अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच
आकाशवदनन्तोऽहं घटवत् प्राकृतं जगत् ।
इति ज्ञानं तथैतस्य न त्यागो न ग्रहो लयः ॥ ६-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘हे जनक ! म आकाशसमान अनन्त छु र यो जगत घडाजस्तै महत्वहीन छ । त्यसैले यस जगतलाई न ग्रहण गर्नुछ न त्याग गर्नुछ, केवल यससँग एकरुप हुनुछ ।'
श्लोक २
महोदधिरिवाहं स प्रपञ्चो वीचिसऽन्निभः ।
इति ज्ञानं तथैतस्य न त्यागो न ग्रहो लयः ॥ ६-२॥
आत्मा महासागरजस्तै र प्रपञ्च सागरमा उठ्ने तरङ्गजस्तै छ, यस्तो अनुभव सिद्ध ज्ञान हुन्छ भने त्यहाँ न ग्रहण गर्नुछ न त्याग गर्नुछ, केवल एकरुप हुनुछ ।
श्लोक ३
अहं स शुक्तिसङ्काशो रूप्यवद् विश्वकल्पना ।
इति ज्ञानं तथैतस्य न त्यागो न ग्रहो लयः ॥ ६-३॥
हे जनक ! सित सत्यरुप छ । मिथ्यारुप चाँदीको अधिष्ठानको रुपमा रहेको छ जसलाई अज्ञानले चाँदी भनिन्छ । त्यस्तै देहादिक समस्त प्रपञ्चको अधिष्ठानका रुपमा रहेको म सत्य छु र सारा प्रपञ्च ममा कल्पित छन् । त्यसैले यहाँ न ग्रहण गर्नुछ न त्याग गर्नुछ, केवल एकरुप हुनुछ ।
श्लोक ४
अहं वा सर्वभूतेषु सर्वभूतान्यथो मयि ।
इति ज्ञानं तथैतस्य न त्यागो न ग्रहो लयः ॥ ६-४॥
म समस्त प्राणीमा छु जसरी समस्त प्राणी ममा छन् । यो विषयमा ज्ञान भएपछि न केही ग्रहण गर्नुछ न त्याग गर्नुछ, केवल एकरुप हुनुछ ।
«
१
२
३
४