अष्टावक्र गीताका शुभ भनाइ

'हे राजन ! यदि तिमी मुक्ति चाहन्छौ भने मनद्वारा विषयहरुलाई विष सम्झेर त्यागिदेऊ । विषयभोगबाट बुद्धि क्षीण हुन्छ । मुमुक्षुले विषयहरुलाई त्याग गरी क्षमा, सरलता, दया, सन्तोष एवम् सत्यलाई अमृत मानेर पान गर्नुपर्छ ।' ।१।२।। - अष्टावक्र गीता
डाउनलाेड
'धर्म, अधर्म, सुख र दुःख केवल मनका सङ्कल्प मात्र हुन्, स्वयंप्रकाश आत्माका होइनन् । त्यसकारण तिमी कर्ता पनि होइनौ, भोक्ता पनि होइनौ । तिमी त शुद्ध चैतन्यस्वरुप हौ र सदा मुक्त छौ ।' ।१।६।। - अष्टावक्र गीता
डाउनलाेड
'तिमी समस्त विश्वको एकमात्र द्रष्टा हौ । तिमी अद्वितीय, सर्वसाक्षी र सर्वदा मुक्त छौ । तिम्रो बन्धन यो मात्र हो तिमी अरु कसैलाई द्रष्टा मान्छौ ।' ।१।७।। - अष्टावक्र गीता
डाउनलाेड
'हे जनक ! अहंकाररुपी महासर्पको प्रभावले तिमीले कर्म गर्ने कर्ता र भोग गर्ने भोक्ता म नै हुँ भन्ने ठानेका छौ । यस्तो अहंकाररुपी सर्पको विष निकाल्नको निम्ति ‘म कर्ता होइन’ यस्तो निश्चय गरी विश्वासरुपी अमृत पान गरेर सुखी होऊ ।' ।१।८।। - अष्टावक्र गीता
डाउनलाेड
'जसरी भ्रमले गर्दा डोरीलाई सर्प मानिन्छ, त्यस्तै अज्ञानले गर्दा आत्मालाई जगतझैँ मानिन्छ र जन्ममृत्युको डर भईरहन्छ । वास्तवमा तिमी बौध हौ, आनन्दको निम्ति स्वयंलाई विशुद्ध बोध मानी सुखमय विचरण गर ।' ।१।१०।।अष्टावक्र गीता
डाउनलाेड