अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच
न ते सङ्गोऽस्ति केनापि किं शुद्धस्त्यक्तुमिच्छसि ।
सङ्घातविलयं कुर्वन्नेवमेव लयं व्रज ॥ ५-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘तिमी असङ्ग छौ, शुद्ध–बुद्ध–मुक्त स्वरुप छौ, तिमीले त्याग्नयोग्य वा ग्रहणयोग्य वस्तु केही बाँकी छैन । अब तिमी देहसङ्घातलाई लय गरेर देहादि अभिमानलाई त्यागेर आफ्नो स्वरुपमा स्थित होऊ ।’
श्लोक २
उदेति भवतो विश्वं वारिधेरिव बुद्बुदः ।
इति ज्ञात्वैकमात्मानमेवमेव लयं व्रज ॥ ५-२॥
जुन प्रकार समुन्द्रमा तरङ्ग उत्पन्न हुन्छन्, उसै प्रकार विश्व एक आत्माबाट नै उत्पन्न हुन्छ । यो जानेर एकरुपता ब्रह्ममा स्थित होऊ ।
श्लोक ३
प्रत्यक्षमप्यवस्तुत्वाद् विश्वं नास्त्यमले त्वयि ।
रज्जुसर्प इव व्यक्तमेवमेव लयं व्रज ॥ ५-३॥
आँखाको दृष्टिमा भएपनि यो विश्व अवास्तविक छ । विशुद्ध तिमीमा यो विश्वको अस्तित्व त्यही प्रकार छ जसरी कल्पित सर्प रसीमा हुन्छ । यस्तो जानेर तिमी आत्मस्वरुपमा स्थित होऊ ।
श्लोक ४
समदुःखसुखः पूर्ण आशानैराश्ययोः समः ।
समजीवितमृत्युः सन्नेवमेव लयं व्रज ॥ ५-४॥
स्वयंलाई सुख र दुःखमा समान, पूर्ण, आशा र निराशामा समान, जीवन र मृत्युमा समान भई दृढनिश्चय गरी ब्रह्मस्वरुपमा स्थित होऊ ।
«
१
२
३
४