भगवद् गीता
«
श्लोक १
अर्जुन उवाच
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ॥ १८-१॥
अर्जुनले जिज्ञाषा राखे - 'हे महावाहु ! हे हृषीकेश ! हे केशिनिषुदन ! सन्यास र त्यागको बारेमा फरक फरक तरिकाले तत्व सहित जान्न चाहन्छु ।'
श्लोक २
श्रीभगवानुवाच
काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदुः ।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ॥ १८-२॥
श्रीभगवानले उपदेश गर्नुभयो - 'सबै काम्य कर्महरुबाट अलग हुनुलाई विद्वानहरु सन्यास भन्दछन् । त्यस्तै कर्मको फललाई छोड्नुलाई विज्ञजनहरु त्याग भन्दछन् ।'
श्लोक ३
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः ।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ॥ १८-३॥
कर्ममा धेरै दोष छन् । त्यसैले मनिषिहरु कर्मलाई बाधक भन्दछन् । फेरि अर्काथरि विद्वानहरु यज्ञ, दान र तपलाई नत्याग्न सल्लाह दिन्छन् ।
श्लोक ४
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ॥ १८-४॥
हे भरत कूलभुषण अर्जुन ! त्यागको बारेमा मैले निश्चय गरेर बताउँछु, सुन । पुरुषहरुमा श्रेष्ठ अर्जुन ! त्याग प्रकृतिका तीन गुण अनुसार हुन्छन् ।
श्लोक ५
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ॥ १८-५॥
यज्ञकर्म, दानकर्म र तपकर्मलाई छोड्नुहुँदैन । यज्ञ, दान, तप, कर्मले पापबाट छुट्करा दिन्छन् भन्ने मनिषिहरुको भनाइ छ ।
श्लोक ६
एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च ।
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम् ॥ १८-६॥
हे पृथा पुत्र अर्जुन ! त्यसैले यी यज्ञ, दान, तप, क्रिया गर्दा पनि कर्मफल इच्छा नराखी कर्तव्य कर्मले गर्नुपर्छ भन्ने मेरो मत हो ।
श्लोक ७
नियतस्य तु संन्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ॥ १८-७॥
स्वधर्ममा निश्चित गरिएका कर्महरुलाई छोड्नु हुँदैन । यदि मोहमा फसेर त्यस्ता कर्महरुलाई छोडेमा त्यसलाई तामस त्याग भनिन्छ ।
श्लोक ८
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ॥ १८-८॥
शरीरलाई दुःख ल्केश हुन्छ भन्ने डरले कुनै कर्म गर्न छोडिन्छ भने त्यस्तो त्याग राजस हुन्छ । यस्तो त्यागको कुनै उपलब्धि हुँदैन ।
श्लोक ९
कार्यमित्येव यत्कर्म नियतं क्रियतेऽर्जुन ।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्त्विको मतः ॥ १८-९॥
हे अर्जुन ! जसले कर्मफलमा आशक्त नभई स्वधर्म अनुसारको कर्म गर्छन्, त्यस्तो कर्मको फललाई छोड्छन्, त्यसलाई सात्विक त्याग भनिन्छ ।
श्लोक १०
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ॥ १८-१०॥
जो अशुभ कर्ममा घृणा गर्दैन र शुभ कर्ममा प्रशंसा गर्दैन, त्यस्तो बुद्धिमानीको सबै शंकाहरुको समाधान भइसकेकोले सात्विक त्याग हुन्छ ।
श्लोक ११
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः ।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ॥ १८-११॥
यो भौतिक शरीरमा रहुञ्जेल कसैको पनि सबै कर्मको त्याग सम्भव छैन । त्यसैले जसले कर्म गरेर कर्मको फल त्याग गर्छन्, तिनीहरु वास्तविक त्यागी हुन् ।
श्लोक १२
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् ।
भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित् ॥ १८-१२॥
अनिष्ट, इष्ट र मिश्र गरी कर्मका फल तीन प्रकारका छन् । कर्मफल नत्याग्नेहरुले मृत्युपछि यी कर्मफल भोग्नुपर्छ । कर्मफल त्याग्नेहरुलाई भने भोग्नु पर्दैन ।
श्लोक १३
पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।
साङ्ख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ॥ १८-१३॥
हे महावाहु ! सांख्य सिद्धान्त अनुसार कुनै पनि कर्मको कारण पाँचवटा कारण हुन्छन् भनिएको छ । त्यसको बारेमा बताउँछु ।
श्लोक १४
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ॥ १८-१४॥
अधिस्थान, कर्ता, करण, भिन्न भिन्न चेष्टा र दैव गरी पाँच किसिमका कर्मका कारण हुन् ।
श्लोक १५
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नरः ।
न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतवः ॥ १८-१५॥
शरीर, मन र वाणीद्वारा गरिने न्याययुक्त वा त्यसको विपरित कर्मका पनि पूर्वाेक्त पाँच कारण हुन्छन् ।
श्लोक १६
तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः ।
पश्यत्यकृतबुद्धित्वान्न स पश्यति दुर्मतिः ॥ १८-१६॥
बुद्धि संस्कारित नभएकाहरु केवल कर्ता मै हुँ भन्ने सम्झछन् । त्यस्ता मति बिग्रिएका मानिसले केही पनि जान्दैनन् भनी बुझ्नुपर्छ ।
श्लोक १७
यस्य नाहङ्कृतो भावो बुद्धिर्यस्य न लिप्यते ।
हत्वाऽपि स इमाँल्लोकान्न हन्ति न निबध्यते ॥ १८-१७॥
जो बुद्धिमान मानिसहरु अहंकारलाई छोडेर कुनै पनि चिजमा लिप्त हुँदैनन्, त्यस्ता मान्छेले कसैलाई मारे पनि पापले बाँधिदैनन् ।
श्लोक १८
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना ।
करणं कर्म कर्तेति त्रिविधः कर्मसङ्ग्रहः ॥ १८-१८॥
कर्मका प्रेरक ज्ञान, ज्ञेय र ज्ञाता स्वरुपतः तीन प्रकारका छन् । त्यस्तै कर्म संग्रह पनि कर्ता, कर्म र करण गरी तीनै प्रकारका छन् ।
श्लोक १९
ज्ञानं कर्म च कर्ता च त्रिधैव गुणभेदतः ।
प्रोच्यते गुणसङ्ख्याने यथावच्छृणु तान्यपि ॥ १८-१९॥
ज्ञान, कर्म र कर्ता पनि गुणका विविधताका कारणले तीनै प्रकारका हुन्छन् । त्यसको पनि म यथार्थता बताउँछु, सुन ।
श्लोक २०
सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते ।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ॥ १८-२०॥
सबै प्राणीहरुमा एउटै रुपमा रहेको अविनाशी बन्धनरहित परमात्मालाई कार्य कारणले विभक्त वास्तवमा अविभक्त भनेर जानिन्छ, त्यो ज्ञान सात्विक हो ।
श्लोक २१
पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् ।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ॥ १८-२१॥
सबै प्राणीमा परमात्मा भिन्न भिन्न रुपमा रहेको छ र अनेक भिन्न भिन्न भावको रचना गरेर रहन्छ भन्ने जसले मान्दछ, त्यो राजसी ज्ञान हो ।
श्लोक २२
यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् ।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ॥ १८-२२॥
एउटै परमात्माले केहीमा आशक्त नभई सबै कार्य गरिरहेको छ भन्ने जान्दछ तर उसमा तत्वज्ञान छैन भने त्यसको ज्ञान तामसी हो ।
श्लोक २३
नियतं सङ्गरहितमरागद्वेषतः कृतम् ।
अफलप्रेप्सुना कर्म यत्तत्सात्त्विकमुच्यते ॥ १८-२३॥
स्वधर्ममा रहेर राग, द्वेष र आशक्ति छोडेर जसले कर्म गर्दछ, फलको आशा बिना गरिएको कर्मलाई सात्विक भनिन्छ ।
श्लोक २४
यत्तु कामेप्सुना कर्म साहङ्कारेण वा पुनः ।
क्रियते बहुलायासं तद्राजसमुदाहृतम् ॥ १८-२४॥
फलको आशा राखेर अहंकारले युक्त भएर ठूलो मिहिनेतको साथ जुन कर्म गरिन्छ, त्यो राजस हो ।
श्लोक २५
अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम् ।
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते ॥ १८-२५॥
बन्धन, नाश, हिंसा, पुरुषार्थको विचार नगरी मोहवश जुन कार्य सुरु गरिन्छ, त्यसलाई तामसिक कर्म भनिन्छ ।
श्लोक २६
मुक्तसङ्गोऽनहंवादी धृत्युत्साहसमन्वितः ।
सिद्ध्यसिद्ध्योर्निर्विकारः कर्ता सात्त्विक उच्यते ॥ १८-२६॥
आशक्ति नलिई अहंकारलाई त्यागेर, धैर्य र उत्साहले सिद्धि र असिद्धि भए पनि मनमा विकार नलिई कर्म गर्नेलाई सात्त्विक कर्ता भनिन्छ ।
श्लोक २७
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः ।
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ॥ १८-२७॥
विषयमा आशक्ति राख्ने, कर्मफलको आशा गर्ने, लोभी हिंसाभाव राख्ने, अशुद्ध विचारको, केही पाउँदा खुसी भैहाल्ने र नपाउँदा अति शोक गर्ने, यस्तो कर्ता राजसी हो ।
श्लोक २८
अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोऽलसः ।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते ॥ १८-२८॥
के गर्ने ? के नगर्ने ? भन्ने थाहा नभएको, भौतिक वस्तुमा लालायित, हठि स्वभावको, मुर्ख, अरुको वृत्ति खोस्ने, अल्छी, असन्तुष्ट, ढिलो गरी काम गर्ने यस्तो कर्म गर्नेलाई तामस कर्ता भनिन्छ ।
श्लोक २९
बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु ।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय ॥ १८-२९॥
हे धनञ्जय ! बुद्धि र धृतिका त्रिगुण अनुसारका भेदलाई छुट्टाछुट्टै भन्दछु । जसको बारेमा सुन ।
श्लोक ३०
प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये ।
बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ॥ १८-३०॥
हे पृथापुत्र अर्जुन ! जसले प्रवृत्ति र निवृत्तिको कार्यको, अकार्यको, भय र अभयको, बन्धन र मोक्षको यथार्थ रुपमा जानकारी राख्छ, त्यो सात्विक बुद्धि हो ।
श्लोक ३१
यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च ।
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ॥ १८-३१॥
हे पार्थ ! जसले धर्म र अधर्म, कार्य र अकार्यको यथार्थ रुपमा जानकारी राख्न सक्तैन त्यो राजसी बुद्धि हो ।
श्लोक ३२
अधर्मं धर्ममिति या मन्यते तमसावृता ।
सर्वार्थान्विपरीतांश्च बुद्धिः सा पार्थ तामसी ॥ १८-३२॥
जसले अधर्मलाई धर्म, असत्यलाई सत्य यस्तै सबैलाई विपरित रुपमा बुझ्दछ, त्योे तामसिक बुद्धि हो ।
श्लोक ३३
धृत्या यया धारयते मनःप्राणेन्द्रियक्रियाः ।
योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्त्विकी ॥ १८-३३॥
हे पार्थ ! मन, प्राण र इन्द्रियका क्रियाहरुलाई व्यभिचारबाट रोकेर योगद्वारा जुन धारण गर्छ, त्यो सात्विक धृति हो ।
श्लोक ३४
यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन ।
प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी ॥ १८-३४॥
हे अर्जुन ! जसले फलको इच्छा राखेर धर्म, अर्थ र कामको लागि जुन धारण गर्छ, त्यो राजसी धृति हो ।
श्लोक ३५
यया स्वप्नं भयं शोकं विषादं मदमेव च ।
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ॥ १८-३५॥
हे पार्थ ! जसले स्वप्न, भय, शोक, विषाद र मदले युक्त भएर त्यस्तो दुर्बुद्धिले जुन धारण गर्छ, त्यो तामसी धृति हो ।
श्लोक ३६
सुखं त्विदानीं त्रिविधं शृणु मे भरतर्षभ ।
अभ्यासाद्रमते यत्र दुःखान्तं च निगच्छति ॥ १८-३६॥
हे भरतकुलभुषण ! अब सुखका तीन किसिमका भेद छन्, त्यो बताउँछु, सुन । जसको अभ्यास गर्नाले मानिस दुःखबाट मुक्त हुन्छ ।
श्लोक ३७
यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम् ।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ॥ १८-३७॥
जुन सुरु गर्दा विषजस्तो लाग्ने परिणाममा अमृत पाइने त्यो आत्मबुद्धिद्वारा सधै प्रसन्न रहने सुखलाई सात्विक भनिन्छ ।
श्लोक ३८
विषयेन्द्रियसंयोगाद्यत्तदग्रेऽमृतोपमम् ।
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ॥ १८-३८॥
इन्द्रियका विषयहरुबाट हुने सुख जुन सुरुमा अमृततुल्य र परिणाममा विषसरह हुन्छ त्यस्तो सुखलाई राजस भनिन्छ ।
श्लोक ३९
यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः ।
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ॥ १८-३९॥
निद्रा, आलस्य, प्रमाद आदिबाट पाइने आरम्भमा परिणाम दुवैमा मोेहमा फसाउने सुखलाई तामसी भनिन्छ ।
श्लोक ४०
न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः ।
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ॥ १८-४०॥
यस पृथ्वीमा, अन्तरिक्षमा, देवलोकमा वा अन्यत्र कहीँ पनि यस्तो वस्तु छैन जहाँ प्रकृतिका तीन गुणको प्रभावले मुक्त भएको छ ।
श्लोक ४१
ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः ॥ १८-४१॥
हे परन्तप अर्जुन ! ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र प्रकृतिको स्वभाव, उत्पत्ति र गुण अनुसार विभक्त गरिएको छ ।
श्लोक ४२
शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ॥ १८-४२॥
सम, दम, तप, शौच, इमानदारी, ज्ञान, विज्ञान, ईश्वरमा आस्था यी ब्राह्मणका कर्म स्वभाव हुन् ।
श्लोक ४३
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ॥ १८-४३॥
शुरोपना, तेज, धैर्य, सच्चापन, युद्धबाट पलायन नहुनु, दान, ईश्वरमा आस्था क्षेत्रीका कर्म स्वभाव हुन् ।
श्लोक ४४
कृषिगौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् ।
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ॥ १८-४४॥
कृषि, गाईको रक्षा र व्यापार वैश्यका कर्म स्वभाव हुन् भने सेवामुलक कार्यहरु शुद्रका कर्म स्वभाव हुन् ।
श्लोक ४५
स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ॥ १८-४५॥
आफ्ना आफ्ना गुण स्वभाव अनुसारका कर्म गरेर मानिसले सिद्धि पाउँछन् । आफ्नो कर्ममा रहेर गरेका कर्मबाट सिद्धि पाउने तरिकाको बारेमा सुन ।
श्लोक ४६
यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानवः ॥ १८-४६॥
जुन परमात्माबाट सबै प्राणीहरुको उत्पत्ति भएको छ र जसमा सम्पूर्ण जगत व्याप्त भएर रहेको छ, उही परमात्मालाई आफ्नो कर्म स्वभाव अनुसार पुजा गरेर परमसिद्धि प्राप्त हुन्छ ।
श्लोक ४७
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ॥ १८-४७॥
परधर्म सजिलो भएपनि त्यसको पालन गर्नुभन्दा अवगुण नै भएपनि स्वधर्म श्रेयष्कर हुन्छ । स्वभाव अनुसार व्यवस्था गरिएका कर्म गर्दा पाप लाग्दैन ।
श्लोक ४८
सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् ।
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ॥ १८-४८॥
हे कौन्तेय ! स्वभाव अनुसार प्राप्त कर्म दोषले युक्त भएपनि त्याग्न हुँदैन । जसरी आगोमा धुँवा देखिएजस्तै सबै कर्ममा कुनै न कुनै दोष हुन्छन् ।
श्लोक ४९
असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः ।
नैष्कर्म्यसिद्धिं परमां संन्यासेनाधिगच्छति ॥ १८-४९॥
आशक्ति रहित बुद्धिले मनलाई नियन्त्रण गरेर वासनालाई त्यागेर कर्म गरेमा सन्यासद्वारा परम नैष्कर्मसिद्धि प्राप्त हुन्छ ।
श्लोक ५०
सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे ।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ॥ १८-५०॥
हे कौन्तेय ! सिद्धि प्राप्त गरेर ब्रह्मतत्वको बोध गरी ज्ञानको पराभावमा समाहित हुने तरिका जानकारी गराउँछु ।
श्लोक ५१
बुद्ध्या विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च ।
शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ॥ १८-५१॥
बुद्धिमान मानिसले विशुद्ध, नरम, धैर्य प्रदान गर्ने, इन्द्रिय नियन्त्रण गर्ने, शब्दादि विषयलाई त्याग्न सक्ने क्षमता प्रदान गर्ने, राग द्वेषबाट बचाउने आहारा गर्नुपर्छ ।
श्लोक ५२
विविक्तसेवी लघ्वाशी यतवाक्कायमानसः ।
ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितः ॥ १८-५२॥
एकान्तवास, अल्पहारी, वाणी, शरीर र मनलाई नियन्त्रण गर्ने, सधैं ध्यान योगमा तत्पर रहने वैराग्य दिने लिने गर्नुपर्छ ।
श्लोक ५३
अहङ्कारं बलं दर्पं कामं क्रोधं परिग्रहम् ।
विमुच्य निर्ममः शान्तो ब्रह्मभूयाय कल्पते ॥ १८-५३॥
अहंकार, बहादुरी, घमण्ड, काम, क्रोध, परिग्रह, शान्त र ममता भावलाई त्यागेर ब्रह्मभावमा रहनुपर्छ ।
श्लोक ५४
ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति ।
समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ॥ १८-५४॥
ब्रह्ममा स्थित भएपछि उसको आत्मा प्रसन्न रहन्छ । उसले न केहीको चाहना गर्छ न कसैप्रति द्वेष गर्छ । सबै प्राणीमा समभाव राख्छ र मेरो पराभक्ति प्राप्त गर्छ ।
श्लोक ५५
भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः ।
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ॥ १८-५५॥
त्यो भक्तले म परमात्मालाई जान्दछ । साथै मेरो तत्वको बारेमा जान्दछ । अनि त्यो तत्व ज्ञाता मैरे स्वरुपको भएर रहन्छ ।
श्लोक ५६
सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रयः ।
मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम् ॥ १८-५६॥
त्यस्तो मेरो आश्रय लिएको भक्तले सबै काम गरिरहे पनि मेरो कृपा प्राप्त भएकोले उसलाई मेरो शाश्वत अव्यय पद प्राप्त हुन्छ ।
श्लोक ५७
चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः ।
बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव ॥ १८-५७॥
सबै कर्महरुलाई म मा समर्पण गरेर आध्यात्मिक चेतनाको विकास गर र बुद्धियोगको आश्रय लिएमा चित्त सदा सर्वदा म मा लागिरहनेछ ।
श्लोक ५८
मच्चित्तः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि ।
अथ चेत्त्वमहङ्कारान्न श्रोष्यसि विनङ्क्ष्यसि ॥ १८-५८॥
म मा चित्त स्थिर भएपछि मेरो कृपाले कठिनाईहरुबाट पार पाइन्छ । यदि चित्त अहङ्कारले युक्त भएमा मेरो भनाइ नसुन्दा सर्वनाश हुन्छ ।
श्लोक ५९
यदहङ्कारमाश्रित्य न योत्स्य इति मन्यसे ।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ॥ १८-५९॥
अहङ्कारले युक्त भएर युद्ध गर्दिन भन्नु नै झुटो हो किनकी प्रकृतिको नियम अनुसार नै कार्य सञ्चालन भईरहेको हुन्छ ।
श्लोक ६०
स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा ।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोऽपि तत् ॥ १८-६०॥
हे कुन्तिपुत्र अर्जुन ! तिमी आफ्नै यिनै कर्महरुद्वारा मोहमा बाँधिएर रहेका छौ । इच्छा नभएपनि स्वभावैले तिमीले यो काम नगरि हुँदैन ।
श्लोक ६१
ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ॥ १८-६१॥
हे अर्जुन ! ईश्वर सबै प्राणीहरुको हृदयमा अवस्थित छन् । मायाको भ्रममा परेर प्राणीहरु यन्त्रको चक्का घुमेजस्तै संसार चक्रमा घुमिरहन्छन् ।
श्लोक ६२
तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ॥ १८-६२॥
हे भारत ! अब तिमी सबै भावहरुभन्दा माथि उठेर परमात्माको शरणमा जाउ । उहाँको कृपाबाट तिमी शाश्वत तत्वको प्राप्त गर्नेछौ र शान्ति पाउनेछौ ।
श्लोक ६३
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया ।
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ॥ १८-६३॥
यो अति नै रहस्यहरुको ज्ञान मैले तिमीलाई बताएको छु । अब सोच विचार गरेर आफ्नो इच्छा अनुसार गर ।
श्लोक ६४
सर्वगुह्यतमं भूयः शृणु मे परमं वचः ।
इष्टोऽसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ॥ १८-६४॥
रहस्यहरुको पनि रहस्य म तिमीलाई बताउँछु । तिमी मेरो असाध्यै प्रिय हुनाले यी हितकारक वाक्यहरु सुन ।
श्लोक ६५
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ॥ १८-६५॥
मनलाई म मा समपर्ण गर । मेरो भक्त बन । मेरै पुजन गर । मलाई नमस्कार गर । मलाई प्रिय लाग्ने काम गर । म सत्य प्रतिज्ञा गर्दछु कि तिमी मेरो स्वरुपमा प्राप्त हुनेछौ ।
श्लोक ६६
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥ १८-६६॥
सबै धर्महरुलाई परित्याग गरी शरणमा पर । तिमीलाई सबै पापबाट छुटाएर मोक्ष गराउनेछु ।
श्लोक ६७
इदं ते नातपस्काय नाभक्ताय कदाचन ।
न चाशुश्रूषवे वाच्यं न च मां योऽभ्यसूयति ॥ १८-६७॥
यसरी जसले तपस्या गरेको छैन, जो भक्त छैन, जसले निन्दा युक्त वाणी बोल्छ, त्यस्तो मान्छेलाई यो रहस्यपूर्ण ज्ञान कहिल्यै नबताउनु ।
श्लोक ६८
य इदं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति ।
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशयः ॥ १८-६८॥
जसले यो परमात्माको रहस्यलाई मेरा भक्तहरुलाई बताउला, उसमा परा भक्ति बढ्नेछ र म स्वरुपमा प्राप्त हुनेछु ।
श्लोक ६९
न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तमः ।
भविता न च मे तस्मादन्यः प्रियतरो भुवि ॥ १८-६९॥
मेरो त्यो भन्दा प्यारो मान्छे अरु कुनै हुने छैन । त्यसको लागि पनि म भन्दा प्यारो अरु हुने छैन ।
श्लोक ७०
अध्येष्यते च य इमं धर्म्यं संवादमावयोः ।
ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ॥ १८-७०॥
जसले तिम्रो र मेरो बीचमा भएको धर्म संवादलाई आदि देखि अन्त्यसम्म पढ्ला त्यसले ज्ञान यज्ञद्वारा प्राप्त गर्ने सम्पूर्ण फल प्राप्त गर्नेछ भन्ने मेरो मत छ ।
श्लोक ७१
श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः ।
सोऽपि मुक्तः शुभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ॥ १८-७१॥
सारा दोषहरुलाई छोडेर श्रद्धासाथ जसले यसलाई सुन्दछन्, पुण्यकर्मको प्रभावले तिनीहरु शुभलोकमा रहेर अन्त्यमा मुक्ति हुनेछन् ।
श्लोक ७२
कच्चिदेतच्छ्रुतं पार्थ त्वयैकाग्रेण चेतसा ।
कच्चिदज्ञानसम्मोहः प्रनष्टस्ते धनञ्जय ॥ १८-७२॥
हे पार्थ ! तिमीले चेतनालाई एकत्रित गरेर यो गीता ज्ञान श्रवण गर्यौ कि गरेनौ ? धन विजेता अर्जुन ! तिम्रो अज्ञानले युक्त मोह नष्ट भयो कि भएन ?
श्लोक ७३
अर्जुन उवाच
नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देहः करिष्ये वचनं तव ॥ १८-७३॥
अर्जुनले निवेदन गरे - 'हे अच्युत भगवान ! हजूरका कृपा प्रसादले मेरो मोह हटेको छ । कर्तव्यको बोध भएको छ । मेरा सबै सन्देहहरु बिलाएका छन् । अब म हजूरको वचन अनुसार काम गर्नेछु ।'
श्लोक ७४
सञ्जय उवाच
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः ।
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम् ॥ १८-७४॥
सञ्जयले विन्ति गरे - 'हे महाराज ! यस प्रकार मैले वासुदेव भगवान श्रीकृष्ण र पृथापुत्र अर्जुन बीचको अद्भुत संवाद सुनाएँ जसले प्रत्येक रौँका प्वाल प्वालमा हर्ष तरङ्गित भएको छ ।'
श्लोक ७५
व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम् ।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् ॥ १८-७५॥
श्री वेदव्यासका कृपा प्रसादले गर्दा भगवान श्रीकृष्णका मुखारबिन्दबाटै प्रकट यो योग श्रवण गरेको हुँ ।
श्लोक ७६
राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम् ।
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः ॥ १८-७६॥
हे राजन ! केशव भगवान र अर्जुन बीचको पुण्यदायक अद्भुत संवाद बारम्बार स्मरण भईरहेको छ जसबाट म अति हर्षित छु ।
श्लोक ७७
तच्च संस्मृत्य संस्मृत्य रूपमत्यद्भुतं हरेः ।
विस्मयो मे महान् राजन्हृष्यामि च पुनः पुनः ॥ १८-७७॥
हे महाराज ! भगवान श्री हरिको त्यो अद्भुत स्वरुपको बारम्बार स्मरण भईरहेको छ । म आश्चर्यचकित छु । साथै पल पलमा हर्षविभोर भईरहेको छु ।
श्लोक ७८
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ॥ १८-७८॥
जहाँ योगेश्वर भगवान श्रीकृष्ण हुनुहुन्छ, जहाँ धुनर्धारी अर्जुन छन्, त्यहीँ संपदा, विजय, ऐश्वर्य, सत्य र धर्म रहेका छन् भन्ने मेरो मत छ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे मोक्षसंन्यासयोगो नाम अष्टादशोऽध्यायः ॥ १८॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८
६९
७०
७१
७२
७३
७४
७५
७६
७७
७८