भगवद् गीता
«
श्लोक १
अर्जुन उवाच
संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् ॥ ५-१॥
अर्जुनले भने - 'हे कृष्ण भगवान ! हजूरले कहिले कर्मको सन्यास र कहिले फेरि योगको कुरा गर्दा मलाई झन् शंका उत्पन्न भयो । मलाई एउटा श्रेयष्कार पद्धतिको उपदेश गर्नुभए म आभारी हुनेछु ।'
श्लोक २
श्रीभगवानुवाच
संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते ॥ ५-२॥
श्रीभगवानले भन्नुभयो - 'कर्मको संन्यास र कर्मयोग दुवै अनिवार्य छन् । तैपनि कर्मसन्यासयोग भन्दा कर्मयोग विशेष उच्च छ ।'
श्लोक ३
ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ॥ ५-३॥
हे महावाहु अर्जुन ! जो पुरुष न कुनै वस्तुमा द्वेष राख्छ वा न कुनै वस्तुको इच्छा गर्छ र जो द्वन्दबाट माथि उठेको छ, त्यो बन्धनबाट मुक्त हुन्छ ।
श्लोक ४
साङ्ख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः ।
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम् ॥ ५-४॥
पण्डितहरु सांख्य र योगमा फरक देख्दैनन् । यी दुवैबाट पाइने फल एउटै मान्दछन् ।
श्लोक ५
यत्साङ्ख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।
एकं साङ्ख्यं च योगं च यः पश्यति स पश्यति ॥ ५-५॥
सांङ्ख्य योगीहरु ज्ञानबाट जुन परमधाम प्राप्त गर्छन्, योगीहरु पनि कर्मद्वारा त्यही स्थान प्राप्त गर्दछन् ।
श्लोक ६
संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
योगयुक्तो मुनिर्ब्रह्म नचिरेणाधिगच्छति ॥ ५-६॥
हे महावाहु अर्जुन ! कर्म नगरी कर्मको त्याग (सन्यास) हुन सक्दैन । ऋषिमुनिहरु पनि कर्मयोगद्वारा सजिलरी ब्रह्ममा अधिष्ठित हुन्छन् ।
श्लोक ७
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ॥ ५-७॥
योगयुक्त जीवात्माद्वारा मन र इन्द्रियहरु माथि विजय प्राप्त गरेर सबै प्राणीमा स्थित आत्मालाई जानेपछि कुनै पनि वस्तुमा टाँसिएर वास गर्दैनन् ।
श्लोक ८
नैव किञ्चित्करोमीति युक्तो मन्येत तत्त्ववित् ।
पश्यञ्शृण्वन्स्पृशञ्जिघ्रन्नश्नन्गच्छन्स्वपञ्श्वसन् ॥ ५-८॥
तत्ववेत्ताहरु आफूद्वारा कर्म भईरहेको छ भन्ने कुरा स्वीकार्दैनन् । देख्ने, सुन्ने, स्पर्श गर्ने, सुँघ्ने, सास फेर्ने, हिँड्ने, खाने आदि सबै काम परमात्माको शक्तिद्वारा भइरहेको मान्छन् ।
श्लोक ९
प्रलपन्विसृजन्गृह्णन्नुन्मिषन्निमिषन्नपि ।
इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इति धारयन् ॥ ५-९॥
वाणी, विर्सजन, ग्रहण, आँखा खोल्ने, बन्द गर्ने आदि सबै कर्महरु भएको तथा इन्द्रियहरु आफ्ना–आफ्ना विषयतिर आकर्षित भएको कुरा पनि तत्ववेत्ताहरु जान्दछन् ।
श्लोक १०
ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ॥ ५-१०॥
आफूद्वारा गरिने सबै कर्महरुलाई ब्रह्ममा अर्पण गरेर वासनाको त्याग भएपछि कमलको पातमा पानी नटाँसिए जस्तै कुनै पनि विषयवस्तुमा आसक्ति हुँदैन र पापबाट मुक्त हुन्छ ।
श्लोक ११
कायेन मनसा बुद्ध्या केवलैरिन्द्रियैरपि ।
योगिनः कर्म कुर्वन्ति सङ्गं त्यक्त्वात्मशुद्धये ॥ ५-११॥
योगीहरु कुनै पनि विषयमा वासना नराखी शरीर, मन, बुद्धि र इन्द्रियहरुबाट जे जति कर्म गर्छन्, शुद्ध भई आत्मामा स्थिर हुनको लागी गरिएको हो ।
श्लोक १२
युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।
अयुक्तः कामकारेण फले सक्तो निबध्यते ॥ ५-१२॥
योगले युक्त व्यक्ति निष्ठामा रहेर कर्मफललाई त्याग गरी शान्त अवस्थामा रहन्छन् । योगबाट विचलित व्यक्ति कर्मफलमा आशक्त भई बन्धनमा पर्छन् ।
श्लोक १३
सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वशी ।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ॥ ५-१३॥
त्यस्ता योगयुक्त व्यक्ति सबै कर्मलाई मनद्वारा त्याग गरेर नौवटा ढोका भएको यो स्थूल शरीर, सूक्ष्म र कारण तीनै शरीरबाट कुनै काम गरिएको हैन भन्ने बुझी सुखसाथ बस्दछन् ।
श्लोक १४
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः ।
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते ॥ ५-१४॥
भगवानले यस संसारमा कुनै कर्ता र कर्मको सिर्जना गर्नुहुन्न । कर्मफलको व्यवस्थापन पनि उहाँले गर्नुहुन्न । यी त प्रकृतिका नियम अनुसार चल्दछन् ।
श्लोक १५
नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः ।
अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ॥ ५-१५॥
भगवानले कसैको पनि पुण्य र पाप लिनुहुन्न । अज्ञानले ज्ञानलाई ढाकेको हुनाले सबै प्राणी भ्रममा परेका छन् ।
श्लोक १६
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ॥ ५-१६॥
आत्मामा स्थित पुरुषहरुको ज्ञानद्वारा अज्ञानको नाश भएको हुन्छ । ती आत्मस्थ व्यक्तिको परमज्ञान सूर्यजस्तै प्रकाशित भईरहन्छ ।
श्लोक १७
तद्बुद्धयस्तदात्मानस्तन्निष्ठास्तत्परायणाः ।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः ॥ ५-१७॥
जसको उद्देश्य परमात्मा प्राप्त गर्ने छ, जसको मन परमात्मातिर अभिमुख छ, ज्ञानद्वारा पाप पखालिएका छन्, त्यस्तो मानिसको पुनर्जन्म हुँदैन ।
श्लोक १८
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ॥ ५-१८॥
ती तत्वदर्शी पण्डितहरु आत्म विद्या र विनयले सम्पन्न आत्माज्ञानी, ब्राह्मणमा, गाई, हात्ती, कुकुर र चाण्डालमा पनि बराबर दृष्टिकोण राख्दछन् ।
श्लोक १९
इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः ॥ ५-१९॥
यसरी सम दृष्टिकोण राखेर मनलाई दोष विहीन बनाई परामात्मामा स्थिर गरी ब्रह्मकै रुपमा स्थित हौ ।
श्लोक २०
न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थितः ॥ ५-२०॥
जो प्रिय वस्तुको प्राप्तिमा प्रफुल्लित र अप्रिय वस्तुको प्राप्तिमा खिन्न हुँदैन, वासना त्यागेका त्यस्ता स्थिर बुद्धि भएका ब्रह्मज्ञाता ब्रह्ममै स्थित हुन्छन् ।
श्लोक २१
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ॥ ५-२१॥
विषय वासनमा आसक्त नभएको मानिस जसले आत्मामा नै सुखको अनुभव गर्छन्, त्यस्ता परमात्मासँगको योगमा रहेका शुद्धात्माहरुको सुख अक्षय हुन्छ ।
श्लोक २२
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः ॥ ५-२२॥
हे कुन्तिपुत्र अर्जुन ! बाहिरी विषय वासनाबाट हुने सुखको आदि र अन्त्य छ त्यसैलै बुद्धिमानहरु त्यस्तो विषय सुखमा रमाउँदैनन् ।
श्लोक २३
शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।
कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः ॥ ५-२३॥
आत्माले शरीरलाई छाडेर जानुभन्दा अगाडि नै जसले काम र क्रोधबाट हुने वेगलाई रोक्न सक्दछन्, त्यस्ता मानिस योगी हुन् । तिनीहरु नै सुखी हुन्छन् ।
श्लोक २४
योऽन्तःसुखोऽन्तरारामस्तथान्तर्ज्योतिरेव यः ।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोऽधिगच्छति ॥ ५-२४॥
अन्तर–आत्मामा सुखी हुने, अन्तर–आत्मामा नै रमाउने, अन्तर–ज्यातिको दर्शन गर्ने त्यस्ता योगी ब्रहमरुप हुन् । तिनीहरु ब्रह्मनिर्वाण प्राप्त गर्छन् ।
श्लोक २५
लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः ।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ॥ ५-२५॥
जसका पापका रेखाहरु छिनेका छन्, आशंका छुटेका छन् र सबै प्राणीहरुको हितमा लागिरहेका छन्, त्यस्ता ज्ञानीजन ब्रह्मनिर्वाण प्राप्त गर्छन् ।
श्लोक २६
कामक्रोधवियुक्तानां यतीनां यतचेतसाम् ।
अभितो ब्रह्मनिर्वाणं वर्तते विदितात्मनाम् ॥ ५-२६॥
काम र क्रोधलाई छाडेका, चेतनाको विकास भएका, आत्माज्ञान भएका साधु ब्रह्मनिर्वाण प्राप्त गर्छन् ।
श्लोक २७
स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुश्चैवान्तरे भ्रुवोः ।
प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ॥ ५-२७॥
बाहिरबाट आएका विषयहरुको लालसा त्यागी दुई आँखीभौँ को बीचमा ध्यान केन्द्रित गरी दुवै नाकको प्वालबाट बाहिर भित्र गरेर स्वाश–प्रस्वाशमा समदृष्टि राख्ने ।
श्लोक २८
यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः ।
विगतेच्छाभयक्रोधो यः सदा मुक्त एव सः ॥ ५-२८॥
वासना, क्रोध र डरलाई पहिले नै त्यागिसकेका मुनिहरुले, इन्द्रिय, मन र बुद्धिलाई मोक्ष कार्यमा अभिमुख गराउँछन् । तिनीहरु सधैँ मुक्त नै रहन्छन् ।
श्लोक २९
भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् ।
सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति ॥ ५-२९॥
यज्ञ र तपको फलभोक्ता प्राणीहरुको हृदयमा रहने सबै लोकको महेश्वर भनी मलाई जसले जान्दछ, त्यसले शान्ती पाउँछ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे संन्यासयोगो नाम पञ्चमोऽध्यायः ॥ ५॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९