नित्य मन्त्रः
«
                                                                                                कर दर्शन:
                                                                            आँखा खुल्नाबित्तिकै दुवै हातको हत्केलामा हेरेर पाठ गर्ने श्लोक : 
कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती । 
करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम् ॥
                                                                        
                                                                        
                                                                    हातको अग्रभागमा बस्नुभएकी लक्ष्मी, बीचमा बस्नुभएकी सरस्वती र मूल भागमा बस्नुभएका ब्रह्मालाई नमस्कार गरी आजको दिन शुभ रहोस् र सबैको कल्याण गर्न सकुँ भनी प्रार्थना गर्दछु ।
भूमिवन्दना:
                                                                            बिस्ताराबाट उठेर पृथ्वीमा पाउ राख्नुभन्दा पहिला पृथ्वी मातालाई अभिवादन गरेर उहाँमाथि पाउ राख्नुपरेको विवशताको लागि उहाँसँग क्षमा माग्दै निम्न श्लोक पाठ गर्नुपर्दछ :
समुद्रवसने देवि पर्वतस्नमण्डले ।
विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्श क्षमस्व मे।।
                                                                        
                                                                        
                                                                    समुद्रनै वस्त्र भएकी पर्वतरुप स्तनले सुशोभित विष्णुकी पत्नी भएकी हे पृथ्वीमाता पाउले स्पर्श गरेकोमा मलाई क्षमा गर्नु हवस् ।
गणेशस्मरणः
                                                                            प्रातः स्मरामि गणनाथमनाथबन्धुं,
सिन्दुरपूर्णपरिशोभितगण्डयुग्मम् ।
उद्दण्डविघ्नपरिखण्डनचण्डदण्ड,
माखण्डलादिसुरनायकबन्दुबन्द्यम् ।।
                                                                        
                                                                        
                                                                    म बिहानी पख दीन दुखिहरुका बन्धु सिन्दुरले परिपूर्ण सुशोभित दुई गाला भएका ठूला ठूला विध्न बाधा नाश गर्ने समर्थ भएको इन्द्रादि देवताहरुको पूज्य श्री गणेशलाई स्मरण पूर्वक वन्दना गर्दछु ।
विष्णुस्मरणः
                                                                            प्रातःस्मरमि भवभीतमहार्तिशान्त्यै,
नारायणं गरुडवाहनमव्जनाभम् ।
ग्राहाभिभूवरवाणमुक्तिहेतुं 
चक्रायुधं  तरुणवारिजपत्रनेत्रम् ।।
                                                                        
                                                                        
                                                                    म विहानी पख उठेर संसारको भय रुपी ठूलो पीडालाई हटाउनका निमित गरुडवाहन भएका कमलनाभ ग्राहले मार्न आँटेको गजेन्द्रलाई मुक्ति दिने चक्र धारण गर्ने सुन्दर कमल नेत्र प्रभुलाई सम्झन्छु ।
शिवस्मरणः
                                                                            प्रातःस्मरामि भवभीतिहरं सुरेशं
गङ्गाधरं बृषभवाहनमम्बिकेशम् ।
खट्वाङ्गशूलबरदाभयहस्तमीशं
संसाररोगहरमौषधमद्धितीयम् ।।
                                                                        
                                                                        
                                                                    संसारको भयलाई हरण गर्ने गङ्गाजीलाई धारणा गर्ने साँढेमा हिडने अम्बिकका पति खट्वाङ्ग शूल वर अभयलाई धारणा गर्ने भएका संसाररुपि रोगलाई हरण गर्ने अद्धितिीय औषधी भएका देवताहरुका मालिक शिवजीलाई म विहानीपख स्मरण गर्दछु ।
देवीस्मरणः
                                                                            प्रातर्भजामि भजतामभिलाषदात्रीँ
धात्रीं समस्तजगतां दुरितापहन्त्रीम् ।
संसारबन्धनविमोचनहेतुभूतांः।
मायां परां समधिगम्य परस्य विष्णोः ।।
                                                                        
                                                                        
                                                                    भजन गर्र्ने पुरुषहरुको इच्छा पूर्ण गर्ने, सारा जगतको रक्षा गर्ने, पाप दुःखलाई नाश गर्ने, परबह्मको परामाया स्वरुप भएर संसारको बन्धनबाट मुक्त गराउने भगवती देवीलाई प्रातःकालमा म बन्धना गर्दछु ।
सूर्यस्मरणः
                                                                            प्रातःस्मरामि खलु तत्सवितुर्वरण्यं
रुपहि मण्डलमृचाऽथतनुर्यजूँषि ।
सामानियस्यकिरणाःप्रभवादिहेतुं
ब्रहमहरात्म कमलक्ष्यमचिन्त्य रुपम् ।
                                                                        
                                                                        
                                                                    सम्पूर्ण जगतलाई प्रेरणा दिने ऋग्वेद मण्डल, यजुर्वेद्र शरीर, सामवेद किरण स्वरुप भएका उत्पत्ति स्थिति लयका कारण ब्रह्मा विष्णु, महेश्वरको जस्मा एउटै रुप छ यस्ता अलक्ष्य अचिन्त्य स्वरुप सूर्य नारायणलाई म विहानी पख नमस्कार गर्दछु ।
त्रिदेवका साथ नवग्रहस्मरणः
                                                                            ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी, 
भानुः शाशी भुमिसुतो बुधश्च ।
गुरुश्च शुक्रः शनिराहुकेतवः,
गुरुश्च सर्वे मम सुप्रभातम् ।।
                                                                        
                                                                        
                                                                    ब्रह्मा, विष्णु, शिव, सूर्य, चन्द्रमा बुध, गुरु, शुक्र, शनि, राहु, केतु, सबैले मेरो प्रातः काललाई असल गरुन् ।
ऋषिस्मरणः
                                                                            अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषणः।
कृपः परशुरामश्च सप्तैते चिरजीविनः।।
सप्तैतान् संस्मरेनित्यं मार्कण्डेयमथाष्टम्।।
जीवते वर्षशतं साग्रमल्पमुत्युविवर्जितः।।
                                                                        
                                                                        
                                                                    अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण,कृपाचार्य, परशुराम, चिरञ्जिीव र हुने यी सात र मार्कण्डेय ऋषि समेतलाई नित्य सम्झ्यो भने सय वर्ष बाँँच्दछ र बीचमा मुत्यु हुँदैन ।
मुनिस्मरणः
                                                                            भृगुर्वसिष्ठः क्रतुरङ्गिराश्च
मनुः पुलस्त्यः पुलहश्च गौतमः । 
रैभ्यो मरीचिश्च्यवनश्च दक्षः
कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।
                                                                        
                                                                        
                                                                    भृगु, वसिष्ठ, क्रतु, अङ्गिरा, मनु, पुलस्त्य, पुलह, गौतम, रैभ्य, मरीचि, च्यवन र दक्ष यी सबै मुनिगण मरो प्रातःकाललाई मङ्गलमय गरुन् ।
प्रकृतिस्मरणः
                                                                            पृथ्वी सगन्धा सरसास्तथापः
स्पर्शी च वायुज्र्वलितं च तेजः । 
नभः सशब्दं महता सहैव 
कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।
                                                                        
                                                                        
                                                                    गन्धयुक्त पृथ्वी, रसयुक्त जल, स्पर्शयुक्त वायु, प्रज्वलित तेज, शब्दसहित आकाश एवं महत्तत्व यी सबै मेरो प्रातःकाललाई मङ्गलमय गरुन् ।
मानस पूजाः
                                                                            रत्नैः कल्पितमासनं हिमजलैः स्नानं च दिव्याम्बरं
नानारत्नविभूषितं मृगमदामोदाङ्कितं चन्दनम् ।।
जातीचम्पकविल्वपत्ररचितं पुष्प च धुपं तथा 
दीपं देव दयानिधे पशुपते ह्त्कल्पितं गृहयताम् ।।
सौवर्णे नवरत्नखण्डरचिते पात्रे घृतं पायसं
भक्ष्यं पञ्चविधं पयोदधियुतं रम्भाफल पानकम् ।।
शाकानमयुतं जलं रुचिकरं कपूरखण्डोज्ज्वलं
ताम्बूलं मनसा मया विरचतिं भक्तया प्रभो स्वीकुरु ।।
छत्रं चामरयोर्युग व्यजनकं चादर्शक निर्मल
वीणाभेरिमृदङ्गकाहलकला गीतं च नृत्य तथा ।।
साष्टङ्गं प्रणतिः स्तुतिर्वहुविधा हयेत्समस्तं मया 
सङ्कल्पेन समर्पित तव विभो पूजां गृहाण प्रभो ।।
आत्मा त्वं गिरिजा मतिःसहचराः प्राणाः शरीरं गृह 
पूजा नै विषयोपभोगरचना निद्रा समाधिस्थितिः।।
संचारः पदयोः प्रदक्षिणविधिः स्तोत्राणि सर्वा गिरो 
यद्यत्कर्म करोमि तत्तदखिलं शंभो तवाराधनम् ।।
करचरणकृतं वाक्कायजं कर्मज वा क्षवण नयनजं वा
मानसंवाऽपराधं, विहितमविहितं वा 
सर्वमेतत्क्षमस्व जय जय करुणाब्धे श्री महादेव शंभो ।।
                                                                        
                                                                        
                                                                    ॐ
गुरुवन्दनाः
                                                                            गुरुब्रह्मा गुरुर्विष्णुगुरुर्देवो महेश्वरः ।
गुरुरेव परब्रह्म त्यस्मै श्रीगुरवे नमः।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शित येन तस्मै श्रीगुरवे नमः।।
अज्ञानतिमिन्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलित येन तस्मै श्रीगुरवे नमः।।
                                                                        
                                                                        
                                                                    गुरु नै ब्रह्मा गुरुनै महेश्वर, गुरुनै परब्रहम हुन् त्यस्ता गुरुलाई म नमस्कार गर्दछु । पूर्ण मण्डलाकार चराचरलाई जसले ढाकेको छ त्यस्ता परेमश्वरको दर्शन गराउने गुरुलाई म नमस्कार गर्दछु । अज्ञान रुपि अधिकारले आन्धा भएकोलाई ज्ञानरुपी गाजलको कोशद्वारा आँखा देखाई दिने गुरुलाई नमस्कार गर्दछु ।
«
                                                    
                                                            १
                                                        
                                                                                                                
                                                            २
                                                        
                                                                                                                
                                                            ३
                                                        
                                                                                                                
                                                            ४
                                                        
                                                                                                                
                                                            ५
                                                        
                                                                                                                
                                                            ६
                                                        
                                                                                                                
                                                            ७
                                                        
                                                                                                                
                                                            ८
                                                        
                                                                                                                
                                                            ९
                                                        
                                                                                                                
                                                            १०
                                                        
                                                                                                                
                                                            ११
                                                        
                                                                                                                
                                                            १२
                                                        
                                                                                                                
                                                            १३