अष्टावक्र गीता
«
श्लोक १
अकिञ्चनभवं स्वास्थं कौपीनत्वेऽपि दुर्लभम् ।
त्यागादाने विहायास्मादहमासे यथासुखम् ॥ १३-१॥
जनक भन्दछन् – ‘अकिञ्चन (केही आफ्नो नहुनु)को सहजता केवल कौपीन मात्र लगाएर बस्नेलाई पनि मुश्किलले प्राप्त हुन्छ । त्यसैले त्याग र संग्रहको प्रवृत्तिलाई छोडेर सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।’
श्लोक २
कुत्रापि खेदः कायस्य जिह्वा कुत्रापि खेद्यते ।
मनः कुत्रापि तत्त्यक्त्वा पुरुषार्थे स्थितः सुखम् ॥ १३-२॥
शारीरिक, वाचिक र मानसिक तीनै किसिमका कर्महरुलाई त्याग गरेर सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।
श्लोक ३
कृतं किमपि नैव स्याद् इति सञ्चिन्त्य तत्त्वतः ।
यदा यत्कर्तुमायाति तत् कृत्वासे यथासुखम् ॥ १३-३॥
गरिएका कुनै पनि कार्यको वस्तुतः कुनै अस्तित्व छैन । यस्तो तत्वपूर्वक विचार गरेर जुन कर्तव्य छ, त्यसलाई गरेर सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।
श्लोक ४
कर्मनैष्कर्म्यनिर्बन्धभावा देहस्थयोगिनः ।
संयोगायोगविरहादहमासे यथासुखम् ॥ १३-४॥
शरीरभावमा स्थित योगिहरुको लागि कर्म र अकर्मरुपी बन्धनकारी भाव हुन्छ तर संयोग र वियोगको प्रवृत्तिलाई छोडेर सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।
श्लोक ५
अर्थानर्थौ न मे स्थित्या गत्या न शयनेन वा ।
तिष्ठन् गच्छन् स्वपन् तस्मादहमासे यथासुखम् ॥ १३-५॥
विश्राम, गति, शयन, बस्दा, चल्दा र सपनामा पनि वस्तुतः मेरो लाभ र हानी छैन, त्यसैले सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।
श्लोक ६
स्वपतो नास्ति मे हानिः सिद्धिर्यत्नवतो न वा ।
नाशोल्लासौ विहायास्मदहमासे यथासुखम् ॥ १३-६॥
चाहे म प्रयत्न गरेर सिद्धितिर लागूँ वा सारा प्रयत्न छोडी सूतिरहूँ, उद्योग वा अनुद्योगमा मेरो लाभ वा हानी छैन, त्यसैले हर्ष र शोकको प्रवृत्तिलाई छोडेर सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।
श्लोक ७
सुखादिरूपा नियमं भावेष्वालोक्य भूरिशः ।
शुभाशुभे विहायास्मादहमासे यथासुखम् ॥ १३-७॥
सुख, दुःख आदि स्थितिमा क्रमैले आउने नियमलाई बारम्बार विचार गरेर शुभ अथवा अशुभको प्रवृत्तिलाई छोडेर सबै स्थितिमा सुखपूर्वक विद्यमान छु ।
«
१
२
३
४
५
६
७