विदुरका शुभ भनाइ

'निरर्थक कुरामा झगडा गर्नु मुर्खको मात्र काम हो ।' – महात्मा विदुर
डाउनलाेड
'अत्यन्त अहंकार, धेरै बोल्नु, त्याग नगर्नु, क्रोध गर्नु, केवल आफ्नो स्वार्थपूर्तिको चिन्तामा रहनु तथा मित्रहरुसँग झगडा गर्नु, यी ६ दुर्गुणले मानिसको आयु क्षीण गर्दछन् । दुर्गुणले युक्त मनुष्यलाई मृत्युले नभई आफ्नो कर्मको परिणामले नै मार्दछ ।' – महात्मा विदुर
डाउनलाेड
'उन्नति एवं ऐश्वर्य चाहने व्यक्तिले निन्द्रा, तन्द्रा, डर, क्रोध, आलस्य तथा ढिलासुस्ती जस्ता बानीलाई त्याग्नुपर्छ ।' – महात्मा विदुर
डाउनलाेड
'न्यायपूर्वक उपार्जन गरिएको धन अपात्रलाई दिने र सुपात्रलाई नदिने जस्ता कामलाई दुरुपयोग मानिन्छ ।' – महात्मा विदुर
डाउनलाेड