चाणक्यका शुभ भनाइ

'जो जन्मदेखि अन्धो छन्, ती देख्न सक्दैनन् । त्यस्तै जो वासनाको अधीनमा छन्, ती पनि देख्न सक्दैनन् । अहंकारी व्यक्तिलाई कहिल्यै यो लाग्दैन कि ऊ नराम्रो काम गरिरहेको छ र जो पैसाको पछाडि दौडिन्छन्, ती आफ्नो कर्ममा कुनै पाप देख्दैनन् ।' - चाणक्य
डाउनलाेड
'जो वैदिक ज्ञानको निन्दा गर्छन्, शास्त्रसम्मत जीवनशैलीलाई हाँसोमा उडाउँछन्, शान्तिपूर्ण स्वभाव भएकालाई जिस्काउँछन्, ती अरु कारण नभए पनि दुःख पाउँछन् ।' - चाणक्य
डाउनलाेड
'सत्ता प्राप्तिको स्वाद महभन्दा पनि गुलियो हुन्छ ।' - चाणक्य
डाउनलाेड
'जान नहुने ठाउँमा जाँदा आयु, यश र पुण्य सबै क्षीण हुन्छ ।' - चाणक्य
डाउनलाेड
'आम्दानीभन्दा खर्च बढी गरे कुबेर पनि गरिब हुन्छ ।' - चाणक्य
डाउनलाेड