उपनिषद्
«
ईशावास्योपनिषद् मन्त्र १
ॐ ईशा वास्यमिदꣳ सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ॥ १॥
संसारमा जति पनि स्थावर जंगम छन्, ती सबै ईश्वरद्वारा आच्छादनिय छन् अर्थात ईश्वरमय छन्। ती सबैलाई भगवतस्वरुप अनुभव गर्नुपर्छ। त्यसैले संसारमा त्यागभावबाट आफ्नो पालन गर्नुपर्छ। त्यागभावबाट भोग गर्नुपर्छ। अरुको धनको इच्छा गर्नुहुँदैन ।।१।।
ईशावास्योपनिषद् मन्त्र २
कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतꣳ समाः ।
एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यतेनरे॥ २॥
यस लोकमा दैविक कर्म गर्दै सय वर्ष बाँच्ने इच्छा गर्नुपर्छ। यस्तो कर्मले मानिस संसारमा लिप्त हुँदैन। यस बाहेक मानिसको लागि कल्याणको अर्को मार्ग हुँदैन ।।२।।
ईशावास्योपनिषद् मन्त्र ३
असुर्या नाम तेलोका अन्धेन तमसाऽऽवृताः ।
ताꣳस्तेप्रेत्याभिगच्छन्ति येके चात्महनोजनाः ॥ ३॥
असुर सम्बन्धि लोक आत्माको अदर्शनरुप अज्ञानले आच्छादित छ। जसले आत्माको हनन गर्छ, ऊ मरेपछि उसलाई असुर सम्बन्धि लोक प्राप्त हुन्छ ।।३।।
ईशावास्योपनिषद् मन्त्र ४
अनेजदेकं मनसोजवीयोनैनद्देवा आप्नुवन्पूर्वमर्षत् ।
तद्धावतोऽन्यानत्येति तिष्ठत्तस्मिन्नपोमातरिश्वा दधाति ॥ ४॥
आत्मा तत्व भनेको आफ्नो स्वरुपबाट विचलित हुँदैन, त्यो एक छ र तीब्र गतिवाला पनि छ। त्यो एक आत्मा तत्व नै सबै प्राणीमा विद्यमान छ। यो आफैँमा स्थिर हुँदा हुँदै पनि सबै शक्तिशाली गतिशील कुरालाई आक्रमण गर्न सक्छ। आत्मा तत्व प्राणीमा छ भने नै वायुले समस्त प्राणीलाई उनीहरुको प्रवृति स्वरुप कर्ममा विभाजन गर्न सक्छ ।।४।।
ईशावास्योपनिषद् मन्त्र ५
तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदुसर्वस्यास्य बाह्यतः ॥ ५॥
आत्मातत्वले संसारलाई चलाउँछ तर आफु अचल छ। यो टाढा पनि छ र नजिक पनि छ। यो सबै भित्र छ र सबैको बाहिर पनि छ ।।५।।
ईशावास्योपनिषद् मन्त्र ६
यस्तुसर्वाणि भूतान्यात्मन्येवानुपश्यति ।
सर्वभूतेषुचात्मानं ततोन विजुगुप्सते॥ ६॥
जो साधक सबै भुत अर्थात् संसारलाई आत्मामा देख्छ र संसारमा आत्मा देख्छ, उसले यस सार्वात्म्य दर्शनको कारणले नै कसैलाई घृणा गर्दैन ।।६।।
ईशावास्योपनिषद् मन्त्र ७
यस्मिन्सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः ।
तत्र कोमोहः कः शोक एकत्वमनुपश्यतः ॥ ७॥
जुन समय ज्ञानी पुरुषले आत्मा दर्शनद्वारा सबै वस्तुमा आत्मा नै देख्न थाल्छ, त्यसपछि उसलाई न शोक हुन्छ न मोह हुन सक्छ ।।७।।
ईशावास्योपनिषद् मन्त्र ८
स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरꣳ शुद्धमपापविद्धम् ।
कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोऽर्थान् व्यदधाच्छाश्वतीभ्यः समाभ्यः ॥ ८॥
आत्मा सर्वदा शुद्ध, कसैले मार्न नसक्ने अर्थात् अक्षत छ, सर्वब्यापक, अशरीरवाला अर्थात लिङ्ग शरीर नभएको, स्नायु रहित, निर्मल, अपापहत, सर्वज्ञ, सर्वोकृष्ट र स्वयम्भु अर्थात आफै उत्पन्न भएको छ। यसले नित्यसिद्ध सम्वत्सर नामको प्रजापतिको लागि यथायोग्य रुपमा अर्थ बिभाग गरेको छ। ।। ८।।
ईशावास्योपनिषद् मन्त्र ९
अन्धं तमः प्रविशन्ति येऽविद्यामुपासते।
ततोभूय इव तेतमोय उ विद्यायाꣳ रताः ॥९॥
जो अविद्या कर्मको उपासना गर्छ, ऊ अविद्यारुप घोर नरकमा जान्छ र जो विद्या (उपासना)मा मात्र रहन्छ, त्यो मानव झन् अन्धकारमय लोकमा प्रवेश गर्दछ ।।९।।
ईशावास्योपनिषद् मन्त्र १०
अन्यदेवाहुर्विद्ययाऽन्यदाहुरविद्यया ।
इति शुश्रुम धीराणां येनस्तद्विचचक्षिरे॥ १०॥
विद्या ( देवताज्ञान) को लागि अलग फल बताइएको छ र अविद्याको लागि अलग नै फल बताईएको छ। यो कुरा मैले बुद्धिमानको वचनमा सुनेको छु। ती आचार्यले मलाई कर्म र ज्ञानको वर्णन गर्नुभएको थियो ।। १०।।
ईशावास्योपनिषद् मन्त्र ११
विद्यां चाविद्यां च यस्तद्वेदोभयꣳ सह ।
अविद्यया मृत्युं तीर्त्वा विद्ययाऽमृतमश्नुते॥ ११॥
जो अविद्या र विद्या यी दुईलाई एकसाथ बुझ्छन्, उनीहरु अविद्याद्वारा मृत्यु लाई जितेर विद्याद्वारा अमरत्व प्राप्त गर्छन् ।।११।।
ईशावास्योपनिषद् मन्त्र १२
अन्धं तमः प्रविशन्ति येऽसम्भूतिमुपासते।
ततोभूय इव तेतमोय उ सम्भूत्याꣳ रताः ॥ १२॥
जो मनुस्य नश्वर देव, पितृ, मानव आदिको उपासना गर्छ अर्थात असम्भूतिको उपासना गर्छ, ऊ घोर अन्धकारमा रहन्छ। र जो केवल अविनाशी परमात्मामा रत लिन्छ र देव पितृ मानव लाई उपेक्षा गर्छ, ऊ झन् घोर अन्धकारमा प्रवेश गर्छ ।।१२ ।।
ईशावास्योपनिषद् मन्त्र १३
अन्यदेवाहुः सम्भवादन्यदाहुरसम्भवात् ।
इति शुश्रुम धीराणां येनस्तद्विचचक्षिरे॥ १३॥
कार्यब्रह्मको उपासनाको लागि अरु नै फल बताइएको छ र अव्याक्तोपासनाको लागि अरु नै फल बताइएको छ। मैले बुद्धिमानको वचनमा सुनेको छु। ती आचार्यले मलाई कर्म र ज्ञानको वर्णन गर्नुभएको थियो ।।१३।।
ईशावास्योपनिषद् मन्त्र १४
सम्भूतिं च विनाशं च यस्तद्वेदोभयꣳ सह ।
विनाशेन मृत्युं तीर्त्वा सम्भूत्याऽमृतमश्नुते॥ १४॥
जो असम्भूति र कार्यब्रह्म यी दुइ लाई संगसंगै बुझ्छ ऊ कार्यब्रह्मको उपासनाबाट मृत्युलाई पार गर्छ र असम्भूतिद्वारा अमरत्व प्राप्त गर्छ ।।१४।।
ईशावास्योपनिषद् मन्त्र १५
हिरण्मयेन पात्रेण सत्यस्यापिहितं मुखम् ।
तत्त्वं पूषन्नपावृणुसत्यधर्माय दृष्टये॥ १५॥
आदित्यमण्डलमा रहनुभएको ब्रह्मको मुख ज्योतिर्मय पात्रले ढाकिएको छ। हे पुस्पन, म सत्यधर्मालाई आत्माको ज्ञान गराउनको लागि तपाईं त्यो स्वोर्णिम जाललाई हटाईदिनुहोस् ।।१५।।
ईशावास्योपनिषद् मन्त्र १६
पूषन्नेकर्षे यम सूर्य प्राजापत्य
व्यूह रश्मीन् समूह तेजः ।
यत्तेरूपं कल्याणतमं तत्तेपश्यामि
योऽसावसौपुरुषः सोऽहमस्मि ॥ १६॥
हे जगत्पोशक सुर्य ! हे एकाकी गमन गर्नेवाला, हे यम अर्थात् संसारको नियमन गर्नेवाला ! हे सुर्य ! हे प्रजापति नन्दन ! तपाईं आफ्ना किरणहरुलाई हटाउनुहोस् किनभने तपाईंको कल्याणकारी रुप छ, त्यो आत्मारुप मेरो पनि त्यहि रुप हो ।।१६।।
ईशावास्योपनिषद् मन्त्र १७
वायुरनिलममृतमथेदं भस्मान्तꣳ शरीरम् ।
ॐ क्रतोस्मर कृतꣳ स्मर क्रतोस्मर कृतꣳ स्मर ॥ १७॥
अब मेरो प्राण सर्वात्मक वायुरुप सुत्रात्मामा प्राप्त होस् र यो शरीर भष्म शेष होस्। हे मेरो संकल्पात्मक मन, अब त स्मरण गर्, आफुले गरेको स्मरण गर्। अब त स्मरण गर्, आफुले गरेको स्मरण गर् ।।१७।।
ईशावास्योपनिषद् मन्त्र १८
अग्नेनय सुपथा रायेअस्मान्
विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो
भूयिष्ठां तेनमौक्तिं विधेम ॥ १८॥
हे अग्नि ! मलाई कर्मफल भोग गर्नको लागि सत्मार्गमा लिएर जानुहाेस् । हे देव ! तपाईं समस्त ज्ञान र कर्मलाई जान्नेवाल हुनुहुन्छ। मेरो पाखण्डपूर्ण कर्मको, पापको नष्ट गर्नुहोस्। म तपाईंलाई कोटी कोटी नमस्कार गर्दछु ।।१८।। ॥ इति ईशोपनिषत् ॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८