अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच ॥
यथातथोपदेशेन कृतार्थः सत्त्वबुद्धिमान् ।
आजीवमपि जिज्ञासुः परस्तत्र विमुह्यति ॥ १५-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘हे जनक ! जसको बुद्धि सात्विक छ, त्यस्ता मुमुक्षु साधारण उपदेश मात्रले पनि मुक्त हुन्छन् तर मूढ बुद्धि पुरुषचाहिँ जिन्दगीभर जिज्ञासु भए तापनि विषयवासना प्रतिको आसक्तिले गर्दा उसलाई परब्रह्मको यथार्थ ज्ञान हुन सक्दैन ।'
श्लोक २
मोक्षो विषयवैरस्यं बन्धो वैषयिको रसः ।
एतावदेव विज्ञानं यथेच्छसि तथा कुरु ॥ १५-२॥
विषयहरुबाट उदासीन हुनु मोक्ष हो र विषयमा रस लिनु बन्धन हो । यस्तो जानेर तिम्रो जे इच्छा हुन्छ, त्यस्तै गर ।
श्लोक ३
वाग्मिप्राज्ञामहोद्योगं जनं मूकजडालसम् ।
करोति तत्त्वबोधोऽयमतस्त्यक्तो बुभुक्षभिः ॥ १५-३॥
वाणी, बुद्धि र कर्मद्वारा महान कार्य गर्ने पुरुष पनि तत्वज्ञान जानेपछि शान्त, स्तब्ध र कर्म नगर्ने हुन्छ किनभने अन्तर्मुखी भएपछि सबै इन्द्रियहरु शिथिल हुन्छन् । त्यसैले सांसारिक इच्छा गर्नेले यस ज्ञानलाई नै त्याग गर्दछन् ।
श्लोक ४
न त्वं देहो न ते देहो भोक्ता कर्ता न वा भवान् ।
चिद्रूपोऽसि सदा साक्षी निरपेक्षः सुखं चर ॥ १५-४॥
न तिमी शरीर हौ न शरीर तिम्रो हो, न तिमी सुख भोग गर्ने हौ न तिमी कार्य गर्ने हौ, तिमी त चैतन्यस्वरुप हौ, शाश्वत हौ, साक्षी हौ । त्यसैले इच्छारहित भएर सदा सुखी होऊ ।
श्लोक ५
रागद्वेषौ मनोधर्मौ न मनस्ते कदाचन ।
निर्विकल्पोऽसि बोधात्मा निर्विकारः सुखं चर ॥ १५-५॥
राग र द्वेष मनका धर्म हुन् र तिमी मन होइनौ । तिमी ज्ञानस्वरुप हौ, विकाररहित हौ, त्यसैले कामनारहित भई सदा सुखी होऊ ।
श्लोक ६
सर्वभूतेषु चात्मानं सर्वभूतानि चात्मनि ।
विज्ञाय निरहङ्कारो निर्ममस्त्वं सुखी भव ॥ १५-६॥
समस्त प्राणीलाई स्वयंमा र स्वयंलाई सबै प्राणीमा स्थित जानेर अहंकार र आसक्तिरहित भई सदा सुखी होऊ ।
श्लोक ७
विश्वं स्फुरति यत्रेदं तरङ्गा इव सागरे ।
तत्त्वमेव न सन्देहश्चिन्मूर्ते विज्वरो भव ॥ १५-७॥
यस विश्वको उत्पत्ति तिमीबाट त्यही प्रकार हुन्छ, जुन प्रकार समुन्द्रमा लहराको उत्पत्ति हुन्छ । त्यसैले आफूलाई चैतन्यस्वरुप जानी सन्तापरहित भई सदा सुखी होऊ ।
श्लोक ८
श्रद्धस्व तात श्रद्धस्व नात्र मोऽहं कुरुष्व भोः ।
ज्ञानस्वरूपो भगवानात्मा त्वं प्रकृतेः परः ॥ १५-८॥
हे प्रिय ! यस अनुभवमा निष्ठा राख, श्रद्धा राख तर यस अनुभवको सत्यतामा मोहित नहोऊ किनकी तिमी प्रकृतिबाट पर आत्मस्वरुप भगवान हौ ।
श्लोक ९
गुणैः संवेष्टितो देहस्तिष्ठत्यायाति याति च ।
आत्मा न गन्ता नागन्ता किमेनमनुशोचसि ॥ १५-९॥
गुणबाट निर्मित यो शरीर जन्म, स्थिति र मरणमा प्राप्त हुन्छ । आत्मा न आउँछ, न जान्छ । त्यसैले तिमी किन शोक गर्दछौ ?
श्लोक १०
देहस्तिष्ठतु कल्पान्तं गच्छत्वद्यैव वा पुनः ।
क्व वृद्धिः क्व च वा हानिस्तव चिन्मात्ररूपिणः ॥ १५-१०॥
यो शरीर सृष्टिको अन्तिमसम्म रहोस् अथवा आज नै नाश होस्, तिमी त चैतन्यस्वरुप हौ, यसमा तिमीलाई के हानी वा लाभ छ ?
श्लोक ११
त्वय्यनन्तमहाम्भोधौ विश्ववीचिः स्वभावतः ।
उदेतु वास्तमायातु न ते वृद्धिर्न वा क्षतिः ॥ १५-११॥
अनन्त महासागररुप तिमीमा तरङ्गरुपी यो विश्व स्वभावैले उदय र अस्त हुन्छ, यसमा तिम्रो के वृद्धि वा क्षेय हुन्छ ?
श्लोक १२
तात चिन्मात्ररूपोऽसि न ते भिन्नमिदं जगत् ।
अतः कस्य कथं कुत्र हेयोपादेयकल्पना ॥ १५-१२॥
तिमी केवल चैतन्य स्वरुप हौ र यो विश्व तिमीबाट अलग छैन । त्यसैले केहीको केहीभन्दा श्रेष्ठता वा निम्नताको कल्पना कुन प्रकारले गर्न सकिन्छ ?
श्लोक १३
एकस्मिन्नव्यये शान्ते चिदाकाशेऽमले त्वयि ।
कुतो जन्म कुतो कर्म कुतोऽहङ्कार एव च ॥ १५-१३॥
यस अव्यय, शान्त, चैतन्य, निर्मल आकाशमा तिमी एक्लै छौ । त्यसैले जन्म, कर्म वा अहंकारको कल्पना कुन प्रकारले गर्न सकिन्छ ?
श्लोक १४
यत्त्वं पश्यसि तत्रैकस्त्वमेव प्रतिभाससे ।
किं पृथक् भासते स्वर्णात् कटकाङ्गदनूपुरम् ॥ १५-१४॥
तिमी एक भएर पनि अनेक रुपमा प्रतिबिम्बित देखिन्छौ । सुन बाला, चुरा, सिक्रि, मुन्द्री आदि गहनाहरुबाट अलग देखिएपनि कारण रुपमा सुन नै हुन्छ । त्यसैले सम्पूर्ण कारणको कार्यरुप तिमी हौ ।
श्लोक १५
अयं सोऽहमयं नाहं विभागमिति सन्त्यज ।
सर्वमात्मेति निश्चित्य निःसङ्कल्पः सुखी भव ॥ १५-१५॥
यो म हुँ र त्यो म होइन, यस्तो प्रकारको भेदलाई त्याग गर । सबै आत्मस्वरुप तिमी नै हौ, यस्तो निश्चय गरेर कुनै सङ्कल्प नगरी सुखी होऊ ।
श्लोक १६
तवैवाज्ञानतो विश्वं त्वमेकः परमार्थतः ।
त्वत्तोऽन्यो नास्ति संसारी नासंसारी च कश्चन ॥ १५-१६॥
अज्ञानको कारणले यो जगत प्रतीत हुन्छ । तर केवल तिमी एक हौ, तिमीबाट अलग कुनै दास्रो संसारी जीव वा असंसारी ईश्वर नै छ ।
श्लोक १७
भ्रान्तिमात्रमिदं विश्वं न किञ्चिदिति निश्चयी ।
निर्वासनः स्फूर्तिमात्रो न किञ्चिदिव शाम्यति ॥ १५-१७॥
यो विश्व केवल भ्रान्तिरुप (सपनाजस्तै असत्य) छ, यस्तो निश्चय गर । इच्छा र चेष्टारहित नभई कसैले पनि शान्ति प्राप्त गर्न सक्दैन ।
श्लोक १८
एक एव भवाम्भोधावासीदस्ति भविष्यति ।
न ते बन्धोऽस्ति मोक्षो वा कृत्यकृत्यः सुखं चर ॥ १५-१८॥
हे जनक ! संसाररुप सागरमा तिमी एक थियौ, छै र त्रिकालसाक्षी भएर रहन्छौ । अर्थात तिमी नै सबै हौ । यसकारण तिमीमा न बन्धन छ न त मोक्ष नै । तिमी कृतार्थ छौ, शान्त भएर सुखपूर्वक विचरण गर ।
श्लोक १९
मा सङ्कल्पविकल्पाभ्यां चित्तं क्षोभय चिन्मय ।
उपशाम्य सुखं तिष्ठ स्वात्मन्यानन्दविग्रहे ॥ १५-१९॥
हे चैतन्यरुप ! अनेक किसिमका संकल्प–विकल्पद्वारा आफ्नो चित्तलाई अशान्त नगर । शान्त भएर आनन्द रुपमा सुखपूर्वक स्थित होऊ ।
श्लोक २०
त्यजैव ध्यानं सर्वत्र मा किञ्चिद् हृदि धारय ।
आत्मा त्वं मुक्त एवासि किं विमृश्य करिष्यसि ॥ १५-२०॥
सबै स्थानबाट आफ्नो ध्यानलाई हटाऊ र आफ्नो हृदयमा कुनै पनि विचार नगर । तिमी आत्मरुप हौ र मुक्त नै छौ । यसमा विचार गर्ने के आवश्यकता छ ?
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०