अष्टावक्र गीता

«

श्लोक १

अष्टावक्र उवाच
भावाभावविकारश्च स्वभावादिति निश्चयी ।
निर्विकारो गतक्लेशः सुखेनैवोपशाम्यति ॥ ११-१॥

हे जनक ! भाव (सृष्टि, स्थिति) र अभाव (प्रलय, मृत्यु) रुपी विकार स्वभाविक छ । यस्तो निश्चित रुपले जान्ने पुरुष विकाररहित, दुःखरहित भएर सुखपूर्वक शान्ति प्राप्त गर्न सक्दछ ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक १ अष्टावक्र उवाच भावाभावविकारश्च स्वभावादिति निश्चयी । निर्विकारो गतक्लेशः सुखेनैवोपशाम्यति ॥ ११-१॥ हे जनक ! भाव (सृष्टि, स्थिति) र अभाव (प्रलय, मृत्यु) रुपी विकार स्वभाविक छ । यस्तो निश्चित रुपले जान्ने पुरुष विकाररहित, दुःखरहित भएर सुखपूर्वक शान्ति प्राप्त गर्न सक्दछ ।

श्लोक २

ईश्वरः सर्वनिर्माता नेहान्य इति निश्चयी ।
अन्तर्गलितसर्वाशः शान्तः क्वापि न सज्जते ॥ ११-२॥

ईश्वर सबैको सृष्टिकर्ता हो । यस्तो निश्चयमा जो दृढ रहन्छ र आशारहित छ भने उसका सबै प्रकारका तृष्णा शान्त रहन्छन् ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक २ ईश्वरः सर्वनिर्माता नेहान्य इति निश्चयी । अन्तर्गलितसर्वाशः शान्तः क्वापि न सज्जते ॥ ११-२॥ ईश्वर सबैको सृष्टिकर्ता हो । यस्तो निश्चयमा जो दृढ रहन्छ र आशारहित छ भने उसका सबै प्रकारका तृष्णा शान्त रहन्छन् ।

श्लोक ३

आपदः सम्पदः काले दैवादेवेति निश्चयी ।
तृप्तः स्वस्थेन्द्रियो नित्यं न वान्छति न शोचति ॥ ११-३॥

सम्पत्ति (सुख) र विपत्ति (दुःख)को समय प्रारब्धवश हुन्छ । यस्तो निश्चित रुपले जान्ने पुरुष सन्तोषी र निरन्तर संयमित इन्द्रियबाट कार्य गर्दछ । ऊ न इच्छा गर्दछ न शोक ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक ३ आपदः सम्पदः काले दैवादेवेति निश्चयी । तृप्तः स्वस्थेन्द्रियो नित्यं न वान्छति न शोचति ॥ ११-३॥ सम्पत्ति (सुख) र विपत्ति (दुःख)को समय प्रारब्धवश हुन्छ । यस्तो निश्चित रुपले जान्ने पुरुष सन्तोषी र निरन्तर संयमित इन्द्रियबाट कार्य गर्दछ । ऊ न इच्छा गर्दछ न शोक ।

श्लोक ४

सुखदुःखे जन्ममृत्यू दैवादेवेति निश्चयी ।
साध्यादर्शी निरायासः कुर्वन्नपि न लिप्यते ॥ ११-४॥

सुख–दुःख र जन्म–मृत्यु प्रारब्धवश हुन्छ । यस्तो निश्चित रुपमा जान्ने, फलको इच्छा नराख्ने पुरुष सरलतापूर्वक कर्म गरेर पनि कर्ममा लिप्त हुँदैन ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक ४ सुखदुःखे जन्ममृत्यू दैवादेवेति निश्चयी । साध्यादर्शी निरायासः कुर्वन्नपि न लिप्यते ॥ ११-४॥ सुख–दुःख र जन्म–मृत्यु प्रारब्धवश हुन्छ । यस्तो निश्चित रुपमा जान्ने, फलको इच्छा नराख्ने पुरुष सरलतापूर्वक कर्म गरेर पनि कर्ममा लिप्त हुँदैन ।

श्लोक ५

चिन्तया जायते दुःखं नान्यथेहेति निश्चयी ।
तया हीनः सुखी शान्तः सर्वत्र गलितस्पृहः ॥ ११-५॥

चिन्ताबाट नै दुःख उत्पन्न हुन्छ । अन्य कुनै कारणबाट हुँदैन । यस्तो निश्चित रुपमा जानेमा चिन्ताबाट रहित भएर सुखी, शान्त र इच्छाहरुबाट मुक्त भइन्छ ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक ५ चिन्तया जायते दुःखं नान्यथेहेति निश्चयी । तया हीनः सुखी शान्तः सर्वत्र गलितस्पृहः ॥ ११-५॥ चिन्ताबाट नै दुःख उत्पन्न हुन्छ । अन्य कुनै कारणबाट हुँदैन । यस्तो निश्चित रुपमा जानेमा चिन्ताबाट रहित भएर सुखी, शान्त र इच्छाहरुबाट मुक्त भइन्छ ।

श्लोक ६

नाहं देहो न मे देहो बोधोऽहमिति निश्चयी ।
कैवल्यमिव सम्प्राप्तो न स्मरत्यकृतं कृतम् ॥ ११-६॥

न म शरीर हुँ र न यो शरीर मेरो हो, म ज्ञानस्वरुप हुँ, यस्तो निश्चित रुपमा जान्ने पुरुष जीवनमुक्त हुन्छ । ऊ न गरेका (भूतकालका) न गर्नुपर्ने (भविष्यतकालका) कर्मको स्मरण गर्दछ ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक ६ नाहं देहो न मे देहो बोधोऽहमिति निश्चयी । कैवल्यमिव सम्प्राप्तो न स्मरत्यकृतं कृतम् ॥ ११-६॥ न म शरीर हुँ र न यो शरीर मेरो हो, म ज्ञानस्वरुप हुँ, यस्तो निश्चित रुपमा जान्ने पुरुष जीवनमुक्त हुन्छ । ऊ न गरेका (भूतकालका) न गर्नुपर्ने (भविष्यतकालका) कर्मको स्मरण गर्दछ ।

श्लोक ७

आब्रह्मस्तम्बपर्यन्तमहमेवेति निश्चयी ।
निर्विकल्पः शुचिः शान्तः प्राप्ताप्राप्तविनिर्वृतः ॥ ११-७॥

ब्रह्मदेखि तृणपर्यन्त सम्पूर्ण चराचर जगतभरि म नै व्याप्त छु, यस्तो निश्चित रुपमा जान्ने पुरुष विकल्प (कामना) रहित, पवित्र, शान्त र प्राप्त–अप्राप्तबाट आसक्तिरहित हुन्छ ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक ७ आब्रह्मस्तम्बपर्यन्तमहमेवेति निश्चयी । निर्विकल्पः शुचिः शान्तः प्राप्ताप्राप्तविनिर्वृतः ॥ ११-७॥ ब्रह्मदेखि तृणपर्यन्त सम्पूर्ण चराचर जगतभरि म नै व्याप्त छु, यस्तो निश्चित रुपमा जान्ने पुरुष विकल्प (कामना) रहित, पवित्र, शान्त र प्राप्त–अप्राप्तबाट आसक्तिरहित हुन्छ ।

श्लोक ८

नाश्चर्यमिदं विश्वं न किञ्चिदिति निश्चयी ।
निर्वासनः स्फूर्तिमात्रो न किञ्चिदिव शाम्यति ॥ ११-८॥

अनेक आश्चर्यहरुले युक्त यो विश्व अस्तित्वहीन छ । यस्तो निश्चित रुपमा जान्ने पुरुष इच्छारहित शुद्ध अस्तित्वरुप हुन्छ । ऊ चैतन्यस्वरुप बन्दछ र अपार शान्ति प्राप्त गर्दछ ।

अष्टावक्र गीता, अध्याय ११ - श्लोक ८ नाश्चर्यमिदं विश्वं न किञ्चिदिति निश्चयी । निर्वासनः स्फूर्तिमात्रो न किञ्चिदिव शाम्यति ॥ ११-८॥ अनेक आश्चर्यहरुले युक्त यो विश्व अस्तित्वहीन छ । यस्तो निश्चित रुपमा जान्ने पुरुष इच्छारहित शुद्ध अस्तित्वरुप हुन्छ । ऊ चैतन्यस्वरुप बन्दछ र अपार शान्ति प्राप्त गर्दछ ।
»
«
»