन गरे ।
श्लोक १५
अर्जुन उवाच
पश्यामि देवांस्तव देव देहे
सर्वांस्तथा भूतविशेषसङ्घान् ।
ब्रह्माणमीशं कमलासनस्थ-
मृषींश्च सर्वानुरगांश्च दिव्यान् ॥ ११-१५॥
अर्जुृनले प्रार्थना गरे - 'हजुरको यो दीव्य देह भित्र सबै देवताहरु, प्राणीहरुका समुह, ब्रह्माजी कमलासनस्थ भगवान विष्णु, महेश्वर शिव, ऋषिहरु र दीव्य सर्पहरु देखिरहेको छु ।'
श्लोक १६
अनेकबाहूदरवक्त्रनेत्रं
पश्यामि त्वां सर्वतोऽनन्तरूपम् ।
नान्तं न मध्यं न पुनस्तवादिं
पश्यामि विश्वेश्वर विश्वरूप ॥ ११-१६॥
हे विश्वेश्वर विश्वरुप ! हजूरको अनेक हात, अनेक पेट, अनेक आँखा, सबै अनन्तरुप देख्छु । सबै दिशाबाट हेर्दा आदि, मध्य, अन्त्य केही देख्दिनँ ।
श्लोक १७
किरीटिनं गदिनं चक्रिणं च
तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।
पश्यामि त्वां दुर्निरीक्ष्यं समन्ताद्
दीप्तानलार्कद्युतिमप्रमेयम् ॥ ११-१७॥
मुकुट, गदा, चक्रले, शोभायमान तेजो प्रभा सबै दिशातिर प्रकाशित भइरहेको छ । अग्निको ज्वाला, सूर्यको ज्योतिपुञ्ज जस्तै हेर्नमा अलि कठिनलाई भएपनि त्यो प्रमाण दिन नसकिने हजुरको रुपलाई हेरिरहेको छु ।
श्लोक १८
त्वमक्षरं परमं वेदितव्यं
त्वमस्य विश्वस्य परं निधानम् ।
त्वमव्ययः शाश्वतधर्मगोप्ता
सनातनस्त्वं पुरुषो मतो मे ॥ ११-१८॥
हजुर नै जान्न योग्य अक्षरब्रह्म हुनुहुन्छ । सारा जगत हजुरमा नै गएर मिल्छ । शाश्वत धर्मको इच्छा हजुरबाट नै हुन्छ । मेरो विचारमा त हजुर नै सनातन पुरुष हुनुहुन्छ ।
श्लोक १९
अनादिमध्यान्तमनन्तवीर्य-
मनन्तबाहुं शशिसूर्यनेत्रम् ।
पश्यामि त्वां दीप्तहुताशवक्त्रं
स्वतेजसा विश्वमिदं तपन्तम् ॥ ११-१९॥
हजुरको आदि, मध्य, अन्त्य केही छैन । हजुरमा असीमित बल छ । हजुरका अनेक बाहु छन् । अनेक चन्द्रमा, अनेक सूर्य र अनेक नेत्र हजुरमा छन् । हजुरलाई म बलिरहेको अग्निको अग्रभाग जस्तै देख्छु । आफ्नै तेजद्वारा हजुरले विश्वलाई तपस्याको फल दिईरहनुभएको छ ।
श्लोक २०
द्यावापृथिव्योरिदमन्तरं हि
व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।
दृष्ट्वाद्भुतं रूपमुग्रं तवेदं
लोकत्रयं प्रव्यथितं महात्मन् ॥ ११-२०॥
आकाश र पृथ्वी बीचको सबै भाग साथै दशै दिशाहरु हजुरबाट व्याप्त छ । महात्मा हजुरको कतै अद्भुत उग्ररुप देखिएको छ जसले तीनै लोक त्रसित छ ।
श्लोक २१
अमी हि त्वां सुरसङ्घा विशन्ति
केचिद्भीताः प्राञ्जलयो गृणन्ति ।
स्वस्तीत्युक्त्वा महर्षिसिद्धसङ्घाः
स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः ॥ ११-२१॥
देवताहरुको समूह हजुर मै प्रवेश गरेको देखिन्छ । कसैले हात जोडर हजुरको प्रार्थना गरिरहेका छन् । कल्याण कारक महर्षि र सिद्ध पुरुषहरुले स्तुति पाठ गरिरहेका छन् ।
श्लोक २२
रुद्रादित्या वसवो ये च साध्या
विश्वेऽश्विनौ मरुतश्चोष्मपाश्च ।
गन्धर्वयक्षासुरसिद्धसङ्घा
वीक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ॥ ११-२२॥
रुद्र, आदित्य, वशु, साध्य, विश्वदेव, अश्विनिकुमार, मरुत, पितृ, गन्धर्व, यक्ष, राक्षस र सिद्धका आफ्ना आफ्ना समुह सहित सबै हजुर प्रति मोहित छन् ।
श्लोक २३
रूपं महत्ते बहुवक्त्रनेत्रं
महाबाहो बहुबाहूरुपादम् ।
बहूदरं बहुदंष्ट्राकरालं
दृष्ट्वा लोकाः प्रव्यथितास्तथाहम् ॥ ११-२३॥
हे महावाहो ! हजुरको विशालरुप मुख, आँखा, हात, खुट्टा, पेट अनेक छन् र डरलाग्दा दाह्राहरुलाई देख्दा मान्छेहरु विचलित हुन्छन् । म पनि अल्लि हतास भएको छु ।
श्लोक २४
नभःस्पृशं दीप्तमनेकवर्णं
व्यात्ताननं दीप्तविशालनेत्रम् ।
दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा
धृतिं न विन्दामि शमं च विष्णो ॥ ११-२४॥
झलल्ल बलेको, अनेक वर्ण भएको, आकाशलाई स्पर्श गरेर रहेको, फिँजारिएको मुख, धपक्क बलेका विशाल आँखा भएको हजुरलाई देखेर मेरो अन्तरात्ममा धीरता गुमेजस्तो, मन चञ्चल भएको छ ।
श्लोक २५
दंष्ट्राकरालानि च ते मुखानि
दृष्ट्वैव कालानलसन्निभानि ।
दिशो न जाने न लभे च शर्म
प्रसीद देवेश जगन्निवास ॥ ११-२५॥
हे देवेश ! हे जगन्निवास ! हजुरको डरलाग्दा दाह्राहरु अनि प्रलयकालमा दन्किएको आगोको ज्वाला जस्तै मुख देखेर मलाई दिशाहरुको ज्ञान पनि छैन । म अत्तालिएको छु । हजुर प्रसन्न हुनुहोस् ।
श्लोक २६
अमी च त्वां धृतराष्ट्रस्य पुत्राः
सर्वे सहैवावनिपालसङ्घैः ।
भीष्मो द्रोणः सूतपुत्रस्तथासौ
सहास्मदीयैरपि योधमुख्यैः ॥ ११-२६॥
धृतराष्ट्रका पुत्रहरु सबै सैनिकहरु सहित भिष्मपितामह, गुरु द्रोणाचार्य, कर्ण तथा उनीहरुका सहयोगी राजाहरु साथै हाम्रो पक्षका मुख्य योद्धाहरु हजुरमा प्रवेश गरिरहेका छन् ।
श्लोक २७
वक्त्राणि ते त्वरमाणा विशन्ति
दंष्ट्राकरालानि भयानकानि ।
केचिद्विलग्ना दशनान्तरेषु
सन्दृश्यन्ते चूर्णितैरुत्तमाङ्गैः ॥ ११-२७॥
हजुरको भयङ्कर दाह्राहरु भएको मुखमा, टाउकोमा चोटै चोट भएका योद्धाहरु पसिरहेका छन् । कोही त दाँतहरुको बीचमा रोकिएर रहेका छन् ।
श्लोक २८
यथा नदीनां बहवोऽम्बुवेगाः
समुद्रमेवाभिमुखा द्रवन्ति ।
तथा तवामी नरलोकवीरा
विशन्ति वक्त्राण्यभिविज्वलन्ति ॥ ११-२८॥
जसरी सबै नदीहरु समुन्द्रलाई लक्ष्य गरेर जोड जोडले बगिरहेका हुन्छन्, त्यसैगरी लोकमा मानिसहरु हजुरको तेजिलो मुखमा पसिरहेका छन् ।
श्लोक २९
यथा प्रदीप्तं ज्वलनं पतङ्गा
विशन्ति नाशाय समृद्धवेगाः ।
तथैव नाशाय विशन्ति लोका-
स्तवापि वक्त्राणि समृद्धवेगाः ॥ ११-२९॥
आफ्नो विनाशको लागी पुतलीहरु बलिरहेको बत्तीमा ठोकिन्छन् त्यसैगरि मृत्युवरणका लागि हजुरको मुखमा तीव्र गतिमा पसिरहेका छन् ।
श्लोक ३०
लेलिह्यसे ग्रसमानः समन्ताल्-
लोकान्समग्रान्वदनैर्ज्वलद्भिः ।
तेजोभिरापूर्य जगत्समग्रं
भासस्तवोग्राः प्रतपन्ति विष्णो ॥ ११-३०॥
हे विष्णु भगवान ! हजुरले सबै योद्धाहरुलाई ज्वालायुक्त मुखमा राखेर जिब्रोले चलाईरहनु भएको छ । त्यो तेजको प्रभावले सारा जगत तातो भइरहेको छ ।
श्लोक ३१
आख्याहि मे को भवानुग्ररूपो
नमोऽस्तु ते देववर प्रसीद ।
विज्ञातुमिच्छामि भवन्तमाद्यं
न हि प्रजानामि तव प्रवृत्तिम् ॥ ११-३१॥
म हजुरलाई नमस्कार गरेर बिन्ति गर्छु कि यो उग्ररुप कुन हो? हजुरको वास्तविकतालाई मैले चिनेको रहेनछु । जिज्ञाषु सम्झेर मलाई आद्य रुपको बारेमा बताइदिनुहोस ।
श्लोक ३२
श्रीभगवानुवाच
कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो
लोकान्समाहर्तुमिह प्रवृत्तः ।
ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे
येऽवस्थिताः प्रत्यनीकेषु योधाः ॥ ११-३२॥
श्री भगवानले भन्नुभयो - 'म जगतलाई विलय गर्ने विशाल कालचक्र हुँ । जगतका प्राणीहरुलाई ममा समाहित गर्न लागिरहेको छु । भविष्यमा तिमी निष्कृय भएपनि यी योद्धाहरु कोही पनि रहने छैनन् ।'
श्लोक ३३
तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व
जित्वा शत्रून् भुङ्क्ष्व राज्यं समृद्धम् ।
मयैवैते निहताः पूर्वमेव
निमित्तमात्रं भव सव्यसाचिन् ॥ ११-३३॥
त्यसैले कीर्ति फैलाउनका लागि उठ । शत्रुलाई जितेर राज्यको सुख भोग । यिनिहरु पहिले नै मरिसकेका छन् । तिमी निमित्त बनेर कर्तव्यको पालना गर ।
श्लोक ३४
द्रोणं च भीष्मं च जयद्रथं च
कर्णं तथान्यानपि योधवीरान् ।
मया हतांस्त्वं जहि मा व्यथिष्ठा
युध्यस्व जेतासि रणे सपत्नान् ॥ ११-३४॥
द्रोणाचार्य, भिष्मपितामह, जयद्रथ, कर्ण र अन्य अरु योद्धाहरु पनि मद्वारा पहिले मारिइसकेका छन् । तिमी नडराऊ । तिनीहरुलाई मार । तिमीले युद्धमा विजय प्राप्त गर्नेछौ ।
श्लोक ३५
सञ्जय उवाच ।
एतच्छ्रुत्वा वचनं केशवस्य
कृताञ्जलिर्वेपमानः किरीटी ।
नमस्कृत्वा भूय एवाह कृष्णं
सगद्गदं भीतभीतः प्रणम्य ॥ ११-३५॥
सञ्जयले भने - 'भगवान श्रीकृष्णका यी वचन सुनेपछि अलि डरले हतास जस्तो भएका अर्जुनले हात जोडेर नमस्कार गर्दै विनम्रताका साथ निवेदन गरे ।'
श्लोक ३६
अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकीर्त्या
जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति
सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ॥ ११-३६॥
अर्जुनले निवेदन गरे - 'हे ऋषिकेश भगवान ! हजरुको प्रभावले यो जगत नै प्रसन्न भइरहेको छ । सबैले हजुरको सहारा खोजिरहेका छन् । तर राक्षसहरु हजुरबाट डराएर टाढिन खोजिरहेका छन् भने सिद्ध महापुरुषहरु हजुरप्रति नजिकिँदै नमस्कार गरिरहेका छन् ।'
श्लोक ३७
कस्माच्च ते न नमेरन्महात्मन्
गरीयसे ब्रह्मणोऽप्यादिकर्त्रे ।
अनन्त देवेश जगन्निवास
त्वमक्षरं सदसत्तत्परं यत् ॥ ११-३७॥
हे महात्मन ! हजुर त ब्रह्माजीको पनि आदिकर्ता हुनुहुन्छ । अन्त्य नपाइने हे देवेश ! सत् र असत् भन्दा पर रहनु भएका अक्षर स्वरुप हजुर यो जगतमा व्याप्त भएर रहनुभएको छ ।
श्लोक ३८
त्वमादिदेवः पुरुषः पुराण-
स्त्वमस्य विश्वस्य परं निधानम् ।
वेत्तासि वेद्यं च परं च धाम
त्वया ततं विश्वमनन्तरूप ॥ ११-३८॥
हजुर आदिदेव सनातन परमात्मा हुनुहुन्छ । जान्ने, जानिने र प्राणीको अन्तिम गन्तव्य आश्रय स्थल हजुर नै हुनुहुन्छ । यो विश्वजगत हजुरबाट व्याप्त छ ।
श्लोक ३९
वायुर्यमोऽग्निर्वरुणः शशाङ्कः
प्रजापतिस्त्वं प्रपितामहश्च ।
नमो नमस्तेऽस्तु सहस्रकृत्वः
पुनश्च भूयोऽपि नमो नमस्ते ॥ ११-३९॥
वायुदेव, यमराज, अग्निदेव, वरुणदेव, शशाङ्क, प्रजापति, ब्रह्मा हजुर नै हुनुहुन्छ । हजुरलाई दोहोर्याई, तेहर्याई हजारौं पटक नमस्कार छ ।
श्लोक ४०
नमः पुरस्तादथ पृष्ठतस्ते
नमोऽस्तु ते सर्वत एव सर्व ।
अनन्तवीर्यामितविक्रमस्त्वं
सर्वं समाप्नोषि ततोऽसि सर्वः ॥ ११-४०॥
हजुरको पहिले पनि आदर गरेको छु । पछि पनि गरिरहनेछु । हजुर सबैको सम्मानयोग्य हुनुहुन्छ । हजुरमा अनन्त ऊर्जा र असिमित पराक्रम छ । हजुर सर्वत्र फैलिएर पनि सबैमा लुकेर रहनुभएको छ ।
श्लोक ४१
सखेति मत्वा प्रसभं यदुक्तं
हे कृष्ण हे यादव हे सखेति ।
अजानता महिमानं तवेदं
मया प्रमादात्प्रणयेन वापि ॥ ११-४१॥
मैले हजुरलाई नजिकको सम्झेर कहिले कृष्ण, कहिले यादव, कहिले साथी त्यस्तै अरु पनि भनेँ । अज्ञानवश वा प्रेमले हजुरको महिमालाई बुझ्न सकिनँ ।
श्लोक ४२
यच्चावहासार्थमसत्कृतोऽसि
विहारशय्यासनभोजनेषु ।
एकोऽथवाप्यच्युत तत्समक्षं
तत्क्षामये त्वामहमप्रमेयम् ॥ ११-४२॥
हे अच्युत भगवान ! खाने समय, हिँड्दा–डुल्दा, सुत्दा–बस्दा, एक्लै हुँदा वा समुहमा रहँदा वा हाँसो ठट्टामा हजुरको अपमान गरेको हुँदा कृपया माफ माग्दछु ।
श्लोक ४३
पितासि लोकस्य चराचरस्य
त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।
न त्वत्समोऽस्त्यभ्यधिकः कुतोऽन्यो
लोकत्रयेऽप्यप्रतिमप्रभाव ॥ ११-४३॥
हजुर जगतका चर अचर सबैको पिता हुनुहुन्छ । हजुर गुरुहरुको पनि गुरु अति पूजनीय हुनुहुन्छ । हजुर समान अरु कोही छैन । हजुरको प्रभाव लोकमा उच्च छ ।
श्लोक ४४
तस्मात्प्रणम्य प्रणिधाय कायं
प्रसादये त्वामहमीशमीड्यम् ।
पितेव पुत्रस्य सखेव सख्युः
प्रियः प्रियायार्हसि देव सोढुम् ॥ ११-४४॥
हजुरको ईश्वर रुपलाई मेरो शरीर सहित शिर निहुराएर प्रणाम गर्दछु । हजुर प्रसन्न हुनुहोस् । पिताले पुत्रको, साथीले साथीको, प्रेमीले प्रेमीकाको गल्तीमा क्षमा दिए जस्तै हजुरले पनि मलाई क्षमा गर्नुहोस् ।
श्लोक ४५
अदृष्टपूर्वं हृषितोऽस्मि दृष्ट्वा
भयेन च प्रव्यथितं मनो मे ।
तदेव मे दर्शय देव रूपं
प्रसीद देवेश जगन्निवास ॥ ११-४५॥
आजभन्दा पहिले नदेखिएको हजुरको यो रुपलाई देखेर अत्यन्त हर्षित छु । साथै डर र त्रासले मन अतालिएको पनि छ । जगतमा व्याप्त भएर रहने हे देवता हजुर प्रसन्न भएर मलाई पहिले कै रुपमा दर्शन दिनुहोस् ।
श्लोक ४६
किरीटिनं गदिनं चक्रहस्तं
इच्छामि त्वां द्रष्टुमहं तथैव ।
तेनैव रूपेण चतुर्भुजेन
सहस्रबाहो भव विश्वमूर्ते ॥ ११-४६॥
उही कुण्डल लगाउनु भएको, हातमा चक्र र गदा लिनु भएको त्यस्तो रुपको म दर्शन गर्न चाहन्छु । यी हजारौँ हात भएको विश्वमुर्ति रुपलाई संवरहण गरी पहिलेकै चतुर्भुज रुपको दर्शन दिनुहोस् ।
श्लोक ४७
श्रीभगवानुवाच
मया प्रसन्नेन तवार्जुनेदं
रूपं परं दर्शितमात्मयोगात् ।
तेजोमयं विश्वमनन्तमाद्यं
यन्मे त्वदन्येन न दृष्टपूर्वम् ॥ ११-४७॥
श्री भगवानले भन्नुभयो - 'हे अर्जुन ! म तिमीसँग प्रसन्न भएकोले नै मेरो परम स्वरुपलाई योगबलद्वारा दर्शन गराएको हुँ । मूल, अनन्त तेजोमय विश्वरुप तिमी बाहेक कसैले पनि देखेको छैन ।'
श्लोक ४८
न वेदयज्ञाध्ययनैर्न दानै-
र्न च क्रियाभिर्न तपोभिरुग्रैः ।
एवंरूपः शक्य अहं नृलोके
द्रष्टुं त्वदन्येन कुरुप्रवीर ॥ ११-४८॥
मेरो यो मूल रुपलाई तिमी बाहेक वेद पढेका विद्वानहरु, प्रशस्त दान गर्नेहरु, यज्ञ गर्नेहरु, कर्मयोगीहरु तपस्वीहरु तथा कौरव वंशका अरु वीरले पनि देख्न पाएका छैनन् ।
श्लोक ४९
मा ते व्यथा मा च विमूढभावो
दृष्ट्वा रूपं घोरमीदृङ्ममेदम् ।
व्यपेतभीः प्रीतमनाः पुनस्त्वं
तदेव मे रूपमिदं प्रपश्य ॥ ११-४९॥
मेरो यो अघोर रुपलाई देखेर अलिकति पनि विचलित नहोऊ । मुढ भावलाई अनि डरलाई हटाएर प्रसन्न बन र लौ मेरो पूर्वरुपको दर्शन गर ।
श्लोक ५०
सञ्जय उवाच
इत्यर्जुनं वासुदेवस्तथोक्त्वा
स्वकं रूपं दर्शयामास भूयः ।
आश्वासयामास च भीतमेनं
भूत्वा पुनः सौम्यवपुर्महात्मा ॥ ११-५०॥
सञ्जयले भने - 'वासुदेव भगवानले अर्जुनलाई उपदेश गरेपछि फेरि आफ्नै पहिलेको चतुर्भुज स्वरुपको दर्शन गराउनुभयो । आफू शान्तरुपमा आएर डराएका अर्जुनलाई विश्वस्त बनाउनुभयो ।
श्लोक ५१
अर्जुन उवाच
दृष्ट्वेदं मानुषं रूपं तव सौम्यं जनार्दन ।
इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः ॥ ११-५१॥
अर्जुनले निवेदन गरे - 'हे जनार्दन भगवान ! हजुरले मनुष्य रुपमा प्रकट भएर मलाई शान्त बनाउनुभयो । मेरो चित्त शान्त भएको छ र म पूर्व अवस्थामा आएको छु ।'
श्लोक ५२
श्रीभगवानुवाच
सुदुर्दर्शमिदं रूपं दृष्टवानसि यन्मम ।
देवा अप्यस्य रूपस्य नित्यं दर्शनकाङ्क्षिणः ॥ ११-५२॥
श्री भगवानले आज्ञा गर्नुभयो - 'सामान्यतया तिमीले दर्शन पाएको यो मेरो रुपको दर्शन अति कठिन छ । देवताहरु पनि मेरो त्यो रुपको नित्यदर्शन गर्ने इच्छाले तड्पिन्छन् ।'
श्लोक ५३
नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।
शक्य एवंविधो द्रष्टुं दृष्टवानसि मां यथा ॥ ११-५३॥
तिमीले मेरो यो जुन स्वरुपको दर्शन गर्याै यस्तो दर्शन चारै वेद पढेको ज्ञानले, तपस्याबाट वा दान गरेको फलबाट, यज्ञको पुण्यबाट पनि पाउन सकिँदैन ।
श्लोक ५४
भक्त्या त्वनन्यया शक्य अहमेवंविधोऽर्जुन ।
ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तप ॥ ११-५४॥
हे परन्तप अर्जुन ! अनन्य भक्तिको रसस्वादन पछि जब म प्रसन्न हुन्छु तब मलाई तत्वद्वारा देख्न, जान्न म भित्र प्रवेश गर्न सकिन्छ ।
श्लोक ५५
मत्कर्मकृन्मत्परमो मद्भक्तः सङ्गवर्जितः ।
निर्वैरः सर्वभूतेषु यः स मामेति पाण्डव ॥ ११-५५॥
हे पाण्डु पुत्र अर्जुन ! जसले मलाई प्राप्त गर्न चाहन्छन्, तिनीहरु जे कर्म गर्छन् मेरै लागि गरुन् । प्राणीहरु प्रतिको वैर भाव त्यागुन् । वासना रहित भएर निरन्तर मेरो भक्ति गरिरहुन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विश्वरूपदर्शनयोगो नामैकादशोऽध्यायः ॥ ११॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५