चक्रासन
                        चक्रासन
यो आसन गर्दा शरीरको आकृति चक्रजस्तो बन्ने भएकोले यस आसनलाई चक्रासन नामाकरण गरिएको हो । संस्कृतमा यो आसनलाई उध्र्व धनुरासनको नामबाट जानिन्छ । 
विधि
- यो आसनलाई योग्य शिक्षकको मार्गदर्शनमा मात्र गर्नुपर्दछ ।
 - सबैभन्दा पहिला उत्तानो फर्केर सुत्नुहोस् ।
 - घुँडालाई मोडेर खुट्टालाई जति सकिन्छ हिप्सको नजिक ल्याउनुहोस् । खुट्टाहरुको बीचमा आधा फिट जतिको दुरी हुनुपर्दछ ।
 - दुवै हत्केलालाई शिरको माथिबाट जमिनमा राख्नुहोस् ।
 - पैताला र हत्केलाको बलमा शरीरलाई आकाशतिर उठाउनुहोस् ।
 - शरीरलाई जति सक्दो माथि लगिसकेपछि अर्ध चक्रको आकार भएको ख्याल गर्नुहोस् ।
 - यो आसन गर्दा शरीरको तौल खुट्टा र हात दुवैतर्फ बराबर बाँडिएको हुनुपर्दछ ।
 - ३० देखि ६० सेकेण्डसम्म यो आसनमा रहेर बिस्तारै शरीरको भागलाई जमिनतिर ल्याउँदै पूर्व अवस्थामा आउनुहोस् ।
 
लाभ
- यो आसनले मनको शान्ति र एकाग्रता बढाउन मद्दत गर्दछ ।
 - शारीरिक र मानसिक स्वास्थ्यको निमित्त लाभदायक छ ।
 - हात र खुट्टालाई बलियो बनाउन मद्दत गर्दछ ।
 
सावधानी
- यो आसन योग्य शिक्षकको निर्देशनमा मात्र गर्नुपर्दछ ।
 - मेरुदण्ड र पिठ्यूँको दुखाई भएको व्यक्तिले यो आसन गर्नुहुँदैन ।
 - गर्भावस्था र मासिक धर्मको समयमा यो आसन गर्नुहुँदैन ।