भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ॥ १६-१॥
श्रीभगवानले उपदेश गर्नुभयो - 'अभय, सत्वसंशुद्धि, ज्ञानयोग, दान, दम, यज्ञ, स्वाध्याय, तप र आर्जव....
श्लोक २
अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम् ॥ १६-२॥
अहिंसा, सत्य, अक्रोध, त्याग, शान्ति, अपैशुन, दया, अलोलपुता, मार्दव र चञ्चलता....
श्लोक ३
तेजः क्षमा धृतिः शौचमद्रोहो नातिमानिता ।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ॥ १६-३॥
तेज, क्षमा, द्यृति, शौच, अद्रोह, अति मानको अभाव यी गुणहरु दैविशक्ति भएका मानिसहरुमा पाइन्छ ।
श्लोक ४
दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ॥ १६-४॥
हे पृथ्वापुत्र अर्जुन ! दम्भ, दर्प, अभिमान, क्रोध, कठोरता र अज्ञान यी अवगुणहरु आसुरी शक्ति भएका मान्छेमा पाईन्छ ।
श्लोक ५
दैवी सम्पद्विमोक्षाय निबन्धायासुरी मता ।
मा शुचः सम्पदं दैवीमभिजातोऽसि पाण्डव ॥ १६-५॥
दैवी गुण भएका मान्छेहरु मोक्षका अधिकारी हुन्छन् र आसुरी स्वभावका मान्छेहरु बन्धनमा पर्छन् । हे पाण्डुपुत्र अर्जुन तिमी दैवी गुणले सम्पन्न हुनाले शोक नगर ।
श्लोक ६
द्वौ भूतसर्गौ लोकेऽस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे शृणु ॥ १६-६॥
हे पाण्डुपुत्र अर्जुन ! यो संसारमा जन्म लिने दुई किसिमका मान्छेहरुमा दैवी र आसुरी स्वभाव हुन्छन्। दैवी स्वभावको बारे मैले विस्तारसँग भनिसकेँ अब आसुरी स्वभावको बारे भन्छु सुन ।
श्लोक ७
प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ॥ १६-७॥
प्रवृत्ति र निवृत्तिको बारेमा नजान्नेहरु असुर हुन् । तिनीहरुलाई शुद्धता, आचार र सत्यको पनि ज्ञान हुँदैन ।
श्लोक ८
असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।
अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ॥ १६-८॥
तिनीहरुले असत्यलाई धारण गरेको हुनाले यो शरीर ईश्वर बिनाको भन्ने धारणा राख्छन् । मैथुनबाट शरीर उत्पन्न हुन्छ । अरु कुनैसँग यसको सम्बन्ध छैन भनी असुरहरु बताउँछन् ।
श्लोक ९
एतां दृष्टिमवष्टभ्य नष्टात्मानोऽल्पबुद्धयः ।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोऽहिताः ॥ १६-९॥
यस्तो कुदृष्टि राखेर अल्पबुद्धि भएकाहरुले आत्मालाई स्विकार गर्दैनन् र तिनीहरुले उग्रकर्म गरेर जगतको अहित गर्छन् र अन्त्यमा नासिन्छन् ।
श्लोक १०
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः ।
मोहाद्गृहीत्वासद्ग्राहान्प्रवर्तन्तेऽशुचिव्रताः ॥ १६-१०॥
दम्भ र अभिमानले चर्लुम्मै डुबेर विषयभोगमा रमाउँदै दम्भ, मान र मद उन्मत्त हुँदै भ्रममा रहेका आसुरीजनहरु सधैँ खराब काम मात्र गर्छन् ।
श्लोक ११
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिताः ।
कामोपभोगपरमा एतावदिति निश्चिताः ॥ १६-११॥
जीवनको अन्तिम घडिसम्म पनि कामेक्षाको सुखभोगबाट सन्तुष्ट नभएर विषय चिन्तन गरिरहन्छन् ।
श्लोक १२
आशापाशशतैर्बद्धाः कामक्रोधपरायणाः ।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान् ॥ १६-१२॥
सयौं आशाका त्यान्द्राहरु बुनेर काम र क्रोेधको आवगेमा फसेका यिनीहरु विषयभोगको लागि सर्वश्व खर्च गर्न तयार हुन्छन् ।
श्लोक १३
इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम् ।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ॥ १६-१३॥
मनको इच्छा पूरा गर्न नै यिनीहरुको समय खर्च भएको हुन्छ । अहिले यति पूरा भयो र भविष्यमा यहाँसम्मको सम्पत्ति बनाउनेछु भन्दै समय बिताउँछन् ।
श्लोक १४
असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि ।
ईश्वरोऽहमहं भोगी सिद्धोऽहं बलवान्सुखी ॥ १६-१४॥
मनमा प्रतिशोधको भावना लिएर यिनीहरु ईख पालेर बस्दछन् । ऐश्वर्य भोगको अधिकारी, भोगी, सिद्ध र आफूलाई ईश्वर सम्झछन् ।
श्लोक १५
आढ्योऽभिजनवानस्मि कोऽन्योऽस्ति सदृशो मया ।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिताः ॥ १६-१५॥
यिनीहरु धनसम्पत्ति र खानदानको अभिमान गर्छन् । अज्ञानले मोहित भएकाले आफूभन्दा ठूलो अरु कसैलाई देख्दैनन् । अरु सबैलाई दास सम्झिछन् ।
श्लोक १६
अनेकचित्तविभ्रान्ता मोहजालसमावृताः ।
प्रसक्ताः कामभोगेषु पतन्ति नरकेऽशुचौ ॥ १६-१६॥
अनेक तिर चित्त लगाएका यिनीहरु मोहजालमा फसेका छन् । कामभोगमा अतिरञ्जित भएको अपवित्र नरकमा पर्छन् र दुःख भोग्छन् ।
श्लोक १७
आत्मसम्भाविताः स्तब्धा धनमानमदान्विताः ।
यजन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम् ॥ १६-१७॥
आफ्नो प्रशंसा आफै गर्ने हठी स्वभावका धन र मानले उन्मत्त भएर शास्त्र र विधिको परित्याग गरी दम्भले युक्त भएर नामको मात्रै यज्ञ गर्दछन् ।
श्लोक १८
अहङ्कारं बलं दर्पं कामं क्रोधं च संश्रिताः ।
मामात्मपरदेहेषु प्रद्विषन्तोऽभ्यसूयकाः ॥ १६-१८॥
अहंकार, बल, दर्प, काम, क्रोधको आढ लिएर म सम्पूर्ण प्राणीको देहमा रहने परमात्मामा द्वेष राख्दछन् ।
श्लोक १९
तानहं द्विषतः क्रूरान्संसारेषु नराधमान् ।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु ॥ १६-१९॥
यस्ता द्वेष काम गर्ने क्रुर पापकर्मी नराधमहरुलाई म आसुरी योनीमा धपाइदिन्छु ।
श्लोक २०
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ॥ १६-२०॥
हे कुन्तिपुत्र अर्जुन ! तिनीहरु अनेक जन्मसम्म आसुरी योनी मै भौतारिरहन्छन् । मलाई नजान्नाले बारम्बार अधोगति पाइरहन्छन् ।
श्लोक २१
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ॥ १६-२१॥
काम, क्रोध र लोभ यी तीनवटाले नरकको मुख उघारिदिन्छन् । यिनले सर्वनाश गर्छन् । त्यसैले यिनलाई त्याग गर्नुपर्छ ।
श्लोक २२
एतैर्विमुक्तः कौन्तेय तमोद्वारैस्त्रिभिर्नरः ।
आचरत्यात्मनः श्रेयस्ततो याति परां गतिम् ॥ १६-२२॥
हे कुन्तिपुत्र अर्जुन ! यी तीन प्रकारको अन्धकारमा फसाउने तमोद्वारबाट छुटेपछि जसले आफूलाई कल्याण हुने आचारण गर्छ, त्यसले सर्वोच्च स्थान प्राप्त गर्दछ ।
श्लोक २३
यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः ।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ॥ १६-२३॥
जसले शास्त्रमा उल्लेख गरिएको विधिलाई छोडेर मनोमानी गर्न लाग्छ, त्यसलाई सिद्धि पनि हुँदैन । सुखपनि मिल्दैन । त्यस्ताले परम गति पाउने कुरै भएन ।
श्लोक २४
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ॥ १६-२४॥
त्यसैले कार्य र अकार्य व्यवस्थित तरिकाले जान्नको लागि शास्त्रलाई प्रमाण मान्नुपर्छ । शास्त्रमा बताइएको विधिलाई प्रयोग गरेर कर्म गर्नुपर्छ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे दैवासुरसम्पद्विभागयोगो नाम षोडशोऽध्यायः ॥ १६॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४