भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच ।
इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः ॥ १३-१॥
श्री भगवानले भन्नुभयो - 'हे कुन्तिपुत्र अर्जुन ! यस शरीरलाई क्षेत्र भनेर जानिन्छ । जसले यो शरीरलाई जान्दछ त्यसलाई तत्वज्ञाताहरु क्षेत्रज्ञ भन्दछन् ।'
श्लोक २
क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत ।
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ॥ १३-२॥
हे भरतकूलदीप अर्जुन ! सबै प्राणीहरुको शरीरमा रहेको क्षेत्रज्ञ पनि म नै हुँ । मेरो भनाई छ कि क्षेत्र र क्षेत्रज्ञलाई जान्नु नै ज्ञान हो ।
श्लोक ३
तत्क्षेत्रं यच्च यादृक्च यद्विकारि यतश्च यत् ।
स च यो यत्प्रभावश्च तत्समासेन मे शृणु ॥ १३-३॥
क्षेत्र के हो ? त्यो कस्तो छ ? त्यसमा के के विकारहरु छन् ? त्यो के मा आधारित छ ? क्षेत्रज्ञ र त्यसको प्रभाव बारेमा म संक्षिप्त रुपमा जानकारी गराउँछु ।
श्लोक ४
ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधैः पृथक् ।
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ॥ १३-४॥
यसमा ऋषिहरुले भिन्न भिन्न मत राखेर भिन्न भिन्न तरिकाले व्याख्या गरेका छन् । ब्रह्मसुत्रका पदहरुले पनि भिन्न भिन्न तरिकाले अर्थ दिएका छन् । यसको निश्चित गरेका छन् ।
श्लोक ५
महाभूतान्यहङ्कारो बुद्धिरव्यक्तमेव च ।
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचराः ॥ १३-५॥
पञ्चमहाभुत, अहंकार, बुद्धि, व्यक्ति, प्रकृति, दश इन्द्रिय सहित मन र ज्ञानेन्द्रियका पाँच सुक्ष्म विषय तथा .....
श्लोक ६
इच्छा द्वेषः सुखं दुःखं सङ्घातश्चेतना धृतिः ।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम् ॥ १३-६॥
इच्छा, द्वेष, सुख, दुःख, संघात, चेतना, धीरता यी तत्वहरुको समुहलाई विकसित क्षेत्र भनिन्छ ।
श्लोक ७
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः ॥ १३-७॥
अभिमान शून्यता, छलकपट नलाग्नु, हिंसा नगर्नु, सहनशील हुनु, सोझोपन, गुरुसेवा, पवित्र आचरण हुनु, स्थिर हुनु र आत्म निग्रह गर्नु तथा...
श्लोक ८
इन्द्रियार्थेषु वैराग्यमनहङ्कार एव च ।
जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम् ॥ १३-८॥
इन्द्रियका बिषयहरुमा वैराग्यता, अहंकार शून्यता र जन्म, मुत्यु, रोग, बुढ्याईलाई कर्मका दोष मानेर बस्नु ।
श्लोक ९
असक्तिरनभिष्वङ्गः पुत्रदारगृहादिषु ।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ॥ १३-९॥
पुत्र, पत्नी तथा घर–सम्पतिमा लोलुपता तथा सांसारिक वस्तुहरुमा आशक्ति दुवैको परित्याग र शुभता वा अशुभताको प्राप्तिमा चित्तमा समता राख्नु ।
श्लोक १०
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी ।
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ॥ १३-१०॥
अनन्ययोगद्वारा मेरो भक्ति गर्नु, देश कूल परम्परा अनुसारको कर्म गर्नु, सुनसान स्थानमा बस्नु, विषयभक्त सर्वसाधारणको प्रशंसा ग्रहण नगर्नु ।
श्लोक ११
अध्यात्मज्ञाननित्यत्वं तत्त्वज्ञानार्थदर्शनम् ।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोऽन्यथा ॥ १३-११॥
अध्यात्मज्ञानलाई नित्य सेवन गर्नु, तत्वज्ञान दर्शनको अभिलाषा राख्नु यी माथि बताइएका नै ज्ञान हुन् । बाँकि अरु अज्ञान हुन् ।
श्लोक १२
ज्ञेयं यत्तत्प्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते ।
अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्यते ॥ १३-१२॥
अब म तिमीलाई ज्ञेयको बारेमा भन्दछु । जसलाई जानेपछि अमृत तत्व प्राप्त हुन्छ । सत् र असत् भन्दा पर रहेको आदि र अन्त्य नभएको जसलाई ब्रह्म भनिन्छ ।
श्लोक १३
सर्वतः पाणिपादं तत्सर्वतोऽक्षिशिरोमुखम् ।
सर्वतः श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ॥ १३-१३॥
सबैतिर हात पाउ भएको त्यो ब्रह्म जसका आँखा, शिर, मुख र कान व्यापक रुपमा फैलिएका छन् । जसले यो संसारलाई ढाकेर रहेको छ ।
श्लोक १४
सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम् ।
असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्तृ च ॥ १३-१४॥
ब्रह्ममा कुनै पनि इन्द्रियहरु छैनन् । सबै इन्द्रियका गुणहरुको आभास भने त्यहाँ हुन्छ । त्यो ब्रह्म निर्गुण भएर पनि गुणहरुको उपभोग गर्छ । इन्द्रियातीत भएर पनि इन्द्रियहरु त्यही ब्रह्मद्वारा संचालित छन् ।
श्लोक १५
बहिरन्तश्च भूतानामचरं चरमेव च ।
सूक्ष्मत्वात्तदविज्ञेयं दूरस्थं चान्तिके च तत् ॥ १३-१५॥
चर अचर रुपमा सबै प्राणीको भित्र र बाहिर पनि रहेको त्यो ब्रह्म अति सुक्ष्म हुनाको कारण धेरै टाढा भए जस्तो जान्न नसकिने हुन्छ ।
श्लोक १६
अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ॥ १३-१६॥
प्राणीहरुमा त्यो अखण्डित रुपमा रहेको भए पनि फरक फरक तरिकाले रहेजस्तो हुन्छ । सम्पुर्ण प्राणीहरुमा सृष्टि, पालन र संहार पनि उसैबाट हुन्छ ।
श्लोक १७
ज्योतिषामपि तज्ज्योतिस्तमसः परमुच्यते ।
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ॥ १३-१७॥
अज्ञान अन्धकार विकार केही नभएको ज्योतिको भित्र ज्योति रहेको सबै प्राणीको हृदयमा स्थित ज्ञानद्वारा जानिने र ज्ञानद्वारा नै अनुभव हुन्छ ।
श्लोक १८
इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासतः ।
मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते ॥ १३-१८॥
क्षेत्र, ज्ञान र ज्ञेयको बारेमा मैले छोटकरीमा जानकारी गराएँ । मेरो भक्तले यसलाई जान्दछ र मेरो भावमा प्राप्त हुन्छ ।
श्लोक १९
प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ॥ १३-१९॥
प्रकृति र पुरुषका भाव अनादि हुन् । जुन गुणद्वारा विकारहरुको उत्पत्ति हुन्छ, त्यो प्रकृतिबाट भएको हो भन्ने जान ।
श्लोक २०
कार्यकारणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते ।
पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ॥ १३-२०॥
योे जगत सञ्चालनको कर्ता, कार्य र कारण सबै प्रकृतिको अधीनमा रहेको हुन्छ र सुख दुःखको भोगको कारण पुरुष हो भन्ने जान ।
श्लोक २१
पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।
कारणं गुणसङ्गोऽस्य सदसद्योनिजन्मसु ॥ १३-२१॥
पुरुष प्रकृतिमा अधिष्ठित भई प्रकृतिबाटै गुणहरुको निर्माण गरी उपभोग गर्छ । प्रकृतिका यी गुणहरुको मिलन नै पुरुषलाई असल वा खराब योनीहरुमा जन्म लिनुको कारण हो ।
श्लोक २२
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः ।
परमात्मेति चाप्युक्तो देहेऽस्मिन्पुरुषः परः ॥ १३-२२॥
यो शरीरमा रहेको पुरुष भन्दा पनि पर रहेको परमात्मालाई नै उपद्रष्टा, अनुमन्ता, भर्ता, भोक्ता महेश्वर भनेर जानिन्छ ।
श्लोक २३
य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणैः सह ।
सर्वथा वर्तमानोऽपि न स भूयोऽभिजायते ॥ १३-२३॥
जसले निर्गुण पुरुष र सगुण प्रकृतिको बारेमा यथार्थ जान्दछ, उसले कर्म गरिरहेपनि उसलाई जन्म–मृत्युको चक्रमा पर्नुपर्दैैन ।
श्लोक २४
ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना ।
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे ॥ १३-२४॥
आत्माको ध्यान गर्नेहरु आत्मा मै चेतन–आत्माको दर्शन गर्दछन् । कसैले कर्मयोगबाट देख्दछन् ।
श्लोक २५
अन्ये त्वेवमजानन्तः श्रुत्वान्येभ्य उपासते ।
तेऽपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणाः ॥ १३-२५॥
जसले यसरी आफैले परमात्माको ज्ञान गर्न सक्दैनन्, तिनीहरुले अरुद्वारा सुनेको आधारमा उपासना गर्छन् । त्यसरी शुन्यमा एक चित्त भएका भक्तहरु पनि अन्त्यमा जन्म-मृत्युको चक्करबाट पार पाउँछन् ।
श्लोक २६
यावत्सञ्जायते किञ्चित्सत्त्वं स्थावरजङ्गमम् ।
क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्धि भरतर्षभ ॥ १३-२६॥
यस संसारमा निर्मित स्थावर र जङ्गम सबैको उत्पत्ति प्रकृति र पुरुषको संयोगबाट मात्रै भएको छ ।
श्लोक २७
समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् ।
विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति ॥ १३-२७॥
सबै प्राणीहरुमा भएको परमात्मा परमेश्वरलाई ती प्राणीको नाश हुँदा पनि अविनाशी रुपमा रहिरहन्छ भनेर जसले जान्यो त्यसैले यो, त्यो, सर्वचिज जान्यो ।
श्लोक २८
समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम् ।
न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ॥ १३-२८॥
ईश्वरलाई सर्वत्र व्यापक रुपमा रहेको जानेर हिनताभाव त्यागेर परम गन्तव्यमा पुगी समभावमा बस्नुपर्छ ।
श्लोक २९
प्रकृत्यैव च कर्माणि क्रियमाणानि सर्वशः ।
यः पश्यति तथात्मानमकर्तारं स पश्यति ॥ १३-२९॥
सर्वत्र जे जति कर्म भईरहेका छन् ती प्रकृतिबाट भएका हुन् । जसले आत्माद्वारा केही कार्य भइरहेको छैन भन्ने जान्दछ त्यसले परमात्मालाई जान्यो ।
श्लोक ३०
यदा भूतपृथग्भावमेकस्थमनुपश्यति ।
तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा ॥ १३-३०॥
सबै प्राणीहरु भित्र रहेको भिन्न भिन्न प्रतित हुने परमात्मालाई एकत्व भावले जसले दीव्य दृष्टिले देख्दछ, त्यसले ब्रह्मको व्यापकतालाई जान्दछ ।
श्लोक ३१
अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्ययः ।
शरीरस्थोऽपि कौन्तेय न करोति न लिप्यते ॥ १३-३१॥
हे अर्जुन ! अनादि भएर, निर्गुण भएर यो अविनाशी परमात्मा शरीरमा स्थित भएर पनि न केही गर्दछ, न लिप्त नै हुन्छ ।
श्लोक ३२
यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ॥ १३-३२॥
जसरी आकाश सर्वत्र भएर पनि कुनै वस्तु टाँसिएर रहँदैन, त्यस्तै शरीरको सबै भागमा समानरुपले रहेको आत्मामा कुनै पनि वस्तुको चोप लाग्दैन ।
श्लोक ३३
यथा प्रकाशयत्येकः कृत्स्नं लोकमिमं रविः ।
क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ॥ १३-३३॥
हे भरत कूल भुषण अर्जुन ! जसरी एउटा सूर्यले अन्धकारलाई हटाएर जगतलाई प्रकाशित गर्छ, त्यसैगरी आत्माले अज्ञानतालाई हटाएर यही शरीरमै ज्ञानलाई प्रकाशित गर्छ ।
श्लोक ३४
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा ।
भूतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ॥ १३-३४॥
जसले ज्ञानरुपी चक्षुद्वारा क्षेत्र र क्षेत्रज्ञ बीचको भेदलाई जानेर प्रकृतिको बन्धनमा रहेको ज्ञान जो पुरुष ज्ञान नेत्रद्वारा जान्दछ, त्यो महात्मा शरीरबाट छुट्कारा पाएर दुर्लभ मानिएको परमात्मालाई प्राप्त गर्दछ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे क्षेत्रक्षेत्रज्ञविभागयोगो नाम त्रयोदशोऽध्यायः ॥ १३॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४