गुरु गीता
«
श्लोक ५४
ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिम्
द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम् ।
एकं नित्यं विमलमचलं सर्वधीसाक्षिभूतम्
भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि ॥ ५४॥
जो ब्रह्मानन्द स्वरुप हुनुहुन्छ, परमसुख दिने हुनुहुन्छ, जो केवल ज्ञानस्वरुप हुनुहुन्छ, द्वन्दहरुबाट पर हुनुहुन्छ, आकाशको समान सूक्ष्म र सर्वव्यापक हुनुहुन्छ, तत्वमसि आदि महावाक्यको लक्ष्यार्थ हुनुहुन्छ, एक हुनुहुन्छ, नित्य हुनुहुन्छ, मलरहित हुनुहुन्छ, अचल हुनुहुन्छ, सर्वबुद्धिको साक्षी हुनुहुन्छ, भावनाबाट पर हुनुहुन्छ, सत्व, रज, तम तीनै गुणबाट रहित हुनुहुन्छ, यस्तो श्री सद्गुरुदेवलाई म बारम्बार नमस्कार गर्दछु ।
श्लोक ५५
गुरूपदिष्टमार्गेण मनःशुद्धिं तु कारयेत् ।
अनित्यं खण्डयेत्सर्वं यत्किञ्चिदात्मगोचरम् ॥ ५५॥
श्री गुरुदेवबाट उपदिष्ट मार्गले मनको शुद्धि गर्नुपर्दछ । जुन पनि अनित्य वस्तु आफ्नो इन्द्रियहरुको विषय हुन्छ तिनलाई निराकरण गर्नुपर्दछ ।
श्लोक ५६
किमत्र बहुनोक्तेन शास्त्रकोटिशतैरपि ।
दुर्लभा चित्तविश्रान्तिः विना गुरुकृपां पराम् ॥ ५६॥
यहाँ धेरै भनेर पनि कुनै लाभ छैन । श्री गुरुदेवको परम कृपाविना करोडौँ शास्त्रहरुबाट पनि चित्त विश्रान्ति हुन दुर्लभ छ ।
श्लोक ५७
करुणाखड्गपातेन छित्वा पाशाष्टकं शिशोः ।
सम्यगानन्दजनकः सद्गुरुः सोऽभिधीयते ॥५७॥
करुणारुपी तरबारले शिष्यका आठै पाश (संशय, दया, भय, संकोच, निन्दा, प्रतिष्ठा, कुलाभिमान र सम्पत्ति)लाई काटेर निर्मल आनन्द दिने हुनाले सद्गुरु भनिन्छ ।
श्लोक ५८
एवं श्रुत्वा महादेवि गुरुनिन्दां करोति यः ।
स याति नरकान् घोरान् यावच्चन्द्रदिवाकरौ ॥ ५८॥
यस्तो सुनेर पनि जुन मनुष्य गुरु निन्दा गर्दछन्, ति मनुष्य जबसम्म सूर्य चन्द्रको अस्तित्व रहन्छ, तबसम्म घोर नरकमा रहन्छन् ।
श्लोक ५९
यावत्कल्पान्तको देहस्तावद्देवि गुरुं स्मरेत् ।
गुरुलोपा न कर्तव्यः स्वच्छन्दो यदि वा भवेत् ॥ ५९॥
हे देवी ! देह कल्पको अन्तसम्म श्री गुरुदेवलाई स्मरण गर्नुपर्दछ र आत्मज्ञानी भएपछि पनि शिष्यले गुरुदेवको शरण छोड्नुहुँदैन ।
श्लोक ६०
हुङ्कारेण न वक्तव्यं प्राज्ञशिष्यैः कदाचन ।
गुरोरग्र न वक्तव्यमसत्यं तु कदाचन ॥ ६०॥
श्री गुरुदेवको सामुन्ने प्रज्ञावान शिष्यले कहिल्यै पनि ‘हुँकार’ शब्दले (मैले यस्तो गरेँ आदि) बोल्नुहुँदैन र कहिल्यै पनि असत्य बोल्नुहुँदैन ।
श्लोक ६१
गुरुं त्वंकृत्य हुंकृत्य गुरुसान्निध्यभाषणः ।
अरण्ये निर्जले देशे सम्भवेद् ब्रह्मराक्षसः ॥ ६१॥
गुरुदेवको सामुन्ने जसले ‘हुँकार’ शब्दले बोल्दछ अथवा जसले गुरुदेवलाई ‘तँ’ भनी बोल्दछ, त्यो निर्जन मरुभूमिमा ब्रह्मराक्षस हुन्छ ।
श्लोक ६२
अद्वैतं भावयेन्नित्यं सर्वावस्थासु सर्वदा ।
कदाचिदपि नो कुर्याद्द्वैतं गुरुसन्निधौ ॥ ६२॥
सधैँ र सबै अवस्थामा अद्वैतको भावना गर्नुपर्दछ तर गुरुदेवको साथ कहिल्यै अद्वैतको भावना गर्नुहुँदैन ।
श्लोक ६३
दृश्यविस्मृतिपर्यन्तं कुर्याद् गुरुपदार्चनम् ।
तादृशस्यैव कैवल्यं न च तद्व्यतिरेकिणः ॥ ६३॥
जबसम्म दृश्य प्रपञ्चको विस्मृति हुँदैन, तबसम्म गुरुदेवको पावन चरणारविन्दको पूजा–अर्चना गर्नुपर्दछ । यस्तो गर्नेलाई नै कैवल्य प्राप्त हुन्छ, यसको विपरीत गर्नेलाई हुँदैन ।
श्लोक ६४
अपि सम्पूर्णतत्त्वज्ञो गुरुत्यागि भवेद्यदा ।
भवत्येव हि तस्यान्तकाले विक्षेपमुत्कटम् ॥ ६४॥
सम्पूर्ण तत्वज्ञ पनि यदि गुरुलाई त्याग गर्दछ भने मृत्युको समय उसलाई आत्मग्लानि हुन्छ ।
श्लोक ६५
गुरौ सति स्वयं देवि परेषां तु कदाचन ।
उपदेशं न वै कुर्यात् तथा चेद्राक्षसो भवेत् ॥ ६५॥
हे देवी ! गुरुको अनुमति विना आफैँ कसैलाई उपदेश दिनुहुँदैन । यसप्रकार उपदेश दिने ब्रह्मराक्षस हुन्छ ।
श्लोक ६६
न गुरोराश्रमे कुर्यात् दुष्पानं परिसर्पणम् ।
दीक्षा व्याख्या प्रभुत्वादि गुरोराज्ञां न कारयेत् ॥६६॥
गुरुको आश्रममा कहिल्यै मदिरा आदि नशालु पदार्थ सेवन गर्नुहुँदैन, विना साधना डुल्नु हुँदैन, दीक्षा दिन, व्याख्यान दिन र प्रभुत्व देखाउन र गुरुलाई आज्ञा दिन सबै निषिद्ध हुन्छ ।
श्लोक ६७
नोपाश्रमं च पर्यकं न च पादप्रसारणम् ।
नाङ्गभोगादिकं कुर्यान्न लीलामपरामपि ॥६७॥
गुरुको आश्रममा छाप्रो र पलंग बनाउनुहुँदैन, गुरुको सम्मुख गोडा पसार्नुहुँदैन, शरीरको भोग भोग्नुहुँदैन र अन्य कुनै लीला गर्नुहुँदैन ।
श्लोक ६८
गुरूणां सदसद्वापि यदुक्तं तन्न लंघयेत् ।
कुर्वन्नाज्ञां दिवा रात्रौ दासवन्निवसेद्गुरो ॥ ६८॥
गुरुको आज्ञा साँचो होस् कि झुटो, कहिल्यै पनि उल्लङ्घन गर्नुहुँदैन । रात र दिनमा गुरुदेवको आज्ञा पालना गरी उहाँको नजिक दास भएर बस्नुपर्दछ ।
श्लोक ६९
अदत्तं न गुरोर्द्रव्यमुपभुञ्जीत कर्हिचित् ।
दत्ते च रंकवद्ग्राह्यं प्राणोऽप्येतेन लभ्यते ॥ ६९॥
जुन सम्पत्ति गुरुदेवले दिनुभएको छैन, त्यसलाई उपयोग गर्नुहुँदैन । गुरुदेवले दिनुभएको सम्पत्ति पनि गरीबजस्तै ग्रहण गर्नुपर्दछ । त्यसले प्राण पनि प्राप्त हुन सक्दछ ।
श्लोक ७०
पादुकासनशय्यादि गुरुणा यदभीष्टितम् ।
नमस्कुर्वीत तत्सर्वं पादाभ्यां न स्पृशेत् क्वचित् ॥ ७०॥
पादुका, आसन, बिस्तारा आदि जे पनि गुरुदेवको उपयोगमा आउँछ, तिनी सबैलाई नमस्कार गर्नुपर्दछ र तिनलाई कहिल्यै पनि पैतालाले छुनुहुँदैन ।
श्लोक ७१
गच्छतः पृष्ठतो गच्छेत् गुरुच्छायां न लंघयेत् ।
नोल्बणं धारयेद्वेषं नालंकारांस्ततोल्बणान् ॥ ७१॥
चल्नुभएको गुरुदेवको पछाडि चल्नुपर्दछ । उहाँको छाँयाको पनि उल्लङ्घन गर्नुहुँदैन । गुरुदेवको सामुन्ने महङ्गा वेशभूषा, आभूषण आदि धारण गर्नुहुँदैन ।
श्लोक ७२
गुरुनिन्दाकरं दृष्ट्वा धावयेदथ वासयेत् ।
स्थानं वा तत्परित्याज्यं जिह्वाछेदाक्षमो यदि ॥ ७२॥
गुरुदेवको निन्दा गर्ने मनुष्य देखेर यदि त्यसको जिब्रो काट्न असमर्थ भएमा त्यसलाई आफ्नो स्थानबाट भगाउनुपर्दछ । तर यदि त्यसले स्थान नछोडेमा आफैँ उक्त स्थानलाई त्याग गर्नुपर्दछ ।
श्लोक ७३
मुनिभिः पन्नगैर्वापि सुरैर्वा शापितो यदि ।
कालमृत्युभयाद्वापि गुरुः संत्राति पार्वति ॥ ७३॥
हे पार्वती ! मुनिहरु, पन्नगहरु तथा देवताहरुको श्रापबाट तथा यथाकाल आएको मृत्युको भयबाट पनि शिष्यलाई गुरुदेवले बचाउन सक्नुहुन्छ ।
श्लोक ७४
विजानन्ति महावाक्यं गुरोश्चरण सेवया ।
ते वै संन्यासिनः प्रोक्ता इतरे वेषधारिणाः ॥ ७४॥
गुरुदेवको श्री चरणको सेवा गरेर महावाक्यको अर्थ जो सम्झन्छन्, ती नै सच्चा सन्यासी हुन्, अरु त केवल वेशधारी हुन् ।
श्लोक ७५
नित्यं ब्रह्म निराकारं निर्गुणं सत्यचिद्धनम् ।
यः साक्षात्कुरुते लोके गुरुत्वं तस्य शोभते ॥ ७५॥
गुरुदेव नित्य, निर्गुण, निराकार परमब्रह्मको बोध गराएर जसरी एउटा दियो अर्को दियोलाई प्रज्ज्वलित गर्दछ, त्यसरी नै शिष्यमा ब्रह्मभाव प्रकट गराउनुहुन्छ ।
श्लोक ७६
गुरुप्रसादतः स्वात्मन्यात्मारामनिरीक्षणात् ।
समता मुक्तिमार्गेण स्वात्मज्ञानं प्रवर्तते ॥ ७६॥
श्री गुरुदेवको कृपाबाट आफ्नो भित्र आत्मानन्द प्राप्त गरेर समता र मुक्तिको मार्गबाट शिष्य आत्मज्ञान प्राप्त गर्न सक्दछन् ।
श्लोक ७७
स्फाटिके स्फाटिकं रूपं दर्पणे दर्पणो यथा ।
तथात्मनि चिदाकारमानन्दं सोऽहमित्युत ॥७७॥
जसरी स्फटिक मणिमा स्फटिक र ऐनामा ऐना देख्न सकिन्छ, त्यसैप्रकार आत्मामा जुन चित् र आनन्दरुप देखिन्छ, त्यो म हुँ ।
श्लोक ७८
अंगुष्ठमात्रं पुरुषं ध्यायेच्च चिन्मयं हृदि ।
तत्र स्फुरति यो भावः श्रुणु तत्कथयामि ते ॥ ७८॥
हृदयमा अंगुष्ठमा परिमाण भएको चैतन्य पुरुषको ध्यान गर्नुपर्दछ । त्यहाँ जुन भाव स्फुटित हुन्छ, त्यो म तिमीलाई भन्दछु, सुन ।
श्लोक ७९
अजोऽहममरोऽहं च ह्यनादिनिधनो ह्यहम् ।
अविकारश्चिदानन्दो ह्यणीयान्महतो महान् ॥ ७९॥
म अजन्मा छु, म अमर छु, मेरो कोही छैन, मेरो मृत्यु छैन । म निर्विकार हुँ, म चिदानन्द हुँ । म अणुभन्दा पनि सानो छु र महान्भन्दा पनि महान् छु ।
श्लोक ८०-८१
अपूर्वमपरं नित्यं स्वयंज्योतिर्निरामयम् ।
विरजं परमाकाशं ध्रुवमानन्दमव्ययम् ॥ ८०॥
अगोचरं तथाऽगम्यं नामरूपविवर्जितम् ।
निःशब्दं तु विजानीयात्स्वभावाद्ब्रह्म पार्वति ॥ ८१॥
हे पार्वती ! ब्रह्मलाई स्वभावमा नै अपूर्व, अद्वितीय, नित्य, ज्योतिस्वरुप, निरोग, निर्मल, परमआकाश स्वरुप, अचल, आनन्दस्वरुप, अविनाशी, अगम्य, अगोचर, नाम र रुपबाट रहित तथा निःशब्द जान्नुपर्दछ ।
श्लोक ८२
यथा गन्धस्वभावावत्वं कर्पूरकुसुमादिषु ।
शीतोष्णत्वस्वभावत्वं तथा ब्रह्मणि शाश्वतम् ॥ ८२॥
जुन प्रकारबाट कपूर, फूल आदिमा गन्ध, अग्निमा उष्णता, बर्फमा शीतलता स्वभावैले हुन्छ, त्यसै प्रकार ब्रह्ममा शाश्वतता स्वभाव सिद्ध हुन्छ ।
श्लोक ८३
यथा निजस्वभावेन कुण्डलकटकादयः ।
सुवर्णत्वेन तिष्ठन्ति तथाऽहं ब्रह्म शाश्वतम् ॥ ८३॥
जुन प्रकार कटक, कुण्डल आदि आभूषण स्वभावैले सुवर्ण हुन्छन्, त्यसै प्रकार म शाश्वत ब्रह्म हुँ ।
श्लोक ८४
स्वयं तथाविधो भूत्वा स्थातव्यं यत्रकुत्रचित् ।
कीटो भृङ्ग इव ध्यानाद्यथा भवति तादृशः ॥ ८४॥
स्वयं यस्तो भएर कुनै पनि स्थानमा रहनु जसरी किरा भ्रमरको चिन्तन गर्दागर्दै भ्रमर हुन्छ, त्यस्तै जीव ब्रह्मको ध्यान गर्दागर्दै ब्रह्मस्वरुप हुन्छ ।
श्लोक ८५
गुरुर्ध्यानेनैव नित्यं देही ब्रह्ममयो भवेत् ।
स्थितश्च यत्र कुत्रापि मुक्तोऽसौ नात्र संशयः ॥८५॥
सदैव गुरुदेवको ध्यान गरेर नै जीव ब्रह्ममय हुन्छ । जुनसुकै स्थानमा भए पनि मुक्त हुन्छ, यसमा कुनै सन्देह छैन ।
श्लोक ८६
ज्ञानं स्वानुभवः शान्तिर्वैराग्यं वक्तृता धृतिः ।
षड्गुणैश्वर्ययुक्तो हि भगवान् श्रीगुरुः प्रिये ॥ ८६॥
हे प्रिये ! भगवत्स्वरुप श्री गुरुदेव, ज्ञान, वैराग्य, ऐश्वर्य, यश, लक्ष्मी र मधुर वाणी, यी छ गुणरुपी सम्पत्तिले सम्पन्न हुनुहुन्छ ।
श्लोक ८७
गुरुः शिवो गुरुर्देवो गुरुर्बन्धुः शरीरिणाम् ।
गुरुरात्मा गुरुर्जीवो गुरोरन्यन्न विद्यते ॥ ८७॥
मनुष्यको लागि गुरु नै शिव हुनुहुन्छ, गुरु नै देव हुनुहुन्छ, गुरु नै बान्धव हुनुहुन्छ, गुरु नै आत्मा हुनुहुन्छ, गुरु नै जीव हुनुहुन्छ । गुरु बाहेक अन्य केही पनि होइन ।
श्लोक ८८
एकाकी निस्पृहः शान्तश्चिन्तासूयादिवर्जितः ।
बाल्यभावेन यो भाति ब्रह्मज्ञानी स उच्यते ॥ ८८॥
एक्लै, कामनारहित, शान्त, चिन्तारहित, ईर्ष्यारहित र बालकजस्तै शोभयमान हुन्छ, ऊ ब्रह्मज्ञानी भनेर जानिन्छ ।
श्लोक ८९
न सुखं वेदशास्त्रेषु न सुखं मन्त्रयन्त्रके ।
गुरोः प्रसादादन्यत्र सुखं नास्ति महीतले ॥ ८९॥
वेद र शास्त्रहरुमा सुख छैन, मन्त्र र यन्त्रमा सुख छैन । यस पृथ्वीमा गुरुदेवको कृपाप्रसाद बाहेक अन्य कहीँ पनि सुख छैन ।
श्लोक ९०
चार्वाकवैष्णवमते सुखं प्राभाकरे न हि ।
गुरोः पादान्तिके यद्वत्सुखं वेदान्तसम्मतम् ॥ ९०॥
गुरुदेवको चरणकमलमा जुन वेदान्त निर्दिष्ट सुख छ, त्यो सुख न चार्वाक मतमा छ, न वैष्णव मतमा छ र न सांख्य मतमा नै छ ।
श्लोक ९१
न तत्सुखं सुरेन्द्रस्य न सुखं चक्रवर्तिनाम् ।
यत्सुखं वीतरागस्य मुनेरेकान्तवासिनः ॥ ९१॥
एकान्तवासी वीतराग मुनिलाई जुन सुख मिल्दछ, त्यो सुख न त ईन्द्रलाई न चक्रवर्ती राजाहरुलाई नै मिल्दछ ।
श्लोक ९२
नित्यं ब्रह्मरसं पीत्वा तृप्तो यः परमात्मनि ।
इन्द्रं च मन्यते तुच्छं नृपाणां तत्र का कथा ॥ ९२॥
सधैँ ब्रह्मरसलाई पिएर जो परमात्मामा तृप्त भएको छ, ऊ ईन्द्रलाई नै गरिब मान्दछ भने राजाहरुको त के कुरा नै भयो र ?
श्लोक ९३
यतः परमकैवल्यं गुरुमार्गेण वै भवेत् ।
गुरुभक्तिरतः कार्या सर्वदा मोक्षकांक्षिभिः ॥ ९३॥
मोक्षको आकांक्षा गर्नेहरुले गुरुदेवको भक्ति असाध्यै गर्नुपर्दछ किनकी गुरुदेवद्वारा नै मोक्ष प्राप्त हुन्छ ।
श्लोक ९४-९५
एक एवाद्वितीयोऽहं गुरुवाक्येन निश्चितः ।
एवमभ्यस्यता नित्यं न सेव्यं वै वनान्तरम् ॥ ९४॥
अभ्यासान्निमिषेणैवं समाधिमधिगच्छति ।
आजन्मजनितं पापं तत्क्षणादेव नश्यति ॥ ९५॥
गुरुदेवको वाणीको सहायताले जसले यस्तो निश्चय गरेको छ कि ‘म एक र अद्वितीय हुँ’ र त्यही अभ्यासमा जो नित्यरत छ, उसको लागि अन्य वनवास आवश्यक छैन किनकी अभ्यासले नै एक क्षणमा समाधि लाग्दछ र त्यही क्षण यस जन्मसम्मको सबै पाप नष्ट हुन्छ ।
श्लोक ९६
गुरुर्विष्णुः सत्त्वमयो राजसश्चतुराननः ।
तामसो रुद्ररूपेण सृजत्यवति हन्ति च ॥ ९६॥
गुरुदेव नै सत्वगुणी भएर विष्णुरुपमा यो जगत्लाई पालन गर्नुहुन्छ, रजोगुणी भएर ब्रह्मारुपमा यो जगत्लाई सृजना गर्नुहुन्छ र तमोगुणी भएर शंकर रुपमा यो जगत्को संहार गर्नुहुन्छ ।
श्लोक ९७
तस्यावलोकनं प्राप्य सर्वसंगविवर्जितः ।
एकाकी निस्पृहः शान्तः स्थातव्यं तत्प्रसादतः ॥ ९७॥
गुरुदेवको दर्शन पाएर, उहाँको कृपाप्रसाद पाएर सबै प्रकारले आसक्ति छोडेर, एकाकी, निःस्पृह र शान्त भएर रहनुपर्दछ ।
श्लोक ९८
सर्वज्ञपदमित्याहुर्देही सर्वमयो भुवि ।
सदाऽनन्दः सदा शान्तो रमते यत्रकुत्रचित् ॥ ९८॥
जो जीव यस जगतमा सर्वमय, आनन्दमय र शान्त भएर सर्वत्र विचरण गर्दछ, त्यस जीवलाई सर्वज्ञ भनिन्छ ।
श्लोक ९९
यत्रैव तिष्ठते सोऽपि स देशः पुण्यभाजनः ।
मुक्तस्य लक्षणं देवि तवाग्रे कथितं मया ॥९९॥
यस्तो पुरुष जहाँ रहन्छ, त्यो स्थान पुण्यतीर्थ हो । हे देवी ! तिम्रो सामुन्ने मैले मुक्त पुरुषको लक्षण भनेँ ।
श्लोक १००
यद्यप्यधीता निगमाः षडंगा आगमाः प्रिये ।
अध्यात्मादीनि शास्त्राणि ज्ञानं नास्ति गुरुं विना ॥ १००॥
हे प्रिये ! मनुष्य चाहे चारै वेद पढोस्, वेदको छ नै अङ्ग नै पढोस्, अध्यात्म शास्त्र आदि सर्वशास्त्र पढोस् तर पनि गुरुविना ज्ञान मिल्न सक्दैन ।
श्लोक १०१
शिवपूजारतो वापि विष्णुपूजारतोऽथवा ।
गुरुतत्त्वविहीनश्चेत्तत्सर्वं व्यर्थमेव हि ॥१०१॥
शिवको पूजामा रत होस् वा विष्णुको पूजामा रत होस् तर यदि गुरुतत्वको ज्ञानबाट रहित छ भने सम्पूर्ण व्यर्थ छ ।
श्लोक १०२
सर्वं स्यात्सफलं कर्म गुरुदीक्षाप्रभावतः ।
गुरुलाभात्सर्वलाभो गुरुहीनस्तु बालिशः ॥ १०२॥
गुरुदेवको दीक्षाको प्रभावबाट सबै कर्म सफल हुन्छ । गुरुदेवको सम्प्राप्तिरुपी परम लाभबाट अन्य सबै लाभ मिल्दछ । जसको गुरु छैन, त्यो मूर्ख हो ।
श्लोक १०३
तस्मात्सर्वप्रयत्नेन सर्वसंगविवर्जितः ।
विहाय शास्त्रजालानि गुरुमेव समाश्रयेत् ॥१०३॥
त्यसैल सबै प्रकारबाट अनासक्त भएर शास्त्रको मायाजाल छोडेर गुरुको नै शरण लिनुपर्दछ ।
श्लोक १०४
ज्ञानहीनो गुरुस्त्याज्यो मिथ्यावादि विडम्बकः ।
स्वविश्रान्तिं न जानाति परशान्तिं करोति किम् ॥ १०४॥
ज्ञानरहित, झुट बोल्ने र देखावटी गर्नेले गुरुको त्याग गर्नुपर्दछ किनकी जसले आफ्नो शान्ति नै प्राप्त गर्न जान्दैन, त्यसले दोस्रो व्यक्तिलाई कसरी शान्ति दिन सक्दछ ?
श्लोक १०५
शिलायाः किं परं ज्ञानं शिलासंघप्रतारणे ।
स्वयं तर्तुं न जानाति परं निस्तारयेत् कथम् ॥ १०५॥
ढुङ्गाहरुको समूहलाई उत्रार्ने ज्ञान स्वयं ढुङ्गामा कसरी हुन सक्दछ ? जो स्वयं तैरिन जान्दैन उसले कसरी अरुलाई तार्दछ ?
श्लोक १०६
न वन्दनीयास्ते कष्टं दर्शनाद्भ्रान्तिकारकाः ।
वर्जयेतान् गुरुन् दूरे धीरानेव समाश्रयेत् ॥ १०६॥
जो गुरु आफ्नो दर्शनले (देखावटी रुपले) शिष्यलाई भ्रमित गर्दछन्, त्यस्तो गुरुलाई नमस्कार गर्नुहुँदैन । त्याग गरिदिनुपर्दछ र यस्तो अवस्थामा धैर्यवान गुरुको नै आश्रय लिनुपर्दछ ।
श्लोक १०७-१०९
पाषण्डिनः पापरताः नास्तिका भेदबुद्धयः ।
स्त्रीलम्पटा दुराचाराः कृतघ्ना बकवृत्तयः ॥ १०७॥
कर्मभ्रष्टाः क्षमानष्टा निन्द्यतर्केश्च वादिनः ।
कामिनः क्रोधिनश्चैव हिंस्राश्चण्डाः शठास्तथा ॥ १०८॥
ज्ञानलुप्ता न कर्तव्या महापापास्तथा प्रिये ।
एभ्यो भिन्नो गुरुः सेव्यः एकभक्त्या विचार्य च ॥ १०९॥
हे प्रिये ! पाखण्ड, पापमा रत, नास्तिक, भेद–बुद्धि उत्पन्न गराउने, स्त्री लम्पट, दुराचारी, बकुल्लाजस्तै ठग्ने, कर्मभ्रष्ट, क्षमारहित, निन्दनीय, तर्कहरुले समस्या उत्पन्न गराउने, कामी, क्रोधी, हिंस्रक, अज्ञानी र महापापी पुरुषलाई गुरु मान्नु हुँदैन । यस्तो विचार गरेर माथि उल्लेखित लक्षणबाट भिन्न गुरुलाई एकनिष्ठ भक्तिले सेवा गर्नुपर्दछ ।
श्लोक ११०
सत्यं सत्यं पुनः सत्यं धर्मसारं मयोदितम् ।
गुरुगीता समं स्तोत्रं नास्ति तत्वं गुरोः परम् ।।११०।।
गुरु गीता समान अन्य कुनै स्तोत्र छैन । गुरु समान अन्य कुनै तत्व छैन । समस्त धर्मको सार मैले भनेको छु र यही सत्य हो ।
श्लोक १११
अनेन यद्भवेत्कार्यं तद्वदामि तव प्रिये ।
लोकोपकारकं देवि लौकिकं तु विवर्जयेत् ॥ १११॥
हे प्रिये ! यस गुरु गीता पाठ गर्नाले जुन कर्म सिद्ध हुन्छ, त्यो अब भन्दछु । हे देवी ! मानवहरुको लागि यो उपकारक छ । मात्र लौकिक पदार्थहरुप्रति जुन आशक्ति छ, जुन कामना छ, जुन ईच्छा–अपेक्षा छ, त्यो त्याग गर्नुपर्दछ ।
श्लोक ११२
लौकिकाद्धर्मतो याति ज्ञानहीनो भवार्णवे ।
ज्ञानभावे च यत्सर्वं कर्म निष्कर्म शाम्यति ॥ ११२॥
जो पनि यसको उपयोग लौकि कार्यको लागि गर्दछ, त्यो ज्ञानहीन भएर संसाररुपी सागरमा डुब्छ । ज्ञानभावले जुन कुनै कर्ममा यसको उपयोग गर्दछ, त्यो निष्काम कर्म गर्ने व्यक्ति शान्त हुन्छ ।
श्लोक ११३
इमां तु भक्तिभावेन पठेद्वै श्रुणुयादपि ।
लिखित्वा यत्प्रदानेन तत्सर्वं फलमश्नुते ॥ ११३॥
भक्तिभावले यस गुरु गीता पाठ गर्नाले, सुन्नाले र लेख्नाले भक्त सबै फल भोग्दछ ।
श्लोक ११४
गुरुगीतामिमां देवि हृदि नित्यं विभावय ।
महाव्याधिगतैर्दुःखैः सर्वदा प्रजपेन्मुदा ॥ ११४॥
हे देवी ! यस गुरु गीतालाई नित्य भावपूर्वक हृदयमा धारण गर । महाव्याधि रुपी दुःखी व्यक्तिले सधैँ आनन्दपूर्वक यस गुरु गीताको जप गर्नुपर्दछ ।
श्लोक ११५
गुरुगीताक्षरैकैकं मन्त्रराजमिदं प्रिये ।
अन्ये च विविधा मन्त्राः कलां नार्हन्ति षोडशीम् ॥ ११५॥
हे प्रिय ! गुरु गीताको एक एक अक्षर मन्त्रराज छ । अन्य जो मन्त्रहरु छन्, ती यसको सोह्र भागको एक भाग पनि छैन ।
श्लोक ११६
अनन्त फलमाप्नोति गुरुगीता जपेन तु ।
सर्वपापहरा देवि सर्वदारिद्र्यनाशिनी ॥ ११६॥
हे देवी ! गुरु गीताको जपले अनन्त फल मिल्दछ । गुरु गीता सबै पापहरु हर्दछ र दरिद्रता नाश गर्दछ ।
श्लोक ११७
अकालमृत्युहर्त्री च सर्वसंकटनाशिनी ।
यक्षराक्षसभूतादिचोरव्याघ्रविघातिनी ॥ ११७॥
गुरु गीता अकाल मृत्युलाई रोक्दछ, सबै संकटहरु नाश गर्दछ । यक्ष, राक्षस, भूत, चोर र सिंह आदि सबैलाई टाढा गर्दछ ।
श्लोक ११८
सर्वोपद्रवकुष्ठादिदुष्टदोषनिवारिणी ।
यत्फलं गुरुसान्निध्यात्तत्फलं पठनाद्भवेत् ॥ ११८॥
गुरु गीता सबै प्रकारका उपद्रव, कुष्ठ आदि दुष्ट रोगहरुको निवारण गर्दछ । श्री गुरुदेवको सान्निध्यमा जुन फल मिल्दछ, त्यो फल यस गुरु गीता पाठ गर्नाले मिल्दछ ।
श्लोक ११९
महाव्याधिहरा सर्वविभूतेः सिद्धिदा भवेत् ।
अथवा मोहने वश्ये स्वयमेव जपेत्सदा ॥ ११९ ॥
यस गुरु गीता पाठ गर्नाले महाव्याधि टाढा हुन्छ, सबै ऐश्वर्य र सिद्धिहरु प्राप्त हुन्छ, मोहन र वशीकरणमा यसको पाठ स्वयंले नै गर्नुपर्दछ ।
श्लोक १२०
मोहनं सर्वभूतानां बन्धमोक्षकरं परम् ।
देवराज्ञां प्रियकरं राजानं वशमानयेत् ॥ १२०॥
यस गुरु गीता पाठ गर्नेसँग सबै प्राणी मोहित हुन्छन्, सबै बन्धहरुबाट मुक्ति मिल्दछ, देवराज ईन्द्रको प्रिय हुन्छ र राजा उसको वशमा हुन्छन् ।
श्लोक १२१
मुखस्तम्भकरं चैव गुणानां च विवर्धनम् ।
दुष्कर्मनाशनं चैव तथा सत्कर्मसिद्धिदम् ॥ १२१॥
यस गुरु गीताको पाठले शत्रुलाई परास्त गर्दछ, गुणहरुलाई वृद्धि गर्दछ, दुष्कृत्यहरुलाई नाश गर्दछ र सत्कर्ममा सिद्धि दिन्छ ।
श्लोक १२२
प्रसिद्धं साधयेत्कार्यं नवग्रहभयापहम् ।
दुःस्वप्ननाशनं चैव सुस्वप्नफलदायकम् ॥ १२२॥
यसको पाठ असम्भव कार्यलाई सम्भव गराउँदछ, नवग्रहहरुको भय हर्दछ, दुःस्वप्न नाश गर्दछ र सुस्वप्नको फल प्रदान गराउँदछ ।
श्लोक १२३
मोहशान्तिकरं चैव बन्धमोक्षकरं परम् ।
स्वरूपज्ञाननिलयं गीताशास्त्रमिदं शिवे ॥ १२३॥
हे शिवे ! यो गुरु गीतारुपी शास्त्र मोहलाई शान्त गर्दछ, बन्धनहरुबाट परम मुक्ति गराउँछ र यो स्वरुप ज्ञानको भण्डार हो ।
श्लोक १२४
यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चयम् ।
नित्यं सौभाग्यदं पुण्यं तापत्रयकुलापहम् ॥ १२४॥
व्यक्ति जुन जुन ईच्छा गरेर यस गुरु गीताको पाठ, चिन्तन गर्दछ, उसलाई निश्चय नै प्राप्त हुन्छ । यो गुरु गीता नित्य सौभाग्य र पुण्य प्रदान गर्ने र तीनै पाप (आधि, व्याधि, उपाधि) लाई नाश गर्दछ ।
श्लोक १२५
सर्वशान्तिकरं नित्यं तथा वन्ध्या सुपुत्रदम् ।
अवैधव्यकरं स्त्रीणां सौभाग्यस्य विवर्धनम् ॥ १२५॥
यो गुरु गीता सबै प्रकारको शान्ति दिने, पुत्र नभएकी स्त्रीलाई पुत्र दिने, सधवा स्त्रीको वैधव्यको निवारण गर्ने र सौभाग्य वृद्धि गर्दछ ।
श्लोक १२६
आयुरारोग्यमैश्वर्यं पुत्रपौत्रप्रवर्धनम् ।
निष्कामजापी विधवा पठेन्मोक्षमवाप्नुयात् ॥ १२६॥
यो गुरु गीता आयु, आरोग्य, ऐश्वर्य र पुत्र–पौत्र बढाउन मद्दत गर्दछ । कुनै विधवा निष्काम भावले यसको जप पाठ गर्नाले मोक्ष प्राप्त हुन्छ ।
श्लोक १२७
अवैधव्यं सकामा तु लभते चान्यजन्मनि ।
सर्वदुःखमयं विघ्नं नाशयेत्तापहारकम् ॥ १२७॥
यदि विधवा सकाम भावले जप गर्दछिन् भने अर्को जन्ममा उसको सन्ताप हर्ने सौभाग्य प्राप्त हुन्छ । उसको सबै दुःख, भय, विघ्न र सन्तापको नाश हुन्छ ।
श्लोक १२८
सर्वपापप्रशमनं धर्मकामार्थमोक्षदम् ।
यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ॥ १२८॥
यो गुरु गीताको पाठले सबै पापको शमन गर्दछ । धर्म, अर्थ, काम र मोक्ष प्रदान गर्दछ । यो पाठले जुन जुन आकाङ्क्षा गरिएको हुन्छ, त्यो अवश्य सिद्ध हुन्छ ।
श्लोक १२९
लिखित्वा पूजयेद्यस्तु मोक्षश्रियमवाप्नुयात् ।
गुरूभक्तिर्विशेषेण जायते हृदि सर्वदा ॥ १२९॥
यदि कोही यस गुरु गीता लेखेर पूजा गर्दछ भने उसलाई लक्ष्मी र मोक्ष प्राप्त हुन्छ र विशेषगरी उसलाई हृदयमा सदा सर्वदा गुरु भक्ति उत्पन्न हुन्छ ।
श्लोक १३०
जपन्ति शाक्ताः सौराश्च गाणपत्याश्च वैष्णवाः ।
शैवाः पाशुपताः सर्वे सत्यं सत्यं न संशयः ॥ १३०॥
शक्तिको, सूर्यको, गणपतिको, शिवको र पशुपतिको मत भएकाहरु पनि यस गुरु गीताको पाठ गर्दछन्, यो सत्य हो र यसमा कुनै सन्देह छैन । ॥ इति श्रीस्कंदपुराणे उत्तरखंडे उमामहेश्वर संवादे श्री गुरुगीतायां द्वितीयोऽध्यायः ॥
श्लोक १३१-१३२
जपं हीनासनं कुर्वत् हीनकर्मफलप्रदम् ।
गुरुगीतां प्रयाणे वा संग्रामे रिपुसंकटे ॥ १३१॥
जपन् जयमवाप्नोति मरणे मुक्तिदायिका ।
सर्वकर्माणि सिद्ध्यन्ति गुरुपुत्रे न संशयः ॥ १३२॥
बिना आसन गरिएको जप नीच कर्म हुन्छ र निष्फल हुन्छ । यात्रामा, युद्धमा, शत्रुको उपद्रवमा गुरु गीताको पाठ गर्नाले विजय मिल्दछ । मरणकालमा जप गर्नाले मोक्ष मिल्दछ । गुरु शिष्यको सबै कार्य सिद्ध हुन्छ, यसमा कुनै सन्देह छैन ।
श्लोक १३३
गुरुमन्त्रो मुखे यस्य तस्य सिद्ध्यन्ति नान्यथा ।
दीक्षया सर्वकर्माणि सिद्ध्यन्ति गुरुपुत्रके ॥ १३३॥
जसको मुखमा गुरु मन्त्र हुन्छ, उसको सबै कर्म सिद्ध हुन्छ । दीक्षाको कारण शिष्यको सबै कार्य सिद्ध हुन्छ ।
श्लोक १३४-१३५
भवमूलविनाशाय चाष्टपाशनिवृत्तये ।
गुरुगीताम्भसि स्नानं तत्त्वज्ञः कुरुते सदा ॥ १३४॥
सर्वशुद्धः पवित्रोऽसौ स्वभावाद्यत्र तिष्ठति ।
तत्र देवगणाः सर्वे क्षेत्रपीठे चरन्ति च ॥ १३५॥
तत्वज्ञ पुरुष संसाररुपी जडलाई नष्ट गर्नको लागि आठै प्रकारका बन्धन (संशय, दया, भय, संकोच, निन्दा, प्रतिष्ठा, कुलाभिमान र सम्पत्ति) निवृत्ति गर्नको लागि गुरु गीतारुपी गंगामा सधैँ स्नान गर्दछन् । स्वभावले नै सर्वदा शुद्ध र पवित्र यस्तो महापुरुष जहाँ रहनुहुन्छ, त्यस तीर्थमा सबै देवता विचरण गर्दछन् ।
श्लोक १३६-१३७
आसनस्थाः शयाना वा गच्छन्तस्तिष्ठन्तोऽपि वा ।
अश्वारूढा गजारूढाः सुषुप्ता जाग्रतोऽपि वा ॥ १३६॥
शुचिभूता ज्ञानवन्तो गुरुगीता जपन्ति ये ।
तेषां दर्शनसंस्पर्षात् दिव्यज्ञानं प्रजायते ॥ १३७॥
आसनमा बसेको वा सुतेको, उभिएको वा चलेको, हात्तीमा वा घोडामा सवार गरेको, जाग्रत वा सुषुप्त अवस्थामा जो पवित्र ज्ञानवान पुरुष यस गुरु गीताको जप गर्दछन्, तिनको दर्शन र स्पर्शले नै पूनर्जन्म हुँदैन ।
श्लोक १३८
कुशदूर्वासने देवि ह्यासने शुभ्रकम्बले ।
उपविश्य ततो देवि जपेदेकाग्रमानसः ॥ १३८॥
हे देवी ! कुश अथवा दुबोको आसनमा सेतो कम्बल बिछाएर एकाग्र मनले यस गुरु गीताको जप गर्नुपर्दछ ।
श्लोक १३९
शुक्लं सर्वत्र वै प्रोक्तं वश्ये रक्तासनं प्रिये ।
पद्मासने जपेन्नित्यं शान्तिवश्यकरं परम् ॥ १३९॥
सामान्यतया सेतो आसन उचित हुन्छ तर वशीकरणमा रातो आसन आवश्यक हुन्छ । हे प्रिये ! शान्ति प्राप्त गर्नलाई वा वशीकरणमा नित्य पद्मासनमा बसेर जप गर्नुपर्दछ ।
श्लोक १४०
वस्त्रासने च दारिद्र्यं पाषाणे रोगसम्भवः ।
मेदिन्यां दुःखमाप्नोति काष्ठे भवति निष्फलम् ॥ १४०॥
कपडाको आसनमा बसेर जप गर्नाले दरिद्रता आउँछ, ढुङ्गाको आसनमा रोग, भूईँमा बसेर जप गर्नाले दुःख आउँछ र काठमा बसेर गरेको जप निष्फल हुन्छ ।
श्लोक १४१
कृष्णाजिने ज्ञानसिद्धिर्मोक्षश्रीर्व्याघ्रचर्मणि ।
कुशासने ज्ञानसिद्धिः सर्वसिद्धिस्तु कम्बले ॥ १४१॥
कालो मृगचर्म र कुशासनमा बसेर जप गर्नाले ज्ञानसिद्धि हुन्छ । व्याघ्र चर्म माथि बसेर जप गर्नाले मुक्ति मिल्दछ भने कम्बलको आसनमा बसेर जप गर्नाले सिद्धि मिल्दछ ।
श्लोक १४२
आग्नेय्यां कर्षणं चैव वायव्यां शत्रुनाशनम् ।
नैरृत्यां दर्शनं चैव ईशान्यां ज्ञानमेव च ॥१४२॥
आग्नेय कोणतर्फ मुख गरेर जप गर्नाले आकर्षण, वायव्य कोणतर्फ शत्रुको नाश, नैऋत्य कोणतर्फ दर्शन र ईशान कोणतर्फ मुख गरेर जप गर्नाले ज्ञान प्राप्त हुन्छ ।
श्लोक १४३
उदङ्मुखः शान्तिजप्ये वश्ये पूर्वमुखस्तथा ।
याम्ये तु मारणं प्रोक्तं पश्चिमे च धनागमः ॥ १४३॥
उत्तर दिशातर्फ मुख गरेर जप गर्नाले शान्ति, पूर्व दिशातर्फ वशीकरण, दक्षिण दिशातर्फ मारण सिद्ध हुन्छ भने पश्चिम दिशातर्फ मुख गरेर जप गर्नाले धन प्राप्ति हुन्छ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८
६९
७०
७१
७२
७३
७४
७५
७६
७७
७८
७९
८०
८१
८२
८३