भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ॥ १५-१॥
श्री भगवानले उपदेश गर्नुभयो - 'जरा माथि र हाँगाहरु तलतिर फर्केको कहिल्यै नाश नहुने पिपलरुपी ब्रह्मवृक्ष छ । यस वृक्षका पातहरु वेदका छन्दहरु हुन् भनी वेदका ज्ञाताहरु बताउँछन् ।'
श्लोक २
अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा
गुणप्रवृद्धा विषयप्रवालाः ।
अधश्च मूलान्यनुसन्ततानि
कर्मानुबन्धीनि मनुष्यलोके ॥ १५-२॥
त्यस ब्रह्मवृक्षका तल माथि गरेर फैलिएका हाँगाहरु विषयहरुबाट उत्पन्न हुन्छन् र गुणहरुबाट बढ्दछन् । त्यो वृक्षका जराहरु धेरै गहिरिएर रहेका हुनाले मनुष्यलाई कर्म बन्धनमा पार्छन् ।
श्लोक ३
न रूपमस्येह तथोपलभ्यते
नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।
अश्वत्थमेनं सुविरूढमूलं
असङ्गशस्त्रेण दृढेन छित्त्वा ॥ १५-३॥
माथि वर्णन गरिएको यस्तो रुप यस संसारमा उपलब्ध हुँदैन । यसको आदि र अन्त्य केहि छैन । यस्ता ब्रह्म वृक्षका जराहरुलाई दृढतासाथ वासनालाई त्यागेमा काट्न सकिन्छ ।
श्लोक ४
ततः पदं तत्परिमार्गितव्यं
यस्मिन्गता न निवर्तन्ति भूयः ।
तमेव चाद्यं पुरुषं प्रपद्ये ।
यतः प्रवृत्तिः प्रसृता पुराणी ॥ १५-४॥
जहाँ पुगेर फेरि फर्किँदैन, त्यो मार्गको खोजि गर्नुपर्दछ । हजुर नै आदि पुराण हुनुहुन्छ भनी निरन्तर यस्तो विचार राखेर अघि बढ्नुपर्छ ।
श्लोक ५
निर्मानमोहा जितसङ्गदोषा
अध्यात्मनित्या विनिवृत्तकामाः ।
द्वन्द्वैर्विमुक्ताः सुखदुःखसंज्ञै-
र्गच्छन्त्यमूढाः पदमव्ययं तत् ॥ १५-५॥
अभिमान र मोह नभएका, आशक्ति दोषबाट माथि उठेका, नित्य अध्यात्म साधनामा लागेका, कामभावलाई त्यागेका, सुःख दुःख आदि द्वन्द्वबाट मुक्त भएका, मुढ भावबाट पार पाएकाहरु कहिल्यै नाश नहुने परमपदमा पुग्छन् ।
श्लोक ६
न तद्भासयते सूर्यो न शशाङ्को न पावकः ।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम ॥ १५-६॥
सुर्य, चन्द्रमा र अग्निको प्रकाश पुग्न नसक्ने त्यो मेरो परमपदमा पुगेपछि फेरि फर्केर आउनु पर्दैन ।
श्लोक ७
ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ॥ १५-७॥
मेरै अंश सनातन जीवलाई यस मर्त्र्य लोकमा प्रकृतिको अधिनस्थमा रहेका मन सहित छ इन्द्रियहरुले आफूतिर आकर्षित गर्छन् ।
श्लोक ८
शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः ।
गृहीत्वैतानि संयाति वायुर्गन्धानिवाशयात् ॥ १५-८॥
जसरी फूलबाट निस्किएको गन्धलाई हावाले आफूमा समेटेर लिएर जान्छ त्यसैगरी मृत्युकालमा मन सहित इन्द्रियहरुलाई आफैमा समाहित गरी जीवात्माले एउटा शरीरलाई छोड्छ ।
श्लोक ९
श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च ।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते ॥ १५-९॥
जीवात्मा श्रोत, चक्षु, स्पर्श, रसना, घ्राण र मनको सहयोग लिएर विषयको उपभोग गर्दछ ।
श्लोक १०
उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम् ।
विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः ॥ १५-१०॥
मायाले ढाकिएको जीवात्मालाई मृत्युको समयमा वा जीवित अवस्थामा पनि ज्ञानीहरु दीव्य चक्षुद्वारा देख्छन् तर अज्ञानी देख्न सक्दैनन् ।
श्लोक ११
यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम् ।
यतन्तोऽप्यकृतात्मानो नैनं पश्यन्त्यचेतसः ॥ १५-११॥
योेगीहरु साधनाद्वारा आफ्नो हृदयमा रहेको आत्मालाई देख्दछन् । संस्कारित नभएकाहरुले साधना गरे पनि आत्माको दर्शन पाउँदैनन् ।
श्लोक १२
यदादित्यगतं तेजो जगद्भासयतेऽखिलम् ।
यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम् ॥ १५-१२॥
जसरी सूर्यको प्रकाशले सम्पूर्ण जगतलाई प्रकाशित गर्छ, त्यसैगरी चन्द्रमामा र अग्नीमा भएको मेरो तेजले पनि जगतलाई प्रकाशित गरिरहेको हुन्छ ।
श्लोक १३
गामाविश्य च भूतानि धारयाम्यहमोजसा ।
पुष्णामि चौषधीः सर्वाः सोमो भूत्वा रसात्मकः ॥ १५-१३॥
म पृथ्विमा प्रवेश गरेर सम्पूर्ण प्राणीहरुलाई धारणा गर्दछु । अमृतरुपी रस बनेर औषधि र फूलमा रहन्छु ।
श्लोक १४
अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।
प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् ॥ १५-१४॥
म प्राणीहरुको शरीरमा “वैश्वानर” नामक अग्नी भएर रहन्छु । प्राण र अपान वायुको रुपमा रहेर चार किसिमका अन्नलाई पचाउँछु ।
श्लोक १५
सर्वस्य चाहं हृदि सन्निविष्टो
मत्तः स्मृतिर्ज्ञानमपोहनञ्च ।
वेदैश्च सर्वैरहमेव वेद्यो
वेदान्तकृद्वेदविदेव चाहम् ॥ १५-१५॥
म सबै प्राणीको हृदयमा रहन्छु । ज्ञान, स्मरण शक्ति, वक्तृत्व पनि म बाटै उत्पन्न हुन्छन् । सबै वेदहरुले मेरो गुणगान गाएका छन् । वेदान्तद्वारा निश्चित गरिएको मलाई देवताहरु पनि जान्न चाहन्छन् ।
श्लोक १६
द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।
क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते ॥ १५-१६॥
यस जगतमा नाशवान र अविनाशी गरी दुई पुरुष छन् । सबै प्राणीको शरीर नाशवान छ । आत्मा अविनाशी छ ।
श्लोक १७
उत्तमः पुरुषस्त्वन्यः परमात्मेत्युदाहृतः ।
यो लोकत्रयमाविश्य बिभर्त्यव्यय ईश्वरः ॥ १५-१७॥
यी दुवैभन्दा भिन्न उत्तम पुरुष छ जसलाई परमात्मा भनिन्छ । त्यो अविनाशी ईश्वर तीनै लोकमा रहेर प्राणीहरु भरण पोषण गर्दछ ।
श्लोक १८
यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः ।
अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः ॥ १५-१८॥
त्यो क्षर अक्षर तत्व भन्दा पर रहेको छ । जसलाई यस लोकमा वेदका ज्ञाताहरु पुरुषोत्तम भनेर चिनाउँदछन् ।
श्लोक १९
यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।
स सर्वविद्भजति मां सर्वभावेन भारत ॥ १५-१९॥
हे भरत कुलभुषण अर्जुन ! यसरी अज्ञानता हरेपछि जसले म पुरुषोत्तमलाई जान्छन्, तिनीहरु सर्वज्ञानले युक्त भएर मेरो भजन गर्दछन् ।
श्लोक २०
इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।
एतद्बुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत ॥ १५-२०॥
हे भारत ! यो अति गोपनीय रहस्यपूर्ण ज्ञान मैले तिमीलाई बताएँ । यसलाई जानेर बुद्धिमान मानिस कृत्य कृत्य भएर रहनेछ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे पुरुषोत्तमयोगो नाम पञ्चदशोऽध्यायः ॥ १५॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०