अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच
मय्यनन्तमहाम्भोधौ विश्वपोत इतस्ततः ।
भ्रमति स्वान्तवातेन न ममास्त्यसहिष्णुता ॥ ७-१॥
राजा जनक भन्छन् – ‘म अनन्त महासागरमा विश्वरुपी जहाजलाई मनरुपी हावाले ढलमल गराए पनि ममा कुनै असहनता हुँदैन ।’
श्लोक २
मय्यनन्तमहाम्भोधौ जगद्वीचिः स्वभावतः ।
उदेतु वास्तमायातु न मे वृद्धिर्न च क्षतिः ॥ ७-२॥
म अनन्त महासागरमा विश्वरुपी तरङ्गहरु उठ्छन् र बिलाउँछन्, यसमा मलाई वृद्धि वा हानी हुँदैन ।
श्लोक ३
मय्यनन्तमहाम्भोधौ विश्वं नाम विकल्पना ।
अतिशान्तो निराकार एतदेवाहमास्थितः ॥ ७-३॥
म अनन्त महासागरमा विश्व एक अवास्तविक सपना हो, म अति शान्त निराकार रुपमा स्थित छु ।
श्लोक ४
नात्मा भावेषु नो भावस्तत्रानन्ते निरञ्जने ।
इत्यसक्तोऽस्पृहः शान्त एतदेवाहमास्तितः ॥ ७-४॥
त्यस अनन्त र निरञ्जन अवस्थामा न ‘म’को भाव छ न अरु कुनै भाव । यसप्रकार असक्त, बिना कुनै इच्छा र शान्तरुपमा स्थित छु ।
श्लोक ५
अहो चिन्मात्रमेवाहमिन्द्रजालोपमं जगत् ।
इति मम कथं कुत्र हेयोपादेयकल्पना ॥ ७-५॥
अहो ! म चैतन्यस्वरुप छु र जगत इन्द्रजालझैँ छ । यसप्रकार ममा कहाँ राम्रो र नराम्रोको कल्पना हुन सक्छ । न म कुनै वस्तुलाई ग्रहण गर्छु न त त्याग गर्दछु ।
«
१
२
३
४
५