सद्गुरुदेवका शुभ भनाइ

'जुन अवस्थालाई हामी सुख सम्झन्छौँ, त्यो खास दुःख हो । उसलाई प्राप्त गर्न दुःख छ, सम्हालेर राख्न दुःख छ, जब त्यो जान्छ तब दुःख छ र उसको स्मृति पनि दुःखको कारण हुन्छ ।' - सद्गुरुदेव
डाउनलाेड
'परमसत्यलाई मूल मानेर सत्य कर्म गर्नाले नै परम शान्ति पाउँछ ।' - सद्गुरुदेव
डाउनलाेड
'हरेक श्वास आनन्दको श्वास बनाउन सिक्नुहोस् । यसको लागि साधना खुब गर्नुहोस् । जीवन साधनामय बनाउनुहोस् । तब आनन्दै आनन्द आउँछ ।' - सद्गुरुदेव
डाउनलाेड
'आफूलाई त्यागेर गुरुको मन जित्न सक्ने साधकलाई सम्पूर्ण ज्ञान खुल्दै जान्छ ।' - सद्गुरुदेव
डाउनलाेड
'मानवको जन्म तब सफल हुन्छ जब उसले कर्म, योग, ज्ञान र भक्तिलाई जीवन्त बनाएको हुन्छ ।' - सद्गुरुदेव
डाउनलाेड