भगवद् गीता
«
श्लोक १
सञ्जय उवाच
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ॥ २-१॥
सञ्जयले भने - 'दयायुक्त र शिथिल अवस्थामा आँखाभरि आँसु लिएका अर्जुनलाई मधुसुधन भगवानले यी वाक्यहरु प्रकाशित गर्नुभयो ।'
श्लोक २
श्रीभगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन ॥ २-२॥
श्री भगवानले भन्नुभयो - 'अर्जुन ! स्वर्ग सुख वा कीर्ति दुवै नदिने आर्य सिद्धान्त भन्दा फरक उदासिनता यो विषम परिस्थितिमा कहाँबाट आयो ?'
श्लोक ३
क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते ।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ॥ २-३॥
मन कमजोरीलाई त्यागेर उठ अर्जुन काँतर नबन । तिमीजस्तो महान योद्धालाई यस्तो गर्न सुहाउँदैन ।
श्लोक ४
अर्जुन उवाच
कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ॥ २-४॥
अर्जुनले सोधे - 'हे मधुसुधन भगवान ! मैले पुज्नुपर्ने भीष्म र द्रोणसँग युद्धस्थलमा कसरी भिडूँ ? हे अरिसुधन मलाई बताउनुहोस् ।'
श्लोक ५
गुरूनहत्वा हि महानुभावान्
श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव
भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् ॥ २-५॥
मैले मान्नुपर्ने यी गुरुलाई मार्नुभन्दा भिक्षा मागेर निर्वाह गर्नु उचित छ तर गुरुहरुलाई मारेर मानिसहरुको बीचमा उपेक्षित भएर बस्न चाहन्नँ ।
श्लोक ६
न चैतद्विद्मः कतरन्नो गरीयो
यद्वा जयेम यदि वा नो जयेयुः ।
यानेव हत्वा न जिजीविषाम-
स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः ॥ २-६॥
हामीले के गर्नुहुन्छ के गर्नुहुँदैन भन्ने बारेमा पनि अनभिज्ञ छौँ । हामीले युद्ध जित्छौँ वा हार्छाैँ भन्ने पनि निश्चित छैन । यी धृतराष्ट्रका छोराहरु जो हामीसँग युद्धमा भिड्न तयार छन्, यिनीहरुलाई मारेर कुनै फाईदा छैन ।
श्लोक ७
कार्पण्यदोषोपहतस्वभावः
पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे
शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ॥ २-७॥
कञ्जुस मनोवृतिका कारणले धर्म अधर्म सबै बिर्सिएर हत्यामा उद्घृत भएका यिनीहरुलाई कसरी तह लगाउन सकिन्छ कृपा गरेर हजुरको शरणमा आएको म शिष्यलाई ज्ञान दिनुहोस् ।
श्लोक ८
न हि प्रपश्यामि ममापनुद्याद्
यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं
राज्यं सुराणामपि चाधिपत्यम् ॥ २-८॥
यस धर्तीमा एकछत्र राज्य गरेर देवताहरुको पद प्राप्त भएपनि इन्द्रियहरुलाई अधीनमा राख्ने र शोक चिन्ता हटाउने उपाय म देख्दिनँ ।
श्लोक ९
सञ्जय उवाच
एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तप ।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ॥ २-९॥
सञ्जयले भने - 'यसरी निन्द्राविजयी महातपी अर्जुनले ऋषीकेश भगवान श्रीकृष्णलाई - 'हे गोविन्द म त युद्ध गर्दिनँ' भनी अवाक भए ।'
श्लोक १०
तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ॥ २-१०॥
त्यसबेला दुवै सेनाको बीचमा शोक-सन्तप्त अवस्थामा रहेका अर्जुनलाई भगवान श्रीकृष्णले हाँस्दै सम्झाउन थाल्नुभयो ।
श्लोक ११
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे ।
गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः ॥ २-११॥
जसको लागि चिन्ता गर्नु हुन्थेन तिमी त्यसैको लागि विद्वानले जस्तै बोलिरहरेका छौ । पण्डितहरु जन्म र मृत्युको बारेमा चिन्तित हुँदैनन् ।
श्लोक १२
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ॥ २-१२॥
यसो सत्य होइन कि कुनै समयमा पनि तिमी, म र यी राजाहरु थिएनन् र पछि पनि हुने छैनन् ।
श्लोक १३
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ॥ २-१३॥
जसरी देहधारी आत्माको कुमार, युवा हुँदै वृद्ध अवस्था देखापर्छ, त्यसरी नै एक शरीरबाट अर्को शरीर पनि प्राप्त हुन्छ जसमा पुरुषहरु मोहित हुँदैनन्।
श्लोक १४
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ॥ २-१४॥
कुुन्तीपुत्र अर्जुन ! जाडो–गर्मी, सुख –दुःख यी विषयहरु इन्द्रियका धर्म हुन् र जुन आउन जाने गर्छन् त्यसैले हे भारत यिनको वेगलाई थाम ।
श्लोक १५
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ॥ २-१५॥
हे पुरुषहरुमा श्रेष्ठ अर्जुन ! सुख– दुःख लाई सहेर इन्द्रियहरुको पछि नलाग्ने बुद्धिमान पुरुष मोक्षभागी हुन्छन् ।
श्लोक १६
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ॥ २-१६॥
सत् चिरकालसम्म स्थायी हुन्छ । असत् वस्तु नाश हुन्छ । यसरी तत्वज्ञानीहरु सत्–असत् दुवैको अनुभव गर्छन् ।
श्लोक १७
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ॥ २-१७॥
जसले यो संसारलाई ढाकेर रहेको छ । यत्र, तत्र, सर्वत्र व्याप्त छ । त्यो अविनाशी अव्यय तत्वको कसैले अलिकति पनि विनाश गर्न सक्दैन ।
श्लोक १८
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ॥ २-१८॥
यो नाशवान शरीरमा अविनाशी मापन गर्न नसकिने नित्यरुप आत्मा रहेको छ । त्यसैले अर्जुन तिमी युद्धको लागी तयार होऊ ।
श्लोक १९
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ॥ २-१९॥
जसले यो आत्मालाई मर्छ वा मारिन्छ भनेर सम्झन्छन्, तिनीहरु अज्ञानी हुन् । वास्तवमा आत्मा मर्दैन र मारिइँदैन पनि ।
श्लोक २०
न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ॥ २-२०॥
यो आत्मा न कहिले जन्मन्छ न मर्छ । यो कहिले उत्पन्न हुने कहिले नहुने पनि होइन । यो अजन्मा, नित्य, शाश्वत सनातन छ । शरीर नाश हुँदा यस आत्माको नाश हुँदैन ।
श्लोक २१
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ॥ २-२१॥
हे पृथाका पुत्र अर्जुन ! जसले यस आत्मालाई नाश नहुने, सर्वकालमा रहने, खर्च नहुने भनेर जान्दछ उसले कसैलाई न मारेको ठान्दछ न कसैद्वारा मारिएको भनी जान्दछ ।
श्लोक २२
वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही ॥ २-२२॥
जसरी मानिस पुरानो जीर्ण कपडालाई फेरेर नयाँ कपडा लगाउँछन्, त्यसैगरी यो आत्माले पनि पुरानो शरीरलाइ छोडेर नयाँ शरीर प्राप्त गर्छ ।
श्लोक २३
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥ २-२३॥
यो आत्मालाई हतियारले छिनाउन सक्दैन, आगोले जलाउन सक्दैन, पानीले गलाउन सक्दैन र हावाले सोस्न सक्दैन ।
श्लोक २४
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ॥ २-२४॥
यो आत्मा नटुक्रिने, नजल्ने, नगल्ने, नसुक्ने भएकोले यसलाई नित्य सर्वगत, स्थाणु, स्थिर र सनातन आदि विशेषण दिइन्छ ।
श्लोक २५
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ॥ २-२५॥
यो आत्मा व्यक्त हुँदैन । अन्दाज गर्न सकिदैँन, यसमा कुनै पनि विकार छैन । यसलाई जानेपछि चिन्ता गर्नु राम्रो हुँदैन ।
श्लोक २६
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ॥ २-२६॥
यदि तिमीले यस नित्य आत्मालाई जन्मन्छ र मर्छ भनेर सम्झन्छौ भने पनि चिन्ताको आवश्वकता छैन ।
श्लोक २७
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ॥ २-२७॥
जो जन्मिन्छ त्यो मर्छ र मरेपछि फेरि जन्मन्छ भने यस्तो निरन्तर चलिरहने प्रक्रियामा पनि चिन्ता गर्नु आवश्यक छैन ।
श्लोक २८
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ॥ २-२८॥
कुनै पनि प्राणी जन्मभन्दा पहिले देखिँदैनन् बीचमा देखिन्छन् र फेरि मृत्यु पछि देखिँदैनन् । त्यस्तो अवस्थामा पनि चिन्ता गर्नु आवश्यक छैन ।
श्लोक २९
आश्चर्यवत्पश्यति कश्चिदेन-
माश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः शृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्चित् ॥ २-२९॥
कोही सिद्ध पुरुष यस आत्मालाई आश्चर्यजनक रुपमा वर्णन गर्छन् । भक्तहरु आश्चर्यजनक रुपमा सुन्छन् । अज्ञानीहरु सुनेर पनि जान्दैनन् ।
श्लोक ३०
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ॥ २-३०॥
यो आत्मा सबैको शरीरमा नित्य निरन्तर अवध्य रुपमा रहेको छ । त्यसैले तिमी कुनै पनि प्राणीको बारेमा शोक नगर ।
श्लोक ३१
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ॥ २-३१॥
स्वधर्मलाई जानेर पनि कम्पित हुनुहुँदैन। क्षेत्रीयको लागि धर्मयुक्त युद्ध नै फलदायी हुन्छ ।
श्लोक ३२
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ॥ २-३२॥
ए पृथापुत्र अर्जुन ! स्वतः प्राप्त युद्ध जसले स्वर्गको ढोका सजिलरी खोलिदन्छ, यस्तो सौभाग्य कमै पुरुषले पाउँछन् ।
श्लोक ३३
अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ॥ २-३३॥
यदि तिमीले यस्तो स्वतः प्राप्त युद्ध गरेनौ र यसको परित्याग गर्यौ भने स्वधर्म पालना नगरेको पाप लाग्नेछ र कीर्ति पनि पाउनेछैनौ ।
श्लोक ३४
अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ॥ २-३४॥
मानिसहरुले लामो समयसम्म तिम्रो अपकीर्तिको व्याख्या गरिरहनेछन् । त्यस्तो अपकीर्ति स्वाभिमानी व्यक्तिको लागि मरेसरह हुनेछ ।
श्लोक ३५
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ॥ २-३५॥
जसले तिमीलाई सम्मान दिएका थिए ती महारथीहरु अब तिमीलाई कमजोर ठान्नेछन् र युद्धबाट पलायन भएको मान्नेछन् ।
श्लोक ३६
अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ॥ २-३६॥
प्रतिपक्षले तिम्रो अहितमा धेरै बदनामयुक्त शब्द प्रयोग गर्नेछन् । यस्तो निन्दा सामर्थ्यवान पुरुषको लागि अति दुःखदायी हुनेछ ।
श्लोक ३७
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ॥ २-३७॥
अर्जुन तिमीले जित्यौ भने पृथ्वीको राज्य प्राप्त गर्नेछौ यदि कुनै कारणवश मारियौ भने पनि स्वर्गमा उच्चस्थान पाउनेछौ त्यसैले दृढ निश्चयका साथ युद्धको लागि तयार होऊ ।
श्लोक ३८
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ॥ २-३८॥
सुख –दुःख, नाफा–नोक्सान, जीत–हारमा समता राखेर युद्ध गर्यौ भने तिमी पापको भागी हुनेछैनौ ।
श्लोक ३९
एषा तेऽभिहिता साङ्ख्ये बुद्धिर्योगे त्विमां शृणु ।
बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि ॥ २-३९॥
पृथापुत्र अर्जुन तिम्रो बुद्धि विकासको लागि मेलै यो ज्ञानयोगको बारेमा वर्णन गरेँ अब म तिमीलाइ कर्म गर्दै रहेपनि कर्मपाशबाट छुटाउन बुद्धि दिन्छु ।
श्लोक ४०
नेहाभिक्रमनाशोऽस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ॥ २-४०॥
यसमा एकैपटक कर्मको नाश पनि हुँदैन । दोषपनि लाग्दैन । थोरै थोरै धर्म गरेपनि ठूला ठूला आपत्तिबाट मुक्ति पाइन्छ ।
श्लोक ४१
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ॥ २-४१॥
हरे कुरुनन्दन अर्जुन ! यसबाट विकास हुन्छ । अस्थिर विचार भएका मान्छेका बुद्धिमा अनेक किसिमका शंशयहरु रहेका हुन्छन् ।
श्लोक ४२
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ॥ २-४२॥
भोगमा तल्लिन भएका मान्छेहरु वेदको कर्मकाण्ड विभागमा लेखिएको स्वर्गप्राप्तीको कुरालाई लिएर व्याख्या गर्छन् अनि यो बाहेक अरु केही छैन भनी विवाद गर्छन् ।
श्लोक ४३
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ॥ २-४३॥
सकाम कर्म गर्नेहरु स्वर्गप्राप्तिलाई मुख्य ध्येय मानेर कर्मको थालनी गर्छन् । भोग र ऐश्वर्यमा भुलेर जन्म मृत्युको चक्करमा परिरहन्छन् ।
श्लोक ४४
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ॥ २-४४॥
यसरी भोग र ऐश्वर्यमा लिप्त भएका यिनीहरुको हृदयमा निश्चयात्मक बुद्धि जागरण हुँदैन। त्यसैले यिनीहरु समाधिमा बस्न सक्दैनन् ।
श्लोक ४५
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान् ॥ २-४५॥
हे अर्जुन वेदले सत्व, रज र तम गुणको बारेमा व्याख्या गरेको छ तिमी त्रिगुणलाई पार गरेर अघिबढ र द्वन्द्वरहित, नित्यसत्य, निर्याेगक्षेम भई आत्मामा स्थित भएर बस ।
श्लोक ४६
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।
तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ॥ २-४६॥
ब्रहमज्ञानीहरुको लागि वेदको कर्मकाण्ड सामान्य मानिन्छ । जताततै पानी छ भने सानो कुवाको पानीको महत्व कम भए जस्तै हो ।
श्लोक ४७
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥ २-४७॥
कर्मफलको आशा नगरी कर्म गर किनकी कर्म गर्नु तिम्रो अधिकार हो, कर्मफल भोग्न आत्तुर नहोउ ।
श्लोक ४८
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ॥ २-४८॥
अर्जुन तिमीले योगमा रहेर आशावादी नबनी कर्म गर । सिद्धि हुँदामा वा नहुँदामा बराबर भाव राखेर कर्म गर्नुलाई समत्व योग भनिन्छ ।
श्लोक ४९
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ॥ २-४९॥
समत्वबुद्धियोग भन्दा सकाम कर्म धेरै तल्लो स्तरको हो । त्यसैले बुद्धियोगलाई आधार मानेर तुच्छ फलाकांक्षालाई त्याग गर ।
श्लोक ५०
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ॥ २-५०॥
बुद्धिमान पुरुषले पाप र पुण्य दुवैलाई त्यागेर कर्म गर्छन् त्यसैले योगयुक्त बन र योगमै रहेर असल कर्म गर ।
श्लोक ५१
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ॥ २-५१॥
ऋषिमुनिहरुले ज्ञानयोग अंगालेर कर्म गरी त्यसको फललाई त्याग्छन् त्यसैले उनीहरु जन्मबन्धनबाट पार पाउँछन् र निर्विकार अवस्थामा पुग्छन् ।
श्लोक ५२
यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति ।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ॥ २-५२॥
मोहरुपी थोपा थोपा भित्र पुगेको तिम्रो बुद्धि खुल्ने छ । त्यसबेला तिमीले सुनेका र सुन्न बाँकि रहेका कुराहरुबाट विरक्त हुनेछौ ।
श्लोक ५३
श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ॥ २-५३॥
अनेक किसिमका कुराहरु सुनेर तिम्रो बुद्धि विचलित भएको छ । समाधिमा बुद्धि निश्चल भएपछि योगलाई प्राप्त गर्नेछौ ।
श्लोक ५४
अर्जुन उवाच ।
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ॥ २-५४॥
अर्जुनले अनुरोध गरे - 'स्थितप्रज्ञ पुरुषको समाधिमा बसिसकेका पुरुषको अवस्था कस्तो हुन्छ? तिनीहरु कसरी बोल्छन्? र कसरी व्यवहार गर्छन्?'
श्लोक ५५
श्रीभगवानुवाच ।
प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान् ।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ॥ २-५५॥
श्रीभगवानले उत्तर दिनुभयो - 'स्थितप्रज्ञ पुरुषले आफूमा रहेका सम्पूर्ण कामनाहरुलाई परित्याग गरेका हुन्छन् । उनीहरु आत्मामा सन्तुष्ट भएर रहेका हुन्छन् ।'
श्लोक ५६
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ॥ २-५६॥
तिनीहरु दुःखमा विचलित हुँदैनन् । सुःखको पनि इच्छा गर्दैनन् । प्रेम, डर, रिसबाट छ्टकारा पाएका हुन्छन् । तिनीहरुलाई स्थितप्रज्ञ मुनी मानिन्छ ।
श्लोक ५७
यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ॥ २-५७॥
जो मानिस कुनै पनि वस्तुबाट मोह हराएको छ, शुभ फल प्राप्त हुँदा खुसी र अशुभ फलमा दुःखी हुँदैन, त्यो स्थितप्रज्ञ हो ।
श्लोक ५८
यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ॥ २-५८॥
जसरी आपतकालमा कछुवाले आफ्ना अङ्गप्रत्यङ्गहरु समेटेर सुरक्षित रहन्छ, त्यसैगरी इन्द्रियहरुका विषयहरुलाई तिरस्कार गरेर रहन्छन्, तिनीहरु स्थितप्रज्ञ हुन् ।
श्लोक ५९
विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ॥ २-५९॥
निराहारी मानिसको विषयसित संबन्ध टुटेको हुन्छ तैपनि आसक्ति रहिरहन्छ । भगवानको साक्षात्कार पछि त्यो आसक्ति पनि हट्छ ।
श्लोक ६०
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ॥ २-६०॥
यदि जबरजस्ति इन्द्रियहरुलाई दमन गरियो भने त्यस्तो पुरुषको मनलई इन्द्रियहरुले हरण गर्छन् र विषयाभिमुखि बनाउँछन् ।
श्लोक ६१
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ॥ २-६१॥
त्यसैले सबैतिरबाट संयम भएर जसले आफूलाई ममा समर्पित गर्छ र योगयुक्त भएर रहन्छ, त्यसका इन्द्रियहरु संयमित हुन्छन् । त्यस्तो व्यक्तिलाई स्थिरप्रज्ञ भनिन्छ ।
श्लोक ६२
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ॥ २-६२॥
जसले बारम्बार विषयहरुको चिन्तन गर्दछ त्यसको विषयमा आसक्ति बढ्छ । आसक्तिबाट कामनाको उत्पत्ति हुन्छ । कामना पूरा नभएमा क्रोध उत्पन्न हुन्छ ।
श्लोक ६३
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ॥ २-६३॥
क्रोधबाट संमोहरुपी अविवेक पैदा हुन्छ । संमोहबाट स्मरणशक्ति कमजोर हुन्छ । अनि बुद्धिको नाश हुन्छ । बुद्धिनाश पछि मनुष्य सबै तिरबाट विचलित हुन्छ ।
श्लोक ६४
रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ॥ २-६४॥
राग र द्वेषबाट मुक्त भई आत्मामा रहेर विषयहरुको उपभोग गर्दा पनि त्यो खुसी नै रहन्छ ।
श्लोक ६५
प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ॥ २-६५॥
प्रसन्न चित्त हुनेहरुको सबै दुःखहरु निवृत्त भैसकेका हुन्छन् । खुसी रहने साधकको बुद्धि स्थिर हुन्छ ।
श्लोक ६६
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ॥ २-६६॥
जसको बुद्धि निश्चयात्मक छैन, जसको यथार्थ भावको विकास भएको छैन, त्यस्तो मानिसले शान्ति पाउँदैन, शान्तिविना सुख हुँदैन ।
श्लोक ६७
इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ॥ २-६७॥
जसको मन इन्द्रियहरुका गति अनुसार चल्छ, त्यसको बुद्धि पनि पानीमा वायुको गति अनुसार हिँडिरहेको डुँङ्गाको जस्तै हुन्छ ।
श्लोक ६८
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ॥ २-६८॥
त्यसैले हे महावाहु ! जसले आफ्ना इन्द्रियहरुलाई सबैतिरबाट खिचेर रहेको हुन्छ, त्यो इन्द्रियलाई विषयबाट निग्रह गर्ने वालाको बुद्धि स्थिर हुन्छ ।
श्लोक ६९
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ॥ २-६९॥
सबै प्राणीहरु जतातिर अन्धकार देखिरहेका हुन्छन्, साधुसन्तहरु त्यतै जागेका हुन्छन् । जतातिर प्राणीहरु जागा देखिन्छन्, मुनिहरु त्यतातिर अँध्यारो देख्छन् ।
श्लोक ७०
आपूर्यमाणमचलप्रतिष्ठं
समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे
स शान्तिमाप्नोति न कामकामी ॥ २-७०॥
जसरी सबै नदीहरु एउटै समुन्द्रमा गएर मिल्छन्, शान्त हुन्छन्, त्यसैगरी विषयबाट कामलाई खिचेर आत्मा अधिष्ठित सन्तहरुले शान्ति पाउँछन् । विषयानुरागीहरुले शान्ति पाउन सक्दैनन् ।
श्लोक ७१
विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः ।
निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ॥ २-७१॥
जसले विषयहरुप्रतिको आसक्तिलाई छोडेर निस्पृह भई व्यवहार गर्दछ तथा ममता र अहङ्कारको त्याग गर्दछ, त्यसले शान्ति प्राप्त गर्दछ ।
श्लोक ७२
एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ॥ २-७२॥
हे पृथा पुत्र अर्जुन ! ब्राह्मी स्थिति भनेको यही हो । यस स्थितिमा रहेपछि परब्रह्ममा लिन भई मोक्ष प्राप्त हुन्छ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः ॥ २॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८
६९
७०
७१
७२