अष्टावक्र गीता

«

श्लोक १

अष्टावक्र उवाच
विहाय वैरिणं काममर्थं चानर्थसङ्कुलम् ।
धर्ममप्येतयोर्हेतुं सर्वत्रानादरं कुरु ॥ १०-१॥

अष्टावक्र भन्नुहुन्छ – ‘हे जनक ! सम्पूर्ण अनर्थहरुको मूल ‘अर्थ’ धन–सम्पतिलाई र ज्ञानको शत्रुरुप ‘काम’लाई पनि कारकतत्वसहित त्यागिदेऊ । अर्थात कारणरुप धर्मसहित त्याग गर किनभने ज्ञान र मुक्तिका बाधक तिनै हुन् ।'

अष्टावक्र गीता, अध्याय १० - श्लोक १ अष्टावक्र उवाच विहाय वैरिणं काममर्थं चानर्थसङ्कुलम् । धर्ममप्येतयोर्हेतुं सर्वत्रानादरं कुरु ॥ १०-१॥ अष्टावक्र भन्नुहुन्छ – ‘हे जनक ! सम्पूर्ण अनर्थहरुको मूल ‘अर्थ’ धन–सम्पतिलाई र ज्ञानको शत्रुरुप ‘काम’लाई पनि कारकतत्वसहित त्यागिदेऊ । अर्थात कारणरुप धर्मसहित त्याग गर किनभने ज्ञान र मुक्तिका बाधक तिनै हुन् ।'

श्लोक २

स्वप्नेन्द्रजालवत् पश्य दिनानि त्रीणि पञ्च वा ।
मित्रक्षेत्रधनागारदारदायादिसम्पदः ॥ १०-२॥

स्त्री, पुत्र, धन, मित्र, क्षेत्र आदि भोगका जे–जति वस्तु वा साधनहरु छन्, ती सबै तीन–पाँच दिनमा नष्ट हुन्छन् भनेर जान । अतः तिनीहरुप्रतिको ममता त्याग गर्नु उत्तम छ ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक २ स्वप्नेन्द्रजालवत् पश्य दिनानि त्रीणि पञ्च वा । मित्रक्षेत्रधनागारदारदायादिसम्पदः ॥ १०-२॥ स्त्री, पुत्र, धन, मित्र, क्षेत्र आदि भोगका जे–जति वस्तु वा साधनहरु छन्, ती सबै तीन–पाँच दिनमा नष्ट हुन्छन् भनेर जान । अतः तिनीहरुप्रतिको ममता त्याग गर्नु उत्तम छ ।

श्लोक ३

यत्र यत्र भवेत्तृष्णा संसारं विद्धि तत्र वै ।
प्रौढवैराग्यमाश्रित्य वीततृष्णः सुखी भव ॥ १०-३॥

जहाँ जहाँ आसक्ति हुन्छ, त्यसलाई नै संसार भनेर जान । यसप्रकार परिपक्व वैराग्यको आश्रममा तृष्णारहित भएर सुखी होऊ ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक ३ यत्र यत्र भवेत्तृष्णा संसारं विद्धि तत्र वै । प्रौढवैराग्यमाश्रित्य वीततृष्णः सुखी भव ॥ १०-३॥ जहाँ जहाँ आसक्ति हुन्छ, त्यसलाई नै संसार भनेर जान । यसप्रकार परिपक्व वैराग्यको आश्रममा तृष्णारहित भएर सुखी होऊ ।

श्लोक ४

तृष्णामात्रात्मको बन्धस्तन्नाशो मोक्ष उच्यते ।
भवासंसक्तिमात्रेण प्राप्तितुष्टिर्मुहुर्मुहुः ॥ १०-४॥

तृष्णा(कामना) मात्र स्वयंको बन्धन हो र तृष्णाको त्याग नै मोक्ष मानिन्छ । संसारको अनासक्तिले नै निरन्तर आनन्द प्राप्त हुन्छ ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक ४ तृष्णामात्रात्मको बन्धस्तन्नाशो मोक्ष उच्यते । भवासंसक्तिमात्रेण प्राप्तितुष्टिर्मुहुर्मुहुः ॥ १०-४॥ तृष्णा(कामना) मात्र स्वयंको बन्धन हो र तृष्णाको त्याग नै मोक्ष मानिन्छ । संसारको अनासक्तिले नै निरन्तर आनन्द प्राप्त हुन्छ ।

श्लोक ५

त्वमेकश्चेतनः शुद्धो जडं विश्वमसत्तथा ।
अविद्यापि न किञ्चित्सा का बुभुत्सा तथापि ते ॥ १०-५॥

यस संसारमा आत्मा, जगत र अज्ञान यी तीन वस्तु मात्र छन् । तिमी एक अद्वितीय, चेतन र शुद्ध आत्मा हौ तथा यो जगत अचेतन र असत्य हो । तिमीमा अज्ञानको लेश मात्र पनि छैन र चैतन्यस्वरुप आत्मालाई जान्ने तृष्णारुपी बन्धन पनि हुँदैन ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक ५ त्वमेकश्चेतनः शुद्धो जडं विश्वमसत्तथा । अविद्यापि न किञ्चित्सा का बुभुत्सा तथापि ते ॥ १०-५॥ यस संसारमा आत्मा, जगत र अज्ञान यी तीन वस्तु मात्र छन् । तिमी एक अद्वितीय, चेतन र शुद्ध आत्मा हौ तथा यो जगत अचेतन र असत्य हो । तिमीमा अज्ञानको लेश मात्र पनि छैन र चैतन्यस्वरुप आत्मालाई जान्ने तृष्णारुपी बन्धन पनि हुँदैन ।

श्लोक ६

राज्यं सुताः कलत्राणि शरीराणि सुखानि च ।
संसक्तस्यापि नष्टानि तव जन्मनि जन्मनि ॥ १०-६॥

पूर्व जन्ममा असङ्ख्य तिमीले पुत्र, स्त्री, शरीर र सुखको निम्ति भौँतारियौ र आशक्ति पैदा गर्यौ । तिम्रो आसक्ति भए पनि ति सबै नाश भए र अहिले तिमीलाई ती कुनै याद छैनन् ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक ६ राज्यं सुताः कलत्राणि शरीराणि सुखानि च । संसक्तस्यापि नष्टानि तव जन्मनि जन्मनि ॥ १०-६॥ पूर्व जन्ममा असङ्ख्य तिमीले पुत्र, स्त्री, शरीर र सुखको निम्ति भौँतारियौ र आशक्ति पैदा गर्यौ । तिम्रो आसक्ति भए पनि ति सबै नाश भए र अहिले तिमीलाई ती कुनै याद छैनन् ।

श्लोक ७

अलमर्थेन कामेन सुकृतेनापि कर्मणा ।
एभ्यः संसारकान्तारे न विश्रान्तमभून् मनः ॥ १०-७॥

असिमित धन, इच्छाहरु र शुभ कर्महरुद्वारा पनि यस संसाररुपी मायाबाट मनलाई शान्ति कहिल्यै मिलेन ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक ७ अलमर्थेन कामेन सुकृतेनापि कर्मणा । एभ्यः संसारकान्तारे न विश्रान्तमभून् मनः ॥ १०-७॥ असिमित धन, इच्छाहरु र शुभ कर्महरुद्वारा पनि यस संसाररुपी मायाबाट मनलाई शान्ति कहिल्यै मिलेन ।

श्लोक ८

कृतं न कति जन्मानि कायेन मनसा गिरा ।
दुःखमायासदं कर्म तदद्याप्युपरम्यताम् ॥ १०-८॥

हे शिष्य ! जन्मजन्मका कर्मको फल शरीर, मन तथा वाणीबाट भोग्दै र चक्रमा भ्रमण गर्दै आएका छौ । तर पनि कहिल्यै सुखशान्ति मिल्न सकेन । त्यसकारण यी सबै कर्मबाट विरक्त भई जीवनमुक्तिको सुख प्राप्त गर ।

अष्टावक्र गीता, अध्याय १० - श्लोक ८ कृतं न कति जन्मानि कायेन मनसा गिरा । दुःखमायासदं कर्म तदद्याप्युपरम्यताम् ॥ १०-८॥ हे शिष्य ! जन्मजन्मका कर्मको फल शरीर, मन तथा वाणीबाट भोग्दै र चक्रमा भ्रमण गर्दै आएका छौ । तर पनि कहिल्यै सुखशान्ति मिल्न सकेन । त्यसकारण यी सबै कर्मबाट विरक्त भई जीवनमुक्तिको सुख प्राप्त गर ।
»
«
»