गरुडासन
                        गरुडासन
गरुडासन दुई शब्द मिलेर बनेको छ – गरुड अर्थात चिल र आसन अर्थात मुद्रा । 
विधि
- सिधा उभिनुहोस् ।
 - बिस्तारै बिस्तारै दायाँ घुँडालाई तलतिर झुकाउनुहोस् ।
 - बायाँ खुट्टालाई दायाँ खुट्टाको अगाडिबाट घुमाएर एडीको भागलाई दायाँ खुट्टाको एडीमा अड्काउनुहोस् ।
 - दुवै हातलाई काँधको उचाईमा उठाउनुहोस् ।
 - दाहिने हातलाई बायाँ हातको माथिबाट घुमाएर हत्केला जोड्नुहोस् ।
 - कुईना ९० डिग्रीको कोणमा मोडिएको हुनुपर्दछ ।
 - शरीरलाई सन्तुलित राख्दै कटीको भागलाई बिस्तारै तलतिर लैजानुहोस् ।
 - १५ देखि ३० सेकेण्डसम्म भृकुटीमा ध्यान राख्दै यो आसनमा रहनुहोस् ।
 - बिस्तारै हात र खुट्टा खोलेर पूर्व अवस्थामा आउनुहोस् ।
 
लाभ
- ध्यान केन्द्रित गर्न र शरीरलाई सन्तुलित राख्न मद्दत गर्दछ ।
 - कम्मर, खुट्टा र कटीको भागलाई लचिलो बनाउन मद्दत गर्दछ ।
 
सावधानी
- यो आसन योग्य शिक्षकको निगरानीमा मात्र गर्नुपर्दछ ।
 - रक्तचापको बिरामीले यो आसन गर्नुहुँदैन ।