अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच ॥
कायकृत्यासहः पूर्वं ततो वाग्विस्तरासहः ।
अथ चिन्तासहस्तस्माद् एवमेवाहमास्थितः ॥ १२-१॥
जनक भन्दछन् – ‘हे गुरु ! हजुरको उपदेशले पहिला म कायिक, वाचिक र मानसिक सम्पूर्ण कर्महरुद्वारा निरपेक्ष भएर चैतन्यस्वरुप आत्माको आश्रयमा स्थित छु ।’
श्लोक २
प्रीत्यभावेन शब्दादेरदृश्यत्वेन चात्मनः ।
विक्षेपैकाग्रहृदय एवमेवाहमास्थितः ॥ १२-२॥
शब्द आदि विषयहरुमा आसक्तिरहित भएर र आत्मा दृष्टिको विषय नभएका कारण म निश्चल र एकाग्र हृदयबाट आफ्नो स्वरुपमा स्थित छु ।
श्लोक ३
समाध्यासादिविक्षिप्तौ व्यवहारः समाधये ।
एवं विलोक्य नियममेवमेवाहमास्थितः ॥ १२-३॥
अध्यास (असत्य ज्ञान) आदि असामान्य स्थितिहरु तथा समाधिलाई एक नियम समान देखेर म आफ्नो स्वरुपमा स्थित छु ।
श्लोक ४
हेयोपादेयविरहाद् एवं हर्षविषादयोः ।
अभावादद्य हे ब्रह्मन्न् एवमेवाहमास्थितः ॥ १२-४॥
हे भगवान ! त्याज्य (छोड्न योग्य) र संग्रहणीयबाटा टाढा भएर म सुखदुःखको अभावमा आफ्नो स्वरुपमा स्थित छु ।
श्लोक ५
आश्रमानाश्रमं ध्यानं चित्तस्वीकृतवर्जनम् ।
विकल्पं मम वीक्ष्यैतैरेवमेवाहमास्थितः ॥ १२-५॥
आश्रम–अनाश्रम, ध्यान र मनद्वारा स्वीकृत तथा निषिद्ध नियमहरु देखेर म आफ्नो स्वरुपमा स्थित छु ।
श्लोक ६
कर्मानुष्ठानमज्ञानाद् यथैवोपरमस्तथा ।
बुध्वा सम्यगिदं तत्त्वमेवमेवाहमास्थितः ॥ १२-६॥
कर्मद्वारा अनुष्ठानरुपी अज्ञानबाट निवृत्त भएर र तत्वलाई संयक रुपबाट जानेर म आफ्नो स्वरुपमा स्थित छु ।
श्लोक ७
अचिन्त्यं चिन्त्यमानोऽपि चिन्तारूपं भजत्यसौ ।
त्यक्त्वा तद्भावनं तस्माद् एवमेवाहमास्थितः ॥ १२-७॥
अचिन्त्यको सम्बन्धमा विचार गरियो भने विचारको नै चिन्तन हुन्छ । त्यसैले उक्त विचारलाई पनि परित्याग गरेर म आफ्नो स्वरुपमा स्थित छु ।
श्लोक ८
एवमेव कृतं येन स कृतार्थो भवेदसौ ।
एवमेव स्वभावो यः स कृतार्थो भवेदसौ ॥ १२-८॥
जुन पुरुष यसप्रकारको आचरणबाट सम्पूर्ण क्रियारहित आफ्नो शुद्ध आत्मास्वरुपलाई जान्दछ, उही ज्ञानी जीवनमुक्त हो ।
«
१
२
३
४
५
६
७
८