धनुरासन
                        धनुरासन
धनुरासन दुई शब्द मिलेर बनेको छ – ‘धनु’ अर्थात् ‘धनुष’ र आसन अर्थात् ‘मुद्रा’ । यो आसन अभ्यास गर्दा शरीरको आकार धनुषको जस्तो हुन्छ । यो आसन दुई प्रकारको हुन्छ – पूर्ण धनुरासन र अर्ध धनुरासन ।
विधि
१) सबैभन्दा पहिला पेटको बलमा सुत्नुहोस् । 
२) घुँडालाई मोडेर कम्मरसम्म ल्याउनुहोस् । 
३) आफ्ना दुवै हातले ऐडीको भागलाई समाउनुहोस् । 
४) आफ्नो शिर, छाती र जाङ्गको भागलाई बिस्तारै स्वास तान्दै हात, खुट्टा र पेटको बलमा माथितिर उठाउनुहोस् । 
५) यसो गर्दा धेरै बल तल्लो पेटमा पर्दछ । 
६) शरीरलाई सकेसम्म अगाडितिर तन्काउन प्रयास गर्नुहोस् । 
७) आफ्नो क्षमता अनुसार लगभग १० देखि १५ सेकेण्डसम्म यो आसनमा रहनुहोस् ।
८) स्वासलाई बिस्तारै बिस्तारै छोडेर छाती, शिर र खुट्टालाई भुईँमा आराम गर्नुहोस् । 
लाभ
- मोटोपन कम हुन्छ ।
 - पेटको मांशपेसीलाई बलियो बनाउँछ ।
 - हड्डीलाई लचिलो बनाउँछ ।
 - पिठ्यूँ र कम्मरको दुखाई कम हुन्छ ।
 - यो आसनले भोक बढाउँछ ।
 
सावधानी
- यो आसन योग्य शिक्षकको परीक्षण पछि मात्र गर्नुहोस् ।
 - कम्मर र शिर दुखाई भएको व्यक्तिले सावधानी अपनाएर गर्नुपर्छ ।
 - उच्च रक्तचाप भएको व्यक्तिले स्वासलाई रोक्ने क्रिया गर्नुहुँदैन ।
 - गर्भवती महिलाले यो आसन गर्नुहुँदैन ।