शलभासन

शलभासन
शलभासन दुई शब्द मिलेर बनेको छ – शलभ अर्थात फट्याङ्ग्रा र आसन अर्थात मुद्रा । 
विधि

  • भुईँमा चकटी राखेर पेटको बलमा सुत्नुहोस् । 
  • दुवै खुट्टा सीधा राख्नुहोस् र हातलाई कम्मर नजिक राखेर हत्केलालाई आकाशतिर फर्काएर राख्नुहोस् । 
  • दुवै हातलाई जाँघको मुनि राख्नुहोस् । 
  • गहिरो स्वास लिनुहोस् ।
  • आफ्नो दुवै खुट्टालाई माथितिर उठाउने प्रयास गर्नुहोस् । जति सकिन्छ तन्काएर माथि उठाउनुहोस् । 
  • आफ्नो छातिभन्दा माथिको भागलाई पनि माथि उठाउनुहोस् । यसो गर्दा पेटमा बल परेर शरीर तनक्क तन्किन्छ । 
  • यदि तपाईँले पहिलो पटक यो आसन गर्दै हुनुहुन्छ भने हातको बलमा खुट्टालाई माथि उठाउन सक्नुहुन्छ ।
  • यो अवस्थामा १० देखि २० सेकेण्डसम्म रहनुहोस् र बिस्तारै स्वास छोड्दै खुट्टा र शिरलाई तल राख्नुहोस् । 

लाभ

  • यो आसनले घाँटी, काँध र हातको मांशपेशी बलियो बनाउँछ । 
  • पाचनप्रणाली सन्तुलित राख्दछ । 
  • बोसो कम गर्न मद्दत गर्दछ । 

सावधानी

  • यो आसन गर्नुपूर्व खाना खानु हुँदैन । 
  • शिरमा, गर्धनमा र मेरुदण्डमा समस्या भएका बिरामीले योग्य शिक्षकको निगरानीमा मात्र यो आसन गर्नुपर्दछ ।