शवासन

शवासन
शवासन दुई शब्द मिलेर बनेको छ – शव अर्थात मुर्दा र आसन अर्थात मुद्रा । 
विधि

  • ढाडको बलमा सुत्नुहोस् । 
  • दुवै आँखालाई बन्द गर्नुहोस् । 
  • खुट्टालाई १ फिटको दुरीमा अलग राख्नुहोस् । 
  • दुवै हातलाई शरीरबाट आधा फिट दुरीमा राख्नुहोस् र हत्केलालाई आकाशतिर खुला राख्नुहोस् । 
  • बिस्तारै सम्पूर्ण शरीरलाई ध्यान दिनुहोस् । 
  • बन्द आँखा राखी खुट्टाको औँलादेखि हेर्दै हेर्दै ऐडीको भाग, पिँडुला, कटी, पेटको भाग, छातीको भाग, मुखको भाग हुँदै शिरसम्म बिस्तारै ख्याल गर्नुहोस् । 
  • स्वास बिस्तारै बिस्तारै मन्द हुँदै जान्छ, मनमा यस्तो सोच्नुहोस् कि स्वास लिँदा तपाईँको सम्पूर्ण शरीरमा फैलिरहेको छ र शरीर शान्त भईरहेको छ । स्वास फाल्दा तपाईँको शरीरबाट सम्पूर्ण खराब विकारहरु बाहिरीरहेका छन् । तपाईँको शरीरमा आनन्दको सञ्चार भईरहेको छ ।  
  • यसरी सम्पर्ण शरीरलाई ख्याल गर्दै र सकारात्मक भावनासहित करिब १० देखि १५ मिनेटसम्म रहनुहोस् ।
  • त्यसपछि गहिरो स्वास लिँदै आँखा खोल्नुपूर्व वरिपरिको वातावरण ख्याल गर्नुहोस् र दुवै हातलाई मुसारेर दुवै आँखामा राख्नुहोस् । बिस्तारै हत्केलालाई हेर्दै आँखालाई खोल्नुहोस् ।
  • बिस्तारै उठ्नुहोस् । 

लाभ

  • यो आसनले शरीरलाई आनन्द र शान्त बनाउँछ । 
  • रक्तचाप र बेचैनी कम गर्न मद्दत गर्दछ । 
  • एकाग्रता र स्मरण शक्ति बढाउँछ । 
  • उर्जाको अवस्थालाई बढाउँछ ।