पश्चिमोत्तासन
                        पश्चिमोत्तासन
पश्चिमोत्तासन तीन शब्द मिलेर बनेको छ – पश्चिम अर्थात शरीरको पछाडिको भाग, उत्तानो अर्थात खिचिएको र आसन अर्थात मुद्रा । 
विधि
- दुवै खुट्टालाई सिधा फैलाएर जमिनमा बस्नुहोस् ।
 - दुवै खुट्टाको बीचमा कुनै दुरी नहोस् र जति सक्नुहुन्छ अगाडि तन्काउनुहोस् ।
 - घाँटी, शिर र मेरुदण्डको भागलाई सिधा राख्नुहोस् ।
 - दुवै हत्केलालाई घुँडामा राख्नुहोस् ।
 - मेरुदण्डलाई नझुकाईकन बिस्तारै अगाडि झुक्दै जानुहोस् ।
 - शिर र निधारले दुवै घुँडालाई छुने प्रयास गर्नुहोस् ।
 - केही समय यो मुद्रामा बस्नुहोस् र बिस्तारै पूर्व अवस्थामा आउनुहोस् ।
 
लाभ
- यो आसनले तनाव कम गर्न मद्दत गर्दछ ।
 - हड्डी लचिलो बनाउँछ ।
 - पाचनशक्ति बढाउँछ ।
 - अनिन्द्राको समस्या हटाउन मद्दत गर्दछ ।
 
सावधानी
- यो आसन गर्दा शारीरिक क्षमताभन्दा बढी जोड गर्नुहुँदैन ।
 - खाना खाने बित्तिकै पश्चिमोत्तासन गर्नुहुँदैन ।
 - उच्च रक्तचापको बिरामीले यो आसन गर्नुहुँदैन ।