भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ॥ ६-१॥
श्री भगवानले भन्नुभयो - 'कर्मफलमा आश्रय नलिएर जसले कर्महरु गरिरहन्छ, त्यो सन्यासी हो, योगी पनि त्यही हो । अग्निलाई त्यागेर सन्यासी र कर्मलाई त्यागेर योगी भइँदैन ।'
श्लोक २
यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्तसङ्कल्पो योगी भवति कश्चन ॥ ६-२॥
हे अर्जुन ! जुन सन्यास हो त्यही योगी हो भन्ने जान । फलको आशा राखेर कर्म गर्ने मानिस योगी हुन सक्दैन ।
श्लोक ३
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते ॥ ६-३
योगलाई प्राप्त गर्न चाहने मुनिहरुले कर्मलाई मुख्य साधन मान्नुपर्छ र सिद्ध भईसकेपछि योगमा स्थिर हुन चाहने मुनिहरुको लागि सम (इन्द्रियनिग्रह) नै मुख्य हुन्छ ।
श्लोक ४
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्वसङ्कल्पसंन्यासी योगारूढस्तदोच्यते ॥ ६-४॥
जुनबेला इन्द्रियका विषय वासनाको त्याग र कर्मको फलको त्याग हुन्छ, त्यस्ता सर्वसंकल्प त्यागीहरु योगमा स्थिर भएका मानिन्छन् ।
श्लोक ५
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ॥ ६-५॥
मानिसले आत्माद्वारा आत्माको उद्धार गरोस्, आत्माको अधोगति गराउनु हुँदैन । आत्माको लागि आत्मा नै बन्धु हो र आत्मा नै शत्रु हो ।
श्लोक ६
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ॥ ६-६॥
जसले आत्माद्वारा मन सहित इन्द्रियहरुलाई नियन्त्रण गरेको छ, उसको आत्मा मित्र र जसको इन्द्रियहरु नियन्त्रणमा छैनन्, आत्मा शत्रुवत हुन्छ ।
श्लोक ७
जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ॥ ६-७॥
इन्द्रियहरुलाई नियन्त्रणमा राखेका, प्रशान्त चित्त भएका र परमात्मामा समाहित भईसकेका पुरुषहरु सर्दी–गर्मी, सुख–दुःख, मान–अपमान आदि द्वन्दबाट मुक्त हुन्छन् ।
श्लोक ८
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चनः ॥ ६-८॥
आध्यात्मिक ज्ञान र विज्ञान दुवैमा पूर्णत्व प्राप्त गरेको, इन्द्रियका विषय भन्दा माथि पुगेको, ज्योतिमा स्थिर भएको, माटो, सुन, पत्थरमा भेद नदेख्ने योगी उच्च मानिन्छ ।
श्लोक ९
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ॥ ६-९॥
जसले सुहृत, मित्र, शत्रु, उदासित, द्वेष्य, बान्धव, साधु र पापरतमा पनि बराबर देख्छ, त्यो योगी उच्च मानिन्छ ।
श्लोक १०
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः ॥ ६-१०॥
योगीले इन्द्रिय, मन, चित्त, आदि अनात्म वस्तुलाई आत्मामा स्थिर आशा र परिग्रह त्यागी एकान्त स्थानमा रहनुपर्छ ।
श्लोक ११
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः ।
नात्युच्छ्रितं नातिनीचं चैलाजिनकुशोत्तरम् ॥ ६-११॥
न त अग्लो न होँचो शुद्ध स्थानमा कुशको माथि मृगछाला र त्यसमाथि रेशमी वस्त्रको आसन राखेर आत्मामा मन स्थिर गर्नुपर्छ ।
श्लोक १२
तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः ।
उपविश्यासने युञ्ज्याद्योगमात्मविशुद्धये ॥ ६-१२॥
त्यही स्थिर आसनमा रहेर आत्मामा एकाग्र भएको मनद्वारा चित्त र इन्द्रियहरुको क्रियाकलापलाई रोकेर आत्मा शुद्धिको लागि योगाभ्यास गर्नुपर्छ ।
श्लोक १३
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकयन् ॥ ६-१३॥
शिर र गर्धनलाई बराबर गरेर शरीरलाई स्थित राखी कतिपनि दृष्टि नदिई नासिकाको अग्रभागमा ध्यानमा केन्द्रित गर्नुपर्छ ।
श्लोक १४
प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थितः ।
मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः ॥ ६-१४॥
अति शान्त भएर, ब्रहमचर्य नियमको पालना गर्दै, नियमसंग, मनलाई संमयगरी, म मा चित्त लगाएर मलाई नै अन्तिम लक्ष्य मान ।
श्लोक १५
युञ्जन्नेवं सदात्मानं योगी नियतमानसः ।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति ॥ ६-१५॥
यसरी मनलाई नियन्त्रण गरेर निरन्तर आत्मामा ध्यान लगाउनाले मेरो स्वरुपलाई प्राप्त गरेर शान्ति र परमनिर्वाण प्राप्त हुन्छ ।
श्लोक १६
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ॥ ६-१६॥
हे अर्जुन ! धेरै खानेहरुले, खाँदै नखानेले, धेरै सुत्नेले, सुत्दै नसुत्नेले यो योग पूर्णत्व पाउन सक्दैनन् ।
श्लोक १७
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ॥ ६-१७॥
जसका आहार, विहार, निन्द्रामा नियमितता छ । कर्म व्यवहार ठीक ठीक संग चलेका छन्, त्यस्ता मानिसका लागि यो योग दुःख निवृतिकारक हुन्छ ।
श्लोक १८
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
निःस्पृहः सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ॥ ६-१८॥
जब मन आत्मामा स्थिर हुन्छ, कुनै वस्तु प्राप्त गर्ने चाहना हुँदैन, त्यस्तो मानिस योगमा युक्त भएको मानिन्छ ।
श्लोक १९
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः ॥ ६-१९॥
वायुको गति मन्द भएको स्थानमा राखिएको दीपज्योति जसरी निश्चल रहन्छ, त्यसैगरी योगीले चित्तलाई आत्मामा स्थिर गर्नुपर्छ ।
श्लोक २०
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया ।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ॥ ६-२०॥
यसरी चित्तलाई आत्मामा स्थिर गर्ने योगीले आत्माद्वारा आत्मालाई देखेर सन्तुष्ट हुन्छन् ।
श्लोक २१
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः ॥ ६-२१॥
इन्द्रियको गतिभन्दा बुद्धिद्वारा अनुभव गरिने अत्यन्तै सुखदायक अवस्थाको प्राप्त गरेर तत्वज्ञान गर्दछ ।
श्लोक २२
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः ।
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते ॥ ६-२२॥
यस्तो तत्वज्ञान भएपछि यो भन्दा बढी जान्नु पर्ने केही बाँकि रहँदैन । यस्ता तत्वज्ञानीहरु दुःखबाट कहिल्यै पनि विचलित हुँदैनन् ।
श्लोक २३
तं विद्याद् दुःखसंयोगवियोगं योगसंज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा ॥ ६-२३॥
यो योगद्वारा अविद्या, विद्या, दुःख, संयोग, वियोग आदिलाई निश्चय गरेर योगको विघ्न बाधाबाट बच्ने परम चेतनाको प्राप्ति हुन्छ ।
श्लोक २४
सङ्कल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानशेषतः ।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः ॥ ६-२४॥
कामनाको लागि प्रभावित संकल्पको त्याग गरी मनद्वारा इन्द्रियका विषयहरुलाई सबैतिरबाट निषेध गरेर आत्मातिर व्यवस्थित गर्नुपर्छ ।
श्लोक २५
शनैः शनैरुपरमेद् बुद्ध्या धृतिगृहीतया ।
आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् ॥ ६-२५॥
अलि अलि गरी क्रमश: धीर बुद्धिद्वारा मनलाई आत्मामा स्थापित गरी अरु कुनै पनि वस्तु चिन्तत गर्नुहुँदैन ।
श्लोक २६
यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् ।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत् ॥ ६-२६॥
यसप्रकारबाट अस्थिर मन बाहिरतिर जान्छ । त्यसलाई फर्काएर आत्मामा स्थिर बनाउन प्रयत्न गर्नुपर्छ ।
श्लोक २७
प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम् ॥ ६-२७॥
रजोगुणबाट माथि उठेको, प्रशान्त मन भएको, विकारहरु नभएको प्राणी ब्रह्ममा रहेर उत्तम सुख प्राप्त गर्दछ ।
श्लोक २८
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ॥ ६-२८॥
विकारहरु त्यागेको, सँधै आत्मामा ध्यानरत यस्तो योगी सजिलरी ब्रह्मको स्पर्श प्राप्त गर्छ र अत्यन्तै उच्च सुख पाउँछ ।
श्लोक २९
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ॥ ६-२९॥
सबै प्राणीहरुमा आत्मा रहेको र सबै प्राणीहरु आत्मामा भएको जानेर त्यो योगद्वारा आत्मायुक्त योगीले सर्वत्र म परमात्माको दर्शन गर्दछ ।
श्लोक ३०
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ॥ ६-३०॥
जसले मलाई सर्वत्र देख्दछ र सबै प्राणीलाई म मा देख्दछ, न त म ऊ भन्दा टाढा हुन्छु न त ऊ म बाट टाढा हुन्छ ।
श्लोक ३१
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ॥ ६-३१॥
एकाग्र भएर जसले सबै प्राणीहरुमा रहेको मलाई भज्दछ, सधैँ म मा स्थित भई मै जस्तै हुन्छ ।
श्लोक ३२
आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन ।
सुखं वा यदि वा दुःखं स योगी परमो मतः ॥ ६-३२॥
हे अर्जुन ! सुखमा वा यथावस्थामा वा दुःखमा आत्मामा स्थित योगीले सबैतिर बराबर देख्छ, त्यसलाई परम श्रेष्ठ मानिन्छ ।
श्लोक ३३
अर्जुन उवाच
योऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन ।
एतस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम् ॥ ६-३३॥
अर्जुनले निवेदन गरे - 'हे मधुसुधन भगवान ! मनको चञ्चल अवस्थाले गर्दा हजूरबाट प्राप्त समत्व योगमा स्थिर हुन सकिएला जस्तो मैले देख्दिनँ ।'
श्लोक ३४
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद् दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ॥ ६-३४॥
हे कृष्ण भगवान ! यो मन अति चञ्चल, बलियो र दिशाविहिन मत्त छ । बरु हावालाई आफ्नो अधीन राख्न सकिएला, यो मनलाई त गाह्रो छ ।
श्लोक ३५
श्रीभगवानुवाच
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ॥ ६-३५॥
श्री भगवानले उत्तर दिनुभयो - 'हे महावाहु अर्जुन ! मनलाई निग्रह गर्नु सजिलो कुरा होइन यसमा शङ्कै छैन । हे कुन्तिपूत्र ! यस चञ्चल मनलाई अभ्यास र वैराग्यबाट नियन्त्रणमा राख्नुपर्छ ।'
श्लोक ३६
असंयतात्मना योगो दुष्प्राप इति मे मतिः ।
वश्यात्मना तु यतता शक्योऽवाप्तुमुपायतः ॥ ६-३६॥
असंयम बुद्धिद्वारा यो योगलाई प्राप्त गर्न गाह्रो छ । उपायद्वारा अभ्यास गरिरहेमा मनलाई वश गर्न सकिन्छ ।
श्लोक ३७
अर्जुन उवाच
अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति ॥ ६-३७॥
अर्जुनले निवेदन गरे - 'हे कृष्ण भगवान ! श्रद्धा भएर पनि योगबाट विचलित, योगमा सिद्धिहरु प्राप्त गर्न नसकेको मानिसको कुन गति हुन्छ ?'
श्लोक ३८
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ॥ ६-३८॥
हे महाबाहु कृष्ण ! डर र भ्रमले मार्गबाट मोडिएको मानिस कतै पथभ्रष्ट भएर नासिन त नासिँदैन ?
श्लोक ३९
एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः ।
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते ॥ ६-३९॥
हे कृष्ण भगवान ! मेरो यो शंकालाई हजूरले निराकरण गरिदिनुपर्छ किनकी हजूरबाहेक मेरो संशयलाई हटाउन सक्ने अर्को कोही छैन ।
श्लोक ४०
श्रीभगवानुवाच
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति ॥ ६-४०॥
श्री भगवानले जवाफ दिनुभयो - 'हे पृथापुत्र अर्जुन ! त्यस्ता सत्कर्म गर्नेहरुको इहलोक वा परलोक कहीँ पनि विनाश हुँदैन किनकि कल्याणकारी मानिसको कतै पनि दुर्गति हुँदैन ।'
श्लोक ४१
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ॥ ६-४१॥
योगभ्रष्ट मानिस मृत्युपछि उत्तम लोक प्राप्त गर्छन् । लामो समयसम्म पुण्यको फल भोगेर त्यस्ता योगबाट विचलित व्यक्ति धार्मिक व्यक्तिको घरमा जन्म लिन्छन् ।
श्लोक ४२
अथवा योगिनामेव कुले भवति धीमताम् ।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ॥ ६-४२॥
अथवा तिनीहरु योगीहरुको कूलमा जन्म लिन्छन् र ती बुद्धिमान भएर योगाभ्यास गर्छन् । यसप्रकारको जन्म यो लोकमा प्राय दुलर्भ छ ।
श्लोक ४३
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ॥ ६-४३॥
हे कुरुनन्दन अर्जुन ! पूर्वजन्ममा गरेका कर्मको प्रभावले त्यस्ता व्यक्तिको बुद्धि संस्कारित हुन्छ । तिनीहरु योगमा सिद्धि प्राप्त गर्न बढी प्रयास गर्छन् ।
श्लोक ४४
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः ।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ॥ ६-४४॥
पूर्वजन्ममा गरेको अभ्यासको फलस्वरुप ती मानिसहरु स्वतः नै योगतिर आर्कषित हुन्छन् । जिज्ञाषु भई निरन्तर अभ्यासमा लागेर तिनीहरुले शब्दब्रह्मलाई प्राप्त गर्छन् ।
श्लोक ४५
प्रयत्नाद्यतमानस्तु योगी संशुद्धकिल्बिषः ।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम् ॥ ६-४५॥
यसरी निरन्तरको प्रयासबाट त्यस्ता योगी विकाररहित हुन्छन् । अनेक जन्मपछि भएपनि सिद्धि प्राप्त गरेर परमगतिमा पुग्छन् ।
श्लोक ४६
तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः ।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन ॥ ६-४६॥
हे अर्जुन ! तपस्विहरु भन्दा योगी उच्च हो । ज्ञानीहरु भन्दा पनि योगी उच्च हो । कर्म गर्नेमा उच्च योगी भएकाले तिमी योगी बन ।
श्लोक ४७
योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ॥ ६-४७॥
योगीहरुमा पनि म त्यसलाई नै उच्च मान्छु जसले आफ्नो अन्तरआत्मालाई म मा समर्पण गरेको छ । जसले श्रद्धापूर्वक मेरो नै भजन गर्दछ, त्यो नै अति उत्तम योगी मानिन्छ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे आत्मसंयमयोगो नाम षष्ठोऽध्यायः ॥ ६॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७