भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः ।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ॥ ७-१॥
श्री भगवानले सम्झाउनुभयो - 'हे पृथापुत्र अर्जुन ! मप्रति आकर्षित भएको मनद्वारा ममा नै आश्रित भएर योग गरेमा सारा शङ्काहरु हटेर क्षणभरमा नै मेरो यथार्थ ज्ञान गर्नेछौ ।'
श्लोक २
ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।
यज्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते ॥ ७-२॥
विज्ञान सहितको यो ज्ञान म एक एक गरी बताउँछु जसलाई जानेपछि धर्तीमा यो भन्दा जान्नपर्ने अरु छैन ।
श्लोक ३
मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः ॥ ७-३॥
हजारौँ मानिसहरुमा कुनै कुनै मात्र सिद्धि प्राप्तिको लागि प्रयास गर्छन् । सिद्धि प्राप्त गरेकाहरु मध्ये कोही कोहीले मात्र मलाई तत्वज्ञानद्वारा जान्दछन् ।
श्लोक ४
भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ॥ ७-४॥
पृथ्वी, जल, तेज, वायु ,आकाश, मन, बुद्वि र अहंकार यी आठ अभिन्न मेरा प्रकृति हुन् ।
श्लोक ५
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ॥ ७-५॥
हे महावाहु अर्जुन ! यी अपरा प्रकतिलाई संचालन गर्ने प्राणीहरुमा जीवको रुपमा रहेकी उच्चस्तरकी प्रकति छन् जसले यो चराचर जगतलाई धारण गरेर रहेकी छन् ।
श्लोक ६
एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय ।
अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा ॥ ७-६॥
यी दुई किसिमका प्रकृति मिलेर सम्पूर्ण प्राणीलाई सञ्चालन गर्छन् । यो जगतको उत्पत्ति र प्रलय मबाट हुन्छ ।
श्लोक ७
मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ॥ ७-७॥
हे धनञ्जय अर्जुन ! म भन्दा पर अरु केही पनि छैन । धागोमा रत्नहरु उनिए जस्तै यो चराचर जगत म मा रहेको छ ।
श्लोक ८
रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ॥ ७-८॥
हे कुन्तिपुत्र अर्जुन ! म जलमा रसको रुपमा रहेको छु । चन्द्रमा र सूर्यमा म प्रभा हुँ । सबै वेदहरुमा ॐकार हुँ र आकाशमा शब्द हुँ ।
श्लोक ९
पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ ।
जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु ॥ ७-९॥
म पृथ्वीमा शुद्ध गन्धको रुपमा, अग्निमा तेजको रुपमा, सबै प्राणीहरुमा प्राणको रुपमा र तपश्वीहरुमा तपको रुपमा रहेको छु ।
श्लोक १०
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ॥ ७-१०॥
हे पृथापुत्र अर्जुन ! मलाई सबै प्राणीहरुमा सनातन बीजको रुपमा जान । विद्वानहरुमा बुद्धिको रुपमा, साहसीहरुमा तेजको रुपमा रहेको छु ।
श्लोक ११
बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ ॥ ७-११॥
हे भरतश्रेष्ठ अर्जुन ! कामना र आसक्तिले रहित शक्तिशालीहरुमा बलको रुपमा र सबै प्राणीहरुमा धर्मको पालना गराउने काम हुँ ।
श्लोक १२
ये चैव सात्त्विका भावा राजसास्तामसाश्च ये ।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ॥ ७-१२॥
सात्विक, राजर्षि र तामसि तीन किसिमका भावहरु म बाटै प्रकाशित भएका हुन् । म तिनीहरुमा छैन तर तिनीहरु म मा छन् ।
श्लोक १३
त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ॥ ७-१३॥
यो संसारमा सबै चिज त्रिगुणमय भावमा रहेको छ । अज्ञानको मोहमा परेकाहरुले म अविनाशी परमात्मा हुँ भनेर जान्दैनन् ।
श्लोक १४
दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ॥ ७-१४॥
मेरा यी त्रिगुणमयी मायाबाट पार पाउन गाह्रो छ । जो मेरो शरणमा आउँछन् उनीहरु मेरो मायालाई छेदन गर्दछन् ।
श्लोक १५
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ॥ ७-१५॥
दुष्कर्ममा लागेका मूढ र अधम मानिस मलाई जान्दैनन् । त्यस्ता मायाको जालमा फसेका असुरहरु म मा आश्रित हुँदैनन् ।
श्लोक १६
चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ॥ ७-१६॥
हे संगीतज्ञाता अर्जुन ! आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानी यी चार विधाका मान्छेहरु मेरो भजन गर्दछन् ।
श्लोक १७
तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते ।
प्रियो हि ज्ञानिनोऽत्यर्थमहं स च मम प्रियः ॥ ७-१७॥
तिनीहरुमध्ये निरन्तर म मा रहने, मेरो भक्तिमा तन्मय रहेको, सबैको प्रिय ज्ञानीभक्त मेरो लागि अति प्यारो छ ।
श्लोक १८
उदाराः सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम् ।
आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ॥ ७-१८॥
सबै भक्त उच्च हुन् । मेरो ज्ञानी भक्त त मेरै आत्मा स्वरुप हो भन्ने मेरो मत हो । त्यस्ता युक्तात्मा ज्ञानीले मलाई उत्तमोत्तम गति सझिन्छन् ।
श्लोक १९
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते ।
वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ॥ ७-१९॥
अनेकोैं जन्महरु पार गरिसकेपछि ती ज्ञानवान पुरुष सबै नै वासुदेव हो भन्ने जान्दछन् । त्यस्ता माहात्माहरु दुर्लभ छन् ।
श्लोक २०
कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेऽन्यदेवताः ।
तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ॥ ७-२०॥
प्रकृतिको नियमको परिबन्धमा परेका त्यस्ता कामवासना युक्त मानिस आफ्नो आफ्नो स्वभाव अनुसारका देवताहरु मान्दछन् ।
श्लोक २१
यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ॥ ७-२१॥
श्रद्धायुक्त भएर जे जे कामनाको लागि जो जो देवताको उपासना गर्छन्, म ती ती देवतमा श्रद्धा दिलाईदिन्छु ।
श्लोक २२
स तया श्रद्धया युक्तस्तस्याराधनमीहते ।
लभते च ततः कामान्मयैव विहितान्हि तान् ॥ ७-२२॥
त्यस्ता भक्त श्रद्धायुक्त भएर जुन जुन देवताको आरधना गर्छन् तिनीहरुले चाहे अनुसारको फल भोगबाट लाभान्वित हुन्छन् ।
श्लोक २३
अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम् ।
देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ॥ ७-२३॥
अल्प बुद्धि भएका त्यस्ता मान्छेहरु नाशवान फल प्राप्त गर्छन् । देवतालाई पुज्नेहरु देवतामा मिल्छन् र मलाई पुज्नेहरु ममा नै मिल्छन् ।
श्लोक २४
अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयः ।
परं भावमजानन्तो ममाव्ययमनुत्तमम् ॥ ७-२४॥
बुद्धि नभएकाहरु भावातीत, अव्यय, अति उत्तम मेरो अव्यक्त रुपलाई नजानेर मलाई व्यक्त भएको सम्झन्छन् ।
श्लोक २५
नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः ।
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम् ॥ ७-२५॥
म योगमायाले ढाकिएर अप्रकाशित रुपमा सबै प्राणीमा रहन्छु । अज्ञानीहरु कहिल्यै नजन्मने अविनाशी परमात्मालाई चिन्दैनन् ।
श्लोक २६
वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।
भविष्याणि च भूतानि मां तु वेद न कश्चन ॥ ७-२६॥
हे अर्जुन ! म पहिले, अहिले र पछि हुने सबैलाई जान्दछु तर प्राणीहरु मलाई चिन्दैनन् ।
श्लोक २७
इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत ।
सर्वभूतानि सम्मोहं सर्गे यान्ति परन्तप ॥ ७-२७॥
हे भरत कुलदीप अर्जुन ! इच्छा द्वेषबाट उत्पन्न हुने भावमा फसेर सुःख–दुःख, सर्दि–गर्मी आदि द्वन्द्वमा लागेका र मोहको उत्कण्ठामा परेका प्राणीहरु सबैतिर भ्रममा परेका छन् ।
श्लोक २८
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् ।
ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढव्रताः ॥ ७-२८॥
जसका पुण्यकर्मद्वारा सबै पापहरु छुटेका छन्, द्वन्द्व, मोहबाट मुक्त त्यस्तो मानिसले अति दृढतासाथ मेरो भक्ति गर्छन् ।
श्लोक २९
जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये ।
ते ब्रह्म तद्विदुः कृत्स्नमध्यात्मं कर्म चाखिलम् ॥ ७-२९॥
जन्म मरण रुपी चक्रबाट छुटकारा पाउन मेरो शरणमा परेका त्यस्ता मानिसहरुले म कृष्णको बारेमा, कर्मको बारेमा, अध्यात्मको बारेमा र ब्रह्मको बारेमा यथार्थ ज्ञान पाउँछन् ।
श्लोक ३०
साधिभूताधिदैवं मां साधियज्ञं च ये विदुः ।
प्रयाणकालेऽपि च मां ते विदुर्युक्तचेतसः ॥ ७-३०॥
तिनीहरु अधिभूत, अधिदैव र अधियज्ञ म मै जान्दछन् । युक्त चेतना भएका त्यस्ता मानिस प्राण उत्सर्गको समयमा मलाई स्मरण गर्दछन् । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानविज्ञानयोगो नाम सप्तमोऽध्यायः ॥ ७॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०