उत्तानासन
                        उत्तानासन
उत्तानासन दुई शब्द मिलेर बनेको छ – उत्तान अर्थात जोडसँग खिच्नु र आसन अर्थात मुद्रा । 
विधि
- चकटीमा सिधा उभिनुहोस् ।
 - कम्मरलाई मोड्दै अगाडितिर झुकाउनुहोस् ।
 - कटी र मेरुदण्डको तल्लो भागलाई पछाडितिर दबाब दिनुहोस् ।
 - शिरलाई तलतिलर झुकाउनुहोस् र टाङ्गको बीचबाट पछाडि हेर्नुहोस् ।
 - दुवै हातले एडीको भागलाई समाउने प्रयास गर्नुहोस् ।
 - यो अवस्थामा १५ देखि ३० सेकेण्डसम्म रहनुहोस् र पूर्व अवस्थामा आउनुहोस् ।
 
लाभ
- उत्तानासनले पिठ्युँ, हिप्स र खुट्टालाई तन्काउँछ ।
 - दिमागलाई शान्त बनाउँछ र एन्जाईटीबाट राहत मिल्दछ ।
 - किड्नी र लिभरलाई सक्रिय बनाउँछ ।
 - पाचन प्रणाली सन्तुलित बनाउन मद्दत गर्दछ ।
 
सावधानी
- सुरुमा उत्तानासन गर्दा योग्य शिक्षकको निगरानीमा गर्नुपर्दछ ।
 - यदि तपाईँलाई कम्मरमा चोट भएमा वा हेमस्ट्रिङ्ग भएमा यो आसन नगर्नुहोस् ।