उपनिषद्

«

ऐतरेयोपनिषद् अध्याय १ मन्त्र १

आत्मा वा इदमेक एवाग्र आसीन्नान्यत्किञ्चन मिषत्‌।
स ईक्षत लोकान्नु सृजा इति ॥ ||१||

सुरुमा एउटा 'परम चैतन्य' मात्र थियो। सम्पूर्ण जगत् 'परमात्मा-चैतन्य' नै थियो। यसको अतिरिक्त अरु कोही द्रष्टा थिएन। 'परम चैतन्य'ले 'म आफ्नो सत्ताबाट आफुलाई लोकको रुपमा सृष्टि गर्छु' भन्ने विचार गर्नुभयो।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय १ मन्त्र १ आत्मा वा इदमेक एवाग्र आसीन्नान्यत्किञ्चन मिषत्‌। स ईक्षत लोकान्नु सृजा इति ॥ ||१|| सुरुमा एउटा 'परम चैतन्य' मात्र थियो। सम्पूर्ण जगत् 'परमात्मा-चैतन्य' नै थियो। यसको अतिरिक्त अरु कोही द्रष्टा थिएन। 'परम चैतन्य'ले 'म आफ्नो सत्ताबाट आफुलाई लोकको रुपमा सृष्टि गर्छु' भन्ने विचार गर्नुभयो।

ऐतरेयोपनिषद् अध्याय १ मन्त्र २

स इमांल्लोकानसृजत । अम्भो मरीचीर्मरमापोदाेऽम्भः परेण दिवं द्यौः प्रतिष्ठाऽन्तरिक्षं मरीचयः॥
पृथिवी मरो या अधस्तात्ता आपः ॥ ||२||

उहाँले यी लोकको सृष्टि गर्नुभयो। 'अम्भ:- आकाशीय जलको लोक', 'मरीची: प्रकाशको लोक, 'भ्रम: मृत्यु र मर्त्य वस्तुको लोक' 'आप: निम्न पानीको लोक'। आकाशीय जल प्रकाशमय द्युलोक भन्दा पर छ र यसको आधारभूत विश्रामस्थल द्युलोक हो। प्रकाशको लोक अन्तरिक्ष हो। मर्त्यलोक पृथ्वी हो र पृथ्वीको तल निम्नतर जल छ।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय १ मन्त्र २ स इमांल्लोकानसृजत । अम्भो मरीचीर्मरमापोदाेऽम्भः परेण दिवं द्यौः प्रतिष्ठाऽन्तरिक्षं मरीचयः॥ पृथिवी मरो या अधस्तात्ता आपः ॥ ||२|| उहाँले यी लोकको सृष्टि गर्नुभयो। 'अम्भ:- आकाशीय जलको लोक', 'मरीची: प्रकाशको लोक, 'भ्रम: मृत्यु र मर्त्य वस्तुको लोक' 'आप: निम्न पानीको लोक'। आकाशीय जल प्रकाशमय द्युलोक भन्दा पर छ र यसको आधारभूत विश्रामस्थल द्युलोक हो। प्रकाशको लोक अन्तरिक्ष हो। मर्त्यलोक पृथ्वी हो र पृथ्वीको तल निम्नतर जल छ।

ऐतरेयोपनिषद् अध्याय १ मन्त्र ३

स ईक्षतेमे नु लोका लोकपालान्नु सृजा इति॥
सोऽद्भ्य एव पुरुषं समुद्धृत्यामूर्च्छयत्‌ ॥ ||३||

'परमात्मा चैतन्य' ले 'यी त लोक भए, अब म आफैलाई यी लोकको लागि लोकपालको रुपमा सृष्टी गर्छु' भन्ने विचार गनुभयो। अत: उहाँले जलबाट 'पुरुष' लाइ एकिभुत गरेर निकाल्नुभयो र त्यसलाई रुप र अवयवयुक्त बनाउनुभयाे ।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय १ मन्त्र ३ स ईक्षतेमे नु लोका लोकपालान्नु सृजा इति॥ सोऽद्भ्य एव पुरुषं समुद्धृत्यामूर्च्छयत्‌ ॥ ||३|| 'परमात्मा चैतन्य' ले 'यी त लोक भए, अब म आफैलाई यी लोकको लागि लोकपालको रुपमा सृष्टी गर्छु' भन्ने विचार गनुभयो। अत: उहाँले जलबाट 'पुरुष' लाइ एकिभुत गरेर निकाल्नुभयो र त्यसलाई रुप र अवयवयुक्त बनाउनुभयाे ।

ऐतरेयोपनिषद् अध्याय १ मन्त्र ४

तमभ्यतपत्तस्याभितप्तस्य मुखं निरभिद्यत यथाऽण्डं मुखाद्वाग्वाचोऽग्निर्नासिके निरभिद्येतां नासिकाभ्यां प्राणः॥
प्राणाद्वायुरक्षिणी निरभिद्येतमक्षीभ्यां चक्षुश्चक्षुष आदित्यः कर्णौ निरभिद्येतां कर्णाभ्यां श्रोत्रं श्रोत्राद्दिशस्त्वङ् निरभिद्यत त्वचो लोमानि लोमभ्य ओषधिवनस्पतयो हृदयं निरभिद्यत हृदयान्मनो मनसश्चन्द्रमा नाभिर्निरभिद्यत नाभ्या अपानोऽपानान्मृत्युः शिश्नं निरभिद्यत शिश्नाद्रेतो रेतस आपः ॥ ||४||

'परमात्मा चैतन्य' ले त्यो पुरुषको अभिचिन्तन गर्नुभयो र यसप्रकार अभिचिन्तित पुरुषबाट एक मुख फुटेर प्रकट भयो जसरि अन्डा फुटेर चल्ला निस्किन्छ। मुखबाट 'वाक्शक्ति' अर्थात 'बोल्ने शक्ति' उत्पन्न भयो र 'वाक्शक्ति' बाट 'अग्नि' अर्थात 'आगो' उत्पन्न भयो। त्यस्तै फुटेर नाकको प्वाल उत्पन्न भयो र नाकको प्वालबाट प्राण अनि प्राणबाट वायु उत्पन्न भयो। त्यस्तै आँखाको भाग फुटेर आँखा प्रकट भयो। आँखाबाट चक्षुशक्ति र चक्षुशक्तिबाट सुर्य उत्पन्न भयो। फेरी दुई कानको भाग फुटेर कान उत्पन्न भए। कानबाट 'श्रोत्शक्ति' अर्थात् 'सुन्नेशक्ति' र 'श्रोत्शक्ति' बाट 'विभिन्न दिशा' उत्पन्न भए। छालाको भाग फुटेर छाला प्रकट भयो। छालाबाट औषधि एवं सबै वृक्ष र वनस्पति उत्पन्न भए। 'हृदय'को भाग फुटेर 'मुटु' उत्पन्न भयो। हृदयबाट मन र मनबाट चन्द्रमा उत्पन्न भयो। 'नाभी'को भाग फुटेर 'नाभी' अर्थात 'नाइटो' प्रकट भयो। नाभी बाट अपानवायु र अपानवायु बाट मृत्यु उत्पन्न भयो। गोप्यभाग फुटेर 'शिश्न' अर्थात 'सुखेन्द्रिय लिङ्ग' प्रकट भयो। लिङ्ग बाट वीर्य र वीर्यबाट जलको उत्पन्न भयो।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय १ मन्त्र ४ तमभ्यतपत्तस्याभितप्तस्य मुखं निरभिद्यत यथाऽण्डं मुखाद्वाग्वाचोऽग्निर्नासिके निरभिद्येतां नासिकाभ्यां प्राणः॥ प्राणाद्वायुरक्षिणी निरभिद्येतमक्षीभ्यां चक्षुश्चक्षुष आदित्यः कर्णौ निरभिद्येतां कर्णाभ्यां श्रोत्रं श्रोत्राद्दिशस्त्वङ् निरभिद्यत त्वचो लोमानि लोमभ्य ओषधिवनस्पतयो हृदयं निरभिद्यत हृदयान्मनो मनसश्चन्द्रमा नाभिर्निरभिद्यत नाभ्या अपानोऽपानान्मृत्युः शिश्नं निरभिद्यत शिश्नाद्रेतो रेतस आपः ॥ ||४|| 'परमात्मा चैतन्य' ले त्यो पुरुषको अभिचिन्तन गर्नुभयो र यसप्रकार अभिचिन्तित पुरुषबाट एक मुख फुटेर प्रकट भयो जसरि अन्डा फुटेर चल्ला निस्किन्छ। मुखबाट 'वाक्शक्ति' अर्थात 'बोल्ने शक्ति' उत्पन्न भयो र 'वाक्शक्ति' बाट 'अग्नि' अर्थात 'आगो' उत्पन्न भयो। त्यस्तै फुटेर नाकको प्वाल उत्पन्न भयो र नाकको प्वालबाट प्राण अनि प्राणबाट वायु उत्पन्न भयो। त्यस्तै आँखाको भाग फुटेर आँखा प्रकट भयो। आँखाबाट चक्षुशक्ति र चक्षुशक्तिबाट सुर्य उत्पन्न भयो। फेरी दुई कानको भाग फुटेर कान उत्पन्न भए। कानबाट 'श्रोत्शक्ति' अर्थात् 'सुन्नेशक्ति' र 'श्रोत्शक्ति' बाट 'विभिन्न दिशा' उत्पन्न भए। छालाको भाग फुटेर छाला प्रकट भयो। छालाबाट औषधि एवं सबै वृक्ष र वनस्पति उत्पन्न भए। 'हृदय'को भाग फुटेर 'मुटु' उत्पन्न भयो। हृदयबाट मन र मनबाट चन्द्रमा उत्पन्न भयो। 'नाभी'को भाग फुटेर 'नाभी' अर्थात 'नाइटो' प्रकट भयो। नाभी बाट अपानवायु र अपानवायु बाट मृत्यु उत्पन्न भयो। गोप्यभाग फुटेर 'शिश्न' अर्थात 'सुखेन्द्रिय लिङ्ग' प्रकट भयो। लिङ्ग बाट वीर्य र वीर्यबाट जलको उत्पन्न भयो।

ऐतरेयोपनिषद् अध्याय २ मन्त्र १

ता एता देवताः सृष्टा अस्मिन्महत्यर्णवे प्रापतंस्तमशनापिपासाभ्यामन्ववार्जत्‌।
ता एनमब्रुवन्नायतनं नः प्रजानीहि यस्मिन् प्रतिष्ठिता अन्नमदामेति ॥ ||१||

'परम चैतन्य' द्वारा देवगणको रचना भएको थियो। देवगणहरु महासागरमा डुबेर भोक र तिर्खाको अधीनमा भए। अनि देवगणले परम चैतन्यसँग 'हजुर हाम्रो लागि वासस्थानको व्यवस्था गरिदिनुहोस् जहाँ हामीले सुरक्षा र भोजन गर्न सक्छौँ' भने।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय २ मन्त्र १ ता एता देवताः सृष्टा अस्मिन्महत्यर्णवे प्रापतंस्तमशनापिपासाभ्यामन्ववार्जत्‌। ता एनमब्रुवन्नायतनं नः प्रजानीहि यस्मिन् प्रतिष्ठिता अन्नमदामेति ॥ ||१|| 'परम चैतन्य' द्वारा देवगणको रचना भएको थियो। देवगणहरु महासागरमा डुबेर भोक र तिर्खाको अधीनमा भए। अनि देवगणले परम चैतन्यसँग 'हजुर हाम्रो लागि वासस्थानको व्यवस्था गरिदिनुहोस् जहाँ हामीले सुरक्षा र भोजन गर्न सक्छौँ' भने।

ऐतरेयोपनिषद् अध्याय २ मन्त्र २

ताभ्यो गामानयत्ता अब्रुवन्न वै नोऽयमलमिति।
ताभ्योऽश्वमानयत्ता अब्रुवन्न वै नोऽयमलमिति ॥ ||२||

परम चैतन्यले देवगणको लागि गाई लिएर आउनुभयो र उनीहरुले 'गाई' हाम्रो लागि पर्याप्त छैन भने। त्यस्तै उहाँले 'घोडा ' लिएर आउनुभयो। उनीहरुले 'घोडा' पनि हाम्रो लागि पर्याप्त छैन भने।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय २ मन्त्र २ ताभ्यो गामानयत्ता अब्रुवन्न वै नोऽयमलमिति। ताभ्योऽश्वमानयत्ता अब्रुवन्न वै नोऽयमलमिति ॥ ||२|| परम चैतन्यले देवगणको लागि गाई लिएर आउनुभयो र उनीहरुले 'गाई' हाम्रो लागि पर्याप्त छैन भने। त्यस्तै उहाँले 'घोडा ' लिएर आउनुभयो। उनीहरुले 'घोडा' पनि हाम्रो लागि पर्याप्त छैन भने।

ऐतरेयोपनिषद् अध्याय २ मन्त्र ३

ताभ्यो पुरुषमानयत्ता अब्रुवन्‌ सुकृतं बतेति पुरुषो वाव सुकृतम्‌।
ता अब्रवीद्यथायतनं प्रविशतेति ॥ ||३||

उहाँले उनीहरुलाई 'मानव' दिनुभयो। उनीहरुले 'ओहो ! यो एकदम सुन्दरताले बनाइएको छ, मानव साच्चिकै धेरै सुन्दरता र पटुताले रचना गरिएको छ' भने। तब 'परम चैतन्य' ले 'देवगण' लाई 'तिमीहरु सबै आ-आफ्नो निवाशस्थान अनुसार यसमा प्रवेश गर' भन्नुभयो।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय २ मन्त्र ३ ताभ्यो पुरुषमानयत्ता अब्रुवन्‌ सुकृतं बतेति पुरुषो वाव सुकृतम्‌। ता अब्रवीद्यथायतनं प्रविशतेति ॥ ||३|| उहाँले उनीहरुलाई 'मानव' दिनुभयो। उनीहरुले 'ओहो ! यो एकदम सुन्दरताले बनाइएको छ, मानव साच्चिकै धेरै सुन्दरता र पटुताले रचना गरिएको छ' भने। तब 'परम चैतन्य' ले 'देवगण' लाई 'तिमीहरु सबै आ-आफ्नो निवाशस्थान अनुसार यसमा प्रवेश गर' भन्नुभयो।

ऐतरेयोपनिषद् अध्याय २ मन्त्र ४

अग्निर्वाग्भूत्वा मुखं प्राविशद्वायुः प्राणो भूत्वा नासिके प्राविशदादित्यश्चक्षुर्भूत्वा अक्षिणी प्राविशाद्दिशः श्रोत्रं भूत्वा कर्णौ प्राविशन्नोषधिवनस्पतयो लोमानि भूत्वा त्वचंप्राविशंश्चन्द्रमा मनो भूत्वा हृदयं प्राविशन्मृत्युरपानो भूत्वा नाभिं प्राविशदापो रेतो भूत्वा शिश्नं प्राविशन्‌ ॥ ||४||

'अग्नि' 'बोल्ने शक्ति' बनेर मुखमा प्रविष्ट भयो। 'वायु' 'प्राण' बनेर नाकको प्वालबाट प्रविष्ट भयो। 'सुर्य' 'चक्षुशक्ति' बनेर 'आँखा'मा गयो। 'दिशा'हरु 'श्रोत्शक्ति' अर्थात सुन्नेशक्ति बनेर कानमा प्रविष्ट भए। 'औषधि' र 'वनस्पति' हरु 'छाला' बनेर प्रविष्ट भए। चन्द्रमा मन बनेर हृदयमा प्रविष्ट भयो। मृत्यु 'वायु', निम्नतर वायु बनेर नाभीमा प्रविष्ट भयो। जल 'वीर्य' बनेर लिङ्गमा प्रविष्ट भयो।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय २ मन्त्र ४ अग्निर्वाग्भूत्वा मुखं प्राविशद्वायुः प्राणो भूत्वा नासिके प्राविशदादित्यश्चक्षुर्भूत्वा अक्षिणी प्राविशाद्दिशः श्रोत्रं भूत्वा कर्णौ प्राविशन्नोषधिवनस्पतयो लोमानि भूत्वा त्वचंप्राविशंश्चन्द्रमा मनो भूत्वा हृदयं प्राविशन्मृत्युरपानो भूत्वा नाभिं प्राविशदापो रेतो भूत्वा शिश्नं प्राविशन्‌ ॥ ||४|| 'अग्नि' 'बोल्ने शक्ति' बनेर मुखमा प्रविष्ट भयो। 'वायु' 'प्राण' बनेर नाकको प्वालबाट प्रविष्ट भयो। 'सुर्य' 'चक्षुशक्ति' बनेर 'आँखा'मा गयो। 'दिशा'हरु 'श्रोत्शक्ति' अर्थात सुन्नेशक्ति बनेर कानमा प्रविष्ट भए। 'औषधि' र 'वनस्पति' हरु 'छाला' बनेर प्रविष्ट भए। चन्द्रमा मन बनेर हृदयमा प्रविष्ट भयो। मृत्यु 'वायु', निम्नतर वायु बनेर नाभीमा प्रविष्ट भयो। जल 'वीर्य' बनेर लिङ्गमा प्रविष्ट भयो।

ऐतरेयोपनिषद् अध्याय २ मन्त्र ५

तमशनायापिपासे अब्रूतामावाभ्यामभिप्रजानीहीति।
ते अब्रवीदेतास्वेव वां देवतास्वाभजाम्येतासु भागिन्न्यौ करोमीति।
तस्माद्यस्यै कस्यै च देवतायै हविगृ।
र्ह्यते भागिन्यावेवास्यामशनायापिपासे भवतः ॥ ||५||

त्यहिबेला 'क्षुधा' र 'पिपासा' अर्थात् 'भोक' र 'तिर्खा' ले 'परमात्मा-चैतन्य' लाई भन्नुभयो 'हाम्रो लागि पनि निवास स्थानको निर्देशन गर्नुहोस्'। तर 'परमात्मा-चैतन्य' ले भन्नुभयो 'म यहि देवगणमा तिमीहरुलाई भाग दिन्छु र यिनीहरुको देवत्वोमा पनि मैले तिमीहरुलाई भागिदार बनाउँछु।' त्यसैले जुन देवतालाई पनि हवि अर्पण गर्दा 'क्षुधा' र 'पिपासा'को त्यस हविमा निश्चितरुपमा भाग हुन्छ।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय २ मन्त्र ५ तमशनायापिपासे अब्रूतामावाभ्यामभिप्रजानीहीति। ते अब्रवीदेतास्वेव वां देवतास्वाभजाम्येतासु भागिन्न्यौ करोमीति। तस्माद्यस्यै कस्यै च देवतायै हविगृ। र्ह्यते भागिन्यावेवास्यामशनायापिपासे भवतः ॥ ||५|| त्यहिबेला 'क्षुधा' र 'पिपासा' अर्थात् 'भोक' र 'तिर्खा' ले 'परमात्मा-चैतन्य' लाई भन्नुभयो 'हाम्रो लागि पनि निवास स्थानको निर्देशन गर्नुहोस्'। तर 'परमात्मा-चैतन्य' ले भन्नुभयो 'म यहि देवगणमा तिमीहरुलाई भाग दिन्छु र यिनीहरुको देवत्वोमा पनि मैले तिमीहरुलाई भागिदार बनाउँछु।' त्यसैले जुन देवतालाई पनि हवि अर्पण गर्दा 'क्षुधा' र 'पिपासा'को त्यस हविमा निश्चितरुपमा भाग हुन्छ।

ऐतरेयोपनिषद् अध्याय ३ मन्त्र १

स ईक्षतेमे नु लोकाश्च लोकपालाश्चान्नमेभ्यः सृजा इति ॥ ||१||

'परमात्मा चैतन्यले विचार गर्नुभयो 'यिनीहरु अवश्य पनि मेरो लोक तथा यसका लोकपाल हुन्। म स्वयं यिनको अन्नरुपमा प्रकट हुन्छु'।

उपनिषद्, ऐतरेयोपनिषद् - ऐतरेयोपनिषद् अध्याय ३ मन्त्र १ स ईक्षतेमे नु लोकाश्च लोकपालाश्चान्नमेभ्यः सृजा इति ॥ ||१|| 'परमात्मा चैतन्यले विचार गर्नुभयो 'यिनीहरु अवश्य पनि मेरो लोक तथा यसका लोकपाल हुन्। म स्वयं यिनको अन्नरुपमा प्रकट हुन्छु'।
»
«
१०
»