भगवद् गीता
«
श्लोक १
अर्जुन उवाच ।
ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन ।
तत्किं कर्मणि घोरे मां नियोजयसि केशव ॥ ३-१॥
अर्जुनले निवेदन गरे - 'हे जनार्दन भगवान ! हजुरले कर्मयोग भन्दा ज्ञानयोगलाई बढी महत्व दिएर फेरि मलाई यो घोर अन्धकारमय कर्ममा किन लगाइरहनु भएको छ ?
श्लोक २
व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे ।
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ॥ ३-२॥
हजूरका ज्ञानयोग र कर्मयोग संबन्धित मिश्रित भनाईले म झन् मोहमा पर्न गएँ । के गर्नु के नगर्नु भयो । त्यसकारण मलाई एउटै मार्ग बताउनुहोस् जसबाट मेरा संसय हटून् र म निश्चिन्त बनूँ ।
श्लोक ३
श्रीभगवानुवाच
लोकेऽस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ ।
ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम् ॥ ३-३॥
श्री भगवानले भन्नुभयो - 'संसारमा दुई किसिमका सिद्धान्तहरु चलेका छन्, ज्ञानीहरुको लागि सांख्ययोग र योगीहरुका लागि कर्मयोग ।'
श्लोक ४
न कर्मणामनारम्भान्नैष्कर्म्यं पुरुषोऽश्नुते ।
न च संन्यसनादेव सिद्धिं समधिगच्छति ॥ ३-४॥
मनुष्य न त कुनै कर्म आरम्भ नगरी सुरुमै निष्कर्मता अथवा योगनिष्ठा प्राप्त गर्न सक्दछ न त केवल कर्मलाई त्याग गरेर सिद्धि अर्थात साँख्यनिष्ठा प्राप्त गर्दछ ।
श्लोक ५
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ३-५॥
केही न केही कर्म नगरी कुनैपनि मानिस शान्त भएर एकछिन पनि बस्न सक्दैन । कर्म गर्दिन भनेपनि प्रकृतिको गुण अनुसार स्वतः रुपमा कर्म भईरहेको हुन्छ ।
श्लोक ६
कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते ॥ ३-६॥
जो मानिस शरीरद्वारा कर्म छाडेर मनद्वारा कुनै न कुनै वस्तुको चिन्तन गर्छ, ती वस्तु प्रति आकर्षित हुन्छ भने त्यसलाई ढाेंगी भन्छन् ।
श्लोक ७
यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन ।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ॥ ३-७॥
हे अर्जुन ! जसले मनद्वारा इन्द्रियहरुलाई नियन्त्रण गरेर कर्मफलमा आशक्त नभै सम्पूर्ण इन्द्रियहरुलाई कर्मयोगमा लगाउँछ त्यो अति उत्तम कर्म हो ।
श्लोक ८
नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः ॥ ३-८॥
शास्त्रमा उल्लेखित वर्णाश्रम अनुुसारको कर्तव्य कर्म गर्नुपर्छ । शरीर सञ्चालनको लागि पनि कुनै न कुनै कर्म गर्नु आवश्यक छ ।
श्लोक ९
यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः ।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर ॥ ३-९॥
यज्ञको उद्देश्यले कर्म गर्नुपर्छ अन्यथा कर्मबाट कर्मबन्धन हुन्छ । त्यसैले हे कुन्तिपुत्र अर्जुन ! बन्धन मुक्तिमा समभाव भएर कर्म गर ।
श्लोक १०
सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।
अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ॥ ३-१०॥
प्रजापति ब्रह्माले मानिसको सृष्टिसँगै यज्ञको पनि सृष्टि गर्नुभयो र यही यज्ञद्वारा उन्नति हुन्छ र ईच्छाएको फल पनि प्राप्त हुन्छ भन्नुभयो ।
श्लोक ११
देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ॥ ३-११॥
यज्ञद्वारा देवताहरुलाई सन्तुष्ट गराउनू, सन्तुष्ट भएका देवताहरुले तिम्रो कल्याण गर्नेछन् । यसरी परस्पर सहयोगले परम कल्याण प्राप्त हुन्छ ।
श्लोक १२
इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः ॥ ३-१२॥
यज्ञद्वारा खुसी भएका देवताले इच्छाएको फल दिन्छन् । देवताद्वारा प्रदान गरिएको यज्ञफल उनैलाई समर्पण गरेर उपभोग गर्नुपर्छ ।
श्लोक १३
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः ।
भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ॥ ३-१३॥
यज्ञ गरेर बाँकि रहेको प्रसादको रुपमा ग्रहण गर्नेहरु सबै पापबाट मुक्त हुन्छन् । जसले यज्ञ नगरेर शरीर पोषणका लागि अन्नको उपभोग गर्छन् ती पाप को भागी हुन्छन् ।
श्लोक १४
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ॥ ३-१४॥
सम्पूर्ण प्राणीहरु अन्नबाटै उत्पन्न हुन्छन् । अन्नको उत्पत्ति बर्षाबाट हुन्छ । बर्षाको उत्पत्ति यज्ञबाट हुन्छ । कर्मबाट यज्ञ सम्पन्न हुन्छ ।
श्लोक १५
कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम् ।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ॥ ३-१५॥
कर्मको उत्पत्ति ब्रह्मबाट हुन्छ । ब्रह्मको उत्पत्ति अक्षरबाट हुन्छ । त्यसैले ब्रह्म यज्ञमा प्रतिष्ठित भएर रहेको हुन्छ ।
श्लोक १६
एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ॥ ३-१६॥
यसरी सृष्टि सञ्चालनमा एउटा चक्रको व्यवस्थापन गरिएको छ । हे पार्थ ! जो इन्द्रियका आनन्दको लागि मात्र बाँच्दछ, त्यो पापी हो ।
श्लोक १७
यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः ।
आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ॥ ३-१७॥
जो आत्मामै रमाउँछ र आत्मामै सन्तुष्ट हुन्छ । यसरी आत्मास्वरुप रहिरहने मानवको लागि कुनै कर्तव्यकर्म बाँकी रहँदैन ।
श्लोक १८
नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन ।
न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रयः ॥ ३-१८॥
तिनीहरुको लागि यस संसारमा रहेर कुनै कर्म गर्नु आवश्वयक पर्दैन । सम्पूर्ण प्राणीहरुमा ती मुक्त पुरुषहरुको कुनै स्वार्थ रहँदैन ।
श्लोक १९
तस्मादसक्तः सततं कार्यं कर्म समाचर ।
असक्तो ह्याचरन्कर्म परमाप्नोति पूरुषः ॥ ३-१९॥
त्यसैले केही चिजमा पनि आसक्ति नभई समभावमा रहेर सबै कर्म गर । आसक्ति नराखी गरिएको कर्मबाट परमात्माको प्राप्ती हुन्छ ।
श्लोक २०
कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः ।
लोकसङ्ग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि ॥ ३-२०॥
यस्तै प्रकारले जनकादि ज्ञानीजनहरु पनि आशक्ति रहित कर्मद्वारा नै परम सिद्धिमा प्राप्त भए । लोकहितलाई ध्यानमा राखेर कर्म गदै रहनुपर्छ ।
श्लोक २१
यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ॥ ३-२१॥
किनभने श्रेष्ठ पुरुषले जो जो आचरण गर्छन्, अरु पुरुष पनि उसका नै अनुसार व्यवहार गर्छन् । ति पुरुषले जो जो कार्य गर्दछन् अरु पनि उसैका अनुसार गर्दछन् ।
श्लोक २२
न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ॥ ३-२२॥
हे अर्जुन ! मलाई तीनै लोकमा केही पनि कर्तव्य छैन । प्राप्त हुन योग्य वस्तु अप्राप्य हुँदैन । तर पनि म कर्ममा नै रहेर व्यवहार गर्छु ।
श्लोक २३
यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ॥ ३-२३॥
किनभने म सावधान भएर कर्ममा लागेन भने त हे अर्जुन ! सबै प्रकारबाट मनुष्य मेरा व्यवहार अनुसार नै चल्दछन्, उनीहरु पनि मेरो देखासिकी गरेर कर्तव्य कर्म गर्न छोडिदिनेछन् ।
श्लोक २४
उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः ॥ ३-२४॥
यदि मैले कर्म गरेन भने लोकधर्म लोप भएर जान्छ । धर्म लोप भईसकेपछि प्रजाको नाश हुन जान्छ । अनि विमर्यादा भएर सनातन धर्मको नष्ट भईसकेपछी दुराचार उपद्र बढेर वर्णशंकर पनि हुन्छ । अनि प्रजाहरुलाई वर्णशंकर बनाएको दोष लाग्नेछ ।
श्लोक २५
सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत ।
कुर्याद्विद्वांस्तथासक्तश्चिकीर्षुर्लोकसङ्ग्रहम् ॥ ३-२५॥
हे भारत ! आत्मज्ञानी जनले पनि कर्म गर्न उचित छ । किनभने लोक शिक्षाका निमित्त कर्ममा आशक्त भएर अज्ञानीहरुले जस्तो कर्म गर्दछन्, त्यस्तै विद्वान अर्थात ज्ञानीहरुले कर्म गर्नुपर्दछ । त्यसले धर्मको बाटो र लोक मर्यादा दुवै रहन्छ ।
श्लोक २६
न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम् ।
जोषयेत्सर्वकर्माणि विद्वान्युक्तः समाचरन् ॥ ३-२६॥
ज्ञानी पुरुषको यो कर्तव्य हो कि कर्ममा आसक्ति भएका अज्ञानी पुरुषहरुका बुद्धिमा भ्रम अर्थात कर्ममा अश्रद्धा उत्पन्न नगराऊन् । र आफैँ परमात्माका स्वरुपमा स्थित भएर सम्पूर्ण कर्म राम्रा प्रकारसँग गरी अज्ञानी पुरुषलाई पनि उस्तै प्रकारसँग कर्म गराऊन् ।
श्लोक २७
प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ।
अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते ॥ ३-२७॥
हे अर्जुन ! वास्तवमा सम्पूर्ण कर्महरु प्रकृतिका गुणादिद्वारा गरिएका छन् । तर अहङ्कारले मोहित अन्तःकरण भएका पुरुषहरु 'म कर्ता हुँ' भन्ने घमण्ड सदा मनमा राख्दछन् ।
श्लोक २८
तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः ।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ॥ ३-२८॥
हे महावाहो अर्जुन ! गुण र कर्मको संयोजन र खण्डिकरण जान्नेवाला ज्ञानयोगीले तीनैवटा गुणको फन्दामा नपरी म (आत्मा) मा स्थित भएर रहन्छन् ।
श्लोक २९
प्रकृतेर्गुणसम्मूढाः सज्जन्ते गुणकर्मसु ।
तानकृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत् ॥ ३-२९॥
प्रकृतिका गुणादिले मोहित भएका पुरुषहरु गुण कर्महरुमा आसक्त हुन्छन् । प्रकतिको गुणहरुको फन्दामा परेर कर्ममा आसक्त अज्ञानी जनहरुलाई विद्वानहरुले विचलित गर्नुहुँदैन।
श्लोक ३०
मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा ।
निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ॥ ३-३०॥
आध्यात्म बुद्धिद्वारा सम्पूर्ण कर्मफललाई म मा समर्पण गरेर आशारहित, मोहरहित र निश्चिन्त भएर युद्ध गर ।
श्लोक ३१
ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः ॥ ३-३१॥
जो मानिस सबै प्रकारका दोषलाई छाडेर, श्रद्धावान् बनी मेरो विचारको अनुयायी बनेर कर्म गर्दछ भने ऊ कर्मबन्धनबाट छुटकारा पाउँछ ।
श्लोक ३२
ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् ।
सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः ॥ ३-३२॥
जसले मेरो विचारको विरुद्धमा अभिमत प्रकट गर्छन्, गुणहरुमा दोषमात्र देख्छन् त्यस्ता व्यक्ति सबै प्रकारका ज्ञानबाट विमुख भएर नष्ट हुन्छन् ।
श्लोक ३३
सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि ।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ॥ ३-३३॥
सबै प्राणीहरु प्रकृतिको स्वभाव अनुसार नै चल्छन् भने ज्ञानी पुरुष पनि प्रकतिको नियमानुसार कर्म गर्छन् । प्रकृतिको नियमलाई उल्लङ्घन गर्न खोज्नु हुँदैन ।
श्लोक ३४
इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ ।
तयोर्न वशमागच्छेत्तौ ह्यस्य परिपन्थिनौ ॥ ३-३४॥
इन्द्रियहरु र तिनका विषयहरु राग र द्वेषलाई पछ्याउँछन् । यिनलाई आफ्नो अधीनमा राख्न नसकेमा तिनीहरु नै कल्याणमार्गमा विघ्न गराउने महान शत्रु बन्न जान्छन् ।
श्लोक ३५
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ॥ ३-३५॥
आफ्नो धर्म कठिन र पराई धर्म सहज भए पनि आफ्नै धर्मको पालन गर्नुपर्छ । आफ्नो धर्म पालन गर्दा मर्न परेपनि स्वभाविकै मान्नुपर्छ । परधर्म दुःखदायी हुन्छ ।
श्लोक ३६
अर्जुन उवाच
अथ केन प्रयुक्तोऽयं पापं चरति पूरुषः ।
अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजितः ॥ ३-३६॥
अर्जुन अनुरोध गछर्न् - 'हे भगवान विष्णु ! त्यसो भए मान्छले के बाट प्ररेणा पाएर पापमा युक्त हुन्छ ? इच्छा नभई नभई पनि जवरजस्ति के चिजले पापकर्ममा धकेल्छ ?'
श्लोक ३७
श्रीभगवानुवाच
काम एष क्रोध एष रजोगुणसमुद्भवः ।
महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम् ॥ ३-३७॥
श्री भगवानले भन्नुभयो - 'काम र क्रोध रजोगुणबाट उत्पन्न भएका बस्तु हुन् । जति उपभोग गरेर पनि सन्तुष्टि प्राप्त नहुने यी मान्छेका शत्रु हुन् ।'
श्लोक ३८
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम् ॥ ३-३८॥
जसरी धुवाँले आगोलाई, धुलोले ऐनालाई, सालले गर्भलाई ढाकेर मलिन बनाइदिन्छन्, त्यसैगरी यी काम र क्रोधले स्वप्राप्त ज्ञानलाई ढाकिदिन्छन् ।
श्लोक ३९
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा ।
कामरूपेण कौन्तेय दुष्पूरेणानलेन च ॥ ३-३९॥
हे कुन्तिपुत्र अर्जुन ! यो कामरुपी आवारणले ज्ञानीलाई पनि छोपीराखेको हुन्छ । कहिल्यै पुरा नहुने र आगोले जस्तै पोल्ने ज्ञानीको लागि पनि यो शत्रु समान हो ।
श्लोक ४०
इन्द्रियाणि मनो बुद्धिरस्याधिष्ठानमुच्यते ।
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ॥ ३-४०॥
कामको बासस्थान इन्द्रियहरु, मन, बुद्धि हुन् । कामले यिनीहरुको मध्यमद्वारा ज्ञानलाई ढाकेर देहधारी मनुष्यलाई मोहमा फसाउँछ ।
श्लोक ४१
तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ ।
पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम् ॥ ३-४१॥
हे भरतकूलका उच्च अर्जुन ! सबभन्दा पहिले इन्द्रियहरुलाई नियन्त्रणमा राखेर ज्ञान र विज्ञानलाई प्रकट हुन नदिने यो कामलाई जीत ।
श्लोक ४२
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ॥ ३-४२॥
शरीर भन्दा सुक्ष्म इन्द्रियहरु, इन्द्रियहरु भन्दा सुक्ष्म मन, मन भन्दा सुक्ष्म बुद्धि र बुद्धि भन्दा सुक्ष्म आत्मा छ ।
श्लोक ४३
एवं बुद्धेः परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना ।
जहि शत्रुं महाबाहो कामरूपं दुरासदम् ॥ ३-४३॥
हे महाबाहु अर्जुन ! यसरी बुद्धिभन्दा पनि अति उच्च आत्मालाई चिनेर त्यही आत्माद्वारा दुराचारी कामरुपी शत्रुलाई नियन्त्रण गर । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे कर्मयोगो नाम तृतीयोऽध्यायः ॥ ३॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३