नित्य मन्त्रः
«
मलमूत्र त्याग मन्त्रः
देवता ऋषयः सर्वे पिशाचोरगराक्षसाः ।
इतो गच्छन्तु भूतानि वहिर्भूमिं करोम्यहम् ।।
देवता, ऋषि, पिशाच, सर्प, राक्षस, आदि सबै प्राणीहरु यहाँबाट जानुहोस्, म मलमूत्र त्याग गर्दछु ।
दतिवन मन्त्रः
आयुर्वलं यशोवर्चः प्रजापशुवसूनि च ।
ब्रह्म प्रज्ञां च मेधां च त्वन्नो देहि वनस्पते ।।
हे वनस्पति मलाई आयु वल कीर्ति तेज सन्तान पशुधन ज्ञान धारण शक्ति देऊ ।
दन्त धावन मन्त्रः
मुखदुर्गन्धनाशाय दन्तानां च विशुद्धये ।
आरोग्याय च गात्राणां कुर्वेऽहं दन्तधावनम् ।।
मुखको दुर्गन्ध हटाउन दाँतहरु शुद्ध गर्नको लागि र शरीरको आरोग्यका निमित्त म दन्तधावन गर्दछु ।
तीर्थराज प्रार्थना:
त्वं राजा सर्वतीर्थानां त्वमेव जगतः पिता ।
याचितं देहि मे तीर्थ तीर्थराज नमोऽस्तुते ।।
तपाईँ सबै तीर्थका राजा र जगतका पिता पनि हुनुहुन्छ, मैले ईच्छा गरेका तीर्थहरु दिनुहोस्, हे तीर्थराज तपाईँलाई नमस्कार गर्दछु ।
स्नान मन्त्रः
गण्डकी काैशिकी चैव गाेदावरी च बाग्मती
वेत्रा नारायणी शुक्ला जलेस्मिन सन्निधिं कुरू ।
महाकाली तथा सेती भेरी कर्णालीमेवच
स्नानकाले स्मरेन्नित्यं महापातकनाशनम् ।।
गण्डकी, काेशी, गाेदावरी, बाग्मती, नारायणी, महाकाली, सेती, भेरी, कर्णाली यी तीर्थहरु यस जलमा आउनुहोस् भनी स्नान गर्नुपर्दछ ।
स्नानाङ्ग तर्पणः
पूर्व फर्केर बाबुआमा हुनेले पनि तर्पण दिन हुने – एक एक अञ्जुली दिनेः
ॐ ब्रह्मादयो देवास्तृप्यन्ताम् १ । ॐ भूर्देवा स्तृप्यन्ताम् १ । ॐ भूवर्देवा स्तृप्यन्ताम् १ । ॐ स्वर्देवास्तृप्यन्ताम् १ । ॐ भूर्भवः स्वर्देवास्तृप्यन्तम् १ ।
अब दुई दुई पटक दिनेः
ॐ सनकादि द्वैपायनादयः ऋषयस्तृप्यन्ताम् २ । ॐ भूर्ऋषय स्तृप्यन्ताम् २ । ॐ भुवर्ऋषयस्तृप्यन्ताम् २ । ॐ स्वर्ऋषयस्तृप्यन्ताम २ । ॐ भूर्भुवः स्वर्ऋषयस्तृप्यन्ताम् २ ।
अपसव्य भएर दक्षिण फर्केर बाबु नहुनेले आमा भए पनि तर्पण दिन हुनेः
तीन तीन पटक दिनेः
ॐ कव्यवाडनलादयो दिव्य पितरस्तृप्यन्ताम् ३ । ॐ भूर्भवः स्वः पितरस्तृप्यन्ताम् ३ ।।
ॐ
जप गर्नुपूर्व:
ॐ पृथ्वित्वया धृता लोका देवि त्वं विष्णुना धृता ।
त्वं च धारय मां नित्यं पवित्रं कुरु चाऽऽसनम् ।।
हे पृथ्वी तपाईँले लोकहरुलाई धारण गर्नुभएको छ, विष्णु भगवानले हजुरलाई धारण गर्नुभएको छ, तपाईँ पनि मलाई धारण गर्नुहवस्, आसनलाई पवित्र गरिदिनुहवस् ।
विभूति धारण:
जुन पुरुष विभूति धारण गर्दछ त्यो पुरुष सम्पूर्ण पापले रहित भई अन्त्यमा कैलाशमा प्राप्त हुन्छ । विभूति हत्केलामा लिई यो मन्त्र पढी अभिमन्त्रण गर्नेः
ॐ मानस्तोके तनयेमानऽआयुषिमानो गोखुमानोऽअश्वेषुरीरिषः ।।
मानोवीरान् रुद्रभामिनो वधीर्हविष्मन्तः सदमित्वा हवामहे ।।
अब उक्त मन्त्रणा गरेको विभूति यो मन्त्र पढी लगाउनेः त्र्यायुषञ्जयमदग्नेः कश्यपस्य त्र्यायुषम् । यद्देवेषु त्र्यायुषन्तन्नोऽअस्तुत्र्यायुषम् ।।
शिखावन्धन मन्त्रः
चिद्रूंपिणि महामाये दिव्यतेजः समन्विते ।
तिष्ठ देवि शिखावन्धे तेजोवृद्धिं कुरुष्व मे ।।
चैतन्य स्वरुप दिव्यतेजले युक्त हे महामाया देवी मेरा शिखाका बन्धनमा बस्नुहोस् मेरो तेजको वृद्धि गर्नुहोस् ।
सूर्य अर्घ मन्त्रः
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ दिवाकर ।।
हजार किरणले युक्त तेजः पुञ्जस्वरुप जतत्कापति हे सूर्यनारायण यहाँ पाल्नुहोस् म माथि कृपा गर्नुहोस् र मैले भक्तिपूर्वक दिएको अर्घ ग्रहण गर्नुहोस् ।
जस्ले प्रतिदिन सूर्य नारायणको नमस्कार उपस्थान गर्दछ, ऊ विभिन्न रोगहरुबाट मुक्त भई हृष्ट पुष्ट जीवन व्यतीत गर्दछ । सूर्यलाई अर्घ दिईसकेपछि उपस्थान गर्ने, निम्न १२ सूर्यका नामले १२ आसनसहित सूर्यलाई नमस्कार गर्नुपर्दछः १) ॐ मित्राय नमः २) ॐ रवये नमः ३) ॐ सूर्याय नमः ४) ॐ भानवे नमः ५) ॐ खगाय नम ६) ॐ पुष्णे नमः ७) ॐ हिरण्यगर्भाय नमः ८) ॐ मरिचाये नमः ९) ॐ आदित्याय नमः १०) ॐ सावित्रे नमः ११) ॐ अर्काय नमः १२) ॐ भास्कराय नमः
«
१
२
३
४
५
६
७
८
९
१०