भगवद् गीता
«
श्लोक १
श्रीभगवानुवाच
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत् ॥ ४-१॥
श्रीभगवानले भन्नुभयो - 'कहिल्यै नसकिने यो योग मैले सर्वप्रथम सूर्यलाई प्रकाशित गरेको थिएँ । सूर्यले मनुलाई र मनुले इक्ष्याकुलाई बताएका थिए ।'
श्लोक २
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।
स कालेनेह महता योगो नष्टः परन्तप ॥ ४-२॥
हे परन्तप अर्जुन ! परम्पराबाट प्राप्त हुँदै आएको योग राजर्षिहरुले प्रयोगमा ल्याएका थिए । त्यसपछि यो योग लामो समयसम्म प्रयोगमा आएन ।
श्लोक ३
स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः ।
भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ॥ ४-३॥
तिमी मेरो भक्त र साथी पनि भएकोले त्यही परापुर्वदेखि चलिआएको योगको उत्तम रहस्य बताउँदै छु ।
श्लोक ४
अर्जुन उवाच
अपरं भवतो जन्म परं जन्म विवस्वतः ।
कथमेतद्विजानीयां त्वमादौ प्रोक्तवानिति ॥ ४-४॥
अर्जुनले जिज्ञासा राखे - 'हजुरको जन्म केही समय पहिले मात्र भएको हो भने सूर्य त आदिकाल देखि अनरवत रुपमा प्रकाशित छन् । यो योग हजुरले प्रकाशित गर्नुभएको भनेर कसरी विश्वास गरुँ ?'
श्लोक ५
श्रीभगवानुवाच
बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन ।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ॥ ४-५॥
भगवानले भन्नुभयो - 'हे परन्तप अर्जुन ! तिम्रा र मेरा अनेक जन्म भईसके । म ती सबै जन्मको बारेमा एक-एक जान्दछु । तिमी सबै जन्मको बारेमा अनभिज्ञ छौ ।'
श्लोक ६
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ॥ ४-६॥
म कहिल्यै नजन्मिने, कहिल्यै ननासिने, सबै प्राणीहरु भित्र ईश्वरको रुपमा रहेको छु । आफ्नै योग मायाद्वारा प्रकृतिलाई आधार बनाएर अवतार लिन्छु ।
श्लोक ७
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ४-७॥
हे अर्जुन ! जब जब धर्मको अवनति हुन्छ, अर्धमको बाहुल्यता हुन्छ, त्यही त्यही बेला म निराकारबाट साकार रुपमा प्रकट हुन्छु ।
श्लोक ८
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ४-८॥
साधुहरुमा उर्जाशक्तिको विकास गर्न, पाप कर्म गर्नेहरुलाई निरुत्साहित गर्न, धर्मको अभिवृद्वि गर्न युगयुगमा अवतार लिन्छु ।
श्लोक ९
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ॥ ४-९॥
हे अर्जुन ! तत्ववेत्ताहरुले मेरा जन्म कर्म दीव्य हुन् भनी जान्दछन् । जसले मलाई जान्दछन् तिनीहरुको पुनर्जन्म हुँदैन । मृत्युपछि म मा नै एकिभुत हुन्छन् ।
श्लोक १०
वीतरागभयक्रोधा मन्मया मामुपाश्रिताः ।
बहवो ज्ञानतपसा पूता मद्भावमागताः ॥ ४-१०॥
जसले राग, डर र रिसलाई त्यागेर मेरो विचारको अनुशिलन गरिरहेको छन्, ती पवित्र व्यक्ति तपस्याद्वारा ज्ञान प्राप्त गरेर मेरै अनुसत हुन्छन् ।
श्लोक ११
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ॥ ४-११॥
हे पार्थ ! जसले मलाई जसरी आराधना गरेपनि म ती सबै मानिसहरुको उद्धार गर्दछु ।
श्लोक १२
काङ्क्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवताः ।
क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा ॥ ४-१२॥
यस मनुष्य जीवनमा कर्मको सिद्धि चाहनेहरु देवताहरुको पुजा आराधना गर्छन् किनकी यस मर्त्र्यलोकमा कर्मको सिद्धि छिटै पाइन्छ ।
श्लोक १३
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः ।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् ॥ ४-१३॥
गुण र कर्मको आधारमा वर्णका चाररुपको सृष्टि र तीनको विभाजन मेलै नै गरेको हुँ । त्यसको पालना गराउने कर्ता मै हुँ । म कहिल्यै ननासिने परमात्मा हुँ ।
श्लोक १४
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते ॥ ४-१४॥
न त म कुनै कर्ममा लिप्त छु न त कर्मफलको आशावादी छु । मलाई जसले जान्दछ उसले कर्म गरिरहे पनि कर्मबन्धनमा पर्दैन ।
श्लोक १५
एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः ।
कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतरं कृतम् ॥ ४-१५॥
पहिले पहिलेका मुमुक्षुहरुले मलाई जानेर कर्म गरिरहन्थे । तिमीले पनि पुर्खाहरुले गर्दै आएका कर्महरुलाई परिपालना गर ।
श्लोक १६
किं कर्म किमकर्मेति कवयोऽप्यत्र मोहिताः ।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ॥ ४-१६॥
कर्म र अकर्मको भेदलाई बुझेर कतै पनि मोहित हुनुहुँदैन । कर्म र अकर्मको यथार्थ ज्ञान म तिमीलाई दिन्छु त्यसलाई जानेपछि तिमी मोक्षको अधिकारी हुनेछौ ।
श्लोक १७
कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः ।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ॥ ४-१७॥
कर्मको ज्ञान गरेपछि विकर्मको पनि ज्ञान गनुपर्छ । त्यसपछि अकर्मको पनि ज्ञान गर्नुपर्छ किनकी कर्मको गति सजिलै बुझ्न सकिँदैन ।
श्लोक १८
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ॥ ४-१८॥
जो मानिस कर्ममा अर्कम र अकर्ममा कर्म देख्दछ त्यो बुद्धिमान मानिस सबै कर्म गरिरहेर पनि कर्मको त्याग गरेको मानिन्छ ।
श्लोक १९
यस्य सर्वे समारम्भाः कामसङ्कल्पवर्जिताः ।
ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः ॥ ४-१९॥
जसका कामनाहरु नचिताएपनि स्वतः रुपमा भईरहन्छन् । कर्मलाई जलाइसकेका त्यस्ता ज्ञानाग्निहरु पण्डित हुन् भनी जान ।
श्लोक २०
त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ॥ ४-२०॥
जो व्यक्ति कुनै चिजको आश्रय नलिई कर्मफललाई त्याग्छ र सधैँ सन्तुष्ट छ, त्यसले कर्म गरिरहे पनि कर्मदोष लाग्दैन ।
श्लोक २१
निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ॥ ४-२१॥
फलको इच्छा नराख्ने, चित्तलाई आत्मामा एकिकरण गरेको, भौतिक वस्तुको संग्रह नगर्ने, त्यस्ता व्यक्तिहरुले शरीरद्वारा कर्म गरिरहे पनि कर्मदोष लाग्दैन ।
श्लोक २२
यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ॥ ४-२२॥
लाभ हानी दुवै अवस्थामा सन्तुष्ट रहने, द्वन्द्वभन्दा अतीत, डाहा नगर्ने, सिद्धि वा असिद्धिमा समभाव राख्ने, त्यस्ता व्यक्तिले कर्म गरेपनि कर्मबन्धनमा पर्दैनन् ।
श्लोक २३
गतसङ्गस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ॥ ४-२३॥
कर्मफलको उपभोगमा आसक्ति नराख्ने, चित्तलाई ज्ञानप्राप्तीको मात्र आधार मान्ने, यज्ञका निमित्त मात्र कर्म गर्न त्यस्ता व्यक्तिका कर्मदोष आफैँ हराएर जान्छन् ।
श्लोक २४
ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ॥ ४-२४॥
हविको रुपमा रहेको चरु ब्रहम हो । हवन गर्नेवाला होता ब्रहम हो । हवनको अग्नि ब्रहम हो । जुन पाउने लक्ष्य छ त्यो पनि ब्रहम हो । समधि ब्रहम र कर्मको बोध हो ।
श्लोक २५
दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।
ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति ॥ ४-२५॥
एकाथरि योगीहरु देवतालाई मुख्य मानेर यज्ञ उपासना गर्छन्, अर्काथरी यज्ञ गर्नेहरु अग्निलाई ब्रहमरुप मानी हवन गर्दछन् ।
श्लोक २६
श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति ।
शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति ॥ ४-२६॥
अर्काथरी योगीहरु श्रोतादि इन्द्रियहरुलाई संयम गरी इन्द्रियका शब्दादि विषयहरुलाई अग्निमा हवन गर्दछन् ।
श्लोक २७
सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ॥ ४-२७॥
अर्काथरि योगीहरु प्राणको क्रियाद्वारा सबै इन्द्रियका कर्महरुलाई आत्मामा संयम गरी ज्ञानयोगद्वारा अर्पण गर्दछन् ।
श्लोक २८
द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्तथापरे ।
स्वाध्यायज्ञानयज्ञाश्च यतयः संशितव्रताः ॥ ४-२८॥
कोही मानिस दानद्वारा द्रव्ययज्ञ गर्छन, कसैले तपस्याद्वारा तपोयज्ञ, कसैले स्वाध्यायद्वारा ज्ञानयज्ञ र कसैले व्रत उपासना गर्ने निधो गर्छन् ।
श्लोक २९
अपाने जुह्वति प्राणं प्राणेऽपानं तथापरे ।
प्राणापानगती रुद्ध्वा प्राणायामपरायणाः ॥ ४-२९॥
कसैले प्राणलाई अपानमा र अपानलाई प्राणमा मिलाएर प्राण र अपानको गतिलाई रोकेर प्राणको क्रिया गर्दछन् ।
श्लोक ३०
अपरे नियताहाराः प्राणान्प्राणेषु जुह्वति ।
सर्वेऽप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः ॥ ४-३०॥
कसैले आहारलाई नियमित रुपमा व्यवस्थित गरेर प्राणलाई प्राण मै मिलाएर आफु भित्र रहेका सबै दोषहरुलाई यज्ञद्वारा नियोजन गर्छन् ।
श्लोक ३१
यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ।
नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तम ॥ ४-३१॥
हे अर्जुन ! यज्ञबाट प्राप्त भएको अमृतलाई पान गरेर सनातन ब्रह्ममा अवस्थित हुनुपर्छ । यो मर्त्र्यलोकमा रहने यज्ञहीन मनष्युहरुलाई यहाँ पनि सुख छैन, परलोकमा पनि सुख हुँदैन ।
श्लोक ३२
एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे ।
कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ॥ ४-३२॥
यस्ता विभिन्न प्रकारका यज्ञहरुको कर्मबाटै वर्णन गरिएको छ । यी सबै यज्ञहरु कर्मबाटै पुर्ण हुन्छन् । यो ज्ञान जानेर तिमी मुक्त हुनेछौ ।
श्लोक ३३
श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तप ।
सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ॥ ४-३३॥
हे परन्तप ! द्रव्यद्वारा गरिने जति पनि यज्ञ छन्, ती सबैभन्दा उत्तम ज्ञान पक्ष हो । यो जगतमा जति पनि कर्म गरिन्छन्, ती सबै ज्ञानमा गएर टुङ्गिन्छन् ।
श्लोक ३४
तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः ॥ ४-३४॥
त्यसको लागि तत्वदर्शी ज्ञानी गुरुको समीपमा गई दण्डवत प्रणाम गरी सेवाद्वारा प्रसन्न बनाएर प्रश्नहरुको उपदेशको लागि अनुरोध गर्नुपर्छ ।
श्लोक ३५
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव ।
येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि ॥ ४-३५॥
जुन ज्ञानलाई एकपटक जानेपछि हे पाण्डव फेरि कुनै पनि मोह हुँदैन । यसबाट सम्पुर्ण प्राणीहरुमा मलाई देखेर मबाट अभिन्न रहनेछौ ।
श्लोक ३६
अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तमः ।
सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ॥ ४-३६॥
यदि तिमी पापकर्ममा लागेर महापाप नै गरेको भए पनि ज्ञानरुपी डुङ्गामा बसेर सबै पापलाई छेदन गरी पार पाउनेछौ ।
श्लोक ३७
यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ॥ ४-३७॥
जसरी धप धप बलेको अग्निले समिधाहरुलाई खरानी बनाउँछ, त्यस्तै प्रस्फुटित ज्ञानले सबै पापहरुलाई जलाएर खरानी बनाउँछ ।
श्लोक ३८
न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ॥ ४-३८॥
यसैले यो संसारमा ज्ञानजस्तो शुद्ध बनाउने अर्को केही छैन । योगमा सिद्ध भएर धेरै समयपछि आत्मामा अधिष्ठित हुन पुगिन्छ ।
श्लोक ३९
श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ॥ ४-३९॥
इन्द्रियहरुलाई संयम गरेर जसले प्राप्त ज्ञानमा श्रद्धा गर्छ, उसले पूर्णज्ञान प्राप्त गरेर अन्त्यमा परम शान्ती प्राप्त गर्छ ।
श्लोक ४०
अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति ।
नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः ॥ ४-४०॥
अज्ञानी, श्रद्धा नभएको र शंका गर्ने मानिस नासिन्छ । त्यस्ता व्यक्तिलाई न त यो लोकमा न परलोकमा शान्ति मिल्छ ।
श्लोक ४१
योगसंन्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ॥ ४-४१॥
हे धनञ्जय ! योगद्वारा कर्महरुको त्याग, ज्ञानद्वारा शंका निवारण भएपछि आत्मामा स्थित माहात्माको लागि कुनै कर्मले बन्धन बनाउँदैन ।
श्लोक ४२
तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।
छित्त्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ॥ ४-४२॥
हे भारत ! आफूभित्र अज्ञानद्वारा दुषित शंकाहरुलाई ज्ञानरुपी हतियारद्वारा काटेर योगमा उठ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानकर्मसंन्यासयोगो नाम चतुर्थोऽध्यायः ॥ ४॥
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२